Page 3

लोक तन्त्र पछि सरकारले देशमा धेरै काम गरेको छ — गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्र प्राप्त पछि सरकारले देशमा धेरै काम गरेपनि केही गर्न सकेन भन्ने नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको बताएका छन् ।
भक्तपुरको दुधपाटीस्थित जुद्ध बारुण यन्त्र कार्यालयको नयाँ कार्यालय भबनका उद्घाटन गर्दै उहाँले लोकतन्त्र प्राप्त पछि सरकारले केही गर्न सकेन, देशमा केही भएन भन्ने गरि भाष्य निर्माण गर्नु गलत भएको बताएका हुन् ।
गृहमन्त्री लेखकले भने, ‘तत्कालिन राजाले ‘कु’ गरेर प्रजातन्त्र समाप्त पारेको दिन जनताले बिर्सनु भएको छैन भन्ने मलाई विश्वास छ । प्रजातन्त्र समाप्त पारेर राज्य सत्ता एकलौटी हातमा लिएपछि सबभन्दा पहिला नेपाली सेना र प्रहरीले सञ्चार माध्यममा छापा मारेर समाचारमा रोक लगाएको, प्रकाशित पत्रिकाहरु बन्द गराउनेदेखि जफत गरेर लगेको, पत्रकारलाई धम्क्याएको, जनताको आवाज बन्द गराएको सिंगो प्रेस जगत र जनताले बिर्सेका छैनन्, त्यसैले यो व्यबस्था चाहिदैन भनेर नेपाली जनताले भन्न सक्नुहुन्न ।’
गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन सक्दैन भन्दै उनले भने, ‘केही हँुदै नभएको, केही गर्दै नगरेको होइन, धरै काम भएका छन् तर जनताले सोचे जस्तो छिटो काम नभएको पक्कै हो । मुलुकमा समस्या छैनन् भनेर म भन्दिन, समस्या छन्, त्यसलाई हल गर्दै अगाडि जाने व्यबस्था लोकतन्त्र मात्रै हो ।’
विभिन्न चुनौती र समस्याका बाबजुद धेरै काम भएको बताउदै उनले एकतन्त्रीय व्यबस्थाले जनताको आवाज, सञ्चारको आवाज कुल्चिन्छ र लोकतन्त्रले जनता र सञ्चालको आवाजलाई सुनेर समृद्धिको यात्रामा अगाडि बढ्ने बताए ।
गृहमन्त्री लेखकले भने, ‘जनताको स्वतन्त्रता, भावना, आवाज बन्द गर्ने निरंकुशताको शासन हामीले व्यहोरी सकेका छौँ, जनताले बलिदान दिएर ल्याएको लोकतन्त्रलाई बिर्सिएर फेरी त्यही व्यबस्था चाहियो भनेर जनताले भन्छन् भनेर विश्वास गर्न सकिन्न, यो त केही तत्वहरुले भ्रम फैलाइरुहेका मात्रै हुन्, यो भ्रम पनि केही दिनमै सकिन्छ ।’
यस्ता भ्रमको खेतीले जनता अब खोला, खोल्छीमा अल्झिन्छन् भन्ने आफूलाई नलागेको बताउदै उनले लोकतन्त्र भए मात्रै स्वच्छ पत्रकारिता, स्वतन्त्रता, सञ्चार जगत, जनताको आवाज रहन्छ भन्ने स ञ्चार जगतले पनि बुझेको बताए ।

जुनसुकै विपत्तिमा पनि प्रतिकार्यका लागि २४ सै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिदै उहाँले जुद्ध बारुण यन्त्र भक्तपुर गृहमन्त्रालय अन्तर्गत नै रहेकाले मन्त्रालयले जग्गा सम्झौताको म्याद थप गर्न मात्रै नभई दमकलकै नाममा जग्गा ल्याउन लाग्ने उनले बताए । एकैछिनको ढिलासुस्ती र हेलचेक्रईले जनधनको क्षति हिुन दिन हँुदैन भन्दै उनले दमकल थप गर्न पालिकाहरुले पनि थप सहयोग गर्नुपर्ने, औंल्याए ।

१५ वर्ष मुनीका विपन्न बालवालिकालाइ निःशुल्क मुटु उपचार गर्ने मन्त्री पौडेलको निर्णय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् ।
सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री प्रदीप पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रबि मल्लले जानकारी दिए ।
‘मन्त्रीज्यूबाट आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् भने पछि आन्तरिक र अन्य श्रोतबाट उपचार गराउने निर्णय गरेका हौं,’ कार्यकारी निर्देशक मल्लले भने ।
हल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रति बालबालिका दुई लाख ५० हजार सहायता दिंंदै आइरहेको छ । उपचार लिनेको संख्या बढिरहँदा केन्द्रले त्यसमा आन्तरिक श्रोतसमेत थप गरेर आर्थिक अभावको समस्या भोगेका बालबालिकाको शल्यक्रियासहितका सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।
यस वर्षको पुष महिनासम्म चार सय ८० बालबालिकाले गंगालालबाट शल्यक्रियासहितको उपचार सेवा निःशुल्क प्राप्त गरेका छन् ।
‘आर्थिक अभावमा कोही पनि बालबालिका मुटु उपचारबाट बञ्चित नहोउन् भन्ने हाम्रो चाहना हो,’ मन्त्री पौडेलले भने, ‘यसका लागि थप श्रोतको खोजीसमेत गरिनेछ
नेपालमा एक हजार बालबालिका मध्ये ८ देखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको एक अध्ययनले देखाएको छ ।

आइएमईले लियो, १० हजार जनशक्ति उत्पादनको लक्ष

काठमाडौं , आईएमईले टेक्निकल स्कुल सञ्चालनमाल्याएर वर्षमा १० हजार जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ ।
आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाडौं टेक्निकल स्कुल सञ्चालनमा ल्याएको जनाएका छन् ।
गत मंगलबार काठमाडौंको धुम्बाराहीस्थित काठमाडौं टेक्निकल स्कुलको प्राङगणमा आयोजित एक विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरत सिंह भण्डारीले उक्त स्कुलको शुभारम्भ गरेका थिए ।
यस स्कुलले हस्पिटालिटी, कुलनिरी आर्टस, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङलगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरुमा तालिमहरु सञ्चालन गर्नेछ ।
स्कुलले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरु उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ ।
आफ्नो अढाइ दशकको व्यावसायिक यात्रामा आइएमई ग्रूपले बैंक तथा वित्तीय क्षेत्र, बीमा, पर्यटन तथा आतिथ्य, पर्यटन पूर्वाधार, जलविद्युत, म्यानुफ्याक्चरिङलगायत क्षेत्रमा अनेकौं उद्योग तथा परियोजनाहरु सञ्चालन गरिसकेको छ ।
आइएमई ग्रुपअन्तर्गतका कम्पनीहरुमा २५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यत्ति नै वा त्यसभन्दा बढीलाई स्वरोजगार बनाउन पनि यस ग्रुपले सहयोग गरेको छ।
आईएक्सआई कर्पले वैकल्पिक लगानी, वैकल्पिक ऊर्जा, वैकल्पिक शिक्षा, प्रविधि र सार्वजनिक नीतिका क्षेत्रमा काम गरिरहेको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी र गरिबीका समस्या समाधान गर्न सक्ने भएकाले सरकारले निजी क्षेत्रसँग साझेदारीलाई प्राथमिकतामा राखेको जनाए ।
उनले प्राविधिक जनशक्ति उत्पादन सरकारको प्राथमिकतामा रहेको जनाए ।
उनले सीप विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको जनाए ।
स्वेदशमै रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारमा पनि सीप आवश्यक पर्ने हुँदा दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने मन्त्री भण्डारीको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौं टेक्निकल स्कुलको औपचारिक सञ्चालनसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको जनाए ।
उनले यस स्कूलले थप हजारौ युवालाई रोजगार वा स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाए ।
‘नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको शुरुवात गर्ने लक्ष्यका साथ स्थापना गरिएको यस स्कुलले विशेष गरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने हाम्रो अपेक्षा छ,’ उनले भने ।
‘हामीले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरु उत्पादन गर्ने लक्ष्य लिएका हौँ । यसका लागि यस स्कुलले तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरुमा तालिमहरु सञ्चालन गर्नेछ,’ उनले भने ।
सरकारले पनि प्राविधिक स्कुल तथा तालिम केन्द्रहरुको स्थापना र सञ्चालनलाई प्रोत्साहन तथा सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
‘स्वदेशमा रोजगार वा स्वरोजगार हुन नचाहेर विदेशै जान चाहे पनि यदि सीप छ भने राम्रो काम र उच्च ज्याला वा तलब पाइने अवस्था रहन्छ । अहिले देशले प्राप्त गरेको रेमिट्यान्सको परिमाणमा पनि यसले सकारात्मक प्रभाव पार्ने छ । यस्ता कुरामा हस्तक्षेप गरी युवाहरुलाई सीपले सुसज्जित गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने ।
काठमाडौं टेक्निकल स्कुल केटीएसका अध्यक्ष मनोज पौडेलले आगामी दश वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य प्राप्तीमा आज उद्घाटन गरिएको यस स्कूलले सहयोग पुग्ने जनाए ।
उनले केटीएसले युवाहरुलाई विश्वस्तरीय तालिम तथा शिक्षा प्रदान गर्ने लक्ष्य राखेको समेत जनाए ।
यस स्कुलले केवल विदेशमा रोजगारीका लागि तयार गर्ने मात्र होइन, नेपालभित्रै विभिन्न अवसरहरु सिर्जना गर्नेछ, उनले भने।
केटीएसले आफ्ना विद्यार्थीहरुलाई विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्षम बनाउन स्थानीय तथा राष्ट्रियस्तरका उद्योग व्यवसायका साथै अन्तरराष्ट्रिय साझेदारहरुसँग सहकार्य गर्ने नीति लिएको उनको भनाइ छ ।

एनएमबि बैंकद्वारा ग्लोवल मनिको उपलक्षमा देशै भर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । राजधानीको बबरमहलमा केन्द्रीय कार्यलय स्थापना गरी देशैभर २०२ शाखा,१८७ वटा एटीएम र ९ वटा एक्सटेन्सन काउन्टर खोली गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको वित्तीय सस्था एनएमबि बैंकले ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।
सो कार्यक्रम अन्तर्गत एनएमबि बैंकले देशको सबै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गर्न सफल भएको छ । ग्लोबल मनी वीक २०२५ को नारा सहित, बैंकले विभिन्न क्षेत्रमा प्रभातफेरी कार्यक्रममा समेत सहभागिता जनाएको छ ।
बैंकले आफ्नो सोसल मिडिया मार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यहरु सञ्चालन गरेको छ । बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ३,००० जना भन्दा बढी व्यक्तिहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन्

 

अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर

हरेक कुरामा महँगीको मार खेपिरहेका आम सर्वसाधारणको ढाड सेकिने गरी निर्माण सामग्री९सिमेन्ट र डण्डी०मा समेत मूल्य अस्वभाविक रुपमा बढेपछि सरकारी क्षेत्र र नीजि क्षेत्रका निर्माण व्यवसाय थप मारमा परेका छन् । ६ महिना अघिसम्म प्रतिबोरा ५०० रुपैयाँसम्म रहेको सिमेन्टको भाउ उद्योगीले पटक पटक बढाउँदै ८५० रुपैया पुर्याएका छन् भने प्रति किलो ८७ रुपैयाँ रहेको डण्डीको भाउन १०५ रुपैयाँसम्म पुर्याएका छन् । यसले सरकारी र नीजि निर्माण प्रभावित भएका छन् । सिमेन्ट र डण्डीमा मात्र नभएर हरेक कुरामा मूल्यवृद्धि भएको छ । जुन असह्य भएको छ । सरकारले अध्यादेश मार्फत २० प्रतिशतभन्दा बढी मुनाफ लिनेलाई कालो बजारी ऐन अन्तरगत कारवाही गर्ने प्रावधान हटाएपछि उद्योगी व्यापारी हौसिएका छन् । उपभोक्ताको मर्मलाई वास्तै नगरी मूल्य बढाएर व्यापारीकै पक्षमा सरकार लागेपछि सरकार आर्थिक प्रलोभनमा पर्न थालेको हो कि भन्ने शंका सर्वत्र हुन थालेको छ । उद्योगमन्त्री दामोदर भण्डारीलाई भेटेपछि मूल्य बढाएका उद्योगी व्यवसायीहरुले अझै डण्डी र सिमेन्टमा मूल्य बढाउने निश्चित जस्तै छ । यो घटनाले मन्त्री आर्थिक प्रलोभनमा परेको हुन सक्ने सहजै अनुमान गर्न सकिन्छ ।
अहिले न त अन्तर्राष्ट्रिय बजारमा फलामजन्य सामग्रीको ९कच्चा पदार्थको० मूल्य बढेको छ, न त तेलको भाउनै । यस्तो अवस्थामा किन मूल्य बढाइयो त रु शंका गर्न बाध्य हुनुपर्ने कारण यही छ । यस्तै चाला हो भने नेपालमा सामान्य हिसाबले पेशा व्यवसाय गर्ने वातावरण नै हराएर जाने पक्का छ । पछिल्लो समय जसरी मूल्यवृद्धि गरिउको छ यसलाई हेर्ने हो भने नेपालमा अब कार्टेलिङ गर्ने, कालोबजारी गर्नेहरु मात्र टिक्ने अवस्था आउछ । सरकारले यस्तालाई संरक्षण किन गरिरहेको छ रु रहस्यको विषय यही भएको छ । उपभोक्तामाथि सरकारले महँगी बढाएर गम्भीर अपराध गरिरहेको भुक्तभोगीहरुले नै बताइरहेका छन् । उनीहरु भन्छन् ‘यसरी अस्वभाविक रुपमा मूल्य बढेको नेपालमा मात्रै हो । अन्य कुनै मुलुकमा पनि मूल्य बढाएर उपभोक्ता माथि गम्भीर अपराध गरिदैन । नेपाल संसारमै यस्तो देश हो जहाँ वस्तुको बढी आवश्यक पर्दछ त्यति मौका छोपेर अस्वभाविक रुपमा मूल्य बढाइन्छ ।’
नेपालमा प्राय वस्तुको कृत्रिम अभाव गराएर मूल्यवृद्धि गर्ने गरिन्छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले पनि कृत्रिम मूल्यवृद्धि गरिएको भेटिएको बताएका छन् । तर सरकार भने त्यस्तो उद्योगीलाई कारवाही गर्नुको सट्टा उल्टै हौसाईरहेको छ । यो कार्य सर्वसाधारणको लागि कदापी ठीक होइन ।

अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर

हरेक कुरामा महँगीको मार खेपिरहेका आम सर्वसाधारणको ढाड सेकिने गरी निर्माण सामग्रीसिमेन्ट र डण्डीमा समेत मूल्य अस्वभाविक रुपमा बढेपछि सरकारी क्षेत्र र नीजि क्षेत्रका निर्माण व्यवसाय थप मारमा परेका छन् । ६ महिना अघिसम्म प्रतिबोरा ५०० रुपैयाँसम्म रहेको सिमेन्टको भाउ उद्योगीले पटक पटक बढाउँदै ८५० रुपैया पुर्याएका छन् भने प्रति किलो ८७ रुपैयाँ रहेको डण्डीको भाउन १०५ रुपैयाँसम्म पुर्याएका छन् । यसले सरकारी र नीजि निर्माण प्रभावित भएका छन् । सिमेन्ट र डण्डीमा मात्र नभएर हरेक कुरामा मूल्यवृद्धि भएको छ । जुन असह्य भएको छ । सरकारले अध्यादेश मार्फत २० प्रतिशतभन्दा बढी मुनाफ लिनेलाई कालो बजारी ऐन अन्तरगत कारवाही गर्ने प्रावधान हटाएपछि उद्योगी व्यापारी हौसिएका छन् । उपभोक्ताको मर्मलाई वास्तै नगरी मूल्य बढाएर व्यापारीकै पक्षमा सरकार लागेपछि सरकार आर्थिक प्रलोभनमा पर्न थालेको हो कि भन्ने शंका सर्वत्र हुन थालेको छ । उद्योगमन्त्री दामोदर भण्डारीलाई भेटेपछि मूल्य बढाएका उद्योगी व्यवसायीहरुले अझै डण्डी र सिमेन्टमा मूल्य बढाउने निश्चित जस्तै छ । यो घटनाले मन्त्री आर्थिक प्रलोभनमा परेको हुन सक्ने सहजै अनुमान गर्न सकिन्छ ।
अहिले न त अन्तर्राष्ट्रिय बजारमा फलामजन्य सामग्रीको कच्चा पदार्थको मूल्य बढेको छ, न त तेलको भाउनै । यस्तो अवस्थामा किन मूल्य बढाइयो त ? शंका गर्न बाध्य हुनुपर्ने कारण यही छ । यस्तै चाला हो भने नेपालमा सामान्य हिसाबले पेशा व्यवसाय गर्ने वातावरण नै हराएर जाने पक्का छ । पछिल्लो समय जसरी मूल्यवृद्धि गरिउको छ यसलाई हेर्ने हो भने नेपालमा अब कार्टेलिङ गर्ने, कालोबजारी गर्नेहरु मात्र टिक्ने अवस्था आउछ । सरकारले यस्तालाई संरक्षण किन गरिरहेको छ ?रहस्यको विषय यही भएको छ । उपभोक्तामाथि सरकारले महँगी बढाएर गम्भीर अपराध गरिरहेको भुक्तभोगीहरुले नै बताइरहेका छन् । उनीहरु भन्छन् ‘यसरी अस्वभाविक रुपमा मूल्य बढेको नेपालमा मात्रै हो । अन्य कुनै मुलुकमा पनि मूल्य बढाएर उपभोक्ता माथि गम्भीर अपराध गरिदैन । नेपाल संसारमै यस्तो देश हो जहाँ वस्तुको बढी आवश्यक पर्दछ त्यति मौका छोपेर अस्वभाविक रुपमा मूल्य बढाइन्छ ।’
नेपालमा प्राय वस्तुको कृत्रिम अभाव गराएर मूल्यवृद्धि गर्ने गरिन्छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले पनि कृत्रिम मूल्यवृद्धि गरिएको भेटिएको बताएका छन् । तर सरकार भने त्यस्तो उद्योगीलाई कारवाही गर्नुको सट्टा उल्टै हौसाईरहेको छ । यो कार्य सर्वसाधारणको लागि कदापी ठीक होइन ।

माथवरसिंह बस्नेत गोलोक प्रस्थान

काठमाडौं । पुर्नजागरण साप्ताहिकका संस्थापक सम्पादक÷ प्रकाशक तथा प्रजातन्त्र प्राप्तिको अथक योद्धा माथवरसिंह बस्ने ७६ वर्षको उमेरमा गोलोक प्रस्थान गर्नुभएको
छ । बस्नेतलाई गम्भीर मस्तिष्कघात भएपछि उपचार गर्न अस्पताल भर्ना गरिए पनि उहाँको उपचार हुन सकेन । शनिबार विहान निधन भए पश्चात पशुपति आर्यघातमा अन्त्येष्टि गरिएको थियो ।
आफुले सञ्चालन गर्दै आएको साप्ताहिक पत्रिका बन्द भएपछि मिसन पत्रकारिता गर्दै थिए । राष्ट्रिय समाचार समिति र प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष समेत रहनुभएका पुराना पत्रकार बस्नेत भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित कटुञ्जेमा बस्दै आउनुभएको थियो । उहाँलाई विहिबार राति घरमै हृदयघात भएपछि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको थियो । बस्नेतका श्रीमती एक छोरा र एक छोरी छन् ।
स्वर्गीय बस्नेत पुराना पत्रकार मात्र नभएर एक राजनीतिक योद्धा पनि हुनुहुन्थ्यो । उहाँले गणेशमान सिंह सर्वमान्य नेताको नेतृत्वमा भएको संयुक्त जनआन्दोलनमा भाग लिएर ३० वर्ष लामो निर्दलीय तथा निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य र संसदीय प्रजातन्त्रको पुर्नस्थापनामा संघर्ष समेत गर्नुभएको थियो । गणेशमान सिंह स्मृति वाटिकामा अध्यक्ष समेत रहनुभएका बस्नेतको निधनले नेपाली मिसन पत्रकारिताको विशाल खम्बा ढलेको विश्लेषकहरुले बताएका छन् । स्वर्गीय बस्नेतलाई पञ्चायत कालमा बम ओसार पसारको आरोपमा जन्मकैद सजाय दिइएको थियो । तर उदारवादी राजा श्री ५ वीरेन्द्रले २०३७ साल वैशाख १ गते कैदीबन्दीलाई आममाफी दिने क्रममा बस्नेतलाई पनि माफी दिएका थिए । माफी पाएर जेलबाट छुटे पछि २०३८ सालदेखि पत्रिका पुर्नजागरण साप्ताहिक दर्ता गरी निरन्तर पत्रकारिता गर्दै आउनुभएको थियो ।

एसईई परिक्षाफल असार ७ भित्रै

काठमाडौँ । यसवर्षको माध्यमिक शिक्षा परिक्षाएसईई यही चैत्र ७ गते बिहिबारबाट सुरु भएको छ । परिक्षा यही चैत्र १९ गतेसम्म सञ्चालन हुनेछ । यस परिक्षामा ११ हजार २ सय ९६ विद्यालयबाट ५ लाख १४ हजार ७१ जनाले परिक्षा दिँदैछन् । गत वर्ष ४ लाख ६४ हजार ७ सय ८५ परिक्षार्थीको संख्यामा ४९ हजार २ सय ८६ ले वृद्धि भएको हो । त्यसमा प्राविधिक धारतर्फका १६ हजार ९ सय ४७ विद्यार्थी छन् ।
एसईईको नतिजा भने ९० दिनभित्र प्रकाशन गरिने भएको छ । राष्ट्रिय परिक्षाको नतिजा आगामी असार ७ गतेभित्र निकाल्ने जनाएको छ । बोर्डले यसवर्ष एसईई सुरु नहुँदै नतिजा कहिले आउँछ भनेर विद्यार्थीलाई अन्यौल नहोस् भनेर यस वर्ष नतिजा निकाल्ने मिति तोकिएको कक्षा १० का परिक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।
यस वर्षको एसईई परिक्षामा सबैभन्दा बढी काठमाडौंबाट सहभागी छन् । काठमाडौंबाट ३९ हजार ६०० विद्यार्थीले एसईई परिक्षा दिदैछन् भने सबैभन्दा कम परिक्षार्थी मनाङमा ४३ जना छन् । सरकारले एसईईका लागि प्रत्येक वर्ष २७ करोड ७० लाख रकम छुट्याउने गरेको छ । त्यसमध्ये १७ करोड उत्तरपुस्तिका र प्रश्नपत्र छपाइमा खर्च हुने र अन्य रकम व्यवस्थापन, कपी, परिक्षण, जनशक्ति तयारी लगायतमा खर्च हुने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ ।

चुनाव सक्न त्रिविले दियो निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न कारणले रोकिएको चुनाव चैत्र २० गतेभित्र सक्न सम्बन्धित आंशिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुलाई निर्देशन दिउको छ । ५ चैत्रमा निर्वाचन सक्ने तयारी भएको भए पनि कतिपय आंशिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा चुनावी प्रक्रिया रोकिएपछि त्रिविले शैक्षिक क्यालेण्डरमा असर परेको भन्दै समयसीमा नै तोकेर क्याम्पस प्रशासनलाई निर्देशन दिएको छ । चुनाव लम्बिदै जाँदा शैक्षिक क्यालेण्डर बिथोलिने र पढाई प्रभावित हुने त्रिविका शिक्षाध्यक्ष प्रा।डा। खड्ग केसीको भनाई छ ।
चुनाव भएका कलेजहरुमा केही दिन अघि नेवि संघले ११९, अनेरास्ववियुले ९५ र अखिल क्रान्तिकारीले ८४ क्याम्पसमा जित हासिल गरेका छन् । अन्य चारवटा क्याम्पसमा स्वतन्त्रले जितेका छन् । त्रिविवि प्रशासनका अनुसार चुनाव तय भएका ६२ आंगिक मध्ये २१ र सम्बन्धन प्राप्तमध्ये ३६० को १४० क्याम्पसमा चुनाव हुन बाँकी छ ।

कांग्रेसका कारण गणतन्त्रवादी मोर्चाबन्दी असफल

काठमाडौं । गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा हजारौं जनता सडकमा उत्रिए पछि राजावादी गतिविधि बढेकोभन्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, नेकपा एस, नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी लगायतले गणतन्त्रवादीहरु एकताबद्ध हुनुपर्ने निष्कर्ष निकालेका थिए । त्यसलाई नेकपा एमालेले पनि सकारात्मक रुपमा लिएको थियो । तर पार्टीभित्रको फरक मतलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पेलेरै अघि बढ्न नसक्दा गणतन्त्रवादीको मोर्चाबन्दी असफल हुन पुगेको छ ।
सत्ता साझेदार तथा संसदको ठूलो दल नेपाली कांग्रेस नै हिन्दुराष्ट्र र संघीयता खारेजी हुनुपर्ने पक्षमा लागेपछि मोर्चाबन्दी असफल हुनु स्वभाविकै हो ।
विगतमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग चिढिएका शेरबहादुर देउवाले गणतन्त्रवादीहरु मिल्नुपर्ने कुरामा सहमत भए पनि पार्टी भित्रको दबाब र अन्तर्राष्ट्रिय परिस्थितिको समेत ठोस विश्लेषण नभइसकेको भन्दै मोर्चाबन्दमिा प्रवेश गर्न नचाहेको बताइन्छ । कांगे्रस प्रवक्ता डा।प्रकाशसरण महतले पनि राप्रपाबाहेक सबै दल संविधानको प्रतिरक्षामै भएका कारण मोर्चा
बढी आवश्यक नभएको बताएका छन् ।

सुदामा ताजा समाचार

कर्मचारीतन्त्रले नागरिकको मन नजिते सम्म लोकतन्त्र मजबुत हुन सक्दैनः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी तवरले जनतालाई सेवा प्रवाहगरेर कर्मचारीतन्त्रले नागरिकको मन नजिते सम्म े लोकतन्त्र दरिलो नहुने बताएका छन्...

विद्यालय शिक्षाको अधिकारस्थानीय तहमा रहने गरी कानून तर्जुमा गरिदै छ ः...

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेगरी कानुन तर्जुमा गरिने स्पष्ट पारेका छन् । प्रतिनिधिसभा अन्तर्गत शिक्षा,...

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणलाइ सरकारले प्राथमिकतामा राखेको छ ःअर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको...

विभिन्न मिडियाका सम्पादकहरुले जनाए प्रेस तर्साउने घटना बारे आपत्ती

३१ जेठ, काठमाडौं । प्रेसलाई तर्साउने पछिल्ला घटनाबारे सम्पादकहरूले आपत्ति जनाएका छन् । शनिबार विभिन्न मिडियाका ३५ जना सम्पादकहरूले संयुक्त विज्ञप्ति जारी गर्दै फरक उद्देश्यका...