रंगको पर्व होलीको औपचारिक प्रारम्भ शुक्रबार बिहान ८ः३३ बजेको शुभ साइतमा धार्मिक विधिपूर्वक भैसकेको छ । मानन्धर समुदायका व्यक्तिहरुले एक आपसमा अविर दल्दै रंगीविरंगी ध्वजा सहितका चीर ठड्याएर होली सुरु भएको संकेत दिए पनि पहाडी, मध्यपहाडी जिल्लाहरुमा पर्सी फागनु २९ गते र तराईका जिल्लाहरुमा चैत्र १ गते होली पर्व मनाइदै छ ।
होली पर्व मनाउने क्रममा पछिल्लो समय होलमिा थुप्रै विकृति भित्रिएका छन् । इच्छा पिरीत रंग दल्ने, प्लाष्टिकको थैलोमा फोहोर पानी हालेर लोला बनाएर विपरीत लिंगी९पुरुषले स्त्रीलाई र स्त्रीले पुरुषलाई० हान्ने, कालो मोसो, डिजेल, मोबिल जस्ता सफा गर्न कठिन हुने तेलीय पदार्थमा रंग मिसाएर दल्ने जस्ता घृणित काम गरिन्छ । यस्ता कामले आफु आफुमा सद्भाव र प्रेम बढ्नुको सट्टा रीसीइबी बढ्ने, झगडा हुने जस्ता अप्रिय घटना घट्न पनि सक्दछन् । वास्तवमा होली पर्व भनेको नेपालीहरुको खुशी साटासाट गर्ने पर्व हो । त्यसैले होली खेल्दा सदैव मर्यादित भएर खेल्ने गरौं ।
फागुन पूर्णिमा वा होली पर्व बारे एउटा आखयन छ, अघिमालि नामका राक्षस कि छोरी ‘दुण्डा’ नामकी राक्षसीले शिवजीको तपस्या गरेर शस्त्र, अस्त्र जाडो, गर्मी, वर्षा आदि केहीबाट पनि प्रभावित नहुने र यस्ता धेरै थरीका पीडाबाट भय–मृत्यु नहुने केवल उन्मत बालकबाट मात्र भय हुने बरदान पाएकी थिइ । बालबालिकाको निर्भय क्रिडाबाट र मनोरञ्जनबाट मात्रै यसको विनाश सम्भव हुने भएकाले यसको विनाश गर्न बालबालिकाको मनोरञ्जनात्मक क्रिडाहरुको आयोजना गरी होलीका दिनको राती भद्रापछि होलीकाको पूजा गरी होलीका दाह वा चीरदाह गरी त्यसको खरानी शिरमा लगाएर पर्व मनाउनु पर्दछ भन्ने कुरा धर्म शास्त्रमा उल्लेख गरिएको छ ।
होली बारे अर्को आखन पनि छ । होलीका नामकी हिरण्य काशीले आफ्नो पुत्र विष्णुका परमभक्त प्रह्लादलाई मार्न विभिन्न उपाय हरेक उपाय गर्दा पनि मार्न नसकेपछि, होलीकासँग सल्लाह गरी मार्ने विचार गर्यो । होलीकाले प्रह्लादलाई काखमा लिएर दाउराका रासमा बसेपछि आगो लगाइयो । तर प्रल्हादलाई केही भएन । होलीका भने जलेर नष्ट भई । यसको कारण थियो हालीकाले प्राप्त गरेको बदरदानले केही काम नगर्नु र नमे भक्त प्राणश्यति भन्ने भगवान नारायणको सत्य बचन शक्तिशाली हुनु ।
होली मनाउनु अघि हे होलीके हामी तिमीसँग डराएर तिम्रो पूजा गर्दछौं । इन्द्र, ब्रह्मा र शंकरले पनि तिमीसँग डराएर नमस्कार गर्दै तिमी हाम्रो कल्याण गर भन्ने प्रार्थना गरी अग्निको ३ पटक दक्षिणा गरेर रमाइलो गर्न थालिन्छ । होलीका दहन भएको खुशीयालीमा भगवान कृष्णले पनि वृन्दावनमा राधा एवं गोपिनीहरुका साथमा होली खेल्नुभएको र होलीको परम्परालाई कायम राख्नु भएको प्रशंग सहितामा उल्लेख छ ।