राज्यले शिक्षार्थीलाई शैक्षिक विडम्बनाबाट मुक्त गराउनुपर्छ

 

मानवको लागि उसलाई बचाउने प्राणको जति आवश्यक छ, त्यतिनै आवश्यक मानिसले आर्जन गर्नुपर्ने शिक्षाको पनि छ । खाँचो आवश्यक छ, खाँचो पुरा गर्ने क्रियाकलापहरु पनि उत्तिकै खाचो छ । सबैभन्दा मुख्य कुरो क्रियाकलापको गुणस्तरमा निर्भरछ । जुन देशमा शिक्षाको लागि क्रियाकलाप प्रभावकारी छैन, शिक्षा नीति पछौटे छ, शिैक्षिक वातावरण हौसलापूर्ण छैन, त्यो देशका शैक्षिक व्यवस्थापकहरु उदासिन छन् भने त्यहाँको शिक्षा दिक्क लाग्दो हुनेगर्छ । अब शिक्षा जगत दिक्क लाग्दो नभएर प्रेरणादायी बनाउने कुरामा राज्यका जिम्मेवार व्यक्तित्व र सरोकारवाला व्यक्तित्वहरुले मानवीय दृष्टिले ज्यादैनै संवेदनशील भएर अग्रगामी पाइला चाल्ने हो भने असम्भव पनि देखिदैन तर गम्भीर सवालहरुलाई एकातिर पन्छाएर सुविधा भोगी हुन खोज्दा शैक्षिक विडम्बना खड्किएको जस्तो छ । जुन कुरा मानिसको लागि नभै हुँदैन त्यति कुरामा मानिस सोच्न र सोचे अनुसारकाम गर्न पछि पर्यौ भने मानवताको सवाल कस्तो होला रु हामी सबै बौद्धिक प्राणीहरुले गम्भीरतापूर्वक सोचौं । सोच्नैपर्ने विन्दु कहाँनेरी खड्किदैछ भने शिक्षाको लागि राज्यले जति लगानी गरीरहेछ, त्यसको उपलब्धि कस्तो रहँदै आएको छ । शिक्षार्थी र शिक्षार्थीका अभिभावकहरु सन्तुष्ट छन् कि छैनन् समय सापेक्ष र मानवीय खाचोको दृष्टिले विचार गर्दा शिक्षा जगतमा केही त्रुटि पो देखा परेका छन् कि भन्ने हो । व्यवहारबाट सिद्ध भै आएको छ कि राज्यमा २५ जना राष्ट्र सेवकको पदपूर्ति गर्न आयोग खुल्दा ५०० जनाको दरखास्त किन पर्छ रु अब पाँच सय जना नै राष्ट्र सेवक बन्न पाउँछन् त रु सवाल अघि सर्छ योग्यता र क्षमताको सवाल भनेकै विडम्बना हो । शैक्षिक विडम्वना भनेके सिके अनुसार गर्न नजान्नु, जानि हाले पन िगर्न नपाउनु हो । शिक्षार्थीहरु किन सिक्न लालायित हुन्छन् भन सिक्नुपर्ने कुरा ज्ञान, गुण राम्रोसँग् सिक्न पाइन्छ, सिकि सकेपछि योग्यता र क्षमताको सदुप्रयोग गर्न काम पाइन्छ, काम गरेपछि जीवन धानिन्छ भन्नका लागि नै हुन्छ । सिकारुको परिणाम बढ्छ तर परिणति थला पर्दै गरेको हुन्छ । परिणति थला नपर्न सिकारुहरुले काम गर्न पाउनु पर्दछ । जीवनयापनलाई सहज बनाउन पाउनु पर्दछ । यसो हुँदा राज्यले हाम्रा शिक्षालयहरुलाई अझ व्यवस्थित गरेर जुन तहमा सिकारुले कति र कसरी सिक्दा काम पाउँछन् सो तथ्यलाई मध्यनजर गरी सिक्ने मौका दिनुपर्छ । सिक्नुपर्ने अपेक्षित तहलाई परिश्रम गराउने किसिमले व्यवस्था मिलार्य शिक्षा आर्जनको समाप्तिपछि राष्ट्र सेवामा लाग्न पाउने खालको शैक्षिक परिपाटी भैदिएमा हामी सारा नेपालीहरु धन्य हुनेछौं ।
माथि उल्लेख भए अनुसार शिक्षालार्य व्यवसायिक बनाउनेप्रति जोड दिएको भएता पनि शिक्षाको अरु पनि महत्वपूण पक्षलाई विचार गर्दा साहित्य जगत, वैज्ञानिक जगत, राजनैतिक क्षेत्र र अरु पनि सृजनशील क्षेत्रहरु रहेका छन् । यी क्षेत्रहरुमा पनि कुनै किसिमको त्रुटी देखा नपरोस् भन्ने प्रस्तुत लेखको अभिप्राय हो ।

LEAVE A REPLY