सरकारद्वारा एनसेल सम्मानित

सुदामा समाचार दाता,

काठमाडौं । नेपाल सरकारले देशको सूचना तथा सञ्चार प्रविधि आईसीटी क्षेत्रको सबैभन्दा धेरै आयकर तिर्ने करदाताका रुपमा निजि क्षेत्रको दूरसञ्चार कम्पनी एनसेललाई सम्मान गरेको छ । यो वर्ष एनसेलले सबैभन्दा धेरै आयकर तिरेको थियो । काठमाडौंमा आयोजित आठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले एनसेलका मार्केटिङ कम्युनिकेशन तथा स्स्टेनेविलिटी डाइरेक्टर पुनम सिंहलाई सम्मान पत्र प्रदान गरेका थिए । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र समृद्ध नेपालको अभियानमा गत आर्थिक वर्ष २०८०÷०८१ मा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रबाट सबैभन्दा धेरै कर तिरेर राष्ट्रलाई पुर्याएको विशिष्ट योगदानको उच्च मूल्यांकन गदै राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को सू–अवसरमा एनसेललाई यो सम्मान गरिएको हो ।
देशमा आइसिटीको विकास र प्रवद्र्धनका लागि प्रत्येक वर्ष मे २ लाई ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’का रुपमा मनाइने गरिएको छ ।

LEAVE A REPLY