काठमाडौं । प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र लगायतले कांग्रेस– एमाले गठबन्धन सरकार धेरै नटिक्ने हल्ला गरे पनि त्यसमा सत्यता छैन । सरकारबाट बाहिरिनु पर्दाको वेदना मात्र हो । कांग्रेस एमालेको मिलन हुँदासम्म पूर्व सहमति अनुसार सरकार ०८४ सम्म नै टिक्ने निश्चित छ ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ सांसदको समर्थन आवश्यक पर्दछ । तर कांग्रेसको ८९ सिट र नेकपा एमालेको ७८ सिट गरी जम्मा १६७ सिट हुन्छ । त्यसैले सरकार चल्न मज्जाले सक्छ । अन्य साना दलको समर्थन चाहिदैन ।
प्रतिनिधि सभामा ३२ सिट प्राप्त माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन गर्नुपर्दा कित एमालेसँग, कित कांग्रेससँग मिलेर अन्य केही साना दललाई पनि समावेश गर्नुपर्ने अवस्था थियो । जसले गर्दा धेरै दल मिल्नुपर्ने त्यसरी मिलेको दलले महत्वपूर्ण निर्णय गर्न नसक्ने हुँदा सरकारका काम कारवाही अगाडी बढाउन मुश्किल पर्दै आएको थियो । तर कांग्रेस–एमाले दुई ठूला दल मिल्दा त्यस्तो समस्या त आएको छैन । तर किन हो, सरकार गठनको ६ महिना बितिसक्दा पनि उल्लेख्य कामको नतिजा निकाल्न भने सकेन । दुई दल मात्र मिल्दा त नतिजा मुखी काम हुन सकेको छैन भने दुई भन्दा बढी दल मिलेर बनेको सरकारबाट के राम्रो कामको अपेक्षा गर्नु । गरे यही वर्तमान सरकारले गर्छ नगरे ०८४ को निर्वाचनमा कुनै एक राजनीतिक दललाई अत्यधिक बहुमतले जिताउनु पर्दछ । विगतदेखि वर्तमान अवस्थासम्मको गतिविधिलाई नियालेर हेर्दा ०८४ मा कुनै एक राजनीतिक दलले स्पष्ट बहुमत ल्याउनै पर्दछ । त्यसो नहुँदासम्म वर्तमानको जस्तो राजनीतिक अवस्था आई नै रहन्छ ।
वर्तमान सरकार ढाल्न बाह्य शक्तिको चलखेल भईरहेको राजनीीतक जानकारहरुको भनाइ छ । कांग्रे एमाले स्वविवेकमा नचलेर बाह्य शक्तिको बहकाउमा लागि सरकार ढल्यो भने त्यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुनेछ ।
गत शतिबार एकदेब आलेको ५६औं स्मृतिदिवसमा आयोजित कार्यक्रममा बामपन्थी नेताहरुले बामपन्थी एकतामा जोड दिएका छन् । सबैको भनाई एकता हुनुपर्ने भन्ने थियो । यसका लागि दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि रहेर काम गर्न आवश्यक छ । तर स्वार्थ हावी भएका कारण दलहरु जुट्नेभन्दा फुट्नेमा लाग्दा अहिलेको अवस्था आएको हो । यसबाट पाठ सिकेर नसुध्रिए दलहरु स्वयं र जनतासहित पुरै देशको भविष्य अन्धकार हुनेमा दुईमत छैन ।