स्वास्थ्य क्षेत्रको काम सम्मान जनक भई रहेको हुँदा सेवा सुविधा पनि सम्मान जनक नै हुनु पर्दछ ः अध्यक्ष केशव रोकाया

काठमाडौँ , राष्ट्रिय स्वास्थ्य कर्मि श्र।मिक संगठनका अध्यक्ष केशव रोकायाले स्वास्थ्य क्षेत्रकोकाम सम्मान जनकरुमा भईरहेकोले सो वापत स्वास्थ्य कर्मिर्लेेपाउने सेवा सुविधा पनि सम्मान जनक नै पाउनु पर्ने माग राखेका छन् । काठमाडौँको मीनभवनस्थित निजामती कर्मचारी सिभिल अस्पतालका दैनिक ज्यालादारी कर्मचारीहरलेसरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधानपाएको भन्दै त्यस्तो माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले माग सम्बोधन नभए प्रधानमन्त्री कार्यालय घेर्नेसम्मका चेतावनी दिएका छन्।
आन्दोलित कर्मचारीहरुले अस्पतालको विनिमावलीरगठन आदेश तत्काल संसोधन गर्नुपर्ने, जोखिम भत्ता र सामाजिक सुरक्षा कोषको तत्काल व्यवस्था गर्नुपर्ने, कार्यरत कर्मचारीहरुलाई श्रेणी र तहबमोजिम पारिश्रमिक र सेवा सुविधाको व्यवस्था गर्नुपर्नेलगायत माग राखेका छन्।

अस्पताल स्थापनादेखि दैनिक ज्यालादारी कर्मचारीको सेवा सुविधा एवं अन्य सेवा सुविधा बढाउन माग गर्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय स्वास्थ्यकर्मी श्रमिक संगठनका केन्द्रीय अध्यक्ष केशव रोकायाले बताए।
उनले ८ घण्टा काम गर्ने र ४ घण्टा काम गर्ने कर्मचारीहरुले एउटै प्रकृतिको सेवा सुविधा पाउने गरेको प्रति असन्तुष्टि व्यक्त गर्दै आईन्दा त्यस्तो नगर्नसमेत आग्रह गरे। उनले दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारीको हकमा उमेरको हदबन्दी नलाग्ने गरेर सेवा सुविधा थप्नुपर्ने समेत माग राखे ।

‘ उनले भने ,अहिलेको आन्दोलनको मुख्य उद्देश्य भनेको यो अस्पताल स्थापना भएदेखि ज्यालादारीमा काम गरिरहेका कर्मचारीहरुको न्यूनतम पारिश्रमिकभन्दा बढाइदिनुपर्ने र सेवा सुविधा बढाउनका लागि हो‚’, ‘स्वास्थ्य क्षेत्रमा ८ घण्टा काम गर्ने र ४ घण्टा काम गर्ने कर्मचारीलाई पनि उही पारिश्रमिक( यो अवस्था सिर्जना नगर्नुहोस्। यहाँ कार्यरत कर्मचारीहरुलाई इच्छाएको समयसम्म उमेरको हदबन्दी नलाग्ने गरेर सरकारको तलबसँगै अन्य सुविधामा रहेर कामकाज गर्न पाउनुपर्छ।’

निजामती कर्मचारी अस्पतालको रेडियोलोजी डिपार्टमेण्टका कर्मचारी पंख विकले दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारीलाई काममात्र गराउने तर सेवा सुविधा केही पनि दिने नगरेको आरोपसमेत लगाए।

 

 

LEAVE A REPLY