काठमाण्डो, बजारका क्यान्टिनहरुमा फोहोर गरिएको , भेज र नन्भेजखानेकुरा एकैठाँउमा राखेर भण्डारणगरिएको , खाद्यपदार्थ सडेगलेको बेच्ने गरेको, लगायतका सूचनाहरु प्राप्त भए पछि खाद्यप्रविधितथा
गुण नियन्त्रण विभागले काठमाण्डौमहानगर पालिका सँग चैत्र ४ गते भएको सम्झौता अनुसार का.म.न.पा.को सहकार्यमा मोबाईल फुडल्याव भ्यान सञ्चालन गरी खाद्य बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा कार्यक्षेत्रमा खटिएका महानगरका पदाधिकारीहरु — उप प्रमुख सनिता डंगोल , महानगर प्रमुख बालेन शाहका विज्ञ सल्लाहकार जीवन प्रभा लामा , खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागका निमित्त महानिर्देशक सोमकान्त रिजाल , महानगरपालिकाका प्रमुख सल्लाहकार सन्तोष गिरी तथा विभागका खाद्यनिरीक्षण अधिकारीहरुको टोलीमार्फत थापाथली स्थित परोपकार प्रशुती गृह तथा स्त्रीरोग अस्पतलमा सञ्चालित विभिन्न्न क्यान्टिनको स्थल गत अनुगमन तथा खाद्यपर्दाको नमूना परिक्षण गरेको छ । काठमाण्डौ क्षेत्रमा मोबाइल फुडल्याव भ्यान सञ्चाmन गरी खाद्यपदार्थ स्वच्छता तथा गणस्तर नियमन कार्यमा सहकार्य गर्ने गरी विभाग र महानगरपालीका बिच चैत ४ गते समझदारी भएको थियो ।
खाद्यबजार अनुगमनका क्रममा प्रशुती गृह स्थित सुनिल क्यान्टिन तथा कपडा पसलमा अनुगमन गर्दा सर सफाईमा कमि रहेको , फ्रिजमा भण्डारण व्यवस्थित नभएको , भुईका टायल फुटेको , भेज र नन ्भेज खाद्यसामाग्री एकै ठाउँमा राखेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाले जनाएको छ । तर सोही क्यान्टिनमा विक्रि भै रहेको दुध तथा पानीको नमूना परीक्षण गर्दा भने, कैफियत नभेटीएको विभागद्वारा जारी प्रेसविज्ञप्तीमा जनाइएको छ । अनुगमन पछि उक्त क्यान्टिनलाई व्यवस्थितरुपमा खाद्यभण्डारण गर्न, सरसफाइमा विषेस ध्यान दिन, र टुटे फुटेका भौतिक बस्तुहरुलाई मर्मत गरेर तथा खाद्य पदार्थ गर्ने कक्ष यथाशिघ्र व्यवस्थित गरी विभागमा जनाकारी गराउन विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले बताउनु भयो
त्यसै गरी सोही टोलीले मनकामना माई क्यान्टिनमा अनुगमन गर्दा सरसफाईमा कमि रहेको , खाद्य पदार्थ भण्डारण व्यवस्थित नरहेको , झ्याल तथा ढोकामा जाली नभएको , भेज र नन्भेज खाद्यपदार्थ एकैठाँउमा राखि भण्डारण गरिैको पाइको छ । सोही क्यान्टिनमा तयारी गरी विक्रिमा राखेको समोसाको नमूना संकलन गर्नुका साथै क्यान्टिनमा विक्रि भईरहेको दूध र पिउने पानीको परिक्षण गरिएकोमा ती बस्तुमा कैफीयत नपाइएको पनि विभागले जनाएको छ । तथापी क्यान्टिनमा पनि सरसफाइमा ध्यान दिन, फ्रिजमा खानेकुराको उचित भण्डारण गर्न, नन् र नन्भेज खानेकुरा अलग अलग भण्डारण गर्न झ्यालढोकामा पेष्ट नियन्त्रणका लागि जालि राख्न लगायतका कुरामा निर्देशन दिएको प्रवक्ता महर्जजनले बताउनु भयो ।
त्यसै गरी क्याफे केयर प्रा.लि. थापाथलिमा अनुगमन गर्दा सरसफाइको अवस्था सामान्य रहेको ,तर फ्रीजमा भणडारण व्यवस्थित नरहेको पाइएको विभागले जनाएको छ ।
त्यसै गरी प्रशूति गृह तथा स्त्रिरोग अस्पतालमा सञ्चालित उल्लेखित विभिन्न क्यान्टिनको स्थलगत अवलोकन गर्दा विक्रि वितरणमा रहेको दूध तथा पीउने पानी सहितको ६ थान नमूना संकलन गरी तत्काल मोबाइल भ्यान मार्फत स्थलगत परीक्ष्ण्म गरेकोमा त्यमा पनि कैफियत नभएको विभागले जनाएको छ ।