, काठमाडौं । आज विहान काठमाडौंबाट लुक्ला जाँदै गरेको समिट एयरको एउटा जहाज इन्जिनमा समस्या देखिएपछि बाटैबाट काठमाडौंमै फर्किएको छ ।
आज बिहान ६ः१२ बजे काठमाडौंबाट उडेको सो जहाज रामेछाप पुग्दा समस्या देखिएपछि काठमाडौं फर्किएको हो ।
नाइन एन एएमजी कल साइनको सो जहाजलाई आकस्मिक अवतरण गराइएको छ । जहाजलाई आकस्मिक अवतरण गराउनका लागि काठमाडौंको विमानस्थलमा अन्य उडान–अवतरण केहीबेर रोकिएको थियो ।
‘एउटा इन्जिनमा समस्या देखिएको थियो । अहिले जहाज सुरक्षित रुपमा अवतरण गरिसकेको छ,’ क्षतीभएको छैन स्रोतले भन्यो ।
समिट एयरको जहाज बाटैबाट फर्कियो
कांग्रेस सभापति देउवाद्वारा कमिकमजोरीलाई सुधार गेरर अघि बढ्ने प्रतिवद्धता
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालेअहिलेको व्यवस्थामा भएका कमिकमजोरीलाई सुधार गरेर सहकार्य र समन्वयका आधारमा अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । साथै उनले सबैको प्रतिनिधित्व सुनिश्चित भएको समावेशी सिद्धान्तसहित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नभएको पनि बताएका छन्।
प्रजातान्त्रिक विचार समाज स्थापनाको ३०औँ वार्षिकोत्सव तथा २७औँ साधारणसभा र ‘व्यवस्थाले अवस्थामा ल्याएको परिवर्तन’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले त्यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘नेपालमा प्रजातन्त्रको पुनःस्थापना भई २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बनेपछि सडक, सिँचाइ, स्वास्थ्य, खानेपानीलगायत क्षेत्रमा काम अघि बढेका हुन् । लोकतान्त्रिक शासन व्यवस्थामा विकास निर्माणले गति लिन थालेका छन्’, उनले भने। विश्व तापमानले खानेपानी, हिमाललगायत क्षेत्रमा पारेको प्रभाव न्यूनीकरणका लागि काम गर्न सरकारले सगरमाथा संवाद आयोजना गरेको सभापति देउवाले बताए।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विप्रेषणका नाममा आइरहेको रकम के हो? भनी सरकारले अध्ययन गर्नुपर्ने बताउँदै ‘फाइनान्सियल टास्क फोर्सको खैरो सूची ग्रे लिस्ट मा नेपाल परेको विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा विप्रेषणबाट नेपाल भित्रिने रकम त कारण होइन भनी अध्ययन, अनुसन्धान गर्नुपर्ने अवस्था देखिएकाले यसतर्फ उनले अर्थशास्त्रीको ध्यानाकर्षण गराए।
गभर्नर नियुक्तिका विषयमा संविधान र कानुन मिचिएको भन्दै नेता कोइरालाले कुशासन, दण्डहीनता, बेरोजगारी वृद्धि भइरहँदा सरकारले यसको न्यूनीकरण गर्नेगरी नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्ने धारणा राखे।
त्यस्तै कार्यक्रममा कांग्रेस नेता अर्जुननरसिंह केसीले लोकतन्त्रमा विधिको शासन हुनुपर्ने उल्लेख गर्दै विधिको शासनबिना सुशासन हुन नसक्ने धारणा राखे। हालै विश्व न्याय मञ्चले प्रकाशन गरेको तथ्यांकमा नेपाल माइनस ४८ प्रतिशतको अवस्थामा रहनु र हरेक वर्ष सार्वजनिक हुने भ्रष्टाचारको सूचकांकमा पनि नेपाल एक अंकले तल पर्दै जानुले भ्रष्टाचार बढेको पुष्टि हुने उनले बताए।
पूर्वमन्त्री डा .सुरेश मल्लले प्रजातान्त्रिक विचार समाजले सत्यका पक्षमा वकालत गर्नुपर्नेमा जोड दिए। समाजका पूर्वअध्यक्ष हरिहर दाहालले २०५३ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पजेरो संस्कृति भित्र्याएर राजनीतिलाई विकृत बनाउन खोजिएको भन्दै समाजले निर्णय गरेर विरोध भएकाले गलत काम गर्ने छुट कुनै सरकारलाई नभएको स्पष्ट पारे।
समाजका अर्का पूर्वअध्यक्ष डा केदारनरसिंह केसीले लोकतान्त्रिक मूल्यमान्यताको संस्थागत विकासका लागि समाज लागिपर्ने बताए। वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले राजनीतिक नेतृत्वमा एउटै व्यक्तिलाई निरन्तरता दिन नहुने धारणा राखे।
समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले व्यवस्थाले अवस्थामा परिवर्तन ल्याएको बताए।
कामिरिता शेर्पालाई सम्मान गर्दै सगरमाथा संवाद सम्पन्न
काठमाडौँ।नेपाली कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणामा शनिबार ‘सगरमाथा बेसक्याम्पमा जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा’ विषयमा विशेष संवाद सम्पन्न भएको छ।
महामन्त्री शर्माको निमन्त्रणामा गृहमन्त्री रमेश लेखक र पर्यटनमन्त्री बद्री पाण्डे सगरमाथामा आधारशिविर पुगेको शर्माको सचिवालयले जनाएको छ।
संवाद ३१ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामिरिता शेर्पालाई सम्मान गरेर सुरु गरिएको थियो। विशेष संवादमा सरकारले तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने १६ बुँदे कार्यबारे स्थानीयका तर्फबाट आरोही बाबु शेर्पाले वाचन गरेका थिए।
लुक्लादेखि पाँच दिन लगातार पदयात्रा गरेर सगरमाथा आधारशिविर पुगेका महामन्त्री शर्मा यो साता आरोहण प्रशिक्षण र हिमाली क्षेत्रका नागरिक एवं हिमाल आरोहण क्षेत्रले भोग्नुपरेका समस्या पहिचान गरेर फिल्डबाटै सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण गराएका छन्।
सोह्र बुँदा ग्रहण गर्दै गृहमन्त्री लेखकले अहिलेको सरकार जलवायु परिवर्तन र हिमाली जीवनको मुद्दामा गम्भीर ढंगले कार्य गर्न समर्पित रहेको बताए। त्यस्तै पर्यटनमन्त्री पाण्डेले पर्यटन क्षेत्रको समग्र विकास गर्न दिइएका १६ बुँदाको कार्यान्वयनमा आफू विशेष सक्रियता साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे।
महामन्त्री शर्माले आधारशिविरमा सञ्चार टावर, भरियाको बिमा, सुरक्षा युनिटजस्ता विषयमा सरकारले अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिँदै कार्बनउत्सर्जन बढी गर्ने ठूला राष्ट्रहरुमाथि दबाब बढाउन साना राष्ट्रहरुको नेतृत्व नेपालले गर्नुपर्ने बताए।
दमक नगरपालिकाका पूर्व नगर प्रमुख बुढाथोकिको निधन
दमक ,झापा , नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दमक नगरपालिकाका पूर्व नगरप्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ ।
७२ वर्षीय बुढाथोकीको आज बिहान ९ः५५ बजे आफ्नै निवासमा निधन भएको हो
उनी केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए । विसं २०४९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेबाट नगर प्रमुखमा निर्वाचित भएका थिए ।
आत्मानिर्भर अर्थतन्त्र निर्माणका लागि आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन आवश्यकःमहासंघ अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई गु्रपका समेत अध्र्य रहनु भएकाचन्द्रप्रसाद ढकालले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनलाई बजेटको प्राथकितामा राख्न आग्रह गर्नु भएको छ
नेपाल निर्यात व्यवसायी महासंघ फिन को पाँचौँ वार्षिक साधारणसभा तेस्रो अधिवेशनका अवसरमा बोल्दै अध्यक्ष ढकालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आयात प्रतिस्थापन र निर्यात प्रर्वद्र्धन आवश्यक रहेको बताउनु भयो ।
उहाँले नेपाली उत्पादनहरू जस्तै हस्तकला, पश्मिना, गलैँचा, हर्बल उत्पादन, कृषिजन्य वस्तुको अन्तरराष्ट्रिय बजारमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै यी वस्तुको निर्यात प्रवद्र्धनमा सहयोग गर्ने गरि बजेटमा सम्बोधन हुनु पर्ने बताउनु भयो ।
यस्तै अध्यक्ष ढकालले वातावरणमा नकारात्मक असर नगर्ने गरि खनिजजन्य वस्तुको निर्यात खोल्नु पनि सुझाव दिनु भयो । “हामीले लामो समय देखि खनिजजन्य वस्तुको निर्यात खुलाउनु पर्छ भन्यौं । एकदुई पटकको बजेटमा त्यो विषय आयो पनि । तर कार्यान्वयन भएन् ।
वातावरणमा प्रतिकुल असर नपर्ने गरि हामीसंग भएको खनिजजन्य सामग्रीको निर्यात गर्न सके यसले छिमेकी मुलुकसंगको व्यापार घाटा कम गर्न सहयोग गर्छ । म सरकारलाई अहिलेको बजेटमा यो विषयलाई प्राथमिकताा राख्न आग्रह गर्दछु ” उहाँले भन्नुभयो ।
यस्तै उहाँले हरेक दुई वर्षमा उद्योगी व्यवसायीहरुलाई दिइने “सिआइपी” दिन ढिला भएको उल्लेख गर्दै सिआइपी डे घोषणा गरेर निश्चित समयमा दिने व्यवस्था मिलाउन पनि आग्रह गर्नु भयो ।
निर्यात प्रवद्र्धनका लागि फिनले छोटो सयमा गरेको प्रयासको प्रशंसा गर्दै अध्यक्ष ढकालले महासंघले फिनजस्ता वस्तुगत संघहरूसँग सधैं सहकार्य गनेृ धारणा राख्नुभयो ।
रवीन्द्र मिश्र हाजीरी जमानीमा थुना मुक्त
झण्डै ५० दिन सम्म थुनीएका राप्रपा नेता रवीन्द्र सर्वाेच्चको आदेश पछि थुना मुक्त भएका छन् । मुक्त भए पछि मिश्रले आफूले राज्यविरुद्धको कुनै संगठित र अपराध नगरेको जिकिर गरेका छन्।
उनी राजनीतिक मान्छे भएको र राजसंस्था पुनर्स्थापनाका लागि काम गरेको बताउदै कुनै अपराधमा संलग्न नभएको स्पष्ट पारे।
मिश्रले शान्तिपूर्ण आन्दोलन र समझदारीको समर्थन गर्दै आफू हाजिर जमानतमा मात्र छुटेकाले खुशी नभएको बताएका छन्।
बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई हाजिर जमानतमा छाड्न आदेश दिएको थियो । यसपछि प्रहरी नियन्त्रणबाट मुक्त भएका मिश्रले अदालतको गेट बाहिर आएर भने, ‘म राजनीतिक मान्छे हुँ, मैले राजनीतिक रुपमा राजसंस्था पुनर्स्थापनाका लागि काम गरेको हो । तर, राज्यविरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव मबाट भएको छैन ।’
उनले ४७ औं दिनसम्म पनि राज्यलाई अनुसन्धानमा सहयोग गर्छु भन्ने हिसाबले बन्दी प्रत्यक्षीकरणको निवेदन नदिएको समेत बताए । उनले १५ चैतमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि समेत व्यक्त गर्दै भने, ‘त्यो मैले सोचेको कुरा पनि होइन, म जस्तो मान्छेले योजना गरेको कुरा पनि होइन ।’
आफूले आन्दोलन ठूलो भएपछि कहिल्यै पनि आयोजकको, सरकारको नियन्त्रणमा हुँदैन भनेर सधैँ भन्ने गरेको भन्दै मिश्रले थपे, ‘चाहे त्यो २०४६ साल होस्, ०६२र६३ होस्, थारु आन्दोलन होस्, हरेक आन्दोलनमा जनधनको क्षति हुन्छ । त्यसै हुनाले मैले बारम्बार मेरा सामाजिक सञ्जालका टिप्पणीहरुमा शान्तिपूर्ण संक्रमणबाट नवीन समझदारीबाट नविन समझदारीमा जाउँ भनेर भनेको छु ।’
डा.आरजु राण देउवा र भारतीय वन,वातावरण मन्त्री भुपेन्द्र्र यादव बीचको भेटमा के कस्ता कुराकानी भए ?
२ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी मन्त्री भुपेन्द्र यादवबीच आज भेटवार्ता भएको छ ।
परराष्ट्रमन्त्री डा .राणा र सगरमाथा संवादका लागि नेपाल आएका भारतीय मन्त्री यादवबीच भएको भेटकोअवसरमा नेपाल भारत सम्बन्धका विविध आयामहरुका साथै आपसी, हित र सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।
भेटमा मन्त्री डा .राणाले नेपालले अयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करणमा सहभागी भएकामा भारतीय मन्त्री यादव र भारत सरकारलाई धन्यवाद व्यक्त गरिन् ।
नेपाल र भारतबीच जैविक विविधता संरक्षणका क्षेत्रमा आज समझरी पत्रमा हस्ताक्षर भएको प्रसंग उल्लेख गर्दै उनीहरुले उक्त सम्झौता दुई देशका लागि यस क्षेत्रको महत्वपूर्ण रहेको पनि बताएका छन् ।
नेपाल र भारतबीच पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ताहरु, औपचारिक बैठक, विविध विषयहरुमा भइरहेका इङ्गेजमेन्टका बारेमा पनि सो बैठकमा कुराकानी भएको थियो ।
साथै जलवायु परिवर्तनको मुद्धा नेपाल र भारतको साझा मुद्धा भएकाले यसको असरलाई कम गर्ने विषयमा के कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने बारेमा पनि उनीहरुका बीचमा कुराकानी भएको थियो ।
सगरमाथा संवादमा सहभागिताका लागि भारतीय मन्त्री यादव बिहीबार काठमाडौँ आएको थिए।
गभर्नरमा क्षमतावान व्यक्ति नियुक्त हुन्छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन् ।
पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री हो तर सरकारमा आफू मात्रै नभएको बताएका हुन् ।
उनले भने, ‘राष्ट्र बैकमा मेरो कोही ल्याउनु छैन । मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो । काम गर्न सक्ने मान्छे भए देशलाई भैहाल्छ । मेरो मान्छे भन्ने चाहिँदैन । म प्रधानमन्त्री हो तर सरकारका म मात्र छैन । त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्व दिन्छु ।’
प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको स्पष्ट गरे ।
लामेआहालमा माईक्रोबस दर्घटनामा पर्दा तीनको मृत्यु, आठ घाइते
काठमाडौं । धादिङबाट पोखरा जाँदै गरेको एक ईभी सवारीसाधन माईक्रोबस लामेआहालमा दुर्घटना हुँदा तीन जनाको मृत्यू भएको छ भने आठ जना शक्त घाइते भएका छन्। तीव्र गति र मौसम खराबीका कारण गाडी अनियन्त्रित भई सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरिएको छ।
ज्यान गुमाउनेमध्ये एक जनाको परिचय झाङमाया गुरुङ धादिङ घर, पोखरा बसोबासको रूपमा खुलेको छ। बाँकी दुईको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी श्यामबाबु ओलियाले जानकारी दिए।
दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था सामान्य रहेकाले अस्पतालबाट डिस्चार्ज भइसकेको छ। बाँकीको गण्डकी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
अध्यक्ष ढकालद्वारा गैरआवासीय नेपालीलाई ठूला पूर्वाधारमा लगानी गर्न आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको ठूला पूर्वाधारमा लगानी गर्न गैरआवासीय नेपालीहरु एनआरएनए लाई आग्रह गर्नु भएको छ ।
गैर–आवासीय नेपाली संघको आयोजनामा काठमाडौंमा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ अनर्तगत पोलिसिज एण्ड प्लेटफर्म क्रियटिङ इनेबलिङ एण्ड इन्भायरोन्मेन्ट विषयक कार्यक्रममा बोल्दै उहाँले सो आग्रह गर्नु भयो ।
विश्वभरि फैलिएको नेपाली डायस्पोरा विशेषज्ञता, नवीनता र वित्तीय पूँजीको आधार भएको उल्लेख गर्दै अध्यक्ष ढकालले एकजुट भएर नेपालमा केही गर्न सुझाव दिनु भयो । “ एनआरएनए अलग अलग होईन एकजुट भएर जानु पर्दछ । नेपालीहरु जहाँपनि राजनीति गर्ने भन्ने सन्देश प्रवाह भएको छ । यो सकारात्मक होईन । यसलाई चिर्दै एकताबद्ध भएर अगाडि बढ्न आग्रह सहित शुभकामना दिन्छु । ” अध्यक्ष ढकालले भन्नु भयो ।
एनआरएनले उठाएका मुद्दाहरूमा महासंघले समर्थन गर्दै आएको चर्चा गर्दै उहाँले गैरआवासिय नेपालीलाई अधिकार मात्र नखोजेर देशप्रतिको कर्तव्यलाई पनि सम्झेर काम गर्न आग्रह गर्नु भयो ।
“मैले विदेश यात्राका क्रममा डायस्पोराबाट कहिलेकाँही नकारात्मक टिप्पणी सुन्ने गरेको छु ।
अमेरिका, अष्ट्रेलिया, कोरियाको तुलनामा हाम्रो देशमा कम विकास भएको छ । तर हामीले केवल आलोचना मात्रै गर्ने कि नेपालको आर्थिक भविष्यको लागि साझा दृष्टिकोण बनाएर काम गर्न भन्ने हो । त्यसैले म एनआरएनएहरुसंगको अनुभव, पूँजी, सीप र प्रविधिलाई नेपालमा प्रयोग गरेर नेपाललाई पनि अरु देश जस्तै समृद्ध मुलुक बनाउन काम गर्न आग्रह गर्दछु । ”अध्यक्ष ढकालले भन्नु भयो ।
नेपालमा लगानी गर्न एनआरएन इन्भेस्टमेन्ट कम्पनी स्थापना भएपनि पछि एनआरएनए लगानीकर्ताको स्वामित्व परिवर्तन भएको र कम्पनीले प्रतिफल दिन नसकेको भन्दै उहाँले स्थापित कम्पनीलाई उद्देश्य अनुरुप अगाडि बढाउन सुझाव दिनुभयो ।
उहाँले नेपालको पूर्वाधार विकासका लागि उद्योग वाणिज्य महासंघको पहलमा १० अर्ब पूँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना गरि काम भइरहेको जानकारी दिँदै एनआरएनएहरुलाई पनि कम्पनीमा सहभागी हुन आह्वान गर्नु भयो ।











