चाइल्डहुड क्यान्सर मेडिसिनले ५ वर्ष सम्म निःशुल्कऔषधिहरु उपलब्ध गराउने

काठमाडौं । ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्सले आगामी पाँच वर्ष सन् २०२५ देखि २०३० सम्म को लागि ३५ प्रकारका अत्यावश्यक औषधीहरू निःशुल्क उपलब्ध गराउने जनाएको छ ।
पत्रकार सम्मेलन गर्दै ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्सले बालबालिकाको क्यान्सर उपचारका लागि गुणस्तरीय औषधीहरूको निरन्तर आपूर्ति सुनिश्चित गर्ने र गुणस्तरीय उपचार मापदण्ड अनुसार औषधीको छनोटदेखि वितरणसम्म सम्पूर्ण प्रक्रियामा आवश्यक सहयोग प्रदान गर्ने लक्ष्य रहेको जनाएको हो ।
विश्व स्वास्थ्य संगठन र सेन्ट जुड्स चिल्ड्रेन्स रिसर्च हस्पिटलको संयुक्त पहलमा सन् २०२१ मा सुरुवात गरिएको ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स आफैमा नयाँ किसिमको कार्यक्रम हो ।

यस ग्लोवल प्लेटफर्ममा युनिसेफ खरिद साझेदारको रुपमा रहेको छ, जसले औषधीको खरिद तथा नेपालसम्म ढुवानीको जिम्मेवारी निर्वाह गर्नेछ । नेपालमा औपचारिक यो पहल रूपमा सुरू गर्न २०८० चैत्र १४ गते नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
‘नेपालमा हरेक वर्ष करिव १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ । सेवामा सिमित पहुँच र श्रोत अभावका कारण तीमध्ये करिब एक तिहाइले मात्र उपचार प्राप्त गर्छन् । नेपालमा क्यान्सर पिडित बालबालिकाको बाँच्ने सम्भावना दर केवल ३० प्रतिशत छ । यो दर उच्च आय भएका देशहरूको तुलनामा निकै कम हो । जहाँ यो दर ८० प्रतिशत भन्दा वढी छ । बाँच्ने सम्भावना दर कम हुनुको प्रमुख कारणहरु मध्ये क्यान्सर उपचारका लागि गुणस्तरीय औषधीको अभाव पनि एक हो ।

LEAVE A REPLY