काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कर्टेभललेबीच आज शिष्टाचार भेटबार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविधि विषयहरुका साथै आपसमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्चाधिकारीसहितको सहभागिता थियो ।