काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला भलिबल टिमसँग कुरा गर्दै अन्तर्राष्ट्रियस्तरको भलिबल कभर्डहल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले खेल प्रशिक्षक एवं खेलाडीबीच महिला भलिबलले हालसम्म हासिल गरेका उपलब्धि थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजय कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल गर्नुभएको थियो । छलफलका क्रममा ओलीले भन्नुभयो ‘तपाईहरुलाई सरकारको ढुकुटीमा धेरै रकम छैन तर हामी गर्नैपर्ने काम गर्नेछौं । आगामी खेलमा जित्छौं, खेल खेल्ने भनेको जित्नकै लागि हो ।’
प्रधानमन्त्री ओलीले दुई साता अघि सम्पन्न ‘काभा वुमन्स नेशन्स भलिबल प्रतियोगिता’ हेर्न आफुले चाहेको भए पनि मन्त्रीपरिषदको आकस्मिक बैठकका कारण जान नसकेको अवगत गराउनु भएको
थियो । उहाँले खेलाडीका प्रगति, चाहना र मागबारे आफु जानकार रहेको पनि बताउनुभयो । साथै उहाँले प्रतियोगिताका उपविजेता खेलाडीलाई नेपाल सरकारले जनही तीन लाख रुपैयाँ दिने निर्ण गरेको जानकारी दिनुभयो ।
छलफलमा सो टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द, खेलाडी सरस्वती चौधरी लगायत अन्य खेलाडीहरुको सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्रीद्वारा भलिबल कभर्डहल बनाउने प्रतिबद्धता
अध्यक्ष प्रचण्ड पार्टी बैठकमा उप–महासचिव शर्माप्रति नरम
काठमाडौं । सदनमा प्रमुख प्रतिपक्षी दल रहेको माओवादी केन्द्रले सदन, सडक र स्थानीय सरकारमा आफ्नो भूमिका प्रभावकारी बनाउने निर्णय गर्दै स्थायी कमिटिीको बैठक सम्पन्न गरेको छ । गत साउन १५ गतेदेखि सुरु भएको माओवादी स्थायी कमिटी बैठकले असोज पछिल्लो साता केन्द्रीय कमिटिको बैठक बोलाउने निर्णय गरेको छ । त्यसो त माओवादी स्थायी समिति बैठकले के कस्तो निर्णय गर्छ भनेर चासोको साथ हेरिएको छ । खास गरी उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमाथि प्रश्न उठाएका थिए । उनीहरु बाहेक अरुले प्रचण्डको नेतृत्वको बारेमा प्रश्न उठाउनु नचाहेको देखिएको छ । त्यसो त स्थायी कमिटीको बैठकको अन्तिम दिन गत विहिबार अध्यक्ष प्रचण्डले आफ्ना धारणा राखेका थिए । माओवादीलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइए पनि जनतामा जाने अवसर आएको भन्दै प्रचण्डले पार्टीलाई अझ बढी चलायमान बनाउनेमा जोड दिए । माओवादी केन्द्रको बैठकले सातै प्रदेशस्तरमा परामर्श समितिको बैठक आयोजना गर्ने निर्णय गरेको छ । माओवादी प्रवक्त अग्नि सापकोटाले स्थायी कमिटी बैठकले पार्टीलाई सशक्त प्रतिपक्ष शक्तिका रुपमा परिचालन गर्ने निर्णय भएको बताए । माओवादी अहिले १२२ वटा स्थानीय सरकारको नेतृत्वमा छ । ती स्थानीय सरकारबाट प्रभावकारी काम गर्ने र जनताका एजेण्डालाई सदनदेखि सडकसम्म मुखरित गर्दैै जाने निर्णय भएको
छ ।’ प्रवक्त सापकोटाले भने । उहाँले प्रदेशस्तरमा हुने परामर्श समितिको बैठकमा अध्यक्षदेखि उपमहा सचिवसम्मका पदाधिकारी सहभागी हुने र सुझाव संकलन गर्ने
बताए । पार्टी पंक्ति र जनताका सुझावका आधारमा अगाडि कार्यदिशा तय गर्छौ । त्यसका लागि असोज पहिलो साता केन्द्रीय कमिटीको बैठक बस्छौं । सापकोटाले भने ।
प्रचण्ड आफ्नो नेतृत्वको सरकारले गरेका सुशासनका प्रयासहरुलाई वर्तमान सरकारले निरन्तरता दिन नचाहेको उल्लेख
गरे । ‘हामीले थालेका सकारात्मक प्रयालाई वेवास्ता गरिएको छ । सरकार सुशासनको वातावरण बिगार्न उद्यत् छ । यसबारे केही दिनमा संसदमै बोल्छु ।’ प्रचण्डको भनाई छ ।
आफुलाई नेतृत्व हस्तान्तरणको दबाब दिन लिखित प्रस्ताव पेश गरेका उपमहासचिव जनाद्र्धन शर्माप्रति माओवादी अध्यक्ष प्रचण्डले नरम व्यवहार प्रस्तुत गरेका छन् । स्थायी कमिटी बैठकमा छुट्टै प्रस्ताव पेश गर्दै उपमहासचिव शर्माले अध्यक्ष प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न वा चुनावमार्फत नेतृत्वमा आउन दबाब बनाएका थिए । स्थायी कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा भने प्रचण्डले आफु शर्माकै बचाउ गरेका थिए । शर्माले आफ्नो प्रस्ताव पेश गर्दै माओवाी नेतृत्वले आफु विरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका
थिए । शर्माले पार्टी विभाजन गर्न खोजेका, एमाले जान खोजेको जस्तो हल्ला प्रचण्ड प्रधानमन्त्री हुँदा बालुवाटारबौ चलाइएको आरोप लगाएका थिए । प्रचण्डले भने, जनाद्र्धन बारे चलाइएका हल्लामा सत्यता नभएको दाबी गरेका छन् । बैठकमा समेत प्रचण्डले माओवादी आन्दोलन समाप्त पार्न चाहनेहरुले जनाद्र्धनको नाम जोडेर दुष्प्रयास गरेको र माओवादीभित्र खेल्न खोजेको उल्लेख गरेका थिए । बैठकपछि प्रतिक्रिया दिँदै उनले जनाद्र्धनले पार्टी फुटाउने कुरा निराधार रहेको स्पष्ट पारे । ‘उहाँबाट अनावश्यक हल्ला फैलाउने काम भएको छ । माओवादी पार्टी फुट्दैन, फुटाउने काममा कोही लागेको छैन ।’ प्रचण्डले भने ।
यसरी प्रचण्ड सकेसम्म उपमहासचिव शर्माले आफ्नै क्याम्पमा राख्न चाहेको देखिन्छ । अर्का असन्तुष्ट नेता एवं उपमहासचिव वर्षमान पुन बारे भने प्रचण्डले बोलेको पाइएन ।
गाडी दुर्घटनाले लग्योे, गाउँपालिकाका उपाध्यक्ष कार्कीको ज्यान
सुर्खेत । सुर्खेतबाट नेपालगञ्ज जाँदै गर्दा गाडी दुर्घटनामा परी हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको ज्यान गएको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिका–५ को एमाले मोडमा दुर्घटना हुँदा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।कार्कीलाई दुर्घटनालगत्तै उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो ।
उनको उपचारका क्रममा करिब राति २ बजे निधन भएको प्रहरीको भनाइ छ । उनी नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकामा गत निर्वाचनमा उपाध्यक्ष निर्वाचत भएका थिए । उपाध्यक्ष कार्की कर्णाली प्रदेशसभा सदस्य जुम्कित लामाका श्रीमान हुन् ।
आज विहान पोखरा र भरतपुर विमान स्थलमा उडान प्रभावित
काठमाडौँ। प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिबिलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको हो ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको जानकारी दिए । “मौसम खराब रहेकाले भिजिबिलिटी कमजोर हुँदा पोखरा र भरतपुर गन्तव्यमा उडान हुन सकेको छैन”, उनले भने , “अन्य पहाडी क्षेत्रका विमानस्थलमा पनि सामान्य उडान प्रभावित भएको छ ।”
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार पोखरा र भरतपुरमा अहिलेसम्म कुनै पनि उडान भएको छैन । वर्षा कम भएसँगै भिजिविलिटीमा सुधार आए केहीबेरपछि उडान हुने जानकारी आएको उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेकाले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।
सबै प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
प्रभु बैंक र समाज डेन्टल हस्पिटलबीच ग्राहकलाई विशेष छुट दिने सम्झौता
काठमाडौं । बानेश्वर स्थित समाज डेन्टल हस्पिटल र प्रभु बैंकबीच बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
ग्राहकहरुलाई लक्षित गरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको हो ।
प्रभु बंैकका कर्मचारी र कर्मचारीका परीवारजन तथा ग्राहकहरुले क्रमशः १५ र १० प्रतिशत छुट, समाज डेण्टल हस्पिटलका सम्पूूर्ण शाखाहरुमा यो सेवा प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौता, समाज डेण्टल हस्पिटलका निर्देशक श्रेया पाँडे र प्रभु बैंकका बागमती प्रदेश प्रमुख सुदेशकुमार देवकोटाले हस्ताक्षर गरेका छन् ।
बैंकले नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।
ग्लोबल आइएमई बैंकको कार्यभार सीईओ रेग्मीको काँधमा
काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हालेका छन्।
आइतबार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेग्मीलाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् । पदभार सम्हाल्दै प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको व्यवसायिक विस्तारसँगै निक्षेपकर्ताहरुको हीत र फाइदालाई ध्यानमा राखेर काम गर्ने जानकारी दिए । साथै बैंकको डिजिटलाइजेशनलाई सरल र ग्राहकमैत्री बनाउँदै लैजाने उनले प्रतिवद्धता जनाए ।
यस्तै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनुभवी व्यक्तिले नेतृत्व गरेकाले बैंकको क्षेत्र अझै विस्तार हुने विश्वास व्यक्त गरे । ग्लोबल बैंकमा काम गरेको अनुभव भएकाले प्रभावकारी काम सम्पादन हुने उनको भनाइ छ ।
ग्लोबल आइएमई बैंक निक्षेपकर्ता र शाखा विस्तारमा देशकै ठूलो बैंक मानिन्छ । ग्लोबल आइएमई बैंकको नयाँ सीईओको रुपमा नियुक्त भएका रेग्मी यसअघि नायव प्रमुख कार्यकारी अधिकृत थिए । सिइओ रेग्मीसँग बैंकिङ क्षेत्रमा ३५ वर्षको अनुभव छ ।
निर्माण भएको दामो समय पछि भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी
काठमाडौं ।सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ ।
निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियतलगायतका आकर्षक प्याकेज ल्याउने भएको हो । साउन २८ को मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको थियो । बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको हो ।
दुवै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सरकारको नीतिअनुरुप विमानस्थल सञ्चालनलाई सहजीकरण गर्न नेपाल आयल निगमले उक्त विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्यमा छुट दिने निर्णय गरेको छ । निगमको सञ्चालक समितिको गत साउन ३१ गतेको बैठकले यही भदौ १ गतेदेखि लागू हुनेगरी हाल कायम रहेको हवाई इन्धनको बिक्री मूल्यमा प्रतिकिलोलिटर अमेरिकी डलर एक सय अर्को निणय नभएसम्मका लागि मूल्यमा कम गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न हवाई इन्धनदेखि टिकट सहुलियत दिने सरकारको योजना छ । गत साउन ३१ गते प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित बैठक बसेको थियो । उक्त बैठकले दुईवटै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिनेबारे छलफल गरेको जनाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउन्ड ह्यान्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्य योजना बनाएको छ ।
सरकारले पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिने र हवाई टिकटमा लगाइएको भ्याट पनि २०८३ भदौसम्म नलिने जनाएको छ ।
गत साउन १८ मा प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गरेका थिए । उक्त छलफलमा प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान चाप तथा यात्रु व्यवस्थापनलाई ध्यान दिई दुवै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका विकल्प र उपायबारे छलफल गरेका थिए । उनले दुई विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिएका थिए ।
निर्माण भएको लामो समयसम्म दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नभएर घाटा व्यहोर्नु परेको तथा काठमाडौँ विमानस्थलको क्षमताभन्दा बढी उडान र यात्रु व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेकाले यसलाई गम्भीर रुपमा लिन प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए ।
यसैबीच, आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग वायु सेवा सञ्चालकहरुले भेट गरी हवाई क्षेत्रका समस्याबारे छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले हवाई क्षेत्रको सुधारका साथै यस क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे विमान सञ्चालकसँग परामर्श गरे ।
प्रधानमन्त्री ओलीले हवाई सुरक्षा अभिवृद्धिमा ध्यान दिन वायुसेवा सञ्चालकलाई निर्देशन दिएका थिए । यस क्षेत्रमा देखिएका समस्या समाधानका उपाय सुझाउन सञ्चालकलाई आग्रह गरेका थिए । उनले हवाई टिकटमा ‘डलर फेयर’बारे चासो राखेका थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले थाई एयर एसियालाई थाइल्यान्डबाट नेपाल उडान गर्न अनुमति दिएको छ । क्यानले थाई एयर एसियालाई सातामा चार उडान भैरहवाबाट र तीन उडान काठमाडौँबाट गर्ने स्वीकृति दिएको हो । उक्त एयरलाइन्सले आगामी असोज ४ गतेदेखि उडान गर्नेगरी अनुमति लिएको जनाइएको छ ।
कुवेतको जाजिरा एयरले पनि आगामी असोज ९ गतेदेखि गौतमबुद्ध विमानस्थलमा पुनः उडान गर्नेगरी क्यानसमक्ष कागजात पेस गरेको विमानस्थलले जनाएको छ । उक्त एयरलाइन्सले सातामा तीन उडान गर्नेगरी अनुमति मागेको छ । एयरलाइन्सले विगतमा १० महिना उडान गरेर उडान स्थगित गरेको थियो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको थियो भने त्यसको छ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको थियो । भैरहवामा केही समय अन्तर्राष्ट्रिय उडान भए पनि पोखरा विमानस्थलमा चार्टर उडानबाहेक व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको छैन ।
नेशनल लाईफको अत्याधुनिक सुविधा सम्पन्न भवनको वास्तु पुजा सम्पन्न
नेशनल लाईफको अत्याधुनिक सुविधा सम्पन्न भवनको वास्तु पुजा सम्पन्न













