Page 7

कसैले पनि औंलो ठड्याउन नमिल्ने गरी काम गर्ने प्रधान मन्त्रीको प्रतिवद्धता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई जनताले या कसैलेपनि औंलो ठड्याउने ठाउँ नदिनेगरि काम गर्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा कांग्रेसका सांसद डा। नारायण खड्काको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले जनतामा निराशा नहोस भनेर सरकारले कामना मात्रै नगरेको बरु काम गरेको दाबी गरे । उनले भने,‘हामीलाई कुनै गल्ती गर्ने, अथवा कुनै अन्यौल सिर्जना हुनेगरि काम गर्ने, अथवा प्रतिफल नदेखिनेगरि काम गर्ने कुनै सुविधा छैन् । कुनै छुट छैन् ।’

उनले अहिलेपनि २० प्रतिशतभन्दा माथि जनता निरपेक्ष गरिबीको रेखामा रहेको भन्दै यसबाट जनतालाई माथि उठाउनेगरि काम गर्ने सुनाए । उनले सन् २०३० सम्म दिगो विकास गन्तव्यमा पुर्याउनुपर्नेमा पनि जोड दिए ।

 

नेपालको पहिलो नृत्य विज्ञ भैरव बहादुर थापा विषेश सम्मान समारोह एवं विविध सांस्कृतिक कार्यक्रम, २०८१ सम्पन्न

काठमाडौं । गत हप्ता २०८१ स्रावण २६ गते शनिवार भृकुटीमण्डप पर्यटनबोर्डमा नेपालका पहिलो नृत्य विज्ञ भैरब बहादुर थापालाई एक कार्यक्रमका बीच विशेष सम्मान गरिएको छ । सांस्कृति कला विकास समुह नेपालद्वारा आयोजित विशेष सम्मान एवं सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका उपसभापति इन्दिरा रानाले थापालाई विशेष सम्मान अर्पण गर्नुभयो । यसैगरी कार्यक्रमामा समाजसेवी आचार्य रबौद्ध ज्योतिषि रसमाजसेवी ल्हाक्पा तमाङ, बरिष्ठ संगीतकार सम्राट थापा ,बरिष्ठ समाजसेवी जीबन थापा , सामाजसेवी रिमा राई , बरिष्ट ब्यूटिसियन मन्जु खत्री, बिद्या श्रेष्ठ, लिना सुबेदी , बिमला कोईराला, गायिका ज्योती ढुङगाना, हाईजेनिक वल्ड अर्गनाईजेशनका अध्यक्ष९ प्रेमबहादुर कार्की र नेपाली पहिलो महिला नौमती बाजा समूह लगायत उत्कृष्ट सम्मान २०८१ नायिका बबिता नेयोङहाङ र उत्कृष्ट निर्देशक लोकन सॅावा लाई प्रदान गरिएको थियो । संस्थाका कोषाध्यक्ष रञ्जु राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा विविध सांस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रम सांस्कृतिक कला विकास समुहका अध्यक्ष दिल बहादुर कटुवालले कार्यक्रमको संयोजन गरेका थिए ।

आयोजक: सांस्कृतिक कला विकास समुह नेपाल

अबसर्वसाधारणका लागि छिटै धरहरा खुला गरिन्छ ः शहरी विकाशमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आम सर्वसाधारणका लागि धरहरा खुला गर्ने बताएका छन् ।
बुधवार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारहरुसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।
नले धरहराको सबै काम नसकिए पनि चढ्न चाहनेहरुका लागि आवश्यक बन्दोबस्त मिलाएर केही समयपछि नै खुला गर्ने जानकारी दिए ।
उनले संसदकै पहिलो र दोस्रो ठूलो राजनीतिक दलहरु मिलेर सरकार बनेकाले नयाँ शहरहरुलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने बताए ।
‘संसदकै पहिलो र दोस्रो ठूलो राजनीतिक दलहरु मिलेर सरकार बनेको छ । जुन तपाईंहरुले अपेक्षा गर्नुभएको छ,’उनले भने,‘यो नयाँ शहररुको बारेमा के हुँदैछ रु यो धरहराको केही दिनमै कम्प्लिट पार्ट होइन, केही पार्ट इच्छुक हुने, धरहरा चढ्न चाहनेहरुको बन्दोबस्त गर्न हामी लागिरहेका छौँ ।’
उपप्रधानमन्त्री सिंहले नयाँ संसद भवन आफू मन्त्री भएर आउँदा नै ८२ प्रतिशत काम सकिसकेको र अहिले काम जारी रहेकाले समयसीमाभित्रै काम सकेर सञ्चालन गर्ने तयारी रहेको पनि बताए ।

उनले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पनि आवश्यक छलफल भइरहेको पनि बताए । राजधानीलाई सुधार गर्नुपर्छ भन्नेमा आफू सहमत रहेको र त्यसको लागि काम शुरु गरिसकेको पनि बताए ।

‘फोहोरमैलाकोमा पनि उपत्यका मेयर फोरमसँग पनि कुरा पटक पटक गरिसकेको छु । सबैले प्रयोग गर्ने तर जिम्मा कोही नलिने भन्ने भइरहेको छ,’उनले भने,‘सबैको आइडिया लिइरहेका छौँ । एउटा निर्देशिका बनाएर फोहोरमैला के गर्ने भन्ने तयारी गरिरहेका छौँ । राजधानीलाई सुधार गर्नुपर्छ भन्नेमा म छु । राम्रो गर्न के गर्नसकिन्छ, म लागिरहेको छु ।’

उनले सरकारले अहिले नीति निर्माणमा नै बढी जोड दिइरहेको बताए ।

गृहमन्त्री लेखकद्वारा भ्रष्टाचार निवारणऐन २०५९ लाई छिट्टै पारित गर्न आग्रह

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन २०५९लाई समितिबाट छिट्टै पारित गर्न आग्रह गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐनमाथिको छलफलमा सांसदले राखेका जिज्ञासाहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले ऐनलाई संशोधन गर्न पहिचान भएका विषयहरुलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए ।
उनले भने , ‘भ्रष्टाचार नियन्त्रणसँग जुन ऐन छ यसको अत्यन्त ज्याँदा महत्व छ, यो गम्भिर विषय पनि हो , संवेदनशिल विषय भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ लाई समितिबाट र सभाबाट चाँडो भन्दा चाँडो पारित गर्न सकियोस् भन्ने म आग्रह गर्न चाहन्छु । ’

पहिचान भएका विषयमा धेरै छलफल भैइसकेको जनाउँदै निष्कर्षमा पुर्याउन ढिँलाई गर्न नहुने बताए । ‘यो प्रस्ताविक विधेयकमा सदन र सभामा विस्तृत रुपमा माननीय सदस्यहरुको समेत संशोधन समेत आएर समितिमा पुगेको छ । छलफलका विषयहरु पहिचान भइसकेका छन् ।

एनसेलको सामाजिक विकास सम्बन्धी विभिन्न आयोजनाहरु सातै प्रदेशमा सञ्चालन

 

काठमाडौं। एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी सीएसआर अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकास सम्बन्धी विभिन्न आयोजनाहरु सञ्चालनमा रहेका छन् । कम्पनीले गत वर्ष आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘एटीन फर एटीन’ अर्थात १८ औं वर्षको लागि १८ वटा सामाजिक पहलहरुका लागि आवेदन खुल्ला गरेको थियो र यसै पहल अन्तर्गत विभिन्न क्षेत्रमा विकास कार्यहरु सातै प्रदेशमा कार्यन्वयन भइरहेका छन्।

देशव्यापी रुपमा समुदाय स्तरमा आवश्यक रहेको विकास कार्यका लागि आहन गरिएको आवदेन प्रस्तावमा एनसेलले सातै प्रदेशबाट १६५ बढी प्रस्ताव प्राप्त गरेको थियो । ती प्रस्तावहरुको मूल्यांकन गरि छानेर सीएसआरका लागि विभिन्न प्राथमिकता क्षेत्रमा १८ वटा विकास कार्यहरु छनौट गरि कार्यन्वयनमा ल्याईएका हुन् ।
छानिएका परियोजनाहरुमा बाग्मती प्रदेशको लागि प्लास्टिक वेस्ट म्यानेजमेन्ट, डिजिटल साक्षरता कार्यक्रम तथा म्यूजियमको माध्यमबाट नेपालको कला तथा संस्कृतिको प्रर्वद्घनको कार्यक्रम तथा शिक्षा सम्बन्धी कार्यक्रमहरु रहेको छ भने गण्डकी प्रदेशमा शिक्षा क्षेत्र अन्तर्गत विभिन्न कारणले गर्दा स्कूल जान छाडेका तथा स्कुलबाट बाहिररहेका बच्चाहरुलाई पुनः स्कूल पठाउनको लागि स्कूल फर आउट अफ स्कूल चिल्ड्रेन, हुप्सेकोटमा स्वास्थ्य सम्बन्धि न्यूट्रिसन, वास सम्बन्धि कार्यक्रम तथा वातावरण संरक्षण तथा प्रर्वद्घनको लागि ग्रिन बक्स कार्यक्रम रहेका छन् ।

 

त्यसैगरी कोशी प्रदेशको लागि ६,००० महिलाहरुको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा नेपालमा पर्वतारोहणको लागि आउने पर्यटकहरुको सुरक्षाको लागि जनसचेतना कार्यक्रमहरु रहेका छन् । लुम्बिनी प्रदेशको हकमा विभिन्न ठाउँमा हेल्थ क्याम्प र विभिन्न सामुदायिक विद्यालयहरुमा ग्रिन स्कूलको अवधारणा विकासको लागि परियोजना संचालन भइरहेको छ ।

मधेश प्रदेशमा युवाहरुको क्षमता विकास तथा जिबिकोपार्जनको लागि सिप विकासका कार्यक्रम तथा विद्यालयमा शिक्षा सामग्रि तथा शैक्षिक विकासका कार्यक्रम रहेका छन् । सुदुर पश्चिम प्रदेशका ५ वटा मोडल स्कुलमा स्टेम एजुकेशन, बैतडीका ५६ वटा स्कुलका शिक्षकहरुको तालिम तथा विकासका आयोजना रहेका छन् भने नविकरणिय उर्जा प्रवद्र्घन सम्बन्धि परियोजनाहरु संचालनमा रहेका छन् । कर्णाली प्रदेशमा वास सम्बन्धि व्यापक कार्यक्रम तथा फोहरमैला वर्गिकरण तथा फोहरबाट कम्पोस्ट मलको उत्पादन सम्बन्धि कार्यक्रमहरु रहेका छन्
त्यसैगरि मधेस प्रदेशमा १८ देखि २५ वर्षका युवा लक्षित स्किल क्याप गर्दै छौ भने कोशीमा पाठेघरको क्यान्सरसम्बन्धी जनचेतना फैलाउने परियोजना गर्दै छौं । यी केही उदाहरण हुन् ” एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन् । “सातै प्रदेशमा कार्यन्वयन हुँदै गरेका हाम्रा परियोजनाहरुले समुदायको विकासका लागि योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौं ।”
दिगो विकास लक्ष्य हासिल गर्न सरकारलाई सहयोग गर्ने प्राथमिकताअनुरुप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । यस ‘एटीन फर एटीन’ कार्यक्रम अन्तर्गत परियोजना संचालन गर्नका लागि प्रति परियोजना १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ । प्राप्त प्रस्वावित आयोजनाको महत्व र प्रभावका आधारमा कुनै प्रदेशहरुमा दुईभन्दा बढि परियोजनाहरु छानिन सफल भएका छन्
एनसेलले आफ्नो स्थापना पश्चात शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्ब भन्दा बढी योगदान गरिसकेको छ । साथै कम्पनीले देशको एक सबैभन्दा ठूला करदाताका रुपमा अन्तर्गत अर्थतन्त्रमा प्रभावकारी योगदान दिँदै स्थापनाकालदेखि आर्थिक वर्ष २०८०÷८१ सम्ममा सरकारलाई कर तथा गैरकर गरी रु ३२० खर्ब भन्दा बढी राजस्व तिरिसकेको छ ।

 

मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पस स्याङ्जाबीच वीत्तीय साक्षरता गर्ने संझौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक र स्याङजा जिल्लाको चापाकोट नगरपालिका वडा नं। ९ मा रहेको चापाकोट क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने, व्यवहारिक ज्ञानको लागि इन्टर्नशिप गर्ने र बैंकिङ करियरको लागि अवसर प्रदान गर्ने सम्बन्धमा दुई पक्षबीच आपसी सम्झौता भएको छ ।
उक्त समझ्दारी पत्रमा बैंकको तर्फबाट गण्डकी क्षेत्रीय प्रमुख ऋषिराम ढकाल र चापाकोट क्याम्पसको तर्फबाट क्याम्पसका कार्यवाहक प्रमुख पोषराज देवकोटाले हस्ताक्षर गरेका छन् ।
चापाकोट क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई इन्टर्नशिप, वित्तीय साक्षरता कार्यक्रम लगायत करियर विकासका कार्यक्रमहरुमा मुक्तिनाथ विकासका बैंकले प्रचलित ऐन, नियम तथा नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही अवसरहरु प्रदान गर्ने समझदारीको मुख्य उदेश्य रहेको र यो समझ्दारी ५ बर्ष अवधिसम्म कायम रहने मुक्तिनाथ विकास बैंक गण्डकी क्षेत्रिय प्रमुख ऋषिराम ढकालले जनाए ।
उक्त कार्यक्रममा मुक्तिनाथ विकास चापाकोट शाखाका शाखा प्रमुख सुन्दर श्रेष्ठ, कर्जा डेस्कका युवराज श्रेष्ठ, वालिङ शाखाका शाखा प्रमुख नविन काफ्ले, चापाकोट क्याम्पसका पूर्वअध्यक्षहरु हिरण्यलाल आचार्य, भरत पाठक, समितिका पदाधिकारीहरु, प्राज्ञिक व्यत्तित्वहरु सिताराम गैह्रे, दुर्गा ढकाल, डोलराज अधिकारी, विन्दु पौड्याल, प्रेमचन्द्र​ भट्टराई, उप प्राध्यापकहरु, शिक्षक,शिक्षिकाहरु, समाज सेवी लगायत वडा नं।९ का वडाअध्यक्ष कृष्ण सुवेदी लगायत काव्यक्तिहरुको उपस्थिती रहेको थियो ।
चापाकोट क्याम्पसका अध्यक्ष मुकुन्दराज आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

अब नबिल बैंकले ऋणीहरुलाई ७।९९ प्रतिशत ब्याजदरमै घर घर कर्जा दिने

काठमाडौँ । नबिल बैंकले सहज र सरल तरिकाले घर कर्जा उपलब्ध गराउने भएको छ । बैंकले ऋणीलाई ७।९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने तयारी गरेको छ ।
बैंकले आधार दर सरह नै ब्याजदरमा घर कर्जा दिने छ । ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना अन्तर्गत ७।९९ प्रतिशत ब्याजदरमै घर कर्जा उपलब्ध गराउने भएको हो ।
बैंकले भदौ महिनाका लागि ७।६३ प्रतिशत आधार दर निर्धारण गरेको छ । आधार दरमा ३ प्रतिशतसम्म प्रिमियम थप लिने गरिएको बैंकले जनाएको छ । बैंकले अधिकतम ३० वर्षअवधिसम्मका लागि घर कर्जा दिनेछ । ७।९९ प्रतिशत ब्याजदर ७ वर्षसम्मका लागि स्थिर हो ।

सृजनशीलयुवाहरुका लागि स्टार्ट अप कार्यक्रम सुरु गर्न आवश्यक ः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले युवाहरुका लागि स्टार्ट अप कार्यक्रम सुरु गर्नुपर्ने बताएका छन् ।
बुधबार राजधानीमा आयोजित स्टार्टअप नेसनलाई सम्बोधन गर्दै उनले सृजनशील युवाहरुलाई राष्ट्रिय उत्पादनमा प्रयोग गनुपर्ने आजको आवश्यकता भएको बताएका हुन् ।
उनले भने, ‘सृजनशील युवाहरुलाई राष्ट्रिय उत्पादनमा प्रयोग गनुपर्ने आजको आवश्यकता छ, यसका लागि स्टार्ट अप कार्यक्रम सुरु गर्नुपर्ने देखिएको छ , राष्ट्र निर्माणको अभियानमा देशभित्रै रोजगारीको अवसर खोज्न सम्पुर्ण युवा युवतीहरुमा हार्दिक अनुरोध गर्न चाहान्छु ।’
साथै उनले युवाहरुलाई बिउविजन उपलब्ध गराउनका लागि एक अर्ब रुपैयाँको फण्ड बनाएर स्टार्टअप गर्ने तयारीमा सरकार रहेको जानकारी गराए ।
उनले भने , ‘युवाहरुलाई बिउविजन उपलब्ध गराउनका लागि एक अर्ब रुपैयाँको फण्ड बनाएर स्टार्टअप गर्ने तयारीमा छौं।’

खान, बस्न असुविधा र चर्को महंगीकाकारण आधा थिर्थयात्री घटे

काठमाडौं । रसुवास्थित चर्चित तीर्थस्थल गोसाइँकुण्ड मेलामा यसबर्ष भक्तजनको संख्या आधाले घटेको छ । बर्षेनी लाग्ने मेलामा यसवर्ष भने भक्तजनको संख्या घटेको स्थानीयको भनाइ छ ।
यही भदौ ३ गते जनैपूर्णिमाका अवसरमा आयोजित मेलामा अपेक्षा गरेभन्दा दोब्बरको संख्या भक्तजन घटेको पाइएको हो । जनैपूर्णिमा पर्वका अवसरमा स्नान र पूजाआरधना गर्न यस बर्ष आठ हजार मात्र भक्तजन निलाद्री पर्वत पुगेको तथ्यांक छ ।
जनैपूर्णिमाका अवसरमा गत वर्ष १६ हजार भक्तजनले निलाद्री पर्वत पुगेर स्नान गरेको भएपनि यसबर्ष आठ हजार भक्तजन घटेको चोलाङपाटी लाङटाङ राष्ट्रिय निकुञ्जका प्रतिनिधि सिनियर गेम स्काउट अर्जुन गौतमले जानकारी दिए ।
सुत्ने ठाउँ र खानाकै समस्याका कारण यसरी बर्षेनी भक्तजनको संख्या घटेको तीर्थयात्री क्षितिज मैनालीले बताए । उनले भने, ‘पर्वको अवसरमा घुम्न र गोसाइकुण्डको दर्शन गन भन्ने थियो । तर यहाँको खराब व्यवस्थानका कारणले गर्दा अप्ठ्यारो भयो । अरुलाई घुम्न आउनु भनेर अरूलाई सुझाव दिन सक्ने अवस्था नै छैन । खाने व्यवस्था राम्रो छैन, सुत्ने ठाउँ छैन । शौचालयहरूको समेत व्यवस्था छैन ।’
गोसाइकुण्ड मेला व्यवस्थापन समितिभन्दा व्यवसायीहरूले बढी पैसा लिने गरेका कारण समेतसमयमा तीर्थयात्रीहरूले हैरानी खेप्नुपरेको मैलानीको भनाइ थियो ।
यस्तै अर्का यात्री डिल्लीराम आचार्यले पनि खानाको लागि उपयुक्त ठाउँ नभएकाले भक्तजन घटेको गुनासो गरे । यस्तै उनले यातायातको सुविधा नहुनु मूख्य समस्या भएको बताए ।
उनले भने, ‘भगवानको दर्शन गर्न पाउँदा खुसी त लागेको छ । तर खानबस्नको लागि स्थान उपयुक्त लागेन । होटलहरुले पनि त्यति राम्रो खुवाउँदैनन् । अझ भक्तजनको कमी हुनु भनेको सबैभन्दा मुख्य समस्या यातायात नै हो ।’
साथै उनले समितिले तोकेको पैसा भन्दा खानामा होटल व्यवसायीले बढी पैसा असुलेको आरोप लगाए ।
तर गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले तुलनतात्मक रुपमा भक्तजनको संख्या केही कमी भएपनि व्यवस्थापनमा कमजोरी नभएको बताए । ‘यस बर्ष नौं देखि १० हजार भक्तजन गोसाइकुण्ड पुगेका छन् । अलिक अगाडिदेखिकै गणना गर्ने हो भने १२ हजार बढीले दर्शन गरेका छन्,’ उनले भने,‘चित्तबुझ्दो संख्या त नहोला तर आउने भनेको यस्तै हो ।’

नेपाल मंकीपक्सको उच्च जोखिममा

काठमाडौं । नेपालमा कोभिड–१९ मत्थर भएको २ वर्षपछि भाइरसद्वारा उत्पन्न हुने रोग मंकिपक्स रोग देखा पर्न थालेको छ । अघिल्लो वर्ष यो रोग चौपायाहरुमा लाग्दा हजारौं पशुको मृत्यु भएको थियो । अहिले मानिसमा समेत देखा पर्दा आतंक बढ्न थालेको छ ।
अफ्रिकी महाद्विपबाट सुरु भएको यो रोग तीव्र गतिमा विश्वका अनय महाद्विपमा पनि पुगिसकेको छ । गत साता पाकिस्तानमा मंकीपस्कस संक्रमण देखिएको छ । पाकिस्तानमा यो रोग देखा परेसँगै नेपालमा समेत मंसिपक्सको उच्च जोखिममा परेको छ ।
मंकिपक्सको संक्रमण देखिएको व्यक्तिमा सुरुमा ज्वरो आउने टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने जस्ता लक्षण देखापर्ने
गर्दछन् । यो संक्रमण १४ देखि २१ दिनसम्म रहने स्वास्थ्य विज्ञले बताएका छन् ।
यो रोग खासगरी संक्रमित व्यक्तिको नजिकको संशर्गबाट
फैलिन्छ । यौ सम्पर्क र छालाको सम्पर्कबाट यो रोग फैलिन्छ । यो रोग फैलिनबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको संक्रमित व्यक्तिको नजिक नजाने, मंकिपक्स विरुद्धको खोप लगाउने लगायतका क्रियाकलाप गर्नुपर्ने डब्लुएचओले बताएको छ ।

सुदामा ताजा समाचार

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी तथा...

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा १९ स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले एक भव्य समारोहका बीच १९ जना स्रस्टाहरुलाई प्रज्ञा पुरस्कार प्रदान गरेको छ र्। केही साताअघि घोषणा गरेको प्रज्ञा पुरस्कार...

बौद्धमा शान्ति र्‍यालीसहित२५७०औंबुद्ध जयन्ती मनाइयो

काठमाडौँ । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन...