Page 8

दुवै सदनबाट अध्यादेश पारित

काठमाडौँ । आफुले ल्याएको पाँच अध्यादेश पारित भएपछि सरकार हाइसन्चोमा पुगेको छ । सरकारले ल्याएको पाँच अध्यादेश दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट पारित भएको छ । सरकारले ल्याएको अर्को भूमि सम्बन्धी अध्यादेश भने सरकारले फिर्ता लिएको छ । सरकारको प्रतिनिधि सभामा स्पष्ट बहुमत भए पनि राष्ट्रिय सभामा सरकारको बहुमत थिएन । सत्ता घटक जनता समाजवादी पार्टीजसपाले समेत राष्ट्रिय सभामा विधेयकको पक्षमा मतदान गरेकाले विधेयक पारित हुन सम्भव भएको हो । 
स्मरण रहोस् सरकारले माघ १२ गते ६ अध्यादेश ल्याएको थियो । दुवै सदनबाट पारित भएका पाँच अध्यादेशहरुमा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्इादेश २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश २०८१, निजिकरणपहिलो संशोधन अध्यादेश २०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ रहेका छन् । प्रतिनिधि सभामा अध्यादेशलाई निर्णयार्थ पेश गरिदा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरु भने विपक्षीमा उभिएका थिए । सत्तारुढ दलबीच भएको सहमति अनुसार भूमि सम्बन्धी अध्यादेश भने प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश गरिएन । 
६ वटै अध्यादेश गत माघ १८ गते दुवै सदनबाट पेश गरिएका थिए । 
दुवै सदनबाट पाँच अध्यादेश पारित भएकाले सरकारलाई प्रतिस्थापन विधेयक ल्याउन सहज भएको छ । नेकपा एमालेको सचेतक सुनिता बरालले संसदमा पेश भएका अध्यादेशहरु इतिहास लेख्ने अवसर भएको बताउनु भएको छ । सरकारले अध्यादेश सबै दलहरुको साझा बनाउनुपर्ने दावी गर्दै बरालले भन्नुभयो– ‘हामी दलीय राजनीतिमा छौ र निर्वाचनमा जाँदा सबैले आआफ्नो घोषणा पत्रमा सुन्दर विषय उल्लेख गरेका हुन्छौं । नेपालको आर्थिक विकास र प्रगतिका विषयहरु, रोजगारीको सृजना, व्यवसायिक वातावरणको निर्माण, सार्वजनिक सेवा प्रवाहलार्य छिटो छरितो बनाउने र सुशासनलाई थप समृद्ध बनाउने विषयहरु अध्यादेशमा छन् ।’
यसै क्रममा प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलका सांसदहरुले सरकारले औचित्य पुष्टि हुनेगरी अध्यादेश नल्याएको टिप्पणी गरेका छन् । नेकपा एकीकृत समाजवादी नेकपा एसका सांसद भानुभक्त जोशीले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गरेपछि रास्वपाका सांसद शिशिर खनालले सरकारले औचित्य पुष्टि नगरे अध्यादेश पारित गर्न नसघाउने दाबी गर्नुभएको थियो । रास्वपाकी सांसद सुमना श्रेष्ठले संसदले सर्वसम्मत पारित गरेको मिटरव्याजी सम्बन्धी कानून कार्यान्वयन नगर्ने गृहमन्त्रीलाई के कारवाही गर्ने भनी प्रश्न गर्नुभयो । 
सरकारले ल्याएको अध्यादेश यदि अस्वीकृत भएको भए सरकार नैतिक संकटमा पर्ने थियो । तर सत्तारुढ सबै दलले अध्यादेश पारित गर्न सघाएकाले सरकारलाई केही सहज वातावरण निर्माण भएको छ । तर सरकारले पारित भएका पाँचवटै अध्यादेशको प्रतिस्थापन ल्याउनुपर्ने छ । यी पाँच अध्यादेश पारित भएपछि सत्ता गठबन्धनमा केही सहजता थपेको पनि अनुभव गरिदैछ । तर भूमि सम्बन्धी अध्यादेश भने अब के गर्ने कुनै जानकारी दिइएको छैन ।

सरकारको निर्णय कुर्दै कुलमान

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले मागेको तीन दिने स्पष्टीकरण ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत बुझाएका छन्।यस सँगै मन्त्री परिषदको निर्णय कस्तो आउला भनेर कु्रीरहेको बताइन्छ ।
गत बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ‘तपाईंलाई पदबाट किन नहटाउनेः’ भनी सोधेको स्पष्टीकरणको जवाफ उनले बुझाएका हुन्। ऊर्जा मन्त्रालयले विभिन्न चार बुँदामा उनीसँग स्पष्टिकरण मागेको थियो, जसको जवाफ अब मन्त्रिपरिषद्ले मूल्यांकन गर्नेछ ।
स्पष्टीकरणमा के छन् विषयहरू?
ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई विद्युत आपूर्तिमा असहयोग गरेको, डेडिकेटेड फिडर र ट्रंकलाइन जस्ता विशेष सेवा प्रणालीलाई प्रभावित तुल्याएको, र भारतसँगको विद्युत महसुल सम्बन्धी विषयमा सरकारलाई असहयोग गरेको जस्ता मुद्दामा स्पष्टीकरण सोधेको थियो। यद्यपि, उनले यसबारेमा कुनै स्पष्ट जवाफ दिएका छैनन्।
उनको जवाफमा ऊर्जामन्त्री दीपक खड्काले पूर्वाग्रही भएर आफूमाथि आक्रमण गरेको आरोप त छ, तर मुख्य विषयमा स्पष्टीकरण दिनुको सट्टा मन्त्रालयकै निर्णयलाई चुनौती दिने भाषा प्रयोग गरिएको छ।

दिङ्लालि एकता समाजको सूचना !

दिङ्लालिएकता समाजले आगामी चैत्र ९ गते भक्तपु्रको सल्लाघारीमा पुर्नमिलन भेटघाट तथा वनभोज कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा सहभागी हुन चाहनुहुने र काठमाण्डौ उपतयकामा बसोबास गर्दै आउनु भएका सम्पूर्ण दिङ्लालिहरुले यहि फाल्गुन मसान्त सम्ममा निम्नानुसारको नाम र बैक खातामा प्रति व्यक्ति रु . १५०० का दरले रकम जम्मागराउन हुन हार्दिक अनुरोध गर्दछु ।
नाम ः रामबोगटी
बैक ः नविल बैक
बैक खाता नंबर ः ४९१००१७५०५३५६

माध्यम ः क्यूआरकोड
नोट ः १० वर्ष सम्मका बालबालिका र ८० वर्स माथिका बृध्द्धरुलाई निशुल्क गरिएको छ ।

ै गर्माउदै नेपाली राजनीति

काठमाडौं, पछिल्लो समय राजावादीहरुको चहलपहल बढ्न थाले पछि नेपाली राजनीति गर्माउँदै गएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ । राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री ओली शनिबार साँझ शितलनिवास पुग्नुभएको थियो।
उनीहरुबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। स्रोतका अनुसार विकसित राजनीतिक घटनाक्रम र चर्चाहरूबारे पनि प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल भएको थियो।

प्रधानमन्त्री ओलीले पार्टीका केही उच्च नेताहरूसँग पनि समसामयिक परिस्थितिबारे कुरा गरेका छन्। ​ यसैबीच प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले राजनीतिमा विकसित घटनाक्रमबारे छलफल गर्न भन्दै जागरण अभियान स्थगित गरेको छ ।
देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर अन्य राजनीतिक दलहरूसँग पनि दाहालले छलफल गर्ने भएका छन्। पछिल्लो समय संघीय लोकतान्त्रिक गणतान्त्रिक गणतन्त्रात्मक प्रणालीविरुद्ध गतिविधि भइरहेको भन्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने तयारी गरेका छन्।

 

काठमाडौं पूर्वराजा ज्ञानेन्दशाहलाई्र सर्मथकहरुले गरे र्याली द्वारा भव्‍य स्वागत

काठमाडौं ,पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आइप्ुग्ना साथ पूर्व राजालाई विमानस्थलको गेटदेखि नै समर्थक र विभिन्न समर्थकहरूले र्‍यालींंद्वारा भव्‍य स्वागत गरेको छन् ।
राजालाई स्वागत गर्न दिउँसैदेखि राजावादी विभिन्न स्थानमा भेला भएर र्‍यालीसहित विमानस्थलको द्वारसम्म पुगेका थिए। र्‍यालीका क्रममा गाडीमा उभिएर पूर्वराजा शाहले आफ्नो समर्थकहरुको अभिनन्दन स्वीकार गर्नुका साथै हात हल्लाएर खुसी व्‍यक्त गरेका छन्।

 

पूर्वराजा शाहको पक्षमा राजावदीहरुंंद्वारा शक्ति प्रदर्शन

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लगायत राजावादीहरुले आज राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गरे।
केही समय पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं आउन लागेका छन्। यसैअवसरमा राजावादी दलहरु राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईंले काठमाडौँमा संयुक्त रुपमा शक्ति प्रदर्शन गर्न लागेका हुन्।
फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेपछि राजावादीहरु उत्साहित हुँदै आफ्नो अभियानलाई तिब्र बनाइरहेका छन्।
पूर्वराजाको अपिलले राजवादीहरु हौसिएपछि सत्तारुढ र प्रतिपक्ष दलहरु पनि तरंगित हुदै पूर्वराजालाई चेतावनी दिइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पुर्व राजालाई राजनीति गर्ने भए दल खोलेर चुनाव लड्न चेतावनी दिएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता–कार्यकर्तासहित राजसंस्था पक्षधर आज पूर्वराजा शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल गएका थिए ।

सबै क्षेत्रका मानिसले इृमानमा रहेर काम गरे छिट्टै समृद्ध नेपाल बनाउन सकिन्छ ः चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सबै क्षेत्रका मानिसले इमानमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने छोेटो समयमा आम नेपालीहरुले चाहेको जस्तो समृद्ध नेपाल बनाउन सकिने धारणा राखेका छन् ।
त्यस्तै उनले कतिपय राजनीतिक पार्टीको तर्फबाट विकास निर्माण, रोजगारी सृजना र पूर्वधार निर्माण गर्ने कुरामापनि विरोध हुने गरेको भन्दै आपत्ति जनाए ।
‘कतिपय राजनीतिक पार्टीकातर्फबाट विकास निर्माणमार्फत रोजगारी सृजना गर्ने, पूर्वधारको विकास गर्ने कुराको विरोध गर्ने गरेको पाइएको छ । कतिपय संघ संस्थाहरुले पनि पूर्वाधार बनाउने कुराको विरोध गर्ने गरेको पाइन्छ । यदी नकरात्मक हिसाबकै मात्रै कुरा गर्ने हो भने, रोजगारी दिने मान्छेको विरोध मात्र गर्ने हो भने कस्तो खालको समाज बनाउन खोज्दै छौं ? ’उनले प्रश्न गरे ।
त्यस्तै नेपाल धितो पत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारीले वित्तिय साक्षरता एकदमै न्यून रहेको भन्दै सबै वित्तिय क्षेत्रबाट सक्रिय भूूमिका निर्वाह गर्न आवश्यक रहेको बताए ।
उनले भने,‘देशव्यापी रुपमा नै सर्वेक्षणा गर्ने हो भने मलाई लाग्छ । ३०–३५ प्रतिशत भन्दा कम नै वित्तिय साक्षरता रहेको छ । त्यसैले वित्तिय साक्षरता न्यून भएको अवस्थामा पनि सबैको भूमिका सक्रिय हुन आवश्यक छ ।’

 

हत्या आरोपमा ३२ वर्षिय युवक पक्राउ

महोत्तरी । आफ्नै श्रीमती २४ वर्षीय सुधीरा देवी यादवको हत्या गरेको अभियोगमा महोत्तरीको औरही नगरपालिका–७ भोईल बस्ने ३२ वर्षीय सत्यनारायण यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बलवा नगरपालिका–५ मनसिस्वा टोलमा सत्यनारायणले गए राति इँटा प्रहार गर्दा सुधीरा देवीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बलवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

रङको पर्व होली आजबाट सुरू

काठमाडौं । फागु पर्व आजदेखि विधिवत् रुपमा सुरुवात भएको छ ।
फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजाले सिँगारिएको चीर उठाइएको हो ।
परा पूर्वकालदेखि नै फागु पर्वको दिनभन्दा एक साता अघि यसरी चीर ठड्याउने परम्परा रहिआएको छ । चीर ठड्याइएसँगै नेपालमा फागु पर्व सुरु भएको मानिन्छ
यसरी ठड्याइको चीर फागु पुर्णिमाको राति साइत हेरेर ढालिन्छ र टुँडिखेलमा जलाएर विसर्जन गर्ने चलन छ । चीर ढालेको भोलिपल्ट नेपालको तराईमा होली पर्व मनाउने गरिन्छ ।

चीनद्वारा निजामती अस्पताललाई अत्याधुनीक उपकरण हस्तान्तरण

काठमाडौँ ,मित्रराष्ट्र चीन सरकारले निजामती कर्मचारी अस्पताललाई ‘लाइफ–लाइन एक्सप्रेस हङ्कङ फाउण्डेशन’मार्फत करिब दुई करोड रुपैयाँ मूल्य बराबरको आँखा उपचारसम्बन्धी अत्याधुनिक उपकरण हस्तान्तरण गरेको छ।
हस्तान्तरण गरिएका उपकरणमा आँखा परीक्षण गर्ने माइक्रोस्कोप, कम्प्युटर, स्क्यान मेसिन, क्यामेरालगायत छन्।
त्यसअवसरमा राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल र चीनबीच प्राचीनकालदेखि नै बहुआयामिक, मैत्रीपूर्ण र घनिष्ट सम्बन्ध रहेको बताइन्। चीनसँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको बताउँदै उनले चीनले नेपालमा लगानी प्रवद्र्धनका साथै सडक पूर्वाधार, विद्युत् विकासलगायतका क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दैआएकोमा धन्यावाद ज्ञापन गरिन्।
फाउण्डेसनका अध्यक्ष तामु यु चुङले चिनियाँ सरकारको सहयोगमा नेपालमा सञ्चालित निजामती अस्पतालको क्षमता विस्तार गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा डा विधाननिधि पौडेलले चीन सरकारको लाइफ लाइन एक्सप्रेस संस्थामार्फत अस्पतालका आँखा विभागका लागि दुई करोड मूल्य बराबरको आँखा उपचारसँग सम्बन्धित उपकरण प्राप्त भएको बताए।

 

सुदामा ताजा समाचार

वृद्धालाई जवरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ

ताप्लेजुङ, वैशाख २ गते । ताप्लेजुङमा ६९ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार शारीरिक रुपमा समेत...

आजदेखि देशभरिका सबै उद्यम—व्यवसायको तथ्यांक संकलन गरिँदै

२ वैशाख, काठमाडौं । ‘राष्ट्रिय आर्थिक गणना २०८२’ को स्थलगत तथ्यांक संकलन सुरु भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता तथा उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज...

सरकारद्वारा सम्पत्ति जाँचबुझ गर्न आयोग गठन

२ वैशाख, काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ । पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो...