उल्टो आर्थिक गतिमा मुलुक

मुलुकको आर्थिक गति सुल्टो हुनुपर्नेमा उल्टो भइरहेको छ । दिनहुँ हुने वैदेशिक व्यापारमा घाटा भइरहेको छ । आयात कम र निर्यात बढी हुनुपर्नेमा त्यस्को ठीक उल्टो आयात बढी र निर्यात कम भइरहेको छ । हरेक कुरामा परनिर्भरता छ । आफ्नो देशमा सजिलै उत्पादन हुन सक्ने कृषिजन्य उपभोग्य वस्तुहरुमा समेत परनिर्भरता छ । आफ्नो देशमा पर्याप्तता बढाएर निर्यात गरी आर्थिक अवस्था सुदृढ पार्दै जानुपर्नेमा सागको मुठा समेतमा परनिर्भरता भई स्वदेशी पैसा विदेशी मुलुकमा पठाइरहेको छ । व्यापार घाटा चुलिदै गएर मुलुक ऋणमा चुर्लुम्म डुबिसकेको छ ।
त्यस्तै, खर्चमा मितव्ययिता अपनाउनुपर्नेमा झन् बढी खर्च भइरहेको छ । सरकारी उच्च पदाधिकारीको उच्च सेवा सुविधा र चाहिनेभन्दा बढी कर्मचारी नियुक्त गरेर तिनलाई सेवा सुविधा दिएर आन्तरिक खर्च बढेको बढ्यै छ । ठीक कर्मचारी सुहाउदिलो सेवा सुविधा दिने व्यवस्था हुनुपर्नेमा त्यस्तो हुन सकेको देखिदैन । लोकतान्त्रिक गणतन्त्रमा तीन तहको सरकार छ । स्थानीय तह, प्रदेश तह र संघीय तह । काम स्थानीय तह र संघीय तहमा मात्र गरिरहेका छन् । प्रदेश तहलाई पूर्ण अधिकार ने दिइएको छैन । सेवा सुविधा र तलब भत्ता मात्रे खुवाउने कामले गर्दा राज्यको ठूलो बजेट विनाकाममा खर्च भइरहेको छ । राज्यको आयले तलब खुवाउनै मुस्किल परिरहेको छ भने विकासका काममा लाउने बजेट सँधै अभाव छ । त्यसैले राज्यले अब कित संघीयता पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्यो, कि त खारेज गरेर खर्च घटाउनु पर्यो । यही र यस्तै अवस्थाले मुलुकको आर्थिक अवस्था धरासायी हुँदै जानुभन्दा अरु केही विकास हुन सक्दैन ।
मुलुकको आर्थिक गति उल्टो हुनुमा राज्यको नीति, नियम, कानून फितलो हुनु पनि हो । यसैका कारण नेता–नेता गणले कामभन्दा कुरा बढी गर्ने, काममा ढिलासुस्ती हुने, भ्रष्टाचार बढ्ने, नेता, मन्त्री गणबीच आरोप प्रत्यारोप बढ्ने लगायतका बेथिति बढ्दै जाने गरेका छन् । विकसित मुलुकममा दिनमै निर्णमा पुग्ने, छिनमै काम सुरु हुने जस्ता काम हुने गरेका छन् । जस्तो कि सहयोगी राष्ट्र अमेरिकामा अहिले डोनाल्ड ट्रम राष्ट्रपति भएका छन् । उनी राष्ट्रपति भएको हप्तादिन नपुग्दै १० वर्ष शासन गरे जस्तो अनुभव जनतालाई गराउँदै छन् । उनले विदेशी सहयोग नीति, गरै आप्रवासी र अमेरिकामा जन्मिने विदेशी नागरिकका सन्तान स्वतः अमेरिकी नागरिकता पाउने जस्ता नीति खारेज गरेका छन् । नेपालमा कानून बन्न महिनौ, वर्षौ लाग्ने गरेको छ तर अमेरिकामा शपथ खाएको केही मिनेटमा हस्ताक्षर भएर कानून बन्ने गरेका छन् । ट्रम्प कुर्सीमा नपुग्दै इजरायल र हमासबीच युद्ध विराम भयो । तर नेपालमा नीति, नियमको अपमान र उल्लंघन मात्रै बढी हुने गरेका छन् ।

LEAVE A REPLY