यस धर्तीमाहामी कमाउँदै पनि छौ, गुमाउँदै पनि छौं

यस धर्तीमा रहि बाँचेका जति मानिस छौं, सबैको सर्वनाम हामी भनेर सम्झौं । मान्छे भएर जन्मिसकेपछि खाली बस्न नसुहाउने भएकाले राम्रै काम छानेर गर्नै प¥यो । काम गर्दा कमाउने गर्नु प¥यो, नत्र जीवन निर्वाह नचल्न सक्छ तर के के कमाइन्छ त्यो पनि विचार गर्नै पर्यो । कमाउनु भन्नाले भेला गर्ने भन्ने अर्थ लाग्छ । भेला गर्दा गर्दै के के फेला पर्छ होस् पनि पुर्याउनु नै छ । हामीले कमाउनुपर्ने भनेको देह पाल्न, व्यवहार पाल्न, समाज पाल्न अनि राष्ट्रसमेत पाल्न पाए अझ राम्रो । तर हामी मानिसको पहिलो सोच देह र व्यवहार पाल्ने मात्र हुने गरेको छ । सक्षम व्यक्तित्वहरुबाट राष्ट्र मात्र नभएर मानवता समेत पालिएका छौं । प्रकृति पाल्ने र प्राकृतिक वातावरण पालेर सुख, शान्ति पाउने कुरा हामी मानिसको दिमागले सोच्नु पथ्र्यो तर पैसा कमाउने कामले गर्दा हामीलाई अल्मलाउँदै छ । पुण्य कमाउने ठाउँमा अन्यौल कमाउँदै छ । प्रतिष्ठा कमाउने बेलामा आलोचना कमाउँदैछ । यस्तै यस्तै कमाउने कुरा थप्दै जाँदा कृषक महानुभावहरुले प्रशस्त अन्न, कृषि फसल, नगदेबाली, फलफूलको थुप्रो कमाउनु पर्ने अवस्थामा असन्तुलित हावापानी कमाउन बाध्य छन् । विद्यार्थीहरुले आफुले जानेको ज्ञान अनुसारको दक्षता, उच्च नैतिकता, व्यवहारिक अनुभाव कमाउ पर्ने हो तर औपचारिक पुरा गरेका प्रमाण पत्रहरुमा नै चित्त बुझाइरहेछन् । पत्रकार महोदयहरुले देश बिग्रिन्छ कि जनताले दुःख पाउँछन् कि भनेर होसियारी दिँदै गर्दा सत्यतथ्य कुराहरु निसंकोश प्रकाशन गर्न पाएकोमा सन्तोष मान्दै हुनुहन्छ । मुलुकमा रचनात्मक र सृजनात्मक कामहरु भएको देखेरै आत्मगौरव कमाएर ढुक्क हुनुपथ्र्यो तर राजनैतिक क्षेत्रमा सक्रिय महानुभावहरु आफुले प्राप्त गरेको अधिकारको सदुपयोग गरी देशलाई आत्मनिर्भर बनाउने क्रममा जनताको माया र विश्वास कमाएर ढुक्क पर्दै हुनुहन्थ होला । देशका जल्दाबल्दा हुनसक्ने युवाहरुले आफ्ना अभिभावकहरुको बान्सल्यता, खान्सल्यता, समाजको विश्वास, सहोदर बन्धुहरुको आत्मीयता, राज्यले दिएको अवसरको उपयोग गरी पुरुषार्थ कमाउनुपर्ने हो तर उनीहरुलाई रोजगारीको पिडाले सताइरहेको छ । हाम्रो मुलुकका राष्ट्रसेवक कर्मचारी महानुभावहरुले पनि आफुले गर्दा हुनसम्मको कार्यसम्पन्नता पुरा गरिदिएर राष्ट्रको प्रगति भित्र रहेको महानता कमाउनु पर्ने हो तर उहाँहरुलाई सेवा सुविधा भने जस्तो पाए पुग्यो । हामी नेपालीहरु कमाउन त कमाउँदै छौ, खेतमा धेरै धान फलाउन विकासे मल प्रयोग गरी गरी धर्तीको माटो र मान्छेको पेट विगार्ने रोग कमाउँदैछौं । आवतजावत सजिलो पार्ने भन्दै वायुप्रदुषण बढाएर नयाँ नयाँ रोगलाई सजिलो पार्दै छौं । यस्तै यस्तै वर्णन गर्दै जाँदा कति होला कतिरु महाभारत नै तयार होला तर यहाँ जति कुरा आए यी सबै उदाहरण मात्र हुन् । हामी मानिस चेतनशील प्राणी भएको नाताले कमाउन हुने नहुने कुराहरु पर्गैल्दै अघि बढ्न सक्छौं । बढौं ।
हामी मानिसले जीवनमा खाँचो टार्ने कुरा कति कमाउनुपथ्र्यो वा सकिन्थ्यो तर जे जति कमाइयो, कमाइयो ती सबै आफ्नु आफ्नु ठाउँमा रहे । अब हामीले गुमाउँदै गरेका सवालहरु विद्यमान् छन् । अघि अघि सर्दैछन् यहाँ । सबभन्दा मुख्य कुरो हामी मानिसलाई सुख सुविधा चाहिएको कारण प्रकृतिमा स्थायी रुपले रहनुपर्ने गुणहरुलाई गुमाउँदैछौं । यति मात्र होइन आत्मनिर्भरता पनि गुम्दैछ अरुको काममा भर पर्नाले । विद्यार्थीहरु ज्ञान अनुसारको दक्षता, व्यवहारिकत अनुभव अनि नैतिकताको कुरा सुने भने अचम्म मान्छन् । राष्ट्रसेवक महानुभावहरु जनताको महत्वबाट ओझेलमा पर्ने छाँट देखिदैछ । शिक्षक महोदयहरु विद्याथीृहरुका अभिभावकहरुको कृतद्दताबाट छलिने सम्भावना बढेको छ । कृषक दाजुभाइहरु कृषि कर्म गर्दा गर्दै जति ढाड दुःखे पनि सन्तुलित हावा पानी नपाएर हैरान पर्दै हुनुहुन्छ । नारी रत्नहरुलाई सुख सुविधाको खोजीमा लाग्दालाग्दै आफ्नो अस्तित्वको कीर्तिमान बनाउने बाटो भेटिसक्नु भएको छैन । साहित्यकार एवं लेखक महोदयहरु आफुले दिन खोजेको ज्ञानअनुसारको सीपगत अनुभवको अनुभूति गर्न नपाएर अक्कलगुम पर्नुभएको छ । उच्चकोटीको प्राणीको नाताले अथाह सम्पत्ति कमाएर क्षणभंगुर मस्ति गर्ने धुनमा मानवतालाई नभै नहुने मानवीय सद्गुण र सदाचारको महत्व नपाउँदा नपाउँदै समयले डाँडा काटेको पत्तो पाउन छोडेको छ । प्रस्तुत गुमाइदै गरेका दायराहरु उदाहरण मात्र हुन् । यस धर्तीमा हामी जति मानिस छौं, त्यतिकै कमाउने र गुम्ने क्षणहरु अघि अघि बढ्दै पनि छन् । यदी हामी चेतनशील प्राणी नै भनेर आफुलाई परिचय दिन चाहान्छौ भने हामील्े आफुले पाएको प्रत्येक क्षणको लेखाजोखा गरेर सत्य, सत्य कुरा पत्ता लगाउँदै विचरण गरौं ।

LEAVE A REPLY