इप्पानले विविध कार्यक्रमका साथ २५औं वार्षिकोत्सव मनाउने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाइप्पानले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गर्दै इप्पान रजत जयन्ती २०८१ ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारासहित वार्षिकोत्सवा मनाउने भएको छ ।
पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार इप्पानको वार्षिकोत्सवमा सम्माननीय प्रधानमन्त्री, माननीय ऊर्जामन्त्री, माननीय अर्थमन्त्री लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा हुने रजत जयन्तीमा तीन वटा प्राविधिक सत्रहरु आयोजना हुने छन् । जस्तो कि, नेपाल सरकारसहित सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा नाभीगटीङ च्यालेञ्ज एण्ड अनलकिङ अर्पच्युनिटिज इन इनर्जी सेक्टर, सरकार नीजि क्षेत्र र विज्ञहरुको सहभागितामा सेपिङ द फ्युचरः स्ट्राटिजिक्स एण्ड रोडम्याप फर इनर्जी सेक्टर र पूर्व ऊर्जामन्त्री, पूर्वमन्त्री, विषय विज्ञसहित नीति निर्माताहरुको सहभागितामा ड्राइभिङ इकोनोमिक एण्ड सोसियल ट्रान्सफरमेशन इनर्जी विषय रहेका छन् । ती विषयहरुमा प्यानल डिस्कसन हुनेछन् । डिस्कसनका क्रममा ऊर्जाका स्थानीय देखि संघीयसम्मका समस्या, चुनौती, अवसर, ऊर्जा क्षेत्रको आगामी योगदानबारे मन्थन हुने जनाइएको
छ ।
त्यस्तै, इप्पानले रजत जयन्ती मनाउने क्रममा खेलकुद कार्यक्रम फुटसल तथा व्याडमिन्टन प्रतियोगिता, फोटो प्रतियोगिता गर्ने र पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैया पुरस्कारको व्यवस्था गरेको
छ । त्यसैगरी निबन्ध प्रतियोगिता गर्ने र पहिलो दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैया पुरस्कार राखिएको पनि जानकारी गराएको छ ।
त्यस्तै, छोटो वृत्त चित्र र फोटो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने व्यक्ति वा कम्पनीलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैया पुरस्कार राखिएको छ । त्यस्तै माघ २ गते रक्तदान, ३ गते इभी ¥याली आयोजना हुने भएको छ ।
त्यस्तै स्मारिका प्रकाशनका लागि महासचिव बलराम खतिवडाको संयोजकत्वमा समिति गठन गरिएको जनाएको छ । रजत जयन्तीका सम्पूर्ण कार्यक्रमहरु इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको जानकारी गराएको छ । इप्पानको वार्षिकोत्सव आगामी माघ ४ गते भव्य रुपमा मनाइने भएको छ ।
वि।सं। २०५७ माघ ४ गते स्थापना भएको इप्पानले आगामी माघ ४ गते २४ वर्ष पुरा गरी २५औं वर्षमा प्रवेश गर्दैछ । देशलाई लोडसेडिङ मुक्त गरी खुद विद्युत् निर्यातकर्ता मुलुक बनाउन इप्पानको महत्वपूर्ण योगदान रहेको बताएको छ ।

LEAVE A REPLY