भित्रभित्रै कांग्रेस–एमालेबीच खटपट सुरु

काठमाडौं । सदनका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको संलग्नतामा बनेको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ६ महिना नपुग्दै ढल्ने हो कि भन्ने समसय उत्पन्न भएको छ । कांग्रेस एमाले सहितका दुई तिहाई प्राप्त सरकारले देश र जनताको लागि राम्रो काम गर्ला भनेर जनअपेक्षा हुनु स्वभाविक हो । केपी ओली प्रधानमन्त्री रहेको वर्तमान सरकारले न जनजिविकाको लागि राम्रो गर्यो न सरकारी प्रशासनमा सुधार ल्यायो ।
ओलीको नेतृत्वमा कांग्रेस, जनमत जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतले गठन गरेको सरकार पनि विगतका सरकारझै देखिएको छ । वर्तमान सरकारले पनि बहुमतको सरकारको जनतामा आशा जगाउन सकेको देखिदैन । कांग्रेस र एमालेका नेताहरुले सरकार गठन हुनासाथ अन्तिम आशाको सरकारको रुपमा चित्रण गरे पनि सरकारका जिम्मेवारीले कामभन्दा कुरा बढी गरेको स्पष्ट देखिन्छ ।
संविधान संशोधनको मूल राजनीतिक एजेण्डामा सहमति जनाउँदै कांग्रेस, एमालेले सरकार बनाएको भए पनि त्यसतर्फ सरकारले कुनै काम गरेको छैन । त्यसतर्फ कुनै चासो नै नराखी सरकारको ६ महिना बित्यो ।
बरु संविधान संशोधन २०८७ मा मात्रै हुने प्रधानमन्त्रीको अभिव्यक्ति विवादित बन्दा सत्ता गठबन्धनमै खटपटको संकेत
देखिन्छ । तर ओलीपछि आफु प्रधानमन्त्री हुने लोभले कांग्रेस सभापति शेरबहादुर देउवा भने त्यस विषयमा कुनै पनि धारणा राखेका छैनन् । देउवालाई भावी प्रधानमन्त्रीको लोभ भएर नै सरकार बन्नुअघिको सहमतिमा ओलीले केही नगर्दा समेत देउवा मौन रहेको देखिन्छ ।
संसदमा दुईतिहाई बहुमत बलियो सरकार भए पनि प्रभावकारी काम गर्न नसकेको चौतर्फी आलोचना भइरहेको छ । यसै मेसोमा देउवा बाहेकका शक्तिशाली नेताहरुले सरकारप्रति असन्तुष्टि व्यक्त गरिरहेका
छन् । सरकारमा रहेका कांग्रेसले पनि सरकारले गरेका कामको जस अपजस लिनुपर्ने हुन्छ । भित्रभित्र सत्तारुढ दलमा असन्तुष्टि बढ्दै गएको समयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने धारणा सार्वजनिक गरिसकेका छन् । कतिपय जानकारले प्रचण्डले देउवालार्य सरकारको नेतृत्व लिन प्रस्ताव गरेको समेत बताएका छन् । तर यो कुराको पुष्टि भने भएको छैन । यदि देउवा अहिल्यै प्रधानमन्त्री हुन राजी हुने हो भने देउवा प्रधानमन्त्री बनि हाल्ने अवस्था छ । उनले एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार टिकिराखोस् भन्ने चाहाना नरहेको स्पष्ट पार्दै भने ‘यो सरकार छिटै आफै ढल्छ । यो सरकार असंवैधानिक र अप्राकृतिक छ । त्यसैले सरकार टिकिराखोस् भन्ने हाम्रो चाहाना छैन । मैले मिति घोषणा गर्न सक्दिन तर यो सरकारको आयु चाही धेरै छैन ।’
सरकारको क्रियाकलाप हेर्दा नै यो धेरै नटिक्ने अवस्था आएको उनको भनाई छ । अहिले आफुहरु जनताको बीचमा रहेको र त्यही रिल्याक्स मिलिरहेकोले सरकार गिराउने र बनाउने खेलमा पार्टी नलाग्ने प्रचण्डको दावी छ । आफु नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासनको काममा लागिरहेका बेला भ्रष्टाचारीलाई बचाउन रातारात सदनका दुई ठूला दल मिलेर सरकार गठन गरिएको प्रचण्डले बताए ।
अध्यक्ष प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई दबाब दिएर संविधानको धारा ७६. ३० अनुसार सरकार गठन हुन नदिएको दाबी गरेका छन् । राष्ट्रपतिलाई दबाब दिएर असंवैधानिक सरकार बनाएको उनको तर्क छ । वर्तमान केपी ओली नेतृत्वको सरकार बन्न नदिने रणनीति अनुसार संसदबाट आफुले मत लिएको खुलासा गर्दै प्रचण्डले भने– ‘यो अपारदर्शी र अप्राकृतिक सरकार बन्न नदिने विश्वासको मत निम्ति अन्तिममा म भोटिङमा गए । भोटिङमा गएपछि फेल भए । फेल भएपछि भ्रष्टाचारीलाई बचाउने उद्देश्यका साथ नै सदनभित्र पहिलो र दोस्रो पार्टीहरु मिलेर सरकार बनाएका हुन् ।’

LEAVE A REPLY