काठमाडौं । सत्तारुढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई टकराव दिन सक्ने कुनै नेता नदेखिएको समयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता एमालेभित्र बढेर गएको छ । भण्डारीले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व लिन तयारी तीव्र पारेकी छिन् । पार्टीको तल्लो कमिटीसम्म आफ्नो समुह नै खडा गरेर उनले अध्यक्ष केपी शर्मा ओलीलाई दबाबमा पारेकी छिन् ।
दुई कार्यकाल राष्ट्रपति हुँदासमेत पार्टीका सबै तह, तप्का र राज्यका निकायहरुमा अध्यक्ष ओलीसँग आफ्नो भाग लिएकी पूर्वराष्ट्रपति भण्डारीले अहिले पार्टीका सबै निकायमा आफ्ना समुहलाई सक्रिय बनाएकी हुन् । त्यसो त भण्डारीलाई प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको अत्यन्त नजिकको रुपमा लिने गरिन्थ्यो । ओलीकै जोडबलले भण्डारी राष्ट्रपति पनि भएकै हुन् । आगामी महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व लिन चाहेकी उनले आवश्यक परे पार्टीका वर्तमान अध्यक्ष ओलीसँग चुनावी मैदानमा भिड्नसमेत तयार भएर अघि बढेकी छिन् ।
एमाले उच्च स्रोतका अनुसार पूर्वराष्ट्रपति भण्डारीले नपत्याउँदो गरी पार्टी संगठनलाई आफ्नो पकडमा पारिसकेकी छिन् । निर्वाचन केन्द्रीत गतिविधि नै सञ्चालन गरिरहेकी उनको समुहमा घोषित र अघोषित रुपमा लागेकाहरु पनि आफु पछि नहट्ने बताइसकेकी छिन् । उनको निर्देशन बमोजिम ‘विद्या समुह’ देशभर महाधिवेशन केन्द्रीत भएको छ ।
त्यसो त ओलीले चाहेर पनि भण्डारीलाई सक्रिय राजनीतिबाट रोक्न सकेका छैनन् । अध्यक्ष ओली भण्डारीसमक्ष रक्षात्मक अवस्थामा पुगेको बताइन्छ । यसले एमालेको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिलार्य नै एक÷डेढवर्षभित्र फरक मोडमा पु¥याउन सक्ने विश्लेषण गर्न थालिएको छ ।
पूर्वराष्ट्रपति भण्डारीको पक्षमा खुलेर लागिरहेका स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले एमालेको राजनीतिमा भण्डारीको आवश्यकता खड्किएकाले उनी सक्रिय राजनीतिमा फर्किनुपरेको बताए । उनले आगामी राष्ट्रय महाधिवेशनमा अध्यक्ष ओलीले नै भण्डारीलार्य अध्यक्षको प्रस्ताव गर्ने अवस्था बन्ने दावी गरे ।
‘अध्यक्ष ओलीले नै म कक्षा दोहो¥याउदिन भनेर पटक पटक भन्नु भएकै कुरा हो । आगामी महाधिवेशनमा विद्या भण्डारीलाई अध्यक्षमा अघि सारेर उहाँले समाधान दिनुहुनेछ भन्ने मेरो बुझाई छ ।’ उनले भने ।
त्यसो त २०७९ फागुन २९ गते राष्ट्रपतिका रुपमा दुई कार्यकाल सकेर बिदा भएपछि नै भण्डारीले एमालेको राजनीतिमा सक्रियता देखाएकी हुन् । सरुमा केही सार्वजनिक महत्वका कार्यक्रममा देखिन थालिन । अहिले उनी एमालेका जनवर्गीय संगठनहरुले गरेका विभिन्न कार्यक्रमहरुमा प्रमुख वक्ताकै रुपमा उपस्थित हुने गरेकी छिन् । उनी पार्टीमा आफ्नो अवस्थासँगै नेता÷कार्यकर्ताको मनोभावना बुझ्न सातै प्रदेश दौडाहामा लागेकी छिन् ।
त्यसो त अहिले एमालेको अधिवेशन धमाधम भइरहेका छन् । त्यहाँ उनको आशिर्वाद पाएका उम्मेदवारहरु पनि खुलेर उम्मेदवारी दिइरहेका छन् । सबै ठाउँमा विद्या भण्डारीको समूह संस्थापनसँग प्रतिस्पर्धा गर्न आउने अवस्था बनेपछि पार्टीले सबै ठाउँमा सर्वसम्मत नेतृत्व चयन गर्न र चुनाव नगर्न दबाब दिँदै आएको छ । तर, पार्टीको निर्देशन विपरीत निर्वाचन हुने परिस्थिति बन्दै गएको छ । यसले विद्या भण्डारीलाई रोक्न अध्यक्ष ओली र संस्थापन पक्षले नसकेको स्पष्ट हुन्छ ।
केही दिन अघि सम्पन्न मोरङ जिल्ला कमिटीको निर्वाचनले भण्डारीको सक्रियता सार्थक बनाएको छ । मोरङमा भण्डारी प्यानलका अम्बर राई अध्यक्ष बने । उनी आफु मात्रै होइन, मोरङका पदाधिकारी सबै पदमा भण्डारी समुहले जित हात पार्यो । भण्डारी निकट नेताहरु अन्य जिल्लाको स्थिति पनि यस्तै रहेको दाबी गर्छन् । ओली र भण्डारी विगतमा अत्यन्त नजिक थिए तर अहिले उनैदुईबीचको टकरावलाई अस्वभाविक र अचम्मको रुपमा लिन सकिन्छ ।
पूर्वराष्ट्रपति भण्डारी एमालेको नेतृत्व लिन सक्रिय
आज अपरान्ह ४ वजे प्रमुख तीन दलको बैठक बस्ने
काठमाडौँ । प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्षक नेताको बैठक आज अपरान्ह ४ बजे बस्ने तय भएको छ । सो बैठक सिंहदरबारमा अपराह्न ४ बजे बैठक बस्ने तय भएको एक नेताले जानकारी दिए । बैठकमासंक्रमणकालीन न्याय टीआरसी बारे छलफल हुने जनाईएको छ ।
हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानमा रहेका प्रमुख प्रतिपक्ष दलका नेता तथा पुष्पकमल दाहाल प्रचण्ड सोही छलफलका लागि आजै काठमाडौँ आउने भएका छन् । उनी आइतबार नै काठमाडौँ आउने भनिएपनि विशेष कारणबस सोमबारका लागि सरेको र सोहीअनुसार बैठकको समय तय भएको ती नेताको भनाइ छ ।
चैत ६ गते प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले टीआरसीको विषयमा सोधिएको प्रश्नको उत्तरमा प्रधानमन्त्री केपी ओलीले प्रचण्डसँग सम्पर्कको प्रयास भइरहेको जवाफ दिएका थिए । ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो सुरु गरी शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सरकार प्रतिबद्ध रहेको जनाएका थिए ।
यस विषयमा प्रचण्डसँग सम्पर्क गर्न खोजिरहेको तर पटक–पटक प्रयास गर्दा ‘स्वास्थ्यमा केही समस्या भएको हुनाले सम्पर्क गर्न नसक्नु भएको’ भन्ने जवाफ पाएको सदनलाई जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलींद्वारा देशलाई आत्मानिर्भर बनाउन आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा स्वदेशी उत्पादनलाई वृद्धि गर्दैउत्पादित वस्तुको प्रयोग पनि बढाउन आग्रहगरेका छन् ।
नेकपा एमालेको जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आवश्यकरहेको वताए ।
उनले भने,‘राष्ट्रिय उत्पादनमा जोड र हाम्रा आवश्यकताहरु उपभोग्य वस्तुहरु हामी आफै तयार गर्न सकौं भन्ने हो । आत्मानिर्भरतामा देशलाई लैजान सकौं भन्ने जोड र निर्यातलाई जोड, आयातलाई प्रतिस्थापन गर्नका लागि धागो उत्पादन कपडा र मोजा उत्पादन गर्न जरुरी छ ।
बिहान उठ्ने वित्तिकै आफ्नै देशको उत्पादन ब्रस र मन्जनले मुख सफा गर्न पाउँदा पनि कति खुसी हुन्थ्यो तर त्यो पनि स्थिति छैन । स्वदेशी उत्पादनलाई वृद्धि गर्नुपर्ने छ । हाम्रा उत्पादीत वस्तुहरुपनि प्रयोग गर्ने जनताले बानी बसालौं ।’
उनले कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिने उल्लेख गर्दै यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहनका लागि सरकार तत्पर रहेकोे बताए ।
त्यस्तै उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीले विश्वबजारमा भइरहेको प्रतिस्पर्धाको होडबाजीको बेला नेपालले न्युन वस्तुमात्र निर्यात गर्न सकेको गुनासो गरे ।
नेपालीकांग्रेस दृढताकासाथ संविधानको पक्षमा उभिन्छ ः डा. प्रकाशसरण महत प्रवक्ता

काठमाडौं । नेपाली काङ्ग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने निर्णय गरेको कुरा पार्टीप्रवक्ता महतले बताउनु भयो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधानमार्फत नै जनताका आवश्यकता र समस्या सम्बोधनलाई ध्यान दिने निर्णय गरेको प्रवक्ता महतले जानकारी दिनुभयो ।
उहााले भन्नाुभयो, ‘नेपाली काङ्ग्रेस को पार्टीको कार्यसम्पादन समिति बैठक सम्पन्न भएको छ । यसले विविध विषयहरुमा छलफल गरेको छ । सर्वप्रथम नेपाली कांग्रेस पार्टीको कार्यसम्पादन समिति बैठकले सार्वभौम नेपाली जनताद्वारा निर्वाचित संविधानसभाबाट बनेको संविधानको रक्षामा पूर्ण प्रतिवद्धताको जुन गणतान्त्रिक संघीय संविधान बनेको छ यसप्रति पूर्ण प्रतिवद्धता जाहेर ग¥यो ।
संविधानमार्फत नै जनताका आवश्यकता र समस्या र महत्वाकांक्षालाई सम्बोधन गर्न सकिने निर्णय गरेको छ ।’
आज दिउसो पौने चार बजे आईएलमा दुई खेल हुँदै
एजेन्सी
काठमाडौं , इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन्। दिउँसो पौने ४ बजे हुने पहिलो खेलमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
यी दुई टोलीबीचको खेल राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम हैदरावादमा दिउँसो पौने ४ बजे सुरु हुनेछ। यस्तै साँझ पौने ८ बजे चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल एम चिदम्बरम क्रिकेट स्टेडियममा हुनेछ।
यसअघि गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ । साविक विजेता कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै पाहुना टोलीले विजयी सुरुवात गरेको हो।
गुणस्तरीय चलचित्र निर्माण गर्न सके विदेशी भन्दा स्वदेशी चलचित्र चल्न सक्छन् ः मन्त्री पाण्डे
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र निर्माण गर्न सके विदेशी भन्दा स्वदेशी चलचित्र चल्ने बताएका छन् ।
८ औं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।मन्त्री पाण्डेले भने, ‘चलचित्र बनाउने विषय निर्माताको विषय मात्रै होइन । एउटा चलचित्र सफल भएको अवस्थामा निर्माता, निर्देशक र कलाकारसहित समग्र मुलुकले फाइदा लिन सक्छ ।
उनले विश्व सम्पदा सूचीमा समावेश भएका नेपालका धरोहर रहेको उल्लेख गर्दै त्यसलाई समेटेर चलचित्र उद्योगीहरू अघि बढ्न सकेको अवस्थामा नेपालले पर्यटन क्षेत्रमा लाभ लिन सक्ने बताए ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाद्वारा सहकार्यको आह्वान
ललितपुर । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रलाई सुव्यवस्थित, विश्वसनीय र पारदर्शी बनाउनु नै आफ्नो मुख्य प्राथमिकता रहेको बताउँदै यसका लागि सम्बन्धित सबै पक्षहरूसँग सहकार्य गर्न प्राधिकरण तयार रहेको जानकारी दिनुभयो। उहाँले बीमा ऐनले तोकेका जिम्मेवारीहरू पूरा गर्न कर्मचारी युनियनहरू, बीमा कम्पनीहरू र अन्य सरोकारवालाहरूको भूमिका महत्वपूर्ण रहने बताउनुभयो।
ललितपुरमा नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको विशेष अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओझाले बीमा क्षेत्रका समस्याहरू सबै मिलेर समाधान गर्न सकिने बताउनुभयो। उहाँले सरकारले दिएको जिम्मेवारी कामबाट नै पूरा गर्ने र बीमा क्षेत्रमा असल अभ्यासलाई प्रवद्र्धन गर्न सबैसँग मिलेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।
यसै कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले कर्मचारीहरूका हक र हितका विषयमा कर्मचारी युनियनहरूसँग सहकार्य गर्न व्यवस्थापन तयार रहेको बताउनुभयो। उहाँले कर्मचारी युनियनहरूले पनि संस्थागत विकासमा सकारात्मक भूमिका खेल्नुपर्ने आवश्यकता रेखाङ्कित गर्नुभयो।
बीमा क्षेत्रलाई अझ पारदर्शी र विश्वसनीय बनाउने प्रयासमा नेपाल बीमा प्राधिकरणले सम्बन्धित सबै पक्षहरूसँग मिलेर काम गर्ने घोषणा गरेको छ। यसले बीमा क्षेत्रमा ग्राहकहरूको विश्वास बढाउन र दिगो विकासमा योगदान दिने अपेक्षा गरिएको छ।
राष्ट्रियसभाको बैठक आज १२ः १५मा बस्दै
बैठकका सम्भावित कार्य सूची यस्ता छन् ःप्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गरेका ‘प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल गरिनेछ ।
महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आज अपरान्ह १२ः१५ वजे बस्ने बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयकहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक, २०८१, निजीकरण पहिलो संशोधन विधेयक, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रशिक्षण प्रदान
माडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभर २९४ शाखामार्फत १० हजारभन्दा बढी नागरिकलाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण प्रदान गरिरहेको छ।
सातै प्रदेशमा रहेका शाखा कार्यालयमार्फत विद्यार्थी, कर्मचारी, मजदुर, कृषक लगायतलाई डिजिटल बैंकिङ, बचत, कर्जाको सदुपयोग, साइबर सुरक्षा, तथा वित्तीय कारोबारका फाइदाबारे सचेतना दिने कार्य भइरहेको छ।
यस अभियान अन्तर्गत, बैंकले क्यूआर, पोस सेवा, आरविवि स्मार्ट बैंकिङ, इन्टरनेट बैंकिङ, ओटीपी, रेमिट्यान्स कारोबार जस्ता सेवाबारे नागरिकहरूलाई जानकारी गराइरहेको छ। साथै, वित्तीय सचेतनामूलक अन्तरक्रिया, सामाजिक सञ्जालमार्फत श्रव्यदृष्य सामग्री प्रसारण, तथा वित्तीय साक्षरता कार्यक्रम समेत नियमित रूपमा सञ्चालन गर्दै आएको बैंकले जनाएको छ ।











