अध्यक्ष प्रचण्ड पार्टी बैठकमा उप–महासचिव शर्माप्रति नरम

काठमाडौं । सदनमा प्रमुख प्रतिपक्षी दल रहेको माओवादी केन्द्रले सदन, सडक र स्थानीय सरकारमा आफ्नो भूमिका प्रभावकारी बनाउने निर्णय गर्दै स्थायी कमिटिीको बैठक सम्पन्न गरेको छ । गत साउन १५ गतेदेखि सुरु भएको माओवादी स्थायी कमिटी बैठकले असोज पछिल्लो साता केन्द्रीय कमिटिको बैठक बोलाउने निर्णय गरेको छ । त्यसो त माओवादी स्थायी समिति बैठकले के कस्तो निर्णय गर्छ भनेर चासोको साथ हेरिएको छ । खास गरी उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमाथि प्रश्न उठाएका थिए । उनीहरु बाहेक अरुले प्रचण्डको नेतृत्वको बारेमा प्रश्न उठाउनु नचाहेको देखिएको छ । त्यसो त स्थायी कमिटीको बैठकको अन्तिम दिन गत विहिबार अध्यक्ष प्रचण्डले आफ्ना धारणा राखेका थिए । माओवादीलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइए पनि जनतामा जाने अवसर आएको भन्दै प्रचण्डले पार्टीलाई अझ बढी चलायमान बनाउनेमा जोड दिए । माओवादी केन्द्रको बैठकले सातै प्रदेशस्तरमा परामर्श समितिको बैठक आयोजना गर्ने निर्णय गरेको छ । माओवादी प्रवक्त अग्नि सापकोटाले स्थायी कमिटी बैठकले पार्टीलाई सशक्त प्रतिपक्ष शक्तिका रुपमा परिचालन गर्ने निर्णय भएको बताए । माओवादी अहिले १२२ वटा स्थानीय सरकारको नेतृत्वमा छ । ती स्थानीय सरकारबाट प्रभावकारी काम गर्ने र जनताका एजेण्डालाई सदनदेखि सडकसम्म मुखरित गर्दैै जाने निर्णय भएको
छ ।’ प्रवक्त सापकोटाले भने । उहाँले प्रदेशस्तरमा हुने परामर्श समितिको बैठकमा अध्यक्षदेखि उपमहा सचिवसम्मका पदाधिकारी सहभागी हुने र सुझाव संकलन गर्ने
बताए । पार्टी पंक्ति र जनताका सुझावका आधारमा अगाडि कार्यदिशा तय गर्छौ । त्यसका लागि असोज पहिलो साता केन्द्रीय कमिटीको बैठक बस्छौं । सापकोटाले भने ।
प्रचण्ड आफ्नो नेतृत्वको सरकारले गरेका सुशासनका प्रयासहरुलाई वर्तमान सरकारले निरन्तरता दिन नचाहेको उल्लेख
गरे । ‘हामीले थालेका सकारात्मक प्रयालाई वेवास्ता गरिएको छ । सरकार सुशासनको वातावरण बिगार्न उद्यत् छ । यसबारे केही दिनमा संसदमै बोल्छु ।’ प्रचण्डको भनाई छ ।
आफुलाई नेतृत्व हस्तान्तरणको दबाब दिन लिखित प्रस्ताव पेश गरेका उपमहासचिव जनाद्र्धन शर्माप्रति माओवादी अध्यक्ष प्रचण्डले नरम व्यवहार प्रस्तुत गरेका छन् । स्थायी कमिटी बैठकमा छुट्टै प्रस्ताव पेश गर्दै उपमहासचिव शर्माले अध्यक्ष प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न वा चुनावमार्फत नेतृत्वमा आउन दबाब बनाएका थिए । स्थायी कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा भने प्रचण्डले आफु शर्माकै बचाउ गरेका थिए । शर्माले आफ्नो प्रस्ताव पेश गर्दै माओवाी नेतृत्वले आफु विरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका
थिए । शर्माले पार्टी विभाजन गर्न खोजेका, एमाले जान खोजेको जस्तो हल्ला प्रचण्ड प्रधानमन्त्री हुँदा बालुवाटारबौ चलाइएको आरोप लगाएका थिए । प्रचण्डले भने, जनाद्र्धन बारे चलाइएका हल्लामा सत्यता नभएको दाबी गरेका छन् । बैठकमा समेत प्रचण्डले माओवादी आन्दोलन समाप्त पार्न चाहनेहरुले जनाद्र्धनको नाम जोडेर दुष्प्रयास गरेको र माओवादीभित्र खेल्न खोजेको उल्लेख गरेका थिए । बैठकपछि प्रतिक्रिया दिँदै उनले जनाद्र्धनले पार्टी फुटाउने कुरा निराधार रहेको स्पष्ट पारे । ‘उहाँबाट अनावश्यक हल्ला फैलाउने काम भएको छ । माओवादी पार्टी फुट्दैन, फुटाउने काममा कोही लागेको छैन ।’ प्रचण्डले भने ।
यसरी प्रचण्ड सकेसम्म उपमहासचिव शर्माले आफ्नै क्याम्पमा राख्न चाहेको देखिन्छ । अर्का असन्तुष्ट नेता एवं उपमहासचिव वर्षमान पुन बारे भने प्रचण्डले बोलेको पाइएन ।

LEAVE A REPLY