काठमाडौं । देशको फरक धारको नेतृत्व गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीराप्रपामा पार्टीलाई आन्दोलन केन्द्रीत गर्नुपर्नेमा अधिकांश केन्द्रीय सदस्यहरुले जोड दिएका छन् । राप्रपाको केही दिन अघि बसेको केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टीलाई आन्दोलित पार्नुपर्नेमा जोड दिएका छन् । राप्रपा बैठकमा महामन्त्री धवल शमशेर राणाले राजनीतिक प्रतिवेदन पेश गर्दै आगामी फागुनभित्र काठमाडौं केन्द्रति आन्दोलत गर्नुपर्ने बताए ।
उनको प्रतिवेदनमा समान धारणा भएका दल तथा शक्तिसँग सहकार्य गर्दै पार्टी अघि बढ्नुपर्ने उल्लेख छ ।
मुलुकको सम्पूर्ण समस्याको समाधान राजसंस्था मात्र भएकाले पार्टी त्यसतर्फ सक्रिय भएर लाग्नुपर्ने महामन्त्री राणाले बताए । साथै महामन्त्री राणाले राप्रपाका सबै तहका नेताहरु पार्टी विधान अनुसार चल्नुपर्नेमा जोड दिए ।
महामन्त्री राणाको प्रतिवेदनप्रति अधिकांश केन्द्रीय सदस्यहरु सहमत रहेको बुझिएको छ ।