अर्जुन कमार काफ्ले
काठमाडौं । ठूला–साना दल मिलेर सरकार सञ्चालन गर्दा त्यस्तो सरकारले स्थायित्व लिन नसकेको भन्दै संसदको ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले मिलेर सरकार सञ्चालन गरेपछि नेकपा माओवादी केन्द्र९तेस्रो ठूलो दल०लगायत साना दल संकटमा परेका छन् ।
ठूला दल एमाले–कांग्रेसले साना दलको पनि साथ सहयोग लिँदै सरकारका काम कारवाही अगाडि बढाउने भने पनि बोली र व्यवहार नमिल्दा साना दल सत्ताविहिन हुन पुगेका छन् भने सत्ताबाट बाहिरिनु परेको पीडामा सडक आन्दोलन गरेर चित्त बुझाइरहेका छन् ।
सत्तापक्षी नेपाली कांग्रेस र नेकपा एमालेले सरकार सञ्चालनको १०० दिनमा ७० प्रतिशत राम्रा काम गरेको दाबी गरे पनि प्रतिपक्षी दलहरु भने भ्रष्टचारीलाई मलजल गरेको र कुनै उपलब्धि मुलक काम नगरेको आरोप लगाइरहेका छन् । सत्तापक्षी र विपक्षी दलका बीच आरोप प्रत्यारोप चले पनि के कस्ता काम भएका छन् वा छैनन् रु भन्ने कुराको मूल्यांकन प्रबुद्ध वर्गले गरिरहेका छन् । अहिले सत्तापक्षी दलका मन्त्रीहरुले १०० दिने कार्यकालमा गरेका कामको फेहरिस्त सुनाउने क्रम जारी छ भने प्रतिपक्षले त्यसको विपरीत कुनै काम नै नगरेको भन्दै आरोप मै सिमित भएका छन् । साना दलहरु प्रधानमन्त्रीले अध्यादेश ल्याएर दल विभाजन गरी आफ्नो दल ठूलो पार्ने हुन्की भन्ने त्रासमा रहेका बेला सत्ता साझेदार नेपाली कांग्रेसले अध्यादेश ल्याएर दल विभाजन गर्ने प्रक्रिया रोकिदिएपछि साना दल ढुक्कमा छन् ।









