Page 4

पाथीभरामा केबलकार निर्माण गर्न बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथिभरामा केवलकार निर्माण कार्य रोक्न यस अघि दिएको अन्तरिम आदेश खारेज गरेको छ ।
न्यायधीश नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको ईजलासले यस अघिको अन्तरिम आदेशलाईखारेज गरेको हो । यस संगै अव त्यो क्षेत्रमा केवलकार निमार्णकार्य सुरु हने भएको छ ।
पाथिभरा केवलकार निर्माण कार्य रोक्न माग गर्दे गत चैतमा यामबहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न आदेश दिएको थियो ।
त्यसपछि न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई झिकाएको थियो ।

दुई पक्षको छलफलपछि डा नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको इजलासले अन्तरिम आदेश दिन नपर्ने बताएको हो ।

 

तत्कालका लागि एनओसी वितरण रोकियो,

काठमाडौं । दक्षिण कोरियामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूलाई सरकारले प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमति पत्र एनओसी तत्कालका लागि स्थगित गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीहरूको सुरक्षासँगै अध्ययनको निरन्तरता सुनिश्चित गर्न यो निर्णय लिएको हो।
मंगलबार मन्त्रालयले सूचना जारी गर्दै डी–२ स्नातक र डी–४ भाषा अध्ययन भिसामा कोरिया जाने विद्यार्थीहरूलाई एनओसी प्रदान नगर्ने जानकारी गराएको छ। यस विषयमा थप निर्णय गर्न कार्यदल गठन गरिने र त्यसले पेश गर्ने प्रतिवेदनका आधारमा आगामी कदम चालिने मन्त्रालयले स्पष्ट पारेको छ।
सरकारले दक्षिण कोरियामा अध्ययनका लागि जाने विद्यार्थीहरूको मुख्य उद्देश्य पढाइभन्दा रोजगारीमा केन्द्रित रहेको देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ। कतिपय विद्यार्थीहरूले अध्ययनका लागि भनी कोरिया गए पनि स्टडी आवर कम भएका विश्वविद्यालयमा भर्ना हुने, अवैध रोजगारीमा संलग्न हुने र अध्ययनलाई दोहोरो प्राथमिकतामा राख्ने गरेका कारण यो निर्णय लिइएको मन्त्रालयले जनाएको छ।
नेपाल सरकारले कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयहरूमा नेपाली विद्यार्थीहरू पठाइएको पाइएको छ। यस्ता विश्वविद्यालयमा गुणस्तरीय शिक्षा नहुँदा विद्यार्थीहरू अध्ययनको निरन्तरता कायम राख्न नसक्ने र आर्थिक शोषणमा पर्ने जोखिम बढेको शिक्षा मन्त्रालयको ठहर छ। शिक्षा मन्त्रालयले यस समस्याको उचित व्यवस्थापन गर्न छानबिन कार्यदल गठन गर्ने र प्रतिवेदनको आधारमा मात्र एनओसीको भविष्यबारे निर्णय लिने जनाएको छ। कोरियामा अध्ययनका लागि इच्छुक विद्यार्थीहरूको सुरक्षा र गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्न यो कदम आवश्यक रहेको सरकारको धारणा छ।

संविधानले दिएकोअधिकार प्रयोगरेर शान्तिपुर्ण आन्दोलन गर्ने कमल थापाको भनाई

३० वैशाख, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी १५ जेठबाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने भन्दै भड्काउने काम नगर्न चेतावनी दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार प्रयोग गरेर शान्तिपूर्ण आन्दोलन गर्ने बताएका हुन् ।
‘ब्रह्मलुट र मनपरितन्त्रलाई निरन्तरता दिनको लागि हाम्रो आन्दोलनलाई गलत ढंगले दुष्प्रचार गर्न खोजिएको छ,’ उनले भने, ‘आन्दोलन शान्तिपूर्ण हुनेछ । हामी भ्रष्टाचार, कुशासन, बेरोजगारी, योजनाबद्ध भइरहेको धर्मपरिवर्तनको विरुद्धमा छौं, देशको समृद्धि र प्रगति चाहन्छौं ।’
संविधानले दिएको अधिकार प्रयोग गरेर फरक विचार र मुलुक संचालनको मार्गचित्र प्रस्तुत गर्दा हिंसात्मक आन्दोलनको नाम दिएर दबाउने प्रयास नगर्न उनको चेतावनी छ । त्यस्तो दुष्प्रयास भए असजिलो परिस्थिति निर्माण हुने थापाले बताएका छन् ।
‘हामी राष्ट्रियता बलियो बनाउन चाहन्छौं । प्रजातन्त्र सुदृढ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । पछिल्लो समय केही भ्रम सिर्जना गराउन खोजिँदैछ । त्यो चिर्दै अघि बढ्छौं,’ अध्यक्ष थापाले भने, ‘सरकार हाम्रो जायज माग र आन्दोलन प्रति गम्भीर बनोस् भन्ने हाम्रो चाहना छ । दमन गर्न तर्फ अग्रसर भई जनताको अधिकार र भावनालाई कुन्ठित गर्ने दुष्प्रयास गरे स्वभाविक रूपमा असजिलो परिस्थिति निर्माण हुनेछ ।
यो पनि पढ्नुहोस
कमल थापाले भने ः हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट बढ्ने छ
राजावादी पार्टी र संघसंस्थाहरूले आगामी १५ जेठबाट संयुक्त रूपमा आन्दोलन अघि बढाउने घोषणा गरेका छन् । त्यसको तयारीमा जुट्न र बढी भन्दा बढी जनसहभागिता गराउन थापाले कार्यकर्तालाई निर्देशनसमेत दिए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई थापाले पार्टीमा स्वागत समेत गरे ।

मध्यम वर्षामै ठूलो बाढी आउदा काभ्रेका स्थानीय चिन्तित

हालै काभ्रेमा आएको मध्यम वर्षाले सडक र भौतिक पूर्वाधारमा क्षति पुर्‍याएको छ।मध्यम खालको वर्षामै यति ठूलो क्षति पुगेको छ भनmे वर्षायाममा आउने पानीले झन् कति ठूलो क्षति पुर्याउला भनेर चिन्ता थपिदिएको छ ।
बाढीले प्रभावित भएका क्षेत्रमा मर्मतकार्य भइरहेको छ र यसले वर्षायाममा थप विपत्तिको चिन्ता बढाएको छ।
काभ्रेमा सोमबार अपराह्न मध्यम खालको वर्षाले नै ठूलो बाढीको प्रकोप निम्तिएको छ । बाढीले बगाउँदा एक महिला बेपत्ता छिन् भने सडक लगायतका अन्य भौतिक पूर्वाधारमा समेत क्षति पुगेको छ ।
बाढीका कारण सोमबार अपराह्नदेखि नै अवरुद्ध सडक सञ्चालनको प्रयास भइरहेको छ ।
सोमबार अपराह्न काभ्रेको खोपासी र रोशीमा मध्यम खालको वर्षा मापन भएको थियो । विगत २४ घण्टामा खोपासीमा ४३.४ र रोशीमा ४१ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । १० मिलिमिटरभन्दा बढी र ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम खालको वर्षा भनिन्छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहाल स्थानीय वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको संयुक्त प्रभावले काभ्रेमा मध्यम खालको वर्षा भएको र त्यसैले क्षति पुर्‍याएको बताउँछन् ।
प्रिमनसुन अवधिमा कुनै ठाउँमा सुक्खा हुने र कुनै ठाउँमा मात्रै केन्द्रित भएर पानी पर्ने हुन्छ । यसलाई खण्डित रुपमा वर्षा भएको भनिन्छ । काभ्रेको बाढी खण्डित वर्षाको परिणाम भएको मौसमविद दाहालको भनाइ छ ।
काभ्रेको पनौती नगरपालिकाको वडा नम्बर ३ देखि १० सम्म बाढीले क्षति पुगेको छ । यसैगरी रोशी गाउँपालिका र तेमाल गाउँपालिका पनि बाढी–पहिरोबाट प्रभावित भएका हुन् ।
पनौती नगरपालिकामा गत वर्ष असोजको बाढीले क्षती पुर्‍याएपछि अस्थायी रूपमा मर्मत गरिएको खानेपानी पाइप फेरि बगेको छ । झन्डै ३ किलोमिटर लामो अस्थायी सडक पनि बगाएको छ ।
खेतबारीमा रोपिएका आलु लगायतका बाली पनि डुबानमा परेका छन् । रोशी गाउँपालिका–६ स्थित सिपाली हुँदै महाभारत गाउँपालिका जाने सडकको ह्युम पाइप पनि बगाएको छ ।
पनौती, कटुन्जेबेसी, बोक्सीकुना र माम्तीमा बाढीले बढी क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ । माम्तीमा दुईतर्फी नै बाटो अवरुद्ध छ । कटुन्जेबेसी र बोक्सीकुनामा एकतर्फी मात्र सञ्चालनमा छ । बाढी प्रभावित क्षेत्रमा आज बिहानैदेखि मर्मतको काम भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

 

 

तत्कालका लागि जनमत–नागरिक उन्मुक्ति एकता नहुने

जनमत र नागरिक उन्मुक्तिको पार्टी एकता तत्काल नहुने भएको छ । नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी हिरासतमुक्त भएपछि दुई पार्टीका नेताबिच छलफलसमेत भएको छैन । जनमत पार्टीका अध्यक्ष सिके राउत पार्टी कार्यक्रमको सिलसिलामा तराई–मधेशमा छन् । उन्मुक्तिका संरक्षक चौधरीले आफू हिरासतमुक्त भएपछि जनमतका नेता सम्पर्कमा नरहेको बताए । एकताको नाममा कपिलवस्तु, बारालगायतका जिल्लाबाट आफ्नो पार्टीका कार्यकर्ता जनमतले भित्र्याएको आरोपसमेत उनले लगाए ।
‘कपिलवस्तु, बारालगायतका जिल्लामा हाम्रा पार्टीका कार्यकर्ता जनमतले एकताको नाममा भित्र्यायो । म हिरासतमुक्त भएपछि जनमतसँग संवाद भएको छैन । राजनीतिमा नमिल्ने सम्भावना त होइन, तर अहिले मिल्ने सम्भावना देखिएन,’ चौधरीले भने । एकता भाँडिएको हो भन्ने प्रश्नमा उनले भने– ‘भाँडियोभन्दा पनि हुन्छ ।’
जनमतसँग एकता नहुने भएपछि चौधरीले संगठन निर्माणमा जुट्न नेता तथा कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।
जनमत पार्टीले भने चौधरी पक्राउको कारण खोजेको छ । एकता भइसकेपछि समस्या नआओस् भन्ने हिसाबले पक्राउको कारण खोजेको जनमत पार्टीकी सचिव एवं पूर्वमन्त्री अनिता देवीले बताइन् । ‘एकताको कुरा चलिरहेको छ । समय लाग्न सक्छ । रेशम चौधरीलाई किन समातियो ?किन छाडियो ? भन्ने मुख्य कुरा हो । के कारणले समातियो, के थ्रेट थियो ?रहस्य बुझ्न सकिएको छैन । यथार्थ बुझ्न एकता रोकिएको हो । राम्रोसँग बुझेर एकता गरौैँ भन्ने हाम्रो कुरा छ । पार्टी एकता गरेर नटिक्नुभन्दा ढिला भए पनि राम्रो होस् भन्ने हो,’ उनले भनिन् ।
अध्यक्ष सिके राउतको पूर्वनिर्धारित कार्यक्रमअनुसार जिल्लामा रहेकाले उन्मुक्तिका नेताहरूसँग छलफल हुन नपाएको उनले बताइन् । उन्मुक्तिका कार्यकर्ता जनमतले भित्र्याएको विषय भने उनले इन्कार गरिन् । ‘पहिलादेखि डाक्टर साबको दुई–चारवटा कार्यक्रम तय भएको थियो, त्यसमा बिजी हुनुभयो । जहाँसम्म पार्टी प्रवेशको कुरा छ, पार्टीमा आउनेलाई बाटो छेकेर हुँदैन । हामी सबैलाई स्वागत गर्छौँ । एकताको नाममा उन्मुक्तिका कार्यकर्ता भित्र्याउने काम गरेका छैनौँ,’ उनले भनिन् ।
गत १७ वैशाखमा पार्टी एकता घोषणा सभा सुरु हुनैलाग्दा प्रज्ञा प्रतिष्ठानबाटै नागरिक उन्मुक्तिका संरक्षक चौधरी पक्राउ परेपछि एकता रोकिएको थियो । पक्राउ परेको करिब पाँच घण्टापछि चौधरी छुटे पनि ‘पक्राउको भित्री कारण पत्ता लगाएपछि एकता गर्ने’ नेताहरूले दाबी गरेका थिए । सर्वोच्च अदालतको मुद्दा फाँटका अधिकृत महिमानसिंह विष्टको अनधिकृत पत्रको आधारमा चौधरी पक्राउ गरेका थिए । पत्र अनधिकृत भएको खुलेपछि करिब पाँच घण्टामा उनी हिरासतमुक्त भएका थिए ।
दुवै पार्टीका सांसदले गत मंगलबारको संसद् बैठकमा चौधरी पक्राउको कारण माग गरेका थिए । जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले पक्राउबारे कुनै पूर्वाग्रह नभएको बताउँदै कानुनको कार्यान्वयन गर्ने मनसाय मात्रै रहेको दाबी गरेका थिए । उनले भनेका थिए, ‘यसअघि सम्मानित अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेझैँ यस घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक कुनै पूर्वाग्रह नरहेको अनुरोध गर्न चाहन्छु ।’
मंगलबारको प्रतिनिधिसभा बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरी पक्राउबारे धारणा माग्दै भनेकी थिइन्, ‘कसरी राज्यको संयन्त्रले एक व्यक्तिको व्यक्तिगत रिसिइबीलाई कानुनभन्दा माथि राख्छन् ? म यहाँ आक्रोश होइन, आग्रह लिएर आएकी छु । सरकारप्रति विश्वास राखेर आग्रह गर्न चाहन्छु । यो घटनाको गहिरो अध्ययन होस्, किनभने यहाँ केबल एकजनाको गिरफ्तारी होइन, संघीयता, समावेशिता र लोकतन्त्रमाथिको विश्वासमा चोट लागेको छ । वैशाख १७ गतेको घटनामा भएको प्रशासनिक मनोमानीको निष्पक्ष छानबिन होस् । रेशम चौधरीमाथि भएको व्यवहारको सार्वजनिक जवाफ देओस् । हामी जवाफको प्रतीक्षामा छौँ । यस किसिमको व्यवहार पुनः नदोहोरियोस् ।’
यसअघि जनमत पार्टीका अध्यक्ष सिके राउतले कर्मचारीलाई मोहरा बनाएर दुई पार्टी मिलेर ठुलो शक्ति बन्न लाग्दा माथिबाटै षड्यन्त्र भएको बताएका थिए । ‘रेशमजीलाई विनाकारण पक्राउ गर्ने कार्य हामीले ठुलो षड्यन्त्रका रूपमा बुझेका छौँ । दुई पार्टी मिलेर मधेशको ठुलो दल बन्न लाग्दा भाँड्ने काम भयो । कर्मचारीलाई मोहरा मात्रै बनाइएको हो । षड्यन्त्र धेरै माथिबाटै भएको छ, यो सामान्य होइन,’ उनले भनेका थिए ।
जनमत र उन्मुक्तिबिच एकताका लागि नौबुँदे सहमतिसमेत भएको थियो । जसमा नागरिक उन्मुक्तिका संरक्षक चौधरी नयाँ पार्टीको संरक्षक, जनमतका अध्यक्ष राउत अध्यक्ष र उन्मुक्तिकी अध्यक्ष श्रेष्ठ सहअध्यक्ष हुने सहमति थियो । पहिलो वरीयतामा चौधरी, दोस्रो वरीयतामा राउत र तेस्रो वरीयतामा श्रेष्ठ हुने सहमति थियो । चुनाव चिह्न नागरिक उन्मुक्ति पार्टीको ढकिया हुने सहमति थियो ।
सचिवालय बनाउँदै संघीय लोकतान्त्रिक मोर्चा
तराई मधेशका सात दलको संघीय लोकतान्त्रिक मोर्चा सचिवालय गठनको तयारीमा जुटेको छ । मोर्चामा जनमत पार्टी, जसपा नेपाल, नागरिक उन्मुक्ति, लोसपा, राष्ट्रिय मुक्ति पार्टी, तमलोपा र जतता प्रगतिशील पार्टी, लोसपा छन् । आगामी १ जेठमा लोसपा अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बस्ने गरी मोर्चाको बैठक बोलाइएको छ । २६ बुँदे प्रतिबद्धतासहित मोर्चा घोषणा गरेका मधेशकेन्द्रित दल सचिवालय बनाएर अगाडि बढ्न लागेका हुन् । मोर्चाको गतिविधि र बैठकलाई व्यवस्थित गर्न सचिवालयको तयारी भएको नेताहरूले बताएका छन् ।

 

 

 

मानव जातिको कल्याणका लागि बुद्धशिक्षा दैनिक अपनाउनअवश्यक

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षाहरु जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुने बताए ।
उनले लुम्बिनीको गुरुयोजना कार्यान्वयन र बुद्धको ज्ञानलाई विस्तार गर्न सरकारको ध्यान केन्द्रित रहेको बताए।
बुद्धको बुद्धका मुख्य शिक्षाप्रति केन्द्रित भएर जानुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।
२९ वैशाख, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुने बताएका छन् ।

२५६९औँ बुद्धजयन्तीका अवसरमा आज स्वयभ्मूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभामा प्रधानमन्त्री ओलीले आफूले पहिला प्रधानमन्त्री हुँदा लुम्बिनीमा ध्यान केन्द्र नरहेको देखेर आठ हजार जनासम्मको क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र स्थापना गरेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले लुम्बिनीको गुरुयोजना कार्यान्वयनलाई पूरा गराउन सरकारले ध्यान दिएको पनि बताए ।

प्रधानमन्त्री ओलीले बुद्धको जन्मका आधारममा २५६९औ जन्मजयन्ती नै यथार्थ भएको र उनको जन्मको ८० वर्षपछि आजकै तिथिमा बुद्धत्व प्राप्ति र महापरिनिर्माण भएकाले यो दिन एक असाधारण दिन भएको स्मरण गरे ।

‘बुद्धका शिक्षाहरु सरल र स्पष्ट छन् । विश्वमा शान्ति छाउनुपर्छ । हरेक ठाउँमा शान्ति छाउनुपर्छ । बुद्धका शिक्षाहरु शान्ति, सत्मार्ग, मित्रता, सहिष्णुता, मित्रता, अशल बानी आदि बुद्धका मुख्य शिक्षाप्रति अब हामी केन्द्रित भएर जानुपर्छ ।’ प्रधानमन्त्री ओलीले भने
‘बुद्धका शिक्षाहरु शान्ति, सत्मार्ग, मित्रता, सहिष्णुता, मित्रता, अशल बानी आदि बुद्धका मुख्य शिक्षाप्रति अब हामी केन्द्रित भएर जानुपर्छ ।’
प्रधानमन्त्री ओलीले बुद्धका महायान, थेरवाद र बज्रयानका ज्ञानलाई बुझ्ने सवालमा केही फरक नभएको भन्‍दै लुम्बिनीको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

‘बुद्धका महायान, थेरवाद र बज्रयानका ज्ञानलाई फैलाउने र बुझ्ने सवालमा केही फरक भए पनि बुद्धका मुख्य उपदेशहरुमा भिन्नता छैन । बुद्धका ज्ञानहरु विस्तारका क्रममा त्रिपिटक विनयपिटक, सूत्रपिटक र धम्मपिटकमा बाँडियो,’ उनले भने, ‘पटना म्युजियममा भिक्षु आनन्दद्वारा लिखित त्रिपिटकका भोजपत्रका ठेलीहरु अहिले पनि सुरक्षित छन् । हामीले लुम्बिनीको संरक्षण र बुद्धका ज्ञानलाई विस्तारका कामहरु गर्दै जानुपर्नेछ ।’

प्रथम महिला राधिका शाक्यसमेत सहभागी कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, नेपालका लागि म्यान्मारका राजदूत र नेपालका लागि भारतीय दूतावासका प्रतिनिधिलगायतले बुद्धजयन्तीका अवसरमा शुभकामना दिएका थिए ।
बुद्धजयन्तीका अवसरमा यसअघि प्रधानमन्त्री ओली आज बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी भई काडमाडौँ फर्किएका थिए ।

गैडाकोटको मौलाकालीमा पर्यटनमन्त्री पाण्डेद्वा इला होटल उद्घाटन

गैडाकोट, नवलपुर । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा रिसोर्ट आज देखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । एक विशेष कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले उक्त होटलको औपचारिक उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति, विकास र साझेदारीको नमूनाको रुपमा मौलाकाली केवलकार विकास भएको बताउनुभयो । उहाँले संस्कृतिको संरक्षण, धार्मिक पर्यटनको विकासमा र रोजगारी सृजनामा निजी क्षेत्र, सरकार र स्थानीय निकायको साझेदारीको उत्कृष्ट नमूनाको रुपमा मौलाकाली केवलकार तथा यो पर्यटन पूर्वाधार रहेको बताउनुभयो ।
मन्त्री पाण्डेले यस मोडललाई मुलुकका विभिन्न स्थानमा बन्ने अन्य पर्यटकीय संरचनाले अनुसरण गर्नुपर्ने बताउनुभयो । उहाँले संस्कृति, पर्यटन तथा हवाई नीति छिटै परिमार्जन गर्ने बताउँदै यो क्षेत्रको विकासमा देखिएका नीतिगत समस्या सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।
समुद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा मौलाकाली केवलकार लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई ग्रुपले मुलुकमा पर्यटन पूर्वाधारको विकासमा लगानी गरेको उल्लेख गर्दै उपयुक्त वातावरण पाएमा थप लगानी गर्ने बताउनुभयो ।

“उपयुक्त वातावरण पायो भने निजी क्षेत्रले ठूलो लगानी गर्न सक्छ र विकास, रोजगारी र आर्थिक वृद्धिमा सरकारलाई सघाउन सक्छ । यो हाम्रो आत्मविश्वास हो । निजी क्षेत्रको यो आत्मविश्वासबाट लाभ लिएर आफ्नो क्षेत्रमा लगानी भित्र्याउन मुलुकका स्थानीय तहहरुले प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मलाई लाग्छ,” उहाँले भन्नुभयो ।

उहाँले लगानीको वातावरण बनाउने काम सबै तहका सरकारको रहेको र लगानीको मौखिक आह्वान नभई निजी क्षेत्रलाई विकासको वास्तविक साझेदार मानेर ठोस र व्यवहारिक नीतिमार्फत अर्थपूर्ण सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

“मौखिक रुपमा गरिने आह्वानहरुले मात्र पुग्दैन, निजी क्षेत्रलाई वास्तविक साझेदार ठानेर ठोस र व्यवहारिक नीति मार्फत अर्थपूर्ण रुपमा सहजीकरण गर्नुपर्छ । सबै स्थानीय तहहरुले दीर्घकाललाई लक्षित गरी पर्यटकीय संरचनाहरु बनाउन जरुरी छ । म पुनस् दोहोर्‍याउन चाहन्छु कि लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधार र सहुलीयतपूर्ण व्यवस्थाले मात्र स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सकिन्छ ।
“हामीले पर्यटन पूर्वाधारमा लगानी गर्ने हो भने पर्यटकको बसाई लम्बाउन सकिन्छ, थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजश्व उठाउन सकिन्छ । पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्छ र यसबाट राजस्व पनि बढी सिर्जना हुन्छ,” उहाँले भन्नुभयो ।

यसले पक्कै पनि जनताको जीवनस्तर उकास्न सघाउने छ, गरिबी घटाउने छ, मुलुकमा अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि आउने छ, अध्यक्ष ढकालले भन्नुभयो ।

“त्यसैले म फेरि पनि भन्छु, सरकारले गर्ने सानो नीतिगत व्यवस्था र हौसलाले यी सबै काम गर्न सम्भव छ भने किन नगर्ने ? सरकारले बिना लगानी नै प्रतिफल प्राप्त गर्ने, विकासको डिभिडेन्ड बुझ्न पाइने भएकाले नै मैले समय समयमा सरकारलाई बिना लगानीको पार्टनर भन्ने गरेको हुँ । समग्र मुलुकको निजी क्षेत्रको नेतृत्वका हैसियतले संघीय तथा स्थानीय सरकारहरुलाई मेरो यो आग्रह तथा सुझाव छ,” उहाँले भन्नुभयो ।

गैडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले गैडाकोटमा ठूलाठूला पर्यटन पूर्वाधार बनेकोमा खुशी व्यक्तगर्दै निजी क्षेत्रलाई लगानी प्रोत्साहन गर्न आफुहरु तयार रहेको बताउनुभयो । गैडाकोट नगरपालिकाका पूर्व मेयर छत्रराज पौडेलले पर्यटन पूर्वाधारको विकासले स्थानीयस्तरमा आर्थिक गतिविधि बढेको उल्लेख गर्दै यस्ता थप पूर्वाधार विकासमा राज्य तथा निजीको ध्यानाकर्षण समेत गर्नुभयो ।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले केबलकारको निर्माणपछि मन्दिरमा आउने दर्शनार्थीहरुको संख्या बढेको बताउनुभयो । उहाँले होटलको सञ्चालनसँग मन्दिरमा आउने तीर्थालु तथा भक्तजनहरुको संख्या थप बढ्ने अपेक्षा समेत गर्नुभयो ।

आज उद्घाटन भएको मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको यस होटलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत विभिन्न सुविधाहरु उपलब्ध छन् ।
केबलकार सहितको इला होटल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिसहितका सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमा, तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकहरुसमक्ष पुर्‍याउन थप सघाउन पुग्ने विश्वास लिइएको छ । आइएमई ग्रुपले सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिहेको छ ।
हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् भने यस होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन । लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ । त्यहाँ अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा आउने छन । त्यस्तै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण प्रकृयामा छ
केबलकारसहितको इला होटल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिसहितका सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमा, तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकहरुसमक्ष पुर्‍याउन थप सघाउन पुग्ने विश्वास आइएमई ग्रुपले लिएको छ ।
लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ । त्यहाँ अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा आउने छन । त्यस्तै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण प्रकृयामा छ ।

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच संयमता अपनाइयोः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्द्धका शान्ति सन्देशहका कारण छिमेकी राष्ट्र भारत र पाकिस्तानबीचको हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाएको बताएका छन् ।
सोमबार लुम्बिनीमा २६४९ औं बुद्धजयन्ती एवं २५६९औं बुद्धसम्वत तथा लुम्विनी दिवस २०८२ मूल समारोहलाई सम्बोधन गर्दै उनले त्यस्यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनले भने, ‘बुद्धका उपदेशहरु हुन् । ती उपदेशमार्फत् जुन शिक्षा बुद्धले दिनुुभएको छ । ती विश्वका लागि महत्वपूर्ण छन् । झण्डैझण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेक भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो तर बढ्न पाएन । संयमका लागि धन्यवाद छ ।

हामीले सुरुदेखि भन्यौं, विस्तार हुन नपाओस् । यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना ग¥यौं, उहाँहरुसँग पनि कुरा ग¥यौं । नभन्दै उहाँहरुले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही –केही आरोप प्रत्यारोपको स्थिति छ । अर्थात् बुद्धका शान्तिको सन्देशहरुको अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिका लागि छ, परिवारको शान्तिका लागि छ र सबै कुराका लागि शान्तिको महत्व छ ।’
उनले मासड्रिस्टक्सनका हतियारहरुको निर्माण हुनु मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि खतरनाक रहेको बताए ।
‘आज जति बेला मासड्रिस्टक्सनका हतियारहरुको निर्माण र त्यो थुप्रो लगाउने काम भइरहेको छ । यो मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक चिज हो । यसकारण यस खतरनाक चिजबाट उन्मुक्तिका लागि हामी फेरि पनि विश्व शान्तिको पक्षमा रहन पर्दछ र काम गर्नु पर्दछ,’ उनले भने ।
उनले बुद्धका मुख्य उपदेशहरु र आर्दशहरुलाई समाउनु पर्ने भन्दै लुम्बिनी क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताए । उनले लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना बुुद्धिजमको सन्दर्भमा खोज अध्ययन र अनुसन्धानमा महत्वपूर्ण योगदान पुु¥याउने बताए ।

 

हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलनः पर्यटन विभाग

यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणबाट ७७ करोड रुपैयाँभन्दा बढी रोयल्टी सङ्कलन भएको छ।
सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख रुपैयाँभन्दा बढी रोयल्टी प्राप्त भएको छ।
विश्वभरबाट ५७ देशका आरोहीहरूले सगरमाथा लगायत अन्य हिमालहरू आरोहण गर्न अनुमति लिएका छन्।
२९ वैशाख, काठमाडौँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ ।
पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ लाख ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो ।
सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका दुई सय ४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन् ।
विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कूल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन् ।आरोहण अनुमति जारी नै रहेको छ ।

 

संविधान संशोधन राष्ट्रिय सहकतिका आधारमाःप्रधान मन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन राष्ट्रिय सहमतिका आधारमा अघि बढाउने बताएका छन्।
सहमतिका लागि अधिकतम सहमति खोज्ने र सबैको इच्छा बुझेर निर्णय गर्ने उनको भनाइ छ।
हिंसात्मक गतिविधि कानुन अनुसार नियन्त्रण गर्ने स्पष्ट पारिएको छ।
लोकतन्त्र सुदृढीकरण र समाजवादोन्मुख लक्ष्य क्रमिक रूपमा हासिल गर्ने योजना छ।
२८ बैशाखमा राष्ट्रिय सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आएका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेबीच भएको सहमति अनुसार संविधान संशोधन गरिने बताए । संविधान संशोधनका लागि अधिकतम सहमति खोज्ने उनको भनाइ छ ।
उनले सरकारमा रहेका व्यक्तिहरूको इच्छाले नभई सबैको इच्छा बुझेर सहमति खोजेर संविधानको संशोधन गर्ने स्पष्ट पारे ।
उनले स्थिरता, सुशासनका साथै मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउने गरेर सरकारको कार्यक्रम आएको बताए ।
प्रधानमन्त्री ओलीले जनताले फालेको राजसंस्थाका नाममा हुने हिंसात्मक गतिविधि स्वीकार्य नहुने भन्दै यसलाई कानुन अनुसार नियन्त्रण गर्ने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले संविधानले समाजवादोन्मुख व्यवस्था गरेका सन्दर्भमा क्रमिक रूपमा उक्त लक्ष्य हासिल गर्दैै अघि बढ्ने धारणा राखे
त्यस्तै, उनले लोकतन्त्रको सुदृढीकरणका लागि वर्तमान सरकार बनेकाले संविधान, कानुनको पालना गरी उत्पन्न समस्या समाधानको हरसम्भव प्रयास हुने स्पष्ट पारे ।
सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ ।सं
यही वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ ।

सुदामा ताजा समाचार

कांग्रेस विवादको मुद्दामा बहस गर्न इजलासमा पुगे विश्वप्रकाश र पुष्पा पुसाल

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर मुद्दामा सर्वोच्च अदालतमा बहस भैरहेको छ । न्यायाधीशद्वय शारंगा सुवेदी...

संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरु स्थापीत गर्दै जानु पर्दछ...

काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्ने बताएका छन् आज शुक्रबार सिंहदरबारमा संसदीय रिपोर्टिङ गर्ने...

मन्त्रालयहरू विधेयक निर्माणमा व्यस्त,कुन मन्त्रालयको के विधेयक?

वैशाख, काठमाडौं । सरकारले १०० बढी नयाँ ऐन निर्माण र संशोधन गर्न लागेको छ । यसका लागि विषय पहिचान गर्ने कार्य भएको छ...