Page 6

केयूमा उपकुलपतिको कार्यभार प्रा. डा. अच्युत वाग्लेको काँधमा

काठमाडौँ , सरकारले काठमाडौं युनिभर्सिटी केयू को उपकुलपतिमा प्राडा अच्युत वाग्लेलाई नियुक्त गरेको छ। यस संगै वाग्लेको काँधमा उपकुलपतिको कार्यभार आई परेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारले उनलाई कुलपतिमा नियुक्ति गरेको जानकारी दिएको छ।
विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन जनामध्येबाट डा वाग्लेलाई प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३. ४० बमोजिम आज नियुक्त गरेका हुन्।
काभ्रेपलाञ्चोकको वनेपा नगरपालिकामा २०२५ सालमा जन्मिएका नवनियुक्त उपकुलपति वाग्ले काठमाडौँ विश्वविद्यालयका कार्यवाहक उपकुलपति एवं रजिष्ट्रार थिए। उनले सो विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टको सहायक डीन, उक्त स्कुलको विज्ञान विभागको प्रमुख र एड्जङ्कट प्रोफेसर रहेर काम गरिसकेका छन्।

इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, कानपुरबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका उनले बेलायतको ब्रिमिङ्घम विश्वविद्यालयबाट एमएस्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट एमए उत्तीर्ण गरेका थिए।
राष्ट्रिय अखबारका नियमित स्तम्भरकार डा वाग्लेसँग प्रधानमन्त्रीको प्रेस सल्लाहकार र नेपाल राष्ट्र बैँकका गभर्नरको सल्लाहकार रही काम गरेको अनुभव छ।
उनले व्यवसाय, वातावरण, क्षेत्रीय अर्थतन्त्र, वित्तीय सङ्घीयता र उद्यमशीलता आदि विषयमा अनुसन्धान गर्दै आएका छन्। उपकुलपतिको कार्यकाल चार वर्षको रहने छ।

 

यति नै ,भए त हुने कति हो कति ?

प्रसंग शिक्षा जगतको हो । शिक्षाको महत्व र उपयोगलाई व्याख्या गर्दै जाँदा महाभारत पनि सानो हुन पुग्ला तर प्रस्तुत यस लेखमा भने शिक्षाले मानिसको जीवनमा खेलने भूमिका बारे प्रष्ट्याउन खोजिएको छ । आंशिक रुपमा प्राविधिक शिक्षाले मानवलाई बाँच्न केही सजिलो गरेको भएतापनि समग्र रुपमा शिक्षा दिमाग सजाउने उपायको रुपमा रहँदै आएको कुरा जगजाहेरै छ । तर समयको माग भने दिमाग मात्र सजाएर नभै हातको सीपले मानवीय योगदान दिनुपर्ने सत्यता झल्किरहेको छ । यही सत्यतालाई उजागर गर्नको लागि कवितात्मक उद्गारको साथमा लेख अघि सरेको छ । यति नै भए त भन्नाले आर्जन गरेको शिक्षालाई व्यवहारमा उतार्न सके मानिसका लागि हुन जाने फाइदालाई कति हो कतिले दर्शाउन खोजिएको छ भने हुने कति हो कति भन्नाले शिक्षाका बहुपक्षीय फाइदाहरु अनगिन्ती हुन्छन् भन्ने हो ।
झुसी दिमागः मानिसको जीवनमा बौद्धिकता, विवेकशीलता, साहस, अनुभव, जुक्ति, सल्लाह पलपलमा खाँचो पर्दछ । मानवीय जीवनगाथालाई हाँक्ने मूल कडी भन्नुनै दिमागी शक्ति हो । मानवताको सुरक्षा गर्ने, उन्नती प्रगति गराउने, सही बाटोमा लगाउने, खुशीयाली भर्ने, आपसी सहयोग बढाउने, आन्तरिक शक्ति प्रदान गर्ने पनि दिमागी क्षमतामा नै भर पर्दछ । मानिसको जीवन भन्नुनै दिमागी क्षमता नभए के हुन सक्छ त ? यस धर्तीमा रही बाँचेर आफ्नो जीवनयात्रालाई सहज बनाउन, स्वस्थकर जीवन जीउन, रचनात्मक एवं सृजनात्मक कामहरु सम्पन्न गर्न, राजनीति गर्न, न्याय दिन, सामय सापेक्षका कुराहरु बुझ्न, जीवनलार्य उन्मुक्तिको बाटोमा लैजान पनि बौद्धिकता आधार हुन जान्छ । मानिसले आफ्नो जीवनयात्राको शिलशिलामा आफुलाई प्रगतिपथमा अघि बढाउने कि दूगर्तीमा फसाउने भन्ने पनि दिमागी चमत्कारीतामा नै भर पर्दछ । संसारिक गतिविधिलाई नियालेर हेर्ने हो भने पनि छर्लंग हुन्छ कि जहाँ शक्ति प्रबल छ त्यहाँ हरेक कुराको राम्रा राम्रा प्रगति भैरहेको पाउन सकिन्छ । ठूलाठूला वैज्ञानिकहरु, लेखक, साहित्यकार एवं स्रजकहरु सबै दिमागी शक्तिको कारण आआफ्नो अस्तित्वलाई उजागर गर्न सफल भए । दिमागी शक्ति फुर्न पाएन भने मनस्थिति गुम्सिएर मानिसको जीवन नै लथालिंग नहोला भन्न सकिन्न । यसर्थ मानिसको जीवनले यथेष्ट उन्नती गर्न कति बौद्धिकताको खाँचो पर्दछ, विकास गर्न सक्ने खालको शिक्षा व्यवस्थित गर्न सके मानवताको लागि, राष्ट्रको लागि र सो व्यक्ति विशेषको लागि सह्राहनीय हुने कुरा निर्विवाद छ । बौद्धिकताको लागि शिक्षाले खेल्नुपर्ने भूमिका अझै कति छन् कति ? यहाँ त सामान्य तरिकाले उदाहरण मात्र प्रस्तुत भएका तथ्यहरु छन् । दिमागी शक्तिको उल्लेख्य विकास गराउनको साथमा मानिसको जीवनलाई त्रुटिविहिन पार्न समेत शिक्षाले भूमिका खेल्न सकेमा शिक्षा हौसलापूर्ण हुने कुरा पक्का छ । अहिलेसम्म मानिसले जति र जस्तो उन्नति गर्नुपथ्र्यो, देशमा जति र जस्तो उन्नती हुनुपथ्र्यो, हुन नसकेको मूल कारणमा दिमागी शक्तिले ऊर्जा प्राप्त गर्न नसक्नुमा आधारित हुन सक्दछ । शिक्षाले दिमागी शक्तिलाई ऊर्जा प्रदान गरेर स्वास्थ्य शिक्षा रुपी कल्पवृक्षको विरुवालाई मलजल, गोडमेल, बारबेर गर्न सक्नु पर्दछ । अनि मात्र कल्पवृक्षको फल लटरम्म फलेर नागरिकको, देशको र मानवताको सदिच्छा पुरा हुन सक्दछ । शिक्षाको आत्मा भनेकै दिमागी शक्ति विकास हो, शिक्षालाई मानवीय अस्तित्वसँग गाँसेर हेर्नुपर्दछ । गम्भीर भएर सोच्ने हो भने हाँसिल गरी सकिएको शिक्षाकोस्तर अनुरुपका बौद्धिकता एवं विवेकशीलता साथै ज्ञानगुणको स्तरले काम गरेन भने जिम्मेवार को हुने रु यसकारण शिक्षाले दिमागी शक्तिको परिपूर्णतालाई जिम्मा लिन सकेमा मात्र आशाप्रद वातावरणको सृजना हुन सक्छ जस्तो शिक्षित मानिसमा हुनुपर्ने बौद्धिक प्रगाढता भने आई पर्दै जैविक समस्याहरु समाधान गर्न नसकेर व्यवहारिक कठिनाई उत्पन्न भई कचल्टिन पुग्दछ । यसो हुँदा शिक्षित मानिसमा हुनुपर्ने बौद्धिक क्षमता यथेष्ट भै दिमागी प्रचुरता प्रकट गराउन आवश्यक छ ।
सीपालु हातः यस धर्तीमा मानिसहरु सजिलैसँग विचरण गर्नुपर्दा चाहिने जति पनि चिजबिजहरु छन् ती सबै कहाँबाट आउँछन् त ? खोज्दै जाँदा प्राकृतिक रुपले आँफै उपभोग वा उपभोग गर्ने खालका भेटिए पनि आखिर चाहिने जति सबै त पक्कै नभेटिन सक्छन् । अनि मानिसले आफुलाई चाहिने चिजबिजहरु प्राप्त गर्न आआफ्नो सिप जाँगर त चलाउनै पर्यो । कि अरुको सहारा लिनु पर्यो । आफुले आफ्नै लागि गर्न सकिन्छ भने अरुको भर पर्नु त्यति सोभनीय पनि हुँदैन । आत्मनिर्भरतापूर्वक बाँचेर मानिसका लागि सञ्चालित हुँदा देश र समाजका लागि आत्मगौरवपूर्ण हुनसक्छ । आफ्नो देश जन्मभूमिमा रहेर सहजतापूर्वक बाँच्दै निष्कण्टक रुपले उन्नतीगर्न पाउनु भनेको मानिसको जीवनमा बडो खुशीको विषय नै अनुभव गर्न सकिन्छ । यसर्थ आफुले चाहे जस्तो शिक्षा हाँसिल गरियो, दिमागी क्षमतामा कुनै कमि पनि छैन तर सिपालु हात चलाएर आवश्यक सामग्रीहरु जुटाउन सकिएन भने हालत कसरी गुज्रिएला गम्भीर भएर सोच्ने हो भने आतेश लाग्न सक्छ । सिपालु हात चलाएर अगाडि बढ्दै जाने क्रममा आआफुलाई सम्पन्न बनाउन सकियोस्, समाजमा रहेर उदाहरणीय कामहरु गर्न पाइयोस् अनि देशका लागि समेत केही योगदान दिन सकियो भने शिक्षा हाँसिल गरेको बल्ल स्वाउँदिलो हुन्छ । शिक्षा हाँसिल गर्न अवसर प्राप्त गरेको शिक्षार्थी नागरिकहरुको हात यथेष्ट रुपमा परिचालन हुन कठिनाइ भएन भने व्यक्तिको परिवार, समाज र राष्ट्र समेत आत्मनिर्भर भई समस्याहरु घट्दै जाने क्रम बढ्न सक्छ । देश र जनतामा सुख, शान्ति छाउन सक्छ । मुलुकका शिक्षालयहरुमा हरेक सिकारुले आआफुले चाहेको ज्ञान र सीप सिक्ने यथेष्ट अवसर मिलाउन सकियो भने कसैलाई पनि अप्ठ्यारो पर्ने वाला छैन । सीप र जाँगर चलाउनलाई भरपूर ज्ञान र त्रुटिविहिन तौर तरिकाहरु सिकारुहरुले सिपालु हात चलाउन पाए भने राष्ट्र र शिक्षाको लागि लगानीकर्ताहरुमा खुशीयाली छाउन सक्छ । शिक्षाको लागि राष्ट्रले व्यवस्था मिलाउन सके नागरिकहरु कोही पनि खाली बस्नु नपर्ने वातावरण तयार भै मुलुकमा आयात भन्दा निर्यात बढी हुने प्रशस्त सम्भावनाहरु बढ्न सक्छन् । मुलुकले शिक्षाका लागि जति खर्च गरेपनि झन् झन् समस्याहरु देखा परिरहने मुलकारण सिपालु हात चलाउने दक्षता एवं निपुणताको अभाव हुन सक्छ । पढ्न चाही पढ्यो तर काम गर्न खोज्यो काम पाइदैन, जति, जहाँ जस्तो सीप चाहिने हो त्यति र त्यस्तो सिकारुले नजानेको अवस्था पनि विद्यमान छदैछ । अब पनि सीपालु हात चलाउन यथेष्ट वातावरण तयार गर्न सकिएन भने मुलुक समस्याको भूमरीमा नपर्ला भन्न सकिन्न । विद्यालयीय शिक्षामा जे जति जस्तो सिकिन्छ, सिकाइ अनुसारको व्यवहारमा उतार्न सफल हुँदा खेरीको हदमा सिपालु हात झल्किन सक्छ । यही धर्तीमा बाँच्न सफल विद्वानहरुले सृजना गरेको र स्वीकारेको तथ्य अनुसार क्ष थयग मय, थयग भिबचल भने जस्तो यदि गरिन्छ भने सिक्न खुब खोजिन्छ, दिमाग मात्र सजाउने तर कार्य क्षेत्रमा उत्रिनु नपर्ने शिक्षा खासै प्रभावकारी पनि नभैरहेको अवस्था विद्यमान छदैछ । कतिपय प्राविधिक विषयहरुमा लागि परेका सिकारुहरुले देखाएको लगनशीलताबाट पनि बुझ्न सकिन्छ । अब आफ्ना नागरिकहरुलाई उच्चकोटीको बनाएर सुख शान्ति दिन राज्यले चाहेकै हो भने सोहि अनुरुपका विषयहरुको लागि पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षा नीतिमा आवश्यक परिमार्जन गरिदिनु पर्दछ । अनि नागरिकहरुलाई सहभागी गराउन सक्दा शिक्षाले देशको लागि योगदान दिन सक्नेछ ।
पवित्र भावनाः मानिस सचेत प्राणी भएको हैसियतले गर्दा उसमा रहेको भावनाहरु प्रबल हुन सक्छन् । यसो भनिरहँदा दुर्बलता पनि प्रकट हुन सक्छ । शिक्षालाई आशाप्रद बनाउन सकिएन भने भावनात्मक दुर्बलताले सताउन पनि सक्छ । भावनात्मक दुर्बलताको ठाउँमा सबलता, प्रवलता भर्नमा पनि हामी मानिसहरुको महानता झल्किन्छ । शिक्षा क्षेत्रलाई आशाप्रद, भरोसायुक्त बनाउन मानिसले सिकारु झुसी दिमाग र सिपालु हातहरुलाई सक्रिय राख्ने भावना जागृत पार्नु पर्दछ । मानिसमा हुनैपर्ने दिमागमा रहेको आवश्यक ज्ञान, गुण एवं सीपगत दक्षता पनि छ तर चोखो भावना निष्क्रिय रह्यो भने मानिसका सबै अंग स्वस्थ छन् तर मुटु अस्वस्थ भैदियो भने अरु अंग स्वस्थ रहेको काम लाग्दैन । त्यस्तै दिमाग र सिपालु हात सक्षम भए पनि भावना पछि परिदियो वा त्रुटिपूर्ण भैदियो भने अवस्था प्रेरणादायी नभै निराशाजनक हुन पुग्छ । यसर्थ सिकारुको भावनालाई पवित्र र सबल बनाउन सिकारु स्वयं जागरुक हुनुपर्दछ । सँगसँगै समाज र राज्यले पनि प्रेरणा दिन सक्नुपर्दछ । झुसी दिमाग र सिपालु हात स्वस्थ छन् तर भावना अस्वस्थ रह्यो भने जीवनचर्या विकृत हुन पुग्दछ । जब मानिस सुमार्ग छोडेर कुमार्गमा लाग्दछ, त्यतिखेर उसमा रहेको पवित्र भावना पनि अस्वस्थ भैदिएकोले हुन सक्दछ । मानिसले जति पनि कुकृत्यहरु गर्दछ उसको भावनाममा रोज लागेछ भन्ने बुझे हुन्छ । यसो हुँदा पवित्र भावना नबिगारी आफुले जानेका ज्ञान, गुण, सीपलाई राम्रोसँग परिचालन गर्न सक्ने आकर्षक जीवनयात्रा विचरण गराउन सक्ने शिक्षा अघि सार्नु आजको आवश्यकता झल्किदैछ । संसारमा जति पनि कुकृत्य हुने गर्छन, ती सबै मानवीय दुष्भावनाका परिणतिहरु हुन सक्छन् । जति खेर मानिसमा पवित्र भावना ओतप्रोत हुन्छ, त्यतिखेर असल असल काम गर्ने लक्षणहरु देखा पर्दै जान्छन् । त्यसैले शिक्षामा पवित्र भावना जगाउने काम गर्नु आवश्यक छ ।
उन्नतीका साथः जब जब हामी मानिसहरु यसधर्तीमा जन्मिन्छौं, हुर्किन्छौं तब तब हाम्रो आवश्यकताहरु पनि थपिदै गैरहेको हामी नै पाउँछौं । हाम्रा पितापुर्खाले जे जति चिजहरुबाट जीवन धानेका थिए त्यतिनै चिजबिजहरुबाट हाम्रो जीवनयात्रा नचल्न सक्छ । हामीलाई थप सामग्रीहरुको खाँचोले सताउन थाल्छ । जति बढी चिजबिजहरुको खाँचो हामीलाई पर्दछ, त्यतिनै बढी आयस्रोतका बाटाहरु र नयाँ नयाँ वस्तुहरुको निर्माण गर्ने उपायहरु पत्ता लगाउन पर्ने हुन्छ । हाम्रो यथास्थितिले हामीलाई बाँँच्न सजिलो बनाउँदैन । समय सापेक्ष नविनतम सामग्री निर्माण गर्ने देखि लिएर आफ्नो क्षमता बढाउने सवालहरु पुरा गर्न, आफ्नो स्तर उन्नती गर्न, वैज्ञानिकता अपनाउन हामीले सृजनात्मक र रचनात्मक कार्य सम्पन्नतालाई बढाउँदै लानु अपरिहार्य हुनेगर्छ । समयले साटो फेर्दै जाँदा हामी पहिले कै अवस्थामा गुज्रिरहन पनि सक्दैनौ । नविनतम वस्तुहरु मानिसको जीवनमा बरदान सावित हुने गर्छन् । यसैले हामीलाई आवश्यक पर्ने हरेक पक्षमा हाम्रो ध्यान पुग्नै पर्दछ । समय सापेक्षका आवश्यक वस्तुहरुको चाँजो मिलाउन, सोच बदल्न वा कायम राख्न हामीले उन्नतीको साहार लिनै पर्दछ । तर जीवनमा केही गर्न सकिएला, आइपर्ने समस्याहरुबाट मुक्ति पाइएला भनेर शिक्षा हाँसिल गरिन्छ । शिक्षा त हाँसिल गरिन्छ तर उन्नती भने घटोत्तरी भयो, शिक्षाका लागि भएको जेथो पनि सकियो काम गर्न पनि पाइदैन भने पढेको के काम ? यसो हुँदा माथि प्रस्तुत झुसी दिमाग, सिपालु हात, पवित्र भावनाका साथमा उन्नतीको हैसियतले गर्न सकिने कुनै न कुनै काम गरेर आफ्नो बाँँच्ने साहारा, समानको लागि सहयोग र राष्ट्रकै लागि पनि योगदान दिन सक्ने सक्षम व्यक्तित्वहरु हाम्रो शिक्षालयहरुमा उत्पादन हुन नितान्त जरुरी भैरहेको छ । यदि हामी नेपालीहरु आत्मगौरवशाली भएर बाँच्न चाहान्छौं, राष्ट्रलाई आत्मनिर्भर बनाउन चाहान्छौं भने हरेक पक्षबाट मानवीय उन्नती गराउने खालको शिक्षा हामीले हाँसिल गर्नुपर्दछ ।

पूाजीवादी व्यवस्थालाई बदल्न जरुरी ः माधव नेपाल

काठमाडौँ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुँजीवादी व्यवस्थालाई बदल्न जरुरी रहेको बताएका छन्।
शनिवार ललितपुरमा समाजावदी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले अहिले पुँजीवादी व्यवस्था बदल्नुपर्ने बताए।
उनले सामन्तवादी व्यवस्थामा जाने कुरा सह्य नहुने बताए। दलाल पुँजीवादको वर्चश्व रहेको व्यवस्था परिवर्तन गरेर समाजवादी गणतन्त्रमा जानुपर्ने बताए। त्यसका लागि आफ्नो पार्टीले नेपाली विशेषताको समाजवादको नयाँ अवधारणा अघि सारेको उनले उल्लेख गरे।
अध्यक्ष नेपालले व्यवस्था बदल्न चाहनेहरु प्रतिगमनतिर नभएर अग्रगमनतिर आउनुपर्ने बताए। उनले वंशको कुरा छोड्न सबैलाई आग्रह गरे।
देशको इज्जत, प्रतिष्ठा र मर्यादालाई माथि उठाउन अब नयाँ समाजवादी व्यवस्था जरुरी रहेको बताए।

समाजवादी मोर्चाद्वारा नागरिक र बुद्धिजीहरु सँग अन्तरक्रिया

काठमाडौँ । समाजवादी मोर्चाले विभिन्न क्षेत्रका बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रियासम्मपन्न गरेको छ
यस अघि शुक्रबार बसेको बैठकले परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको भन्दै यसलाई असफल बनाउन चैत्र १५ गते काठमाडौँमा वृहत् विरोध कार्यक्रम गर्ने र हजारौँ मानिस उतार्ने निर्णय गरेको थियो ।
नेता विश्वकर्माले सांसदवादी दलहरू र संसदीय राजनीति भन्दा बाहिर रहेका राजनीतिक दल र नेताहरूसँग पनि नयाँ ढङ्गले छलफल गर्ने मोर्चाको तयारी रहेको जानकारी दिएका थिए ।

युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त

काठमाडौं । युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त भएका छन् । कम्पनीको महाप्रबन्धकमा संजय अर्याल र काशी नाथ वुर्लाकोटी नियक्त भएका हुन् ।
त्यस्तै धिरज ढुंगानाले पनि कम्पनीको कम्पनीको मुख्य प्रबन्धकको जिम्मेवारी पाएको छ ।
नेपाल इन्स्योरेन्स क.लि .बाट आफ्नो करियर सुरु गरेको संजय अर्यालले नेपाल इन्स्योरेन्सबाट करिव २६ वर्ष सेवा अवधिमा उच्च ब्यवस्थापन समुहमा रहि कम्पनीको व्यावसाय प्रवर्धनमा लामो अनुभव हासिल गरेका छन्। कम्पनीको मार्केटिङ्ग, विभाग प्रमुख भई व्यापार प्रवर्धन, शाखा व्यवस्थापन तथा कर्मचारी व्यवस्थापन समेत को अनुभव हासिल गरेका हिमालयन एभरेष्टमा समेत करिव २ वर्ष सोही तहको भूमिकामा समेत काम गरिसकेको अनुभव उनमा रहेको छ।

सिटिजन्स बैंकद्वारा ७९ कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान तथा क्यालेण्डर सार्वजनिकरण

 

काठमाडौं । सिटिजन्स बैंकले अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान तथा २०८२ सालकोक्यालेण्डर सार्वजनिक गरेको छ ।
बैंकले १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गर्न लागेको सुखद उपलक्ष्यमा एक महिने वार्षिक उत्सव सम्बन्धी कार्यक्रमहरु आयोजना गरिरहेको छ । वैशाख ७ गते बैंकको वार्षिक उत्सवको दिन हो । बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गरेका ६१ जना र १५ वर्ष सेवा प्रवाह गरेका १८ जना गरि जम्मा ७९ जना कर्मचारीलाई प्रमाणपत्र सहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेका हुन् ।
बैंकमा हाल १८ सय कर्मचारीहरु कार्यरत रहेका छन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंक अहिलेको अवस्थासम्म आइपुग्नको लागि कर्मचारीको मिहिनेत, लगनशिलता, प्रतिबद्धता र जिम्मेवारीले महत्वपूर्ण भूमिका निर्वाह गरको बताउँदै आगामी दिनमा पनि आफ्नो तर्फबाट सत प्रतिशत योगदान दिन आग्रह गरे ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” ९भर्चुअल क्रेडिट कार्ड० सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सिआर एन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।

उच्छृंखल व्यवहार गर्दै हिँडेका एक दर्जन प्रहरीको खोरमा

काठमाडौं । प्रहरीले होलीको नाममा उच्छृंखल गतिविधि गरेको आरोपमा ११ जनालाई नियन्त्रणमा लिएको छ ।काठमाडौबाट प्रहरीको नियन्त्रणमा आउने तीमध्ये दुई जना महिला रहेका छन् ।
जिल्ला प्रहरी परिसरका अनुसार न्यूरोडबाट तीन जना, कोटेश्वरबाट चार र सिंहदरबारको मूल गेट नजिकैबाट दुइ जनालाई नियनत्रणमा लिइएको हो । हो । दुई महिला ठमेल क्षेत्रबाट पक्राउ परेका हुन् ।
त्यसैगरी ट्राफिक प्रहरीले ४० थान सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ । तीमध्ये ३९ थान मोटरसाइकल र स्कुटर हुन् भने एउटा कार रहेको स्रोतले जनाएको छ ।

नेपाल बिमाप्राधिकरणले बैशाख १ देखी इजलास राख्ने

काठमाडौं । नेपाल बिमा प्राधिकरणले २०८२ साल वैशाख १ गतेदेखि ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बिमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि इजलास संचालन गर्ने भएको छ ।
प्राधिकरण संचालक समितिको यही फागुन २७ गते बसेको बैठकले वैशाख १गतेदेखि लागु हुनेगरी प्राधिकरणमा दायर भएका बिमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने प्रयोजनका निम्ति प्राधिकरणको भवनमा इजलास संचालन गरिने भएको हो ।
प्राधिकरण संचालक समितिको बैठकले प्राधिकरणमा दायर भएका बिमा दाबी उजुरीहरूको हकमा साप्ताहिक तथा अन्य पेसी सूची र निर्णयहरू प्राधिकरणको वेबसाइटमा प्रकाशन गर्न समेत व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ ।

होली पर्व, हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइयो

काठमाडौं । आज विहीवार फागुन शुक्ल पूर्णिमा अर्थात् होली पर्व , यस अवसरमा हिमाली जिल्ला र पहाडी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाईयो। रंगहरुको पर्व होली वसन्त ऋतुको आगमनसँगै विभिन्न रङ खेली आपसी मेलमिलाप र सद्भावनाले मनाउने परम्परा छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले नछोएको पौराणिक कथा यो पर्वसँग जोडिएको छ
यस्तै, द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न राक्षसी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भईन । उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख छ ।
त्यसवेलादेखी शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका र राक्षसी पुतना मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा रहेको छ ।
हिन्दू धर्म अनुसार यो पर्व फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । यो पर्वले खराब प्रवृत्तिको अन्य हुने र असल प्रवृत्तिको विजय प्रतीकका रुपमा होली पर्वलाई लिइन्छ ।

एनएमबी बैंकको जिम्मेवारी सीईओ गोविन्द घिमिरेलाई

काठमाडौँ । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओ मा गोविन्द घिमिरे नियुक्त भएका छन् यस सँगै बैकको कार्यभार उहाँको कााधमा पर्न आएको हो । एनएमबि बैंकले आफ्नो सञ्चालक समितिको बैठकमा गरेको निर्णय अनुसार नयाँ नियुक्ति र बढुवा गरेको छ।
बैठकको निर्णय अनुसार, हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका गोबिन्द घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत सीईओ पदमा ४ वर्षको अवधिका लागि नियुक्त गरिएको छ। साथै, नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका सुदेश उपाध्यायलाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिएको छ। यो निर्णय २०८२ साल बैशाख १० गतेदेखि लागू हुनेछ।

सुदामा ताजा समाचार

शिक्षाले खुशीयाली भर्न सक्नुपर्दछ

शिक्षाको उद्देश्य स्वाभावतः शिक्षा भन्ने वित्तिकै नजान्नेलाई जान्ने बनाउँने भन्ने बुझिन्छ । यति मात्र नभई शिक्षा हाँसिल गरी सकेपछि दुःख खेप्नु पर्दैन सहजसँग जीवन यात्रा...

शक्ति सन्तुलनको छायामा इरान

—प्रेमचन्द्र झा मरुभूमिको तातो हावामा इतिहास कहिल्यै पूर्ण रूपमा सुक्दैनस त्यहाँ सधैं केही न केही चिसोपन बाँकी रहन्छ नै याद, पीडा र प्रतिरोधको...

शक्ति सन्तुलनको छायामा इरान