स्वास्थ्य मन्त्री डा. सुधा शर्माद्वारा मनोपरामर्श सेवा स्थापना

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले आज पदभार ग्रहण गरे लगत्तै मन्त्रालयमा आएर जेनजी घाईतेहरु र अन्य सम्बन्धित व्यक्तिहरुका लागि मनो परामर्श सेवा स्थापना गर्नु भएको छ । यो उहाँको मन्त्रीमा नियुक्ति हुने वित्तिकैको पहिलो निर्णय हो ।
यस निर्णयले मानसिक स्वास्थ्यमा देखिएको असरलाई न्यून गर्न र प्रभावित व्यक्तिहरूलाई आवश्यक सहयोग प्रदान गर्न केन्द्रित रहेको बताइएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रूपमा नियुक्त गरेका थिए।
विश्लेषकहरूले स्वास्थ्य मन्त्रालयको पहिलो निर्णयमा मानसिक स्वास्थ्य सेवामा जोड दिनुलाई सकारात्मक र तुरुन्त असर पार्ने कदमको रूपमा मूल्याङ्कन गरेका छन्।

LEAVE A REPLY