Page 2

समृद्धिको एउटा पाटो कुरा भन्दा काम धेरै गर्नु पनि हो

सम्पादकीय
परिवार र मुलुक समृद्ध हुन काम धेरै र कुरा थोरै हुनु जररुी छ । तर हाम्रो परिवार सञ्चालक र मुलुक सञ्चालकमा त्यसको ठीक उल्टो व्यवहार भईरहेको छ । त्यसैले समृद्धिको गति अघि हुनुपर्नेमा झन् पछिपछि पर्दै गइरहेको छ ।
कुनै परिवारको मुख्य सदसयले कुरा कम र काम बढी गर्ने हो भने त्यसैको सिको अन्य सदस्यले पनि गर्ने गर्दछन् । जसले गर्दा सो परिवार समृद्धितर्फ लम्किन सक्छ । त्यस्तै मुलुकको उच्च नेतृत्वले पनि भाष्ण कम र काम बढी गर्ने हो भने मातहतका मन्त्रालय, विभाग लगायतका नेतृत्वले पनि त्यस्तै सिको गर्न सक्दछन् । जसले मुलुक समृद्धिको बाटोमा लम्किन धेरै समय लाग्ने छैन ।
मन्त्री, प्रधानमन्त्री, सभामुख वा कुनै कार्यालय प्रमुख नै किन नहोस्, सबै सर्वसाधारणदेखि विशिष्टहरुले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि बनेर जाने अनि लामो लामो भाषण गरेर कार्यक्रम पट्यार लाग्दो बनाउँदै आएका छन् । यसो गर्दा कार्यक्रम आयोजकलाई कार्यक्रम समयमै सक्न मुस्किल परिरहेको हुन्छ भने आफ्नो महत्वपूर्ण समय पनि भाषणमै बितिरहेको पत्तै हुँदैन । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्ने क्रममा ठूला ठूला आदेशका कुरा गर्ने, अनि काम भने सानो पनि नगर्ने प्रवृत्तिका कारण स्रोतागणलाई भाष्ण पट्यार लाग्दो हुनु स्वभाविकै हो । यस्तो अवस्था हटाउन थोरै बोल्ने र बोलेकोभन्दा धेरै काम गरेर देखाउने प्रवृत्तिको विकास गर्न जरुरी भएको देखिन्छ । धेरै बोल्दा आफैले बोलेको आफैलाई थाहा हुँदैन । काम गरेर देखाउनु पनि चुनौतीपूर्ण हुन्छ । त्यसैले थोरै बोल्ने र काम धेरै गरेर देखाउने प्रवृत्तिको विकास गर्न जरुरी छ । एक परिवार देखि मुलुकसम्मलाई यो कुराको खाँचो छ ।
विकसित मुलुकमा भाषण थोरै र काम धेरै गरेर देखाउने गरिन्छ । त्यसैले मुलुक समृद्ध भएको छ । परिवार नेतृत्व र मुलुकको नेतृत्व गर्नेहरुलाई भ्याईनभई हुने गरेको छ । नेताहरुलाई जनताले देखिने गरी काम गरेर देखाउन हतार छ तर हाम्रो देशमा भने कार्यक्रम आयोजकहरुको निम्तो मान्ने र प्रमुख अतिथि बनेर भाषण गर्नेमा नेता समय धेरै बित्ने गरेको छ । त्यसैले अब कार्यक्रम आयोजकहरुले पनि राजनीतिक नेतृत्वलाई कार्यक्रममा नबोलाउने र जनताका कामहरु सहज रुपमा गर्न दिने बानीको विकास गरौं । अबदेखि कार्यक्रम आयोजकहरुले राजनीतिक दलका सांसद, मन्त्रीलाई बोलाउनुभन्दा पनि पञ्चकल्याद्वारा उद्घाटन गराउँदा भने अझ राम्रो होला की ?

 

चुनौतीको चक्रव्यूहमा नेपाली अर्थतन्त्र

रमेश कुमार बोहोरा
नेपालको अर्थतन्त्र अहिले अनेकौं घरेलु र बाह्य चुनौतीको दोहोरो चक्रव्यूहमा फसेको छ । महामारीपछिको पुनरुत्थान, वित्तीय अनुशासनको कमी, कर्जा वितरणको विकृति, र संस्थागत कमजोरीका कारण आर्थिक प्रणाली अस्तव्यस्त बनेको छ । अझ नियमनकारी संस्थाहरूको कमजोरीले लघुवित्त र सहकारी क्षेत्रहरूमा देखिएको अव्यवस्थाले अर्थतन्त्रमा गम्भीर संकट निम्त्याएको छ । कर्जाको अत्यधिक प्रवाह, त्यो पनि अनुत्पादक क्षेत्रमा, र सरकारी खर्चमा जवाफदेहिताको कमीले गर्दा आर्थिक वृद्धिमा अपेक्षित योगदान हुन सकेको छैन । निर्माण तथा सेवा क्षेत्रका भुक्तानी समस्याले निजी क्षेत्रको लगानी र रोजगारी सिर्जनामा नकारात्मक प्रभाव पारेको छ ।
मौद्रिक नीतिमा धेरै भरोसा गरेपछिको असर
विश्वका धेरै देशले कोरोनापछि वित्तीय र राजस्व नीतिको संयोजन मार्फत पुनरुत्थानको प्रयास गरे । तर नेपाल भने मौद्रिक नीतिमा मात्र निर्भर रह्यो । यो एकतर्फी दृष्टिकोणले अर्थतन्त्रमा आवश्यक ऊर्जा भरिन सकेन । आर्थिक सन्तुलन कायम राख्न अब बहुआयामिक नीति संयोजन अपरिहार्य देखिन्छ ।
विश्वव्यापी संकट र नेपालमाथिको प्रभाव
संयुक्त राष्ट्रसंघले हाल विश्वलाई ‘पूर्ण आँधी’को अवस्थामा रहेको बताउँदा त्यसको असर नेपालमा खुला र आयातमा निर्भर अर्थतन्त्रमा झन् गहिरो रूपमा परेको छ । विश्वभर जलवायु अस्थिरता, द्वन्द्व, शरणार्थी संकट, सैन्य खर्चको वृद्धि र सामाजिक असमानताले आर्थिक स्रोतमा कटौती गरिरहेको छ । स्टकहोम पिस रिसर्च इन्स्टिच्युट अनुसार, २०२४ मा मात्र सैन्य खर्च ९।४ प्रतिशतले बढेर २।७ ट्रिलियन डलर पुगेको छ । यस्तो अवस्थामा स्वास्थ्य, शिक्षा र पूर्वाधारमा आवश्यक अन्तर्राष्ट्रिय लगानी घट्दै गएको छ ।
वैदेशिक सहायता घट्दै जाँदा सिर्जिने समस्याहरू
धनी देशहरूले वैदेशिक सहायता कटौती गर्दा नेपालमा यसको प्रत्यक्ष असर देखिन्छ । अमेरिकाले नेपालमा स्वास्थ्य क्षेत्रमा दिने भनिएको ९५ अर्बभन्दा बढीको सहायता रोकेको सन्दर्भमा देखिएझैं, दाताहरूको प्राथमिकता परिवर्तनले विकास योजनाहरू प्रभावित भएका छन् । ओइसिडीका अनुसार सन् २०२५ मा सहायता १७ प्रतिशतले झर्ने छ । यस्तो अवस्थामा घरेलु स्रोत परिचालनको प्रभावकारिता वृद्धि गर्नु, अनुदानको सट्टा ऋणद्वारा आउने सहायताप्रति सचेत रहनु अत्यावश्यक देखिन्छ ।
अन्तर्राष्ट्रिय ऋणको बढ्दो प्रवृत्ति र जोखिम
विकासशील देशहरूमा ऋणमार्फत सहयोग बढ्दो छ । सन् २०२१–२२ बीच अनुदान आठ प्रतिशतले घट्दा ऋण ११ प्रतिशतले बढेको तथ्यांकले यस्तो संकेत गर्छ । ऋणको बोझ बढ्दा ऋण सेवा खर्चमा जाने रकमले स्वास्थ्य, शिक्षा, पूर्वाधार विकासजस्ता क्षेत्र ओझेलमा परिरहेका छन् । नेपालको सन्दर्भमा पनि कूल गार्हस्थ उत्पादनको ४९ प्रतिशतभन्दा बढी ऋणको अनुपात पुगेको छ भने चालु वर्षको बजेटमा २२ प्रतिशतभन्दा बढी रकम ऋणको साँवाब्याज तिर्न छुट्ट्याइएको छ ।
व्यापार युद्ध र विश्वव्यापी वित्तीय अस्थिरता
अमेरिका–चीन व्यापार युद्ध, र अन्य राष्ट्रहरूबीचको भूराजनीतिक तनावले विश्व व्यापार प्रवाहलाई अस्थिर बनाएको छ । यस्तो अवस्थामा विकासशील मुलुकहरूको निर्यात क्षमतामा ह्रास आएको छ । विश्वबजारको अनिश्चितता, मुद्रा अवमूल्यन, लगानी प्रवाहमा रोकावटजस्ता समस्याले नेपाली अर्थतन्त्र प्रभावित हुँदै गएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार सन् २०२५ मा विश्वको आर्थिक वृद्धि केवल २।८ प्रतिशत रहने छ । यस्तो सुस्त अवस्थाले नेपालजस्ता देशका वित्तीय प्रवाह, विनिमय दर र आयात लागतमा गहिरो असर पार्ने छ ।
जलवायु परिवर्तनको आर्थिक असर
जलवायु परिवर्तनबाट नेपालको कूल गार्हस्थ उत्पादनमा वार्षिक १।५ देखि दुई प्रतिशतसम्मको क्षति भइरहेको छ । सन् २०५० को दशकसम्म यो घाटा तीन प्रतिशत पुग्ने प्रक्षेपण
छ । धान, मकै, बाली उत्पादनमा गिरावट, बाढीपहिरोबाट पूर्वाधारको क्षति र पर्यावरणीय संकटले आर्थिक पुनर्निर्माणमा ठूलो बोझ थप्ने छ । जलवायु परिवर्तनले वित्तीय प्रणालीमा जोखिम बढाउने छ, जसले सरकारी र निजी दुवै लगानीमा असहजता ल्याउने सम्भावना छ ।
दक्षिण एसियाली भूराजनीति र क्षेत्रीय आर्थिक निष्क्रियता
भारत–पाकिस्तान द्वन्द्व र अन्तरक्षेत्रीय अविश्वासका कारण दक्षिण एसियाली क्षेत्रीय व्यापार केवल पाँच प्रतिशतमा सीमित छ । दक्षिणपूर्वी एसियामा यो अनुपात २५ प्रतिशतभन्दा बढी छ । यस्तै नीतिगत अड्चनले साझा पूर्वाधार निर्माण, मूल्य शृंखलामा सहकार्य, र क्षेत्रीय निर्यातमा विविधीकरणमा ठूलो अवरोध खडा गरेको छ । नेपालको अर्थतन्त्र यस्तो असहयोगी भूराजनीतिक घेराबाट पनि प्रभावित हुँदै आएको छ ।
बजेट व्यवस्थापन र नया“ सार्वजनिक व्यवस्थापनको आवश्यकता
नेपालको बजेट निर्माण र कार्यान्वयन पद्धति परम्परागत ढर्रामा आधारित छ । उदाहरणस्वरूप, सन् १९८० को दशकमा न्युजिल्याण्डले अपनाएको परिणाममुखी बजेट प्रणाली आज पनि अन्तर्राष्ट्रिय अभ्यासमा अनुकरणीय मानिन्छ । यस ढाँचामा परिणामलाई प्राथमिकता दिइन्छ, नीति र कार्यान्वयनबीच स्पष्ट जिम्मेवारी बाँडफाँड हुन्छ, र वित्तीय पारदर्शितामा जोड दिइन्छ । नेपालको बजेटमा यस्ता अवधारणा अझै प्रभावकारी रूपमा कार्यान्वयन भएको छैन ।
संरचनागत कमजोरी
नेपालको आर्थिक विकासमा सबैभन्दा ठूलो अवरोध भनेको कम उत्पादकत्व र औद्योगिक क्षेत्रको खस्किँदो अवस्था हो । उत्पादन र रोजगारी सिर्जना गर्नुपर्ने समयमै ती क्षेत्रहरू सुस्त छन् । पर्यटन, कृषि, ऊर्जाजस्ता सम्भाव्य क्षेत्रहरूमा पूर्वाधार अभाव, नीति अस्पष्टता, र निजी क्षेत्रको सहभागिता न्यून छ । रेमिट्यान्समा निर्भरता पनि बढ्दो छ, जसले ‘डच डिजिज’ को खतरा बढाएको छ । यसले उत्पादन क्षेत्रमा लगानी घटाउँछ र आयातमुखी अर्थतन्त्र बनाउँछ ।
वित्तीय क्षेत्रको जोखिम र नियमनको चुनौती
नेपालको बैंकिङ क्षेत्रले खराब ऋण, कमजोर नियमन, र पारदर्शिताको अभावको समस्या खेपिरहेको छ । एफएटिएफले नेपालको नियमन प्रणालीलाई असन्तोषजनक मानेर ‘ग्रे लिस्ट’मा राखेको छ । यसले अन्तर्राष्ट्रिय लगानीकर्ताको भरोसा गुमाउने र वित्तीय लेनदेनमा अवरोध ल्याउने खतरा बनाएको छ । एफएटिएफले औंल्याएका तीन मुख्य क्षेत्र– घरजग्गा वित्त, सीमापार रेमिट्यान्स, र असामान्य वित्तीय लेनदेनमा स्वचालित निगरानी प्रणाली आवश्यक छ । तर, नेपाल राष्ट्र बैंकको क्षमता अझै सुदृढ बनाइनु आवश्यक छ ।
ऋणको व्यवस्थापन र खर्चको प्राथमिकता पुनरावलोकन
विकास खर्चमा निकै ढिलाइ हुनु, बजेट खर्चको अधिकांश हिस्सा साधारण खर्चमा जानु र संघ–प्रदेश–स्थानीय तहबीच समन्वयको अभावले समग्र अर्थतन्त्रलाई कमजोर बनाएको छ । चालु खर्चमा ६५ प्रतिशत बजेट छुट्याइँदा पूर्वाधार विकासको सम्भावना सीमित हुन्छ । राजस्व वृद्धिका लागि कर प्रशासनमा सुधार, कर छुट नीतिमा पुनरावलोकन र आर्थिक क्षेत्रको औपचारिकता आवश्यक छ ।
संघीयता र वित्तीय स्रोतको वितरण
संघीयताको सफल कार्यान्वयनका लागि संघीय, प्रदेश र स्थानीय तहबीचको वित्तीय स्रोतको पारदर्शी वितरण आवश्यक हुन्छ । तर संघको स्रोत खुम्चिँदा प्रदेश र स्थानीय तहको वित्तीय स्वायत्तता संकुचित हुँदै गएको छ । यसले संघीय शासन प्रणालीप्रतिको जनविश्वास घटाउने सम्भावना छ ।
समाधानका उपायहरू
नीतिगत समन्वयः मौद्रिक, वित्तीय र औद्योगिक नीतिबीच समन्वय आवश्यक छ । परिणाममुखी बजेट प्रणालीः न्युजिल्याण्ड मोडलजस्तै पारदर्शी, जवाफदेही र परिणाममुखी बजेट ढाँचा अपनाउनुपर्छ । निजी क्षेत्रको परिचालनः लगानीमैत्री वातावरण सिर्जना गर्दै विदेशी र स्वदेशी निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने छ । संस्थागत सुधारः नियमनकारी संस्थाहरूमा दक्षता वृद्धि, स्वचालित निगरानी प्रणालीको स्थापना र एफएटिएफको मापदण्डअनुसार सुधार कार्यान्वयन आवश्यक छ ।
जलवायु वित्तः अन्तर्राष्ट्रिय जलवायु कोष र अनुकूलन कार्यक्रमहरूबाट थप स्रोत परिचालन गर्न कूटनीतिक प्रयास गर्नुपर्छ । संघीय वित्तीय प्रणाली सुदृढीकरणः स्पष्ट कार्यविभाजन, स्रोतको समुचित बाँडफाँड र वित्तीय अनुशासन अनिवार्य हुनुपर्छ । नेपालको अर्थतन्त्र चुनौतीको चक्रमा फसेको अवस्था हो । यसबाट निस्कन ठोस नीति, कार्यान्वयन क्षमताको सुधार, र समग्र आर्थिक संरचनामा पुनर्संरचना आवश्यक
छ । बाह्य निर्भरता घटाउँदै उत्पादनशीलता र संस्थागत क्षमता विकासमा केन्द्रित भएर मात्र अर्थतन्त्रलाई पुनः लयमा ल्याउन सकिन्छ ।
( लेखक अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुन् )

ऋषिकेश पत्नीलाई १० घण्टामा छुटाउने भन्दै कांग्रेस कहाँ छ भनेर प्रश्न गरेका थिए

काठमाडौं । गत शनिबार सांसदहरुको रुवावासी चलेको छ । सहकारी रकम हिनामिना गर्नेदेखि ठूला ठूला भ्रष्टाचारमा मुछिएका एमाले नेता÷कार्यकर्ताले उन्मुक्ति पाउने तर आफुहरुलाई भने हिरासत लम्ब्याएर मुद्दा चलाइरहने ? र यस्तो अन्याय हुँदै गर्दा कांग्रेस नेतृत्वले संरक्षण नगरेको भन्दै रुवावासी चलेको थियो । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएकी कांग्रेस सांसद माया राई कांग्रेस संसदीय दलको बैठकमा डाको छोडेर रोएकी थिइन् । नेतृ मञ्जु खाण मोहन बस्नेत लगायतले आफुहरु अप्ठ्यारोमा पर्दा पार्टी नेतृत्वले सहयोग नगरेको गुनासो पोखेका थिए । नेतृ बालकृष्ण खाण पत्नीले नेताहरु विरुद्ध राज्य शक्ति लागेर फसाउँदा पार्टी मुकदर्शक भएर बसेको भन्दै दुःख व्यक्त गरिन् ।
एमाले नेता तथा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी धर्मपत्नी अञ्जला कोइरालालाई घरबाट अदालतमा उपस्थित गराएर त्यही दिन धरौटीमा रिहा गरेकोमा कांग्रेस सांसदहरुको प्रश्न थियो । उनीहरुले एमालेको सेटिङमा कांग्रेस सांसदहरुलाई यतिका दिनसम्म किन थुनियो र एमाले निकटलाई किन तुरुन्तै धरौटीमा रिहा गरियो ?थिए त्यस्तै, शंकर भण्डारीले माया राईलाई १७ दिन थुन्ने ऋषिकेश पत्नीलाई १० घण्टामा छुटाउने भन्दै कांग्रेस कहाँ छ भनेर प्रश्न गरेका थिए ।

ऋषिकेश पत्नीलाई १० घण्टामा छुटाउने भन्दै कांग्रेस कहाँ छ भनेर प्रश्न गरेका थिए
काठमाडौं । गत शनिबार सांसदहरुको रुवावासी चलेको छ । सहकारी रकम हिनामिना गर्नेदेखि ठूला ठूला भ्रष्टाचारमा मुछिएका एमाले नेता÷कार्यकर्ताले उन्मुक्ति पाउने तर आफुहरुलाई भने हिरासत लम्ब्याएर मुद्दा चलाइरहने ? र यस्तो अन्याय हुँदै गर्दा कांग्रेस नेतृत्वले संरक्षण नगरेको भन्दै रुवावासी चलेको थियो । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएकी कांग्रेस सांसद माया राई कांग्रेस संसदीय दलको बैठकमा डाको छोडेर रोएकी थिइन् । नेतृ मञ्जु खाण मोहन बस्नेत लगायतले आफुहरु अप्ठ्यारोमा पर्दा पार्टी नेतृत्वले सहयोग नगरेको गुनासो पोखेका थिए । नेतृ बालकृष्ण खाण पत्नीले नेताहरु विरुद्ध राज्य शक्ति लागेर फसाउँदा पार्टी मुकदर्शक भएर बसेको भन्दै दुःख व्यक्त गरिन् ।
एमाले नेता तथा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी धर्मपत्नी अञ्जला कोइरालालाई घरबाट अदालतमा उपस्थित गराएर त्यही दिन धरौटीमा रिहा गरेकोमा कांग्रेस सांसदहरुको प्रश्न थियो । उनीहरुले एमालेको सेटिङमा कांग्रेस सांसदहरुलाई यतिका दिनसम्म किन थुनियो र एमाले निकटलाई किन तुरुन्तै धरौटीमा रिहा गरियो ?थिए त्यस्तै, शंकर भण्डारीले माया राईलाई १७ दिन थुन्ने ऋषिकेश पत्नीलाई १० घण्टामा छुटाउने भन्दै कांग्रेस कहाँ छ भनेर प्रश्न गरेका थिए ।

ऋषिकेश पत्नीलाई १० घण्टामा छुटाउने भन्दै कांग्रेस कहाँ छ भनेर प्रश्न गरेका थिए

काठमाडौं । गत शनिबार सांसदहरुको रुवावासी चलेको छ । सहकारी रकम हिनामिना गर्नेदेखि ठूला ठूला भ्रष्टाचारमा मुछिएका एमाले नेता÷कार्यकर्ताले उन्मुक्ति पाउने तर आफुहरुलाई भने हिरासत लम्ब्याएर मुद्दा चलाइरहने ? र यस्तो अन्याय हुँदै गर्दा कांग्रेस नेतृत्वले संरक्षण नगरेको भन्दै रुवावासी चलेको थियो । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएकी कांग्रेस सांसद माया राई कांग्रेस संसदीय दलको बैठकमा डाको छोडेर रोएकी थिइन् । नेतृ मञ्जु खाण मोहन बस्नेत लगायतले आफुहरु अप्ठ्यारोमा पर्दा पार्टी नेतृत्वले सहयोग नगरेको गुनासो पोखेका थिए । नेतृ बालकृष्ण खाण पत्नीले नेताहरु विरुद्ध राज्य शक्ति लागेर फसाउँदा पार्टी मुकदर्शक भएर बसेको भन्दै दुःख व्यक्त गरिन् ।
एमाले नेता तथा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी धर्मपत्नी अञ्जला कोइरालालाई घरबाट अदालतमा उपस्थित गराएर त्यही दिन धरौटीमा रिहा गरेकोमा कांग्रेस सांसदहरुको प्रश्न थियो । उनीहरुले एमालेको सेटिङमा कांग्रेस सांसदहरुलाई यतिका दिनसम्म किन थुनियो र एमाले निकटलाई किन तुरुन्तै धरौटीमा रिहा गरियो ?थिए त्यस्तै, शंकर भण्डारीले माया राईलाई १७ दिन थुन्ने ऋषिकेश पत्नीलाई १० घण्टामा छुटाउने भन्दै कांग्रेस कहाँ छ भनेर प्रश्न गरेका थिए ।

सुपर थ्रीको अन्तिम खेलमा पनि नेपाल थाइल्याण्ड लाइ जित्न चाहन्छ

काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर थ्रीको अन्तिम खेलमा नेपालले आयोजक थाइल्याण्डविरुद्ध खेलिरहेको छ । नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।
यस अघि नेपाल र थाइल्याण्ड दुवै यसअघि नै विश्वकपको ग्लोबल छनोटमा पुगिसकेको छन् । उनीहरू दुवैले यूएईलाई हराउँदै ग्लोबल छनोटको टिकट सुरक्षित गरेका हुन् ।
नेपाल आजको खेलमा पनि सोमबारको लय कायम राख्दै थाइल्याण्डलाई स्तब्ध पार्न चाहन्छ । नेपालले हालसम्म थाइल्याण्डलाई हराउन सकेको छैन । यदि आजको खेलमा जित निकाल्न सके नेपाली महिला टिमले अर्को इतिहास बनाउने छन् ।

 

एभरेष्ट बैंकको १३२औँ शाखा सिन्धुलीमा

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तार कार्यक्रम अन्तर्गत बागमती प्रदेशको सिन्धुली जिल्लामा १३२ औ शाखा स्थापना गरेको छ। मिति २०८२ साल जेठ ५ गते कमलामाई नगरपालिका–६ मा सो शाखा उद्घाटन गरिएको हो। यो शाखाको स्थापनासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ।
उद्घाटन समारोह कमलामाई नगरपालिकाका मेयर श्री उपेन्द्र कुमार पोखरेल र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यको संयुक्त उपस्थितिमा सम्पन्न भयो। कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष श्री उज्जवल कुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्री देव नारायण श्रेष्ठ, प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुबेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङलगायत बैंकका कर्मचारी तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा बोल्दै मेयर पोखरेलले बैंकको सेवा विस्तारले स्थानीयलाई गुणस्तरीय तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै, बैंकका अध्यक्ष डा. वैद्यले एभरेष्ट बैंक सिन्धुली शाखामार्फत अत्याधुनिक, सबल, सरल तथा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो।

सर्वोत्तम सिमेन्टको खुद नाफा ४ गुणाले वृद्धि,

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा, सञ्चालन आम्दानी लगायतका वित्तीय सूचांकहरुमा बृद्धि भएको छ ।
समीक्षा अवधिसम्म कम्पनीले ६० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसैअवधिमा कमाएको १२ करोड ७ लाख रुपैयाँ भन्दा ३९९.३३ प्रतिशतले धेरै हो । कम्पनीको सञ्चालन आम्दानी ४ अर्ब ५५ करोडबाट बढेर ६ अर्ब ८१ करोड पुगेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा सर्वोतम् सिमेन्टको वित्तीय खर्च ३० करोड ४७ लाखबाट घटेर २२ करोड ७० लाख कायम भएको छ ।
चार अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अदर इक्विटीमा ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।

सासंद रामहरि खतिवडाद्वारा अवैध रकम जफदबारे सदनलाइ जानकारी गराउन अनुरोध

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले केही समय अगाडि सरकारले बरामद गरेको २५ करोड अवैध रकममा को–को संलग्न छन् भन्नेबारे सदनलाई जानकारी गराउन अनुरोध गरेका छन् ।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले २५ करोड बराबरको अवैध रकम समाएको घटनामा ड्राइभर र लोडरलाई मात्र समात्ने, धनीलाई नसमाउने भन्दै त्यसमा को–को संलग्न छन् सदनलाई जानकारी गराउन अनुरोध गरेका हुन् ।
उनले भने, ‘केही समय अगाडि सरकारले टोखाबाट २५ करोड बराबरको अवैध रकम समाउने काम गरेका थियो ।
त्यसमा एउटा ड्राइभर र व्यापारीलाई समात्यो थुन्यो, त्यसमा मुख्य मान्छे को हो, त्यसको संरक्षण कसले गरेको छ भनेर सरकारले अहिलेसम्म पत्ता लगाउन सकेको छैन् । सँधै ड्राइभर र लोडरलाई समात्ने, धनीलाई नसमाउने, त्यसको पहुँच कहाँ कहाँ छ र त्यसमा को–को संलग्न छन् ।
त्यो बारेमा सदनलाई जानकारी गराउन अनुरोध गर्न चहान्छु ।’

नेपाल टेलिकमको नाफा ४८ प्रतिशत घट्यो

नेपाल टेलिकमको नाफा ४८.६ प्रतिशत घटेर ९ महिनामा २ अर्ब ८४ करोड २२ लाख रुपैयाँमा झरेको छ।
गत वर्षको सोही अवधिमा नाफा ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ थियो।
मुख्यतः ब्याजवापतको आम्दानीमा उच्च गिरावट आएपछि नाफामा असर परेको हो।
वार्षिक प्रतिसेयर आम्दानी ४१ रुपैयाँबाट २१ रुपैयाँ ५ पैसामा खुम्चिएको छ।

सुदामा ताजा समाचार

शिक्षाले खुशीयाली भर्न सक्नुपर्दछ

शिक्षाको उद्देश्य स्वाभावतः शिक्षा भन्ने वित्तिकै नजान्नेलाई जान्ने बनाउँने भन्ने बुझिन्छ । यति मात्र नभई शिक्षा हाँसिल गरी सकेपछि दुःख खेप्नु पर्दैन सहजसँग जीवन यात्रा...

शक्ति सन्तुलनको छायामा इरान

—प्रेमचन्द्र झा मरुभूमिको तातो हावामा इतिहास कहिल्यै पूर्ण रूपमा सुक्दैनस त्यहाँ सधैं केही न केही चिसोपन बाँकी रहन्छ नै याद, पीडा र प्रतिरोधको...

शक्ति सन्तुलनको छायामा इरान