काठमाण्डौ, नेपालका मुख्य मुख्य शहरमा सुपरमार्केट स्थापना गरी नुन देखि सुन सम्मको गुणस्तरीय सेवा ग्राहकहरुलाइ दिएर चर्चाको शिखरमा पुगेको भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ दम्पत्तिले काठमाण्डौको कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केट प्राङगणमा एक भव्यसमारोहको आयोजना गरी कर्मचारीहरुको सम्मान गर्नु भएको छ ।
चैत्र १५ गते काठमाण्डौमा राजावादीद्वारा भएको प्रदर्शनकाक्रममा अतिरञ्जित भीडले कोटेश्वर स्थित भाटमटेनी सुपरमार्केटमा भएको ताडफोड र लुटपाट गरिरहेको समयमा आफ्नो कर्तव्य निर्वाह गर्न ज्यानको परवाह नगरी अग्रपंक्तिमा खटिएका कर्मचारी तथा व्यापार व्यवसायलाई निरन्तरता दिन निद्राको परवाह नगरी रातभर मर्मत सम्भारको कार्यमा खटेका कर्मचारीहरुको मनोवल बढाउन कर्मचारी सम्मान गरिएको अध्यक्ष गुरुङको भनाई छ
सम्मानकार्यक्रममा सवै भन्दा ठूलो राशीको पुरस्कारबाट सम्मान हुनेमा सोही भाटभेनीका सरु्क्षा गार्ड दुलप्रसाद पराजुली रहेका छन् । उनले आफ्नो ज्यान जोखिममा राखेर लुटेराहरुलाइ बहादुरीका साथ लाठीले कुटी कुटी लुेटेराहरुलाइ हावाकावा पारेका थिए । सो वापत उनलाई रु .५ लाख १सय ११ नगद र ५ ग्रेड ले दुवोको माला पह्यिाएर सम्मान गरिएको थियो । त्यस्तै अन्यसुरक्षा गार्डहरु दिपेश खड्का, सोमबहादुर भूजेल, लगायतलाइ पनि रु २५– २५ हजार नगद र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसै गरी सागर गुरुङले ५१ हजार १ सय ११ नगद सहित सम्मान पाएका छन् । कार्यक्रममा अध्यक्ष गुरुङ दम्पत्तिले माली देखि भवन मर्मतमा खटिने सम्मलाई नगद सहित सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा भाटभटेनीका कार्यकारी प्रमुख ( सीइओ ) मानु पौडेलले स्वागत मन्तव्यका क्रममा भाटभटेनीमा बर्बरता पूर्वक भएको आक्रमण प्रति रोस व्यक्त गर्दै अलिकति डर, चीन्ता र शंका भएकोले यस्ता घटना फेरी पनि हुन सक्ने भन्दै विषेश सर्तकता अपनाउनु पर्ने र घट्नामा संलग्नहरुलाइ सरकारले कारवाहीको दायरामा ल्याउनु पर्ने बताउनु भयो । उहाँले विगत २०४६ साल र २०६२ ÷ ०६३ सालको जनआन्दोलनका वारेमा पनि आफू जानकार रहेको र यस्ता विध्ंवसकारी घटना नघटाइ लोक तन्त्र आएको स्मरण गर्नु भयो ।
त्यसै गरी कार्यक्रमलाई धन्यवाद दिेने सिलशिलामा अध्यक्ष गुरुङले भन्नु भयो “ मेश्रीमति शावित्री गरुङले आफुले लगाउने गरगहना रु ३५ हजारमा बेचेर सोही पैसाले व्यापार शुरु गरेको र त्यसैलाइ र्निरन्तरता दिदै आत्माबलका साथ अघि बढ्दा यो अवस्थामा आएर समाज सेवामा पनि लाग्न पाउदा खुशी लागेको कुरा व्यक्त गर्नु भयो । ” आफुले व्यापारबाट भएको आम्दानीको हिस्साबाट बाढीपीडित , भूकम्प पीडित र स्वास्थ्य तथा शिक्षामा लगानि गरेको र खर्च कटाएर बचेको रकम विदेश नलगि स्वदेशमै लगानी गर्ने र हजारौं यूवाहरुलाई रोजगारी दिने सोच राखेको बताउनु भयो । उहाँले मन्तव्यकै क्रममा युवा युवतीले विदेश पलायन हुने तिर ध्यान नदिइ स्वदेशमै रहेर आफ्नै देशको सेवा गर्न सुझाव पनि दिनु भयो ।
उहाँले दुर्गा प्रसाइ नेतृत्वको आन्दोलनले पुर्याएको क्षतिबारे खेद प्रकट गर्दै यस्ता लुटपाट र विध्वशंकारी आन्दोल शैलीले कुनैहालतमा पजि राजतन्त्र आउन नसक्ने उद्घोष पनि गर्नु भयो । दुर्गा प्रसाइ जस्ता गुण्डाको पछि लागेर दिन विताउनु भन्दा आफ्नै व्यवसाय गरेर खानु राम्रो हुने आन्दोलनमा संलग्न समुदायलाइ सुझाव दिन् भयो।