भोजपुरको हतुवागढी महोत्सव कात्तिक १७ गतेसम्म चल्ने सुदामा समाचार दाता भोजपुर । भोजपुरको दक्षिण भेग हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटारमा कात्तिकको पहिलो हप्ताबाट सुरु भएको हतुवागढी महोत्सव आगामी कात्तिक १७ गतेसम्म चल्ने भएको छ । पर्यटन प्रवद्र्धनका लागि गरिएको बृहत हतुवागढी महोत्सवको उद्घाटन पूर्व मुख्यमन्त्री तथा संघीय सञ्चारमन्त्री समेत हुनु भएका एमाले नेता शेरधन राईले गर्नुभएको थियो । यस महोत्सवले पर्यटनसँगै स्थानीय जातजातिको संस्कार संस्कृतिको प्रचार प्रसारमा पनि मद्दत मिल्ने अपेक्षा गरिएको छ । ‘समतामुलक समाज र समुन्नत हतुवागढी, कृषि, उद्धम, पर्यटन र प्रविधि’ भन्ने मूल नाराकासाथ हतुवागढी गाउँपालिकाको ३० लाख प्रायोजन तथा उद्योग वाणिज्य संघ घोडेटारको आयोजनामा महोत्सव सञ्चालन भइरहेको हो । महोत्सवको अवसरमा विभिन्न १५३ मिटर उचाइमा रहेको जिल्लाको सबैभन्दा होचो स्थल माइवेनीबाट हतुवागढीको एक हजार ८६५ मिटर उचाइमा रहेको सबैभन्दा अग्लो स्थान सरवाम जोर आहाल हुँदै घोडेटार बजारसम्म करिब २६ किलोमिटर दौड प्रतियोगिता समेत सञ्चालन भएको आयोजकले जनाएको छ । रैथाने संस्कार, भाषा, भेषभुषा र संस्कृतिहरुको संरक्षण प्रवद्र्धनमा समेत महोत्सवले सहयोग गर्ने हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो– ‘पर्यटनको विकाससँगै हतुवागढी क्षेत्रको प्रचार प्रसारमा समेत यो महोत्सवले टेवा पुग्ने भएर हामीले महोत्सवको आयोजना गरेका हौं । महोत्सवबाट विभिन्न किसिमका रैथाने कला, सीप, संस्कृति, ९भाषा, भेषभुषा, खानाका परिकार, साहित्य, संगित, प्राकृतिक तथा धार्मिक स्थलहरुलाई उजागर गरिने छ । साथै नव प्रतिभा, सर्जक, कलाकार, खेलाडी, व्यवसायीहरु सबैले प्रोत्साहन सहित प्रस्फिुटित र स्थापित हुन सहयोग मिल्ने अपेक्षा सहित विभिन्न कार्यक्रमहरु गरिने छ ।

भोजपुरको हतुवागढी महोत्सव कात्तिक १७ गतेसम्म चल्ने
सुदामा समाचार दाता

भोजपुर । भोजपुरको दक्षिण भेग हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटारमा कात्तिकको पहिलो हप्ताबाट सुरु भएको हतुवागढी महोत्सव आगामी कात्तिक १७ गतेसम्म चल्ने भएको
छ । पर्यटन प्रवद्र्धनका लागि गरिएको बृहत हतुवागढी महोत्सवको उद्घाटन पूर्व मुख्यमन्त्री तथा संघीय सञ्चारमन्त्री समेत हुनु भएका एमाले नेता शेरधन राईले गर्नुभएको थियो । यस महोत्सवले पर्यटनसँगै स्थानीय जातजातिको संस्कार संस्कृतिको प्रचार प्रसारमा पनि मद्दत मिल्ने अपेक्षा गरिएको छ ।
‘समतामुलक समाज र समुन्नत हतुवागढी, कृषि, उद्धम, पर्यटन र प्रविधि’ भन्ने मूल नाराकासाथ हतुवागढी गाउँपालिकाको ३० लाख प्रायोजन तथा उद्योग वाणिज्य संघ घोडेटारको आयोजनामा महोत्सव सञ्चालन भइरहेको हो ।
महोत्सवको अवसरमा विभिन्न १५३ मिटर उचाइमा रहेको जिल्लाको सबैभन्दा होचो स्थल माइवेनीबाट हतुवागढीको एक हजार ८६५ मिटर उचाइमा रहेको सबैभन्दा अग्लो स्थान सरवाम जोर आहाल हुँदै घोडेटार बजारसम्म करिब २६ किलोमिटर दौड प्रतियोगिता समेत सञ्चालन भएको आयोजकले जनाएको छ ।
रैथाने संस्कार, भाषा, भेषभुषा र संस्कृतिहरुको संरक्षण प्रवद्र्धनमा समेत महोत्सवले सहयोग गर्ने हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो– ‘पर्यटनको विकाससँगै हतुवागढी क्षेत्रको प्रचार प्रसारमा समेत यो महोत्सवले टेवा पुग्ने भएर हामीले महोत्सवको आयोजना गरेका हौं ।
महोत्सवबाट विभिन्न किसिमका रैथाने कला, सीप, संस्कृति, ९भाषा, भेषभुषा, खानाका परिकार, साहित्य, संगित, प्राकृतिक तथा धार्मिक स्थलहरुलाई उजागर गरिने छ । साथै नव प्रतिभा, सर्जक, कलाकार, खेलाडी, व्यवसायीहरु सबैले प्रोत्साहन सहित प्रस्फिुटित र स्थापित हुन सहयोग मिल्ने अपेक्षा सहित विभिन्न कार्यक्रमहरु गरिने छ ।

LEAVE A REPLY