काठमाडौँ, मङ्सिर ११ गते । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले खर्चमा मितव्ययीता अपनाउन कै लागि २० सदस्यीयबाट घटाएर १४ सदस्यीयमा सिमित गर्नु भएको कुरा मन्त्रिपरिषको कार्यलयबाट जारी विज्ञप्तीबाट थाहा भएको छ ।यस सँगै अव उहाँको सचिवालय ६ सदस्यीय भएको छ
‘‘प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ एघारौं संशोधन बमोजिम प्रधानमन्त्रीको सचिवालयमा विभिन्न पदका कुल ६६ जनाको दरबन्दी कायम भएपनि अति जरुरी पदमा मात्र नियुक्ति गरी जम्मा २० जनाको मात्र सचिवालय बनाएर मितव्ययी ढङ्गले कामकाज हुँदै आएको थियो ।’’ विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री कार्यालयका सहसचिव हेमराज अर्यालले यी ६ जना पहिले नियुक्त व्यक्ति नै भएको जानकारी दिनुभयो ।
अब कार्कीको सचिवालयमा प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत फोटोग्राफर र जनस्वास्थ्य विज्ञ मात्र रहने छन् ।









