काठमाडौं विश्वकै चौथो प्रदूषित सहर,ः आईक्यूएअर

काठमाडौं । विश्वभरको वायु गुणस्तर मापन गर्ने आईक्यूएअरले काठमाडौं विश्वकै चौथो प्रदूषित सहर बनेको ठहर गरेको छ । बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषणमा १७० एक्यूआई मापन गरिएको छ, जसले यसलाई विश्वभरमा चौथो स्थानमा पु¥याएको छ।
वायु प्रदूषणमा शीर्ष स्थानमा भारतको राजधानी दिल्ली रहेको छ। दिल्लीको वायु प्रदूषण २०१ एक्यूआई मापन गरिएको छ, जुन विश्वभरमा सबैभन्दा बढी हो। दोस्रो स्थानमा बंगलादेशको राजधानी ढाका रहेको छ, जहाँ वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ। तेस्रो स्थानमा पाकिस्तानको लाहोर रहेको छ, जहाँ वायु प्रदूषण १९० एक्यूआई छ।
वातावरण विभागको पूर्वानुमान अनुसार, काठमाडौंमा वायु प्रदूषण मंगलबार रातिसम्म बढ्ने देखिन्छ। यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने विशेषज्ञहरूले चेतावनी दिएका छन्।
वायु प्रदूषण बढ्नुका प्रमुख कारणहरूमा यातायात, निर्माण कार्य, धुलो र वायुमण्डलीय अवस्था उत्तरदायी छन्। विशेषज्ञहरूले प्रदूषण कम गर्न सार्वजनिक यातायात प्रयोग गर्न, हरित ऊर्जा अपनाउन र प्रदूषण नियन्त्रणका उपायहरू सख्त पालना गर्न आह्वान गरेका छन्।

 

LEAVE A REPLY