काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार पूर्व सहमति अनुसार नै भएको हँदा सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको दाबी गरेका छन् ।
पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको बालुवाटारबाटै भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो दाबी गरेका हुन् ।
उनले सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्चाउने तत्वहरुले चलाएको हल्लाको पछि नलाग्न आग्रह गर्दै नेकपा एमाले र नेपाली कांग्रेस सहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्व सहमति बमोजिम अघि बढ्ने दाबी गरे ।
प्रधानमन्त्री ओलीले पाल्पा एक ऊर्बर भूमि र साक्षर जिल्ला भएकाले विकास निर्माणको मार्गलाई अझ तीव्ररुपमा अगाडि बढाउन आग्रह गर्दै केही मानिसले विकासका कामलाई सुन्न नचाहेर विकासविरोधी कुरा गरिरहे पनि त्यस्ता कुराहरुको अर्थ नहुने जनाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।








