Page 5

अर्थमन्त्रीद्धारा ३४ बुँदे विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे पूर्ण पाठ

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक २०८२र८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गरे । अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को वार्षिक बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुहुँदै आर्थिक सुधार गरी रोजगारी र उद्यमशीलताका थप अवसरहरू सिर्जना गर्न सम्पूर्ण श्रोत–साधन परिचालन गर्न जरुरी रहेको बताए । अर्थमन्त्री पौडेलले बजेटमा आर्थिक विकासकालागि निजी र सार्वजनिक क्षेत्र तथा सङ्घ प्रदेश र स्थानीय तह बीच समन्वय र सहकार्यमा जोड दिने बताए ।
अर्थमन्त्री पौडेलले राजश्व परिचालनलाई प्रभावकारी बनाउने, निजी क्षेत्रको सहभागितालाई प्रवर्धन गर्ने, सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई लक्षित वर्ग केन्द्रित बनाउने, सामाजिक सुरक्षामा देखिएको दोहोपनालाई हटाउने, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने, राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च बनाउने, सार्वजनिक सेवाप्रति नागरिकको विश्वास बढाउने जस्ता पक्षहरूले विनियोजन विधेयकमा प्राथमिकता पाउने बताए ।
यस्तै आगामी बजेटमा निर्माणाधीन राष्ट्रिय गौरवका तथा ठुला पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न प्राथमिकता दिने, जलविद्युत, पर्यटन तथा हवाई पूर्वाधारको विकासका आयोजनाहरूलाई उच्च प्राथमिकता दिइने अर्थमन्त्री पौडेलले बताए । अर्थमन्त्री पौडेलले आगामी बजेटमा स्वदेशी कच्चापदार्थमा आधारित उद्योगलाई प्रवर्द्धन गरिने, औद्योगिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्ने, रोजगारी सिर्जना र गरिबी निवारणमा जोड दिइने, युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने गरी कृषि क्षेत्रको यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिने बताए ।

यस्तै, विनियोजन विधेयकमा सूचना प्रविधिमा निजी क्षेत्रको लगानी आकर्षित गरिने, शैक्षिक नजिता सुधारका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी व्यवस्थित गर्ने जस्ता विषयले प्राथमिकता पाउने अर्थमन्त्री पौडेलले बताए । प्रतिनिधिसभाको आगामी बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रस्तुत गरेका विनियोजन विधेयक २०८२र८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफल सुरु हुनेछ । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ३० गते मङ्गलवार बिहान ११ः०० बजे बस्ने छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौँ , राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८२।०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।
सभाको आइतवारको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रमको सत्तापक्ष र विपक्षी दलका सांसदहरू पक्ष र विपक्षमा मतदान गरेका थिए।
यसअघि नीति तथा कार्यक्रममाथि छलफल भएको थियो। आइतवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए।
सरकारले अब नीति तथा कार्यक्रमका आधारमा आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नेछ। ज्येष्ठ १५ गते वार्षिक बजेट अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

रेमिट्यान्स १० प्रतिशतले बृद्धि,

नेपालमा पछिल्लो समय रेमिट्यान्समा १० प्रतिशतले बृद्धि भएर ९ महिनामा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा रेमिट्यान्स १० प्रतिशतले वृद्धि भएको छ।
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५८ हजार २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६ सय ५२ पुगेको छ।नेपालमा पछिल्लो ९ महिना साउनदेखि चैतसम्म मा मासिक १ खर्ब ३२ अर्ब ३६ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१÷८२ को ९ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै चैत मसान्तसम्म ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको जनाएको हो ।
बैंकका अनुसार रेमिट्यान्स १० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष सोही अवधीमा १७.२ प्रतिशत बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स ८ अर्ब ७४ करोड भित्रिएको हो । जुन ७.३ प्रतिशतले वृद्धि भएको हो ।
चालु आव ९ महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५८ हजार २२ छ । यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने २ लाख ४९ हजार ६ सय ५२ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

सिफारिस समितिले गर्यो ,दुई आयोगमा नाम सिफारिस

, काठमाडौं । सरकारले गठन गरेको सिफारिस समितिले संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोगमा पदाधिकारीहरूको नाम आज सिफारिस गरेको छ ।
आयोग सम्वद्ध स्रोतका अनुसार, सत्य निरुपण तथा मेलमिलाप आयोगमा उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा र बेपत्ता छानबिन आयोगमा पूर्व मुख्यसचिव लिलादेवी गड्तौलाको नाम सिफारिस भएको हो ।
सिफारिस समितिका संयोजक समेत रहेका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रले भने, ‘समितिले नाम सिफारिस गरेको छ । ती नामहरू अहिले गोप्य राखिएको छ । बाँकी सरकारले नै निर्णय गर्ला ।’
समिति सम्वद्ध स्रोतले भने सत्य निरुपणमा थापा र बेपत्तामा गड्तौलाको नाम सिफारिस भएको बतायो ।

नीति तथा कार्यक्रमा कमा र फुलिस्टप पनि चेन्ज गर्नु पर्दैन ः महेश बर्तौला

काठमाडौं । नेकपा एमाले का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रम सन्तुलित र व्यवस्थित् ढंगबाट आएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले अहिलेको नीति तथा कार्यक्रम मुलुकको विद्यमान आर्थिक समाजिक परिवेशको वास्तविक सीमामा टेकेर यथार्थपरक रहेको बताएका हुन् ।
उनले भने, ‘नेपाल सरकारको ०८२÷८३ को नीति तथा कार्यक्रमलाई नेकपा एमाले संसदीय दलको तर्फबाट यसको समर्थन जनाउन चाहन्छौं ।
सरकारले यस पटक नीति तथा कार्यक्रम संसदमा पेस गर्दा विगतको उल्टो तरिकालाई सुल्ट्याएर ल्याएको छ । सरकारले प्रस्तुत गरेको यो नीति तथा कार्यक्रम विगतको जस्तो भद्दा, छरपस्ट, कानुनको नजरमा अत्यन्तै कमजोर, स्रोतसाधनविहीन, सुन्दा कर्णप्रिय जस्तो लाग्ने छैन ।
अहिलेको नीति तथा कार्यक्रम मुलुकको विद्यमान अर्थिक, समाजिक परिवेशको वास्तविक सिमामा टेकेर यर्थाथ परक, वस्तुनिष्ष्, कार्यान्वयनयोग्य हुनेगरी यो नीति तथा कार्यक्रम आएको देखिन्छ ।’
साथै उनले देशमा आजको मूल समस्या राजनीतिक र नीतिग अस्थिरता रहेको औंल्याउँदै अहिलेको नीति तथा कार्यक्रमले सच्याउने विश्वास व्यक्त गरे । उनले नीति तथा कार्यक्रम अब देशको विकास र समृद्धिको लागि स्पष्ट मार्गदर्शन हुनेपनि दाबी गरे ।
उनले भने, ‘एकदमै व्यवस्थित् ढंगबाट आएको छ, यसमा कमा र फूलस्टपपनि चेञ्ज गर्नुपर्दैन् । स्पेसिफिक ढंगबाट नीति तथा कार्यक्रम आएको हुँदा १५५ बुँदामा रहेका नीति तथा कार्यक्रमलाई कहीँपनि चलाउनुपर्ने देखिँदैन् ।’

 

खुकुरी प्रहार गरी हत्या

काठमाडौं , झापाको कनकाई नगरपालिका २ सुकेडागीमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
कनकाई नगरपालिका २ सुकेडागीका ३५ वर्षीय कविराज हेमरनले श्रीमती ३४ वर्षीया पूजाको हत्या गरेको इलाका प्रहरी कार्यालय खुरुङ्गाले जनाएको छ। घाँटीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेलगत्तै उनी प्रहरी समक्ष आत्मसमर्पण गर्न पुगेका थिए।
हेमरमलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। पूजाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको प्रहरीले जनाएको छ।

यूएई र कतार बीचको खेलमा र्दुलभ दृश्य देखियो

काठमाडौं , महिला ट्वान्टी–२० क्रिकेट विश्वकपको एसिया छनोटमा शनिबार यूएई र कतारबीचको खेलमा दुर्लभ दृश्य देखियो। यूएईका सबै १० ब्याटर ‘रिटायर्ड आउट’ भए।
पुरुष र महिलाको अन्तर्राष्ट्रिय क्रिकेट खेलमा पहिलो पटक दुईभन्दा बढी खेलाडी ‘रिटायर्ड आउट’ भएका हुन्। टस जितेपछि ब्याटिङ गरकोे यूएईले विनाक्षति १ सय ९२ रन जोडिसकेको थियो। कप्तान इशा ओजा ५५ बलमा १४ चौका र ५ छक्कासहित १ सय १३ र थिर्था सतिश ४२ बलमा ११ चौका प्रहार गरी ७४ रन बनाएर ब्याटिङ गरिरहेका थिए।
त्यसपछि वर्षा हुने सम्भावना बढेर जाँदा यूएई इनिङ्स टुंग्याएर जतिसक्दो खेलमा नतिजा ल्याउन चाहन्थ्यो। तर, सीमित ओभरकोखेलमा ‘इनिङ्स डिक्लेयर’ गर्ने कुनै नियम रहेको छैन। त्यसपछि १९२ रनमै यूएईका सबै खेलाडी ‘रिटायर्ड आउट’ भए।

यूएईले कतारलाई ११.१ ओभरमा २९ रनमै अलआउट गरी खेल १ सय ६३ रनले जितेको थियो। कतारका सात खेलाडी ‘डकआउट’ भए । यूएईको इनिङ्समा पनि ८ खेलाडी ‘डकआउट’ भएका थिए।

यसले महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियको एकै खेलमा सर्वाधिक शून्यमा आउट हुने कीर्तिमान बनायो। यूएईका ८ ब्याटर बलै सामना नगरी ‘रिटायर्ड आउट’ भए।

कोइला बोकेको ट्रक पल्टिँदा सडक अवरुद्ध

२८ वैशाख, चितवन । मुग्लिन बाट दुईकिलोमिटर दक्षिण(नारायणगढ सडक खण्डको तुईनखोला भन्ने स्थानमा ट्रक पल्टिँदा बाटो पूर्णरुपमा बन्द भएको छ ।
वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक आज बिहान ७ बजे पल्टिएको थियो ।
कोइला लोड गरेको सो ट्रक आफैं अनियन्त्रित भई पल्टिँदा दुबैतर्फ बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।
सो स्थानमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी निरीक्षक प्रतिक सिंह नेतृत्वको टोली खटिएर बाटो खुलाउने प्रयास गरिरहेको चितवन प्रहरीले जनाएको छ

आज संघीय संसदको दुवै सदनबाट,सरकारको नीति तथा कार्यक्रम पारित गरिने

काठमाडौँ। संघीय संसदको दुवै सदनको बैठक आज बस्दै छ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १.१५ बजे बस्ने कार्यसूची रहेको छ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२ ÷ ८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ संशोधन प्रस्ताव दर्ता भएका छन्।
त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२÷८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेक छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
राष्ट्रिय सभाको बैठकमा पनि प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची तय भएको छ। प्रधानमन्त्री ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रममाथि पेश भएका संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरी आजै पारित गर्ने कार्यसूची रहेको छ। राष्ट्रिय सभामा पनि प्रतिनिधि सभामा जस्तै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची निर्धारण गरिएको छ।

 

कांग्रेसद्वारा गर्भनरका गागि विश्व पौडेलको नाम प्रस्तावित, एक साता भित्र गर्भनर नियुक्त गरीने

काठमाडौं। नेपाली कांग्रेसले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गरेको छ। तिन साता अघि नेपाली कांगे्रस र नेकपाएमाले बीच गुणाकर भट्टलाइ गर्भनर बनाउने सहमति भएको भए पनि कामु गर्भनर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरे पछि विकल्पको रुपमा गभर्नरको नाम सिफारिस गर्न गठित समितिका सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेललाई कांग्रेसले गभर्नरमा प्रस्ताव गरेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्तारुढ दल कांग्रेस र एमालेका शीर्ष नेताहरूसहित बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा पौडेलको नाम प्रस्ताव गरेका हुन्।

प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणालगायतका नेता बालुवाटारको बैठकमा सहभागी थिए। बैठकमा गभर्नर नियुक्ति चाँडै गर्ने समझदारी भएपछि अब एक साताभित्र गभर्नर नियुक्त हुने बताइएको छ।

सुदामा ताजा समाचार

कांग्रेस विवादको मुद्दामा बहस गर्न इजलासमा पुगे विश्वप्रकाश र पुष्पा पुसाल

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर मुद्दामा सर्वोच्च अदालतमा बहस भैरहेको छ । न्यायाधीशद्वय शारंगा सुवेदी...

संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरु स्थापीत गर्दै जानु पर्दछ...

काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्ने बताएका छन् आज शुक्रबार सिंहदरबारमा संसदीय रिपोर्टिङ गर्ने...

मन्त्रालयहरू विधेयक निर्माणमा व्यस्त,कुन मन्त्रालयको के विधेयक?

वैशाख, काठमाडौं । सरकारले १०० बढी नयाँ ऐन निर्माण र संशोधन गर्न लागेको छ । यसका लागि विषय पहिचान गर्ने कार्य भएको छ...