काठमाडौँ । प्राइम कमर्सियल बैंकले बढी पहिरो र डुबानमा परेकाहरुको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई ३१ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
यही असोज ११ र १२ गते देशभर भएको अविरल वर्षाका कारण व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति दुःख व्यक्त गर्दै बैंकले प्रधानमन्त्री उद्धार कोषलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको कम्पनी सचिव राजकुमार कार्कीले बताए ।
बाढीपहिरो र डुबानका कारण ठुलो धनजनको क्षति भएकाले बैंकले हस्तान्तरण गर्ने आर्थिक सहयोगबाट थोरै भएपनि राहत वितरणमा योगदान पुग्ने बताइएको छ ।









