काठमाडौं । वर्तमान सरकार कुनै पनि बेला ढल्ने विपक्षी दलहरुको तर्फबाट आँकलन भइरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने त्यसको प्रतिवाद गरेका छन् । वर्तमान सरकार गठन भएको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सय दिनको उपलब्धि सार्वजनिक गर्दै संसदका प्रमुख दुई ठूला दल कांग्रेस–एमाले मिलेर बनेको अहिलेको सरकारलाई कसैले ढाल्न नसक्ने सन्देश दिएका छन् । विपत व्यवस्थापनदेखि सुशासन र अर्थतन्त्रको संकट समाधान लगायतका एजेण्डामा सरकार चुक्दै गएपछि विपक्षी दलबाट मात्र होइन, सत्तापक्ष भित्रै आलोचना बढिरहेका बेला प्रधानमन्त्री ओलीले त्यस्तो सन्देश दिएका हुन् ।
सयदिने अवधिमा सरकारले प्रतिबद्धताका ७० प्रतिशत काम पुरा गरेको दाबी गर्दै आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले कांग्रेस एमालेजस्तो हैसियत भएका र इतिहास बोकेका पार्टीका सरकार ढाल्ने दिउँसो सपना नदेख्न चेतावनी दिए ।
प्रधानमन्त्री ओलीले सरकारको निरन्तरतालाई लिएर निरन्तर अभिव्यक्ति दिएका हुन् । प्रधानमन्त्री ओलीले सरकारको प्राथमिकताका ७० प्रतिशत कार्य सम्पन्न भएको दाबी गरेका छन् । प्रधानमन्त्रीका अनुसार १७ वर्षदेखि रोकिएको शान्ति प्रक्रियाको टुंगो, किसानलाई १ अर्ब ४० करोड भुक्तानी, १६५ युवालाई ४१ करोड २५ लाख स्टार्टअप उद्यम कर्जा दिइएको छ । यस्तै प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका उपलब्धिको सूचीमा निर्माण व्यवसायीलाई रोकिएको ६ अर्ब ७५ करोड भुक्तानी कृषकको ८० करोड बीमा भुक्तानी, हिउँदका लागि रसायनिक मलको प्रबन्ध, सरकारी ठगीमा ६ य पक्राउ, ५७५ जेल चलान, व्यवसायीको मनोबल बढाउन आर्थिक सुझाव आयोग गठन रहेको छ ।
यसरी गरी सरकारी उपलब्धिको सुचिमा २०० उद्योगमा करिब ३४ अर्ब लगानीको प्रतिबद्धता, सेयर बजार लयमा, सिलिगुडी झापा चारआली र अमलेखगञ्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तार सम्झौता, सरकारी खर्च र राजस्व परिचालन वृद्धि, १८ संघीय सरकारी अस्पतालमा दुई सिफ्टमा उपचार सेवा, मोबाइल एप्समै लाइसेन्स व्यवस्था, सडकबाटै सरकारी जरिवाना भुक्तानी गर्न सकिने व्यवस्था, वैदेशिक रोजगारीमा मृत्यु हुने मृतकको परिवारलाई सात लाखबाट १० लाख क्षतिपूर्ति, बंगलादेशसँगको ० मेगावाट विद्युत व्यापार सम्झौता, घरमै बसेर सरकारी सेवा लिन सक्ने प्रबन्धको तयारी छ ।