Page 7

अर्थमन्त्री पौडेलद्धारा नयाँ सरकार प्रति आशावादी भईदिन निजी क्षेत्रलाई आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेकाले राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी भईदिन निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग परिसङ्घ सीएनआई आज अर्थमन्त्रालयमा भएको छलफलमा उनले नीतिको स्थिरता र कार्यान्वयनको स्थायित्व आवश्यक रहेकाले यसमा केन्द्रित भई सरकारले काम गर्ने बताए ।
“प्रधानमन्त्री चौँथो पटक भूतपूर्व प्रधानमन्त्रीको फोटो टाँस्न आएको होइन । समस्या देखेर त्यो समाधानका लागि सरकार आएका हौँ”, अर्थमन्त्री पौडेलले भने , “अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ ।” उनले समस्या मात्र नभइ समाधानका लागि निजी क्षेत्रसँगसँगै बसेर छलफललाई केन्द्रित गर्नेसमेत बताए ।
परिसङ्घको तर्फबाट सफल कार्यकालको शुभकामना दिँदै अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको बनोबल बढाउनुपर्ने बताए । उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भए पनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको उनको भनाइ थियो ।

विगत तीन वर्षदेखि उद्योग ३०÷४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको र समग्र बजार मागमा सङ्कुचन आउँदा अर्थतन्त्र चलायमान हुन नसकेको अध्यक्ष अग्रवालले बताए । परिसङ्घले अर्थतन्त्रलाई चलायमान बनाउन समग्र माग बढ्ने नीति लिनुपर्ने, पुँजीगत खर्च बढाउन सुनिश्चितता प्रदान गर्नुपर्नेमा जोड दिएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोभिड १९ पुष्टि

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
ह्वाइट हाउसले राष्ट्रपतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेको जानकारी दिएको छ । बाइडेनलाई यसअघि पनि दुई पटक कोरोना संक्रमण भइसकेको छ ।
८१ वर्षीय बाइडेन बुधबार लास भेगासमा भएको चुनावी सभामा भाग लिन पुगेका थिए । एउटा कार्यक्रममा सहभागी भएका उनले त्यसपछिका कार्यक्रम रद्द गरेका थिए ।
गत जुनको अन्त्यमा ट्रम्पसँगको चुनावी बहसमा खराब प्रदर्शनपछि उमेरका कारण पद छोड्न उनीमाथि चर्को दबाब आएको छ । फेरि उनलाई यहि समयमा यो रोग लागेको हो ।
राष्ट्रपति बाइडेनलाई डेलावेयरस्थित आफ्नो निवासमा आइसोलेट गर्ने लागिएको ह्वाइट हाउसले जनाएको छ ।
त्यस्तै, ह्वाइट हाउसले बाइडेनको डाक्टरको नोट पनि सार्वजनिक गरेको छ । ह्वाइट हाउसले सार्वजनिक गरेको नोटमा बाइडेनलाई श्वासप्रश्वासका लक्षणहरू, नाकबाट सिगान बग्ने र खोकी लागेको जानकारी दिएको छ ।

अबकोदोको रक्सीलाई ब्याण्ड होइन ब्रान्डिङ गरीने

काठमाडौं । लामो समयदेखि बहसका रुपमा रहेको घरेलु मदिरा ब्रान्डिङ अनुसन्धानलाई अगाडी बढाउन सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदल गठन गरेको छ । बुधबार मन्त्रालयले घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण तथा प्रवद्र्धनका लागि सम्भाव्यता अध्ययन तथा सुझावका लागि १० सदस्यीय कार्यदल पनि गठन गरेको छ । कोदोकोरक्सी रक्सीहरुमध्येकै राजा भएको रक्सीका पारखीहरुले बताउदै आएका छन् त्यसैले।
घरेलु मदिरा कोदोको रक्सीलाई ‘व्यान्ड होईन ब्राण्ड’ बनाउनुपर्ने अभियानमा लामोसमयदेखि आवाज उठाउँदै आएकी प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री उषाकला राईको भिजन अनुसार प्रदेश नम्बर १ का योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरिएको स्रोतले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार स्थानीय कच्चा पदार्थ कोदोबाट घरेलु मदिराको उत्पादन र उपभोग स्थानीय स्तरमा भइरहेको र उक्त उत्पादनलाई राष्ट्रिय मान्यता प्रदान गराउँदै अन्तराष्ट्रिय जगतमा समेत निर्यात गरेर किसानहरुको सामाजिक आर्थिक स्तरमा सुधार गर्न सकिन्छ । उत्पादनलाई प्रोत्साहन गर्दै बजारीकरण गरेको खण्डमा कृषि उत्पादन वृद्धि, रोजगारी श्रृजना, गरिबी न्यूनीकरण, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्न सकिने तथा अर्थतन्त्रमा समेत सकरात्मक प्रभाव पार्ने सम्भावनालाई मध्यनजर गर्दै सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदल गठन गरिएको हो ।

स्थानीय स्तरमा उत्पादन हुने कोदोलाई मधिरा उत्पादनमा वृद्धि गर्दै उच्चतम विन्दुको गुणस्तर निर्धारण गरी विभिन्न देशमा पठाउन सके बाह्य देशबाट आउने मधिरालाई रोक्न सकिने मन्त्रालयले जनाएको छ । कार्यदललाई सामाजिक विकास मन्त्री राईको अवधारणा कार्यान्वयन सम्भाव्यताका लागि आर्थिक, सामाजिक–सांस्कृतिक, वातावरणीय तथा कानूनी पक्षहरुको अध्ययन गरी कार्यान्वयनको प्रारम्भिक ढाँचा तयार पार्ने जिम्मेवारी प्रदान गरिएको छ ।

घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण तथा प्रवद्र्धनका लागि मन्त्री राईले अघि सारेको अवधारणा कार्यान्वयन सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदलका लागि कार्य क्षेत्रगत शर्त समेत तोकिएको छ । कार्य दललाई पहिलो बैठक बसेको मितिबाट ४५ दिनभित्र अध्ययन सम्पन्न गरी सुझाव सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

कार्यदलले नेपाली घरेलु मदिराको व्यावसायिक उत्पादनको लागि विद्यमान कानूनी प्रावधानमा संशोधन गर्नु पर्ने, विषयको पहिचान, ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणा कार्यान्वयनको आर्थिक, सामाजिक, सांकृतिक र वातावरणीय प्रभावको पहिचान, प्रदेशभित्र कोदो उत्पादनको सम्भाव्यता, उत्पादन वृद्धि गर्न कृषकलाई आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहायताका सम्बन्धमा समेट्नु पर्ने नीतिगत पक्षको पहिचान गरेर प्रतिबेदन पेश गर्नुपर्ने मापदण्ड तोेकेको छ । कार्यदललाई घरेलु मदिराको उत्पादन, संकलन, गुणस्तर परीक्षण, बोटलिङ, ब्राण्डिङ र बजारीकरण प्रारुपको पहिचान, घरेलु मदिराको प्रवद्र्धनमा तीन तहको सरकारले महत्वका साथ हेर्नुपर्ने सामाजिक विकास मन्त्री राईको भनाइ छ ।

गाजामा इजराइलको बमबारी,कुल मृत्यू हुनेको सख्या ३८,७९४

Explosions light-up the night sky above buildings in Gaza City as Israeli forces shell the Palestinian enclave, early on May 18, 2021. - Israeli jets kept up a barrage of air strikes against the Palestinian enclave of Gaza as a week of violence that has killed more than 200 people pushed world leaders to step up mediation. (Photo by MAHMUD HAMS / AFP)

काठमाडौं । गाजा शहरमा विस्थापितहरूको आवासको गेटमा भएको इजराइली बमबारीमा कम्तीमा नौ प्यालेष्टिनीको मृत्यु भएको छ। कैयौँ घाइते भएको प्यालेष्टिनी सुरक्षा र चिकित्सा स्रोतले जनाएका छन्।
इजराइली विमानले दर्जनौँ विस्थापित परिवारहरू बस्ने गाजा शहरको अल–रिमाल छिमेकमा रहेको विद्यालयको गेटमा मिसाइल प्रहार गरेको प्यालेष्टिनी सुरक्षा स्रोतले बताएको छ। मन्त्रालयले इजराइली सेनाले केही जेनेरेटरहरू ध्वस्त बनाएको र प्रत्यक्ष बमबारी गरेको बताएको छ।
इजराइलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजराइली सिमानामा हमासको आक्रमणको बदला लिन गाजापट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण शुरु गरेको थियो । यसमा लगभग एक हजार २०० मानिस मारिएका थिए भने २५० जनालाई बन्धक बनाइएको थियो।
विगत २४ घण्टामा इजराइली सेनाले ८१ जनाको ज्यान लिएको छ भने १९८ जना घाइते भएका छन्। यसबाट कूल मृत्यु हुनेको सङ्ख्या ३८ हजार ७९४ पुगेको र सन् २०२३ को अक्टोबरमा प्यालेष्टिनी(इजरायली द्वन्द्व शुरु भएदेखि ८९ हजार ३६४ जना घाइते भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले विज्ञप्तिमा भनेका छन्।

अर्थ बजारमा व्यापारघटेको छः अर्थमन्त्री पौडल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्लो समय व्यापार सबै घटेको बताएका छन्।
बुधबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलको भेटर्वातामा उनले सबै पूँजीगत खर्च घटेको बताएका हुन्। मन्त्री
‘केहीदिन यता सप्लाई, डिमाण्ड, प्रोडक्सन, पूँजीगत खर्च घटेको छ, सबै वस्तु घटेको घटे छ, हामीले हाम्रो उद्योगलाई अगाडि बढाउन सरकार अभिभावकको भूमिकामा छ, समस्या सुन्छ र समाधान पनि गर्छ,’ उनले भने, ‘आफ्ना पेसा व्यवसायमा सजिलै लाग्नुहोस्, र आफ्नो पेसा व्यवसायबाट राष्ट्र निर्माणमा सहयोग गर्नुहोस् तपाईंहरू पनि सफल उद्योगी बन्नुहोस्।’
उनले पूँजीगत खर्च बढाउन निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताए। मन्त्री पौडेलले अर्थतन्त्रमा टुटेको मनोवललाई जोगाउन नसके कुनै पनि समस्याको समाधान नहुँने बताए।

प्रतिभाहरुलाई खोजी खोसम्मन गर्न आवश्यक छ ःप्रधानमन्त्री ओली

 

काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले, देशमा भएका प्रतिभाहरुलाई सम्मानसहित प्रोत्साहन गर्न आवश्यक रहेको बताएका छन् ।
काठमाडौंमा छिन्नलता गीत पुरस्कार गुठीद्धारा आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले नेपाल प्रतिभाहरुको देश भएको भन्दै उनीहरुलाई निखार्ने र प्रोत्साहन गर्ने काम छिन्नता पुरस्कार गुठीले गरेकोमा धन्यवाद दिएका छन् ।
उनले भने, ‘कला, संस्कृति, संगीत, बाद्यबादन र गायन यी सबै कुरालाई बुझ्ने र त्यसलाई प्रोत्साहन गर्न जान्ने त्यसलाई विकास गर्न सक्ने ठाउँ नै छिन्नलता गीत पुरस्कार गुठी हो । यो प्रतिभाहरुको देश हो । यहाँका प्रतिभाहरु सम्मानीत हुनुभएको छ खुसी व्यक्त गर्न चाहन्छु । यस्तो प्रतिभाहरुलाई खोजि खोजि सम्मानीत गर्ने र खोजि खोजि खानिबाट हिरा निकाले झै निकालेर कटिङ गरेर चम्काएर देखाउँने काम छिन्नता पुरस्कार गुठीले गरेको छ । म धन्यवाद दिन चाहन्छु ।’
प्रधानमन्त्री ओलीले छिन्नलता गीत पुरस्कार गुठीलाई आगामी दिनमा पनि प्रतिभा खोजि गर्ने र सम्मान गर्ने कामको निरन्तरताको लागि शुभकामना दिएका छन् ।

वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त

 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेकाछन्।
महान्यायाधिवक्ता सरकारको कानूनी सल्लाहकार मानिन्छ। बडाल यसअघि पनिकेपी ओलीको पालामा चैत ६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए।

निर्माण व्यवसायीले रकारबाट पाउनु पर्नेभुक्तानी रोकिँदैन ः अर्थमन्त्री पौडेल

काठमडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग आज अर्थ मन्त्रालयमा सम्पन्न भेटघाटमा उनले निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी नरोकिने बताएका हुन्
‘निमाण व्यवसायीले भुक्तानी पाएनन् भन्ने गुनासो अब धेरै दिन सुन्न पर्दैन । राज्यका निकायले ठेक्का लगाएर काम सम्पन्न भएको छ भने जुनसुकै उपायबाट पनि त्यसको भुक्तानी हुन्छ । अब गुनासो गरिरहने अवस्था आउँदैन’, अर्थमन्त्री पौडेलले भने
उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच लामो समयदेखि चलिरहेको ‘डेडिकेटेड’ र ‘ट्रकलाईन’ को विद्युत् महसुल बक्यौता विवाद पनि कानुनअनुसार सुल्झाइने आश्वासन उनले दिए । ‘डेडिकेटेड र ट्रङ्कलाइन विवाद कसरी समाधान गर्ने भनेर प्रधानमन्त्रीले नै सरकारको दृष्टिकोण राखिसक्नु भएको छ । यो विषयलाई त्रास र आतंकका रुपमा नलिनुस् । गैरकानुनी ढङ्गले सरकारले कुनै दायित्व सिर्जना गर्दैन’, अर्थमन्त्री पौडेलले भने, ‘यदि कसैले गैरकानुनी रुपले उद्योगीलाई दायित्व सिर्जना गर्न खोजेको छ, भने त्यो कोसिस सफल हुँदैन । यो समस्या समाधान गर्नका लागि केही समय लाग्यो । अब तपाईहरु डेलिगेसन आइरहनुपर्ने अवस्था रहँदैन ।’

सरकार निजी क्षेत्रको अविभावकका रुपमा रहेकाले सबै गुनासो र समस्या सुन्न तथा यसको समाधान खोज्न तयार रहेको उनको भनाइ छ । ‘सरकार अविभावकको रुपमा रहेर निजी क्षेत्रको विश्वास र भरोसा टुट्न दिने छैन । राज्यले संरक्षण दिन्छ भन्ने आत्मविश्वासका साथ राष्ट्र निर्माणमा योगदान गर्नुस्’, अर्थमन्त्री पौडेलले भने, ‘तपाईहरुले आफूलाई निरीह, कमजोर र असहाय नठान्नु होला । समस्याको समाधानसँगै मिलेर एकै टेबुलमा बसेर खोज्ने हो । निजी क्षेत्रले खोजेको समाधान सरकारलाई मान्य हुने र सरकारको खोजेको समाधान निजीक्षेत्रलाई मान्य हुने गरी समाधान खोजौँ ।’ विकास तथा समृद्धि यात्रामा सरकार र निजी क्षेत्र सहयात्री भएकाले कुन एक पक्षले अर्को पक्षलाई बिर्सिएर जान नसकिने उनले स्पष्ट पारे ।

पछिल्लो क्षेत्रको सबैभन्दा ठूलो चुनौती आमसर्वसाधारण र निजी क्षेत्रमा खस्किएको मनोबल उकास्नु रहेको अर्थमन्त्री पौडेलले बताए । ‘पछिल्लो दिनमा माग र आपूर्ति घटेको छ । राजस्व घटेको छ । पुँजीगत खर्च घटेको छ । सबैभन्दा ठूलो मुख्य चुनौती भनेको मान्छेको मनोबल घटेको छ’, उनले भने, ‘सबै समस्याको समाधान भेटिन्छ तर, टुटेको मनोबलको समाधान भेटिन्न । यसकारण तपाईहरु उच्च मनोबलका साथ काम गर्नुहोस् । सरकार तपाईहरुसँगै छ ।’
अहिले निजी क्षेत्र लगानी बढाउने भन्दा पनि व्यवसाय कसरी टिकाइराख्ने भन्ने चिन्ताबाट ग्रसित भएकाले त्यसलाई सहजीकरण गर्नका लागि सरकारका तर्फबाट गर्नुपर्ने नीतिगत, संरचनागत र व्यवहारिक सुधारमा आफू सधैँ तयार रहेको उनले जानकारी दिए । ‘सरकारले निजी क्षेत्रलाई नीतिगत रुपमा सहजीकरण, सहयोग र सहकार्य गर्ने नीति लिन्छ । निजी क्षेत्रलाई काम गर्न अप्ठेरो भएका नीति सहजीकरणका लागि सरकार तयार छ । कुन नीतिमा सरकारले कस्तो सहयोग गर्नपर्छ भनेर तपाईहरुबाट सुझाव आओस्’, उनले भने ।

सरकारका नीतिमा अस्थिरता भएको भनेर निजी क्षेत्रले गुनासो गर्ने गरेको र कानुन कार्यान्वयनका क्रममा अनावश्यक दुःख दिने गरेको भन्ने विषयलाई पनि सरकारले गम्भीर रुपमा लिने अर्थमन्त्री पौडेलले स्पष्ट पारे । ‘सरकारले भूतप्रभावी कानुन बनाउँदैन । हिजो गरेका कामलाई आज कानुन बनाएर नियन्त्रण गर्ने दिशामा सरकार जाँदैन’, “निजी क्षेत्रलाई पहिले थुन्ने अनि सुन्ने भन्ने गरेको सुनिन्छ । सरकार त्यसो गर्दैन । यदि कानुनी प्रबन्धमै समस्या छ भने त्यसलाई संशोधन गर्नेबारे छलफल गर्न सकिन्छ । कानुनमा समस्या छ भने सहज र लचिलो बनाउनेतर्फ सरकारले सोच्छ ।’

लघुवित्त र सहकारी क्षेत्रका समस्या समाधानका लागि सार्थक पहल भइरहेको दाबी अर्थमन्त्री पौडेलले गरे । त्यस्तै, नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा विद्यमान समस्या र अवस्थालाई सम्बोधन गर्नेगरी ल्याउने विश्वास पनि उनले व्यक्त गरे । उनले भने, ‘म कानुनको पालनामा विश्वास गर्छु । राष्ट्र बैंकले कस्तो मौद्रिक नीति ल्याउने भन्ने उसको अधिकार क्षेत्रभित्रको कुरा हो । तर जहाँसम्म मलाई लाग्छ, राष्ट्र बैंकले पनि निजी क्षेत्रको मनोबल घटाउने गरि काम गर्दैन ।’

 

स्व. मंगलादेवी सिंह आफैंमा एउटा सस्था हो ःसभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व स्व मंगलादेवी सिंह आफैंमा एउटा सस्था भएको हुँदा उहाँको नाममा बन्न लागेको सस्था शिलान्यास गरेर छोड्न नहुने बताउनु भएको छ । उहाँले भवनशिलान्यास गर्ने तर नबनाई दिँदा अलपत्र हुने भन्दै कुनै पनि योजनाको उद्घाटन मात्रै गरेर छोड्नु नहुनेबताउनु भयो ।
उहाँले स्व.मङ्गलादेवी सिंहको नाममा भवन शिलान्यास गर्न पाउनु आफ्नो लागि सौभाग्यको विषय भएको बताउनु भयो।उहाँले मङ्गलादेवी सिंहको नाममा बन्न लागेको भवनको निर्माण छिटै सम्पन्न गर्न सम्पूर्ण काठमाडौँवासीको साथ र सहयोग चाहिने पनि बताउनु भयो ।
मङ्गलादेवी सिंह गणेशमानजीको श्रीमती मात्रै नभए रमङ्गलादेवी सिंह आफैँमा पनि मङ्गलादेवी सिंह हो । त्यसकारण गणेशमानजीको श्रीमतीको नामबाट होइन । मङ्गलादेवीको नाममा भवन शिलान्यास गर्न लागेका छौँ । तर यो बन्नुपर्छ, शिलान्यास मात्रै गर्ने अरू नबन्ने हुनु हुँदैन । मैले त के भनेको छु भने उद्घाटन गर्ने मात्रै भए शिलान्यास नै नगर भनेको छु । यसको उद्घाटन गर्ने काम पनि होस्, घर पनि बनोस् । यहाँ भएका महिला दिदीबहिनी हरूबाट मात्रै होइन, सम्पूर्ण काठमाडौँवासीबाट सहयोग होस् । यो बनेको खण्डमा मात्रै सच्चा श्रद्धाञ्जली हुनेछ ।’

हाँमी निजी क्षेत्र सरकारसंग मिलेर सहकार्य गरी अर्थतन्त्रमा देखिएको हहिलेको समस्या हल गर्न सधैं तयार छौं ः महाँसघ अध्यक्ष चन्द्र ढकाल

सुदामा ताजा समाचार

मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचार मुक्त बनाउन सबैक्षेत्रको सक्रिय भूमिका आवश्यकःसभामुख...

काठमाडौँ, जेठ १६ गते । सभामुख डोलप्रसाद अर्यालले मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा...

इलाममा बृहत् च्याब्रुङ नाच प्रदर्शन,बजाइए ५ सय भन्दा बढी च्याब्रुङ बाजा

इलाम, जेठ १६ गते । लिम्बू जातिको कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले इलामको माङ्सेबुङ गाउँपालिकामा ‘केलाङ प्रदर्शनी’ गरिएको छ । माङ्सेबुङमा रहेको प्रमुख...

प्रचण्ड मेडिसिटी अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री तथा नेपाली कम्यूनिष्टपार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भई अस्पताल भर्ना भएका छन्। विगत दुई—तीन दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार बिहान...