Page 8

सरकारद्वारा एनसेल सम्मानित

सुदामा समाचार दाता,

काठमाडौं । नेपाल सरकारले देशको सूचना तथा सञ्चार प्रविधि आईसीटी क्षेत्रको सबैभन्दा धेरै आयकर तिर्ने करदाताका रुपमा निजि क्षेत्रको दूरसञ्चार कम्पनी एनसेललाई सम्मान गरेको छ । यो वर्ष एनसेलले सबैभन्दा धेरै आयकर तिरेको थियो । काठमाडौंमा आयोजित आठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले एनसेलका मार्केटिङ कम्युनिकेशन तथा स्स्टेनेविलिटी डाइरेक्टर पुनम सिंहलाई सम्मान पत्र प्रदान गरेका थिए । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र समृद्ध नेपालको अभियानमा गत आर्थिक वर्ष २०८०÷०८१ मा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रबाट सबैभन्दा धेरै कर तिरेर राष्ट्रलाई पुर्याएको विशिष्ट योगदानको उच्च मूल्यांकन गदै राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को सू–अवसरमा एनसेललाई यो सम्मान गरिएको हो ।
देशमा आइसिटीको विकास र प्रवद्र्धनका लागि प्रत्येक वर्ष मे २ लाई ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’का रुपमा मनाइने गरिएको छ ।

कार्य घण्टामा आधारित काम स्वागत योग्य

सम्पादकीय
सरकारले अभिभावकमाथि विद्यार्थीको आर्थिक भार निर्भरता अन्त गर्न भन्दै विद्यार्थीलाई कार्य घण्टामा आधारित काम स्वदेशमै दिने र अभिभावकलाई तनावमुक्त गराउने नीति तथा कार्यक्रम ल्याएर स्वागतयोग्य काम गरेको छ । यो नीति सफल रुपमा कार्यान्वयन गर्न गराउन सकेमा पढ्दै कमाउदै गर्नका लागि विदेश जाने विद्यार्थीको संख्या क्रमशः घट्दै जाने सम्भावना देखिन्छ । आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम मार्फत सरकारले विद्यार्थीका लागि विदेशमा जस्तै कमाउँदै पढ्दै गर्न पाउने व्यवस्थाको कानूनी आधार तय गरेको छ । जस अन्तरगत विद्यार्थीलार्य काम गर्ने निश्चित समय र काम गरेबापतको पारिश्रमिक तोकिने छ ।
नीति तथा कार्यक्रममा विद्यार्थीले हप्तामा २० घण्टा काम गर्न पाउने व्यवस्था गरिएको छ । जुन विद्यार्थी स्वयं र अभिभावक दुवैलाई फाइदा छ । विद्यार्थीले उच्च शिक्षा लिने क्रममा व्यवहारिक बन्दै जाने र अभिभावकको पनि आर्थिक भारले थिचिएको टाउको हलुका बन्दै जाने देखिन्छ । अहिलेसम्म शैक्षिक लगानी धेरै हुने र शिक्षा पुरा भएपछि बेरोजगारी बस्नुपर्ने बाध्यताले विद्यार्थीको विदेश मोह बढेको हुन सक्छ । तर सरकारको यो नीतिले त्यस्तो मोह घटाउने अपेक्षा गर्न सकिन्छ । विद्यार्थीले आफ्नो शैक्षिक अवधिभर आफ्नो खर्च आफैले पुर्याउन सक्नु गर्वको कुरा हो । सरकारले विद्यार्थले पढाई पुरा गरेपछि उनीहरुको योग्यता र क्षमता अनुसारको काम स्वदेशमै दिने नीति ल्याए, स्वदेशमा उत्पादित जनशक्ति कामको सिलसिलामा भौतारिनु पर्ने थिएन । तर अहिले पढाई पुरा भएपछि के गर्ने, कहा जाने भन्ने अन्यौलमा विद्यार्थी भौतारिइ रहनुपर्ने अवस्था छ ।
त्यसगरी सरकारको यो नीति तथा कार्यक्रमले शिक्षलाई सर्वसुलभ, गुणस्तरीय र उपयोगी बनाई विद्यालय शिक्षाको शासकीय स्वरुपको दीर्घकालिन मार्गचित्र तयार गरी पुर्नसंरचना गरिने पुर्नसंरचना गरिने भएको छ । शिक्षा विधेयक चालु अधिवेशनबाट नै पारित गर्ने विद्यालय शिक्षा सुधारका लागि कानूनी संस्थागत र नीतिगत सुधार गर्ने भएको छ । यो अत्यन्तै सकारात्मक छ । अहिलेसम्म शिक्षामा लगानी, बालुवामा पानी भन्ने उखान चरितार्थ भइरहेको छ । शैक्षिक क्षेत्र नै अन्यौल छ । व्यवसायिक र व्यवहारिक शिक्षा नहुँदा शिक्षा पुरा भएपछि बेरोजगारी बस्नुपर्ने र परम्परावादी काम मै सिमित हुनुपर्ने अवस्थाका कारण अधिकांश विद्यार्थी माध्यमिक तहको शिक्षा पुरा गरी विदेश पढ्न र कमाउन जाने अनि विदेशीको ललिपमा भुलिएर मातृभूमि नफर्किने गरेका छन् । त्यसैले अब शिक्षा नीतिले विदेश जान रोक्दै स्वदेशमा प्रशस्त रोजगारीका सम्भावना देखाउन सक्नुपर्दछ । यसो गर्न सके मुलुक समृद्धिको पथमा जान सहयोग पुग्छ ।

विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडीले राखे कीर्तिमान

काठमाडौं । २१औँ विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडीले अन्तरराष्ट्रिय पदक हात पार्दै नयाँ कीर्तिमान कायम गर्न सफल भएका छन् ।
पोर्चुगलको काल्दास दा रेन्हामा सम्पन्न विश्व च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडीले दुई रजत र पाँच कास्य पदकसहित नेपाललाई सात अन्तर्राष्ट्रिय पदक दिलाएका हुन् । च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी केम्पो खेलाडी विपेश थापाले एक रजत र तीन कास्य पदकसहित चार पदक जित्न सफल भए । थापाले सेमी केम्पो फाइटिङ ७० केजी समूह, सेमी केम्पो सिनियर ५० केजी समूह, केम्पो–को ६० केजी तौल समूह, सबमिसन केम्पो ६० केजी तौल समूह अन्तर्गतको छुट्टाछुट्टै प्रतिस्पर्धामा विदेशी प्रतिस्पर्धीलाई पराजित गर्दै चार वटा पदक जितेका हुन् ।

पाँच डान श्रेणीका खेलाडी तथा प्रशिक्षक थापाले नेपालका लागि विश्व केम्पो च्याम्पियनसिपमा पहिलोपटक पदक जितेका हुन् । त्यसैगरी अर्का केम्पो खेलाडी अञ्जना शाहीले पनि एक रजत र दुई कास्य पदकसहित तीन पदक जित्न सफल भइन् । शाहीले सेमी केम्पो ५५ केजी समूह, फुल केम्पो सिनियर ६० केजी समूह, सेमी केम्पो सिनीयर ५० केजी समूहअन्तर्गत प्रतिस्पर्धामा विदेशी प्रतिस्पर्धीलाई पराजित गर्दै तीन वटा पदक जितेकी हुन् । शाहीले पनि नेपालका लागि विश्व केम्पो च्याम्पियनसिपमा पहिलोपटक पदक जितेका हुन् । थापा र शाही दुवै नेपाल केम्पो खुकुरी महासङ्घमा आबद्ध पाँचौँ डान श्रेणीका खेलाडी हुन् ।
विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्दै उक्त पदक जित्न सफल भएको नेपाल केम्पो खुकुरी महासङ्घका अध्यक्ष पाभेल शाहले जानकारी दिए । नेपाली केम्पो खेलको इतिहासमै यो अन्तरराष्ट्रिय पदक पहिलो भएको अध्यक्ष शाहले बताए । “हाम्रा खेलाडीले विदेशी खेलाडीसँगको प्रतिस्पर्धामा उत्कृष्ट खेल प्रदर्शन गर्दै पदक जित्न सफल भए । विश्वमाझ नेपालको नाम चम्काउन र नेपाली झण्डा फहराउन सफल भए । यो राष्ट्रकै लागि ठूलो उपलब्धि हो”, शाहले भने ।
अध्यक्ष शाहका अनुसार उक्त प्रतियोगितामा थापा र शाहीसहित अन्य तीन खेलाडी गरी नेपालको तर्फबाट पाँच खेलाडीले च्याम्पियनसिपमा भाग लिएका थिए ।
यसअघि नेपालले सन् २०२४ मा पहिलोपटक विश्व क्याम्पो च्याम्पियनसिपमा भाग लिएको थियो । पहिलोपटक विश्व च्याम्पियनसिपमा सहभागिता जनाएको नेपालले पदक भने हात पारेको थिएन । प्रतियोगितामा सहभागी हुन नेपाल केम्पो खुकुरी महासङ्घका अध्यक्ष पाभेल शाह नेतृत्वमा नेपाली टोली पोर्चुगल आइपुगेको थियो ।
२२ अप्रिलदेखि सुरु भएको प्रतियोगितामा विश्वभरका एक सय आठ देशका खेलाडीको सहभागिता थियो । नेपाल सातौँ स्थानमा आएको छ । २१औँ विश्व केम्पो च्याम्पियनसिपमा जित हासिल गरेसँगै विपेश थापा केम्पो च्याम्पियनसिपको अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् । पाँचखाल–१०, काभ्रेपलाञ्चोकका थापा खेलाडी तथा प्रशिक्षक हुन् ।
त्यसैगरी सोही च्याम्पियनसिपमा जित हासिल गरेसँगै केम्पो खेलाडी अञ्जना शाही केम्पो च्याम्पियनसिपको अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् ।

बुद्धएरको कथा समेटीएको पुुस्तक “बाई द बुक” को लोकार्पण गरियो

काठमाडौं । निजी क्षेत्रको चर्चित हवाई सेवा बुद्ध एयरका अध्यक्ष तथा सञ्चालक वीरेन्द्र बहादुर बस्नेतद्वारा लिखित पुस्तक ‘वाई द बुक’को एक भव्य समारोहकाबीच लोकार्पण भएको छ । उक्त पुस्तकमा लेखकले बुद्ध एयरको सफलताको कथा छर्लंग पार्नुभएको छ ।
लोकार्पित पुस्तकमा बुद्ध एयरले सुरुवातदेखि वर्तमान अवस्थासम्म आइपुग्नका लागि के कस्ता प्रयास गरिए ,ती सबै विषयहरु समावेश गरिएको अध्यक्ष बस्नेतले बताउनु भयो । उहाँका अनुसार उद्योग व्यवसायमा लाग्न चाहने वा व्यवसाय व्यवस्थापनमा लाग्नेहरुका लागि पुस्तकले सिर्जनशील बन्न प्रेरणा
दिनेछ ।

पत्रकार तथा कवि बेलवासेको ‘चोटहरूको उत्सव’ लोकार्पण

कवि तथा सञ्चारकर्मी ठाकुर बेलवासेको ‘चोटहरूको उत्सव’ कवितासंग्रह लोकार्पण भएको छ।
वरिष्ठ कवि तुलसी दिवस, साहित्यकार एवं राजनीतिज्ञ शान्ता मानवी, गायिका आनी छोइङ डोल्मा लगायतले उक्त कृतिको संयुक्त रूपमा लोकार्पण गरेका थिए।
सुनकोसी वाङ्मय प्रतिष्ठानले एक भव्य तथा सभ्य रुपमाआयोजना गरेको कार्यक्रममा आफ्नो विचार राख्दै कवि दिवसले भने, ‘चोटहरूले नै मान्छेलाई साँचो अर्थमा मान्छे बनाउँछ। चोट पाएपछि मान्छे मान्छे भएको इतिहास छ। आँसु चुहुन पनि हाँसोभन्दा महत्त्वपूर्ण हुन्छ भन्ने मलाई लाग्छ। दुनियाँमा कविलेखकहरूले चोट पाएर नै सिर्जना गरेका हुन्। कवि बेलवासेका कविता त्यस्तै छन्।’
त्यस्तै चर्चित गायिका आनीले बेलवासेलाई कृतिका लागि बधाई दिँदै भनिन्, ‘महको स्वाद चाखेको तर महको बयान गर्न नजानेको जस्तो लाग्छ। बेलवासेले देखेकाभोगेका अनुभव सँगालेर सुन्दर कविता कोर्न सफल भएका छन्। कविता सुन्दा आनन्द आउँछ।’
कृतिमाथि टिप्पणी गर्दै राजनीतिक विश्लेषक शंकर तिवारीले प्रेममाथिको मेडियसन मात्र नभएर मेडिटेसन पनि हो भन्दै उनले अगाडि भने, ‘अझै बेलवासेका कविता इन्टरभेसन पनि हो। कविता बौद्धिकताले भरिएका छन्। प्रेम दर्शन र भोगाइहरू कवितामा बलशाली बनेर आएका छन्।’
कार्यक्रममा स्रष्टा बेलवासेले आफ्ना अनुभूति राख्दै भने, ‘पैसा कमाउन नसके पनि साथी र आफन्त कमाएको छु। बाँच्नका लागि चाहिने सम्बन्ध बनाएको छु। उनले अगाडि भने, आफ्नो चोट र पीडा मात्र नभएर मानवका चोट र पीडाहरूको रूपलाई कविताको रूप दिने प्रयास मात्र गरेको हुँ।’
यसअघि सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले कवि बेलवासेलाई सम्मानपत्र सहित सम्मान गरेका थिए। कार्यक्रमका सभाध्यक्ष समेत रहेका सिलवालले प्रतिष्ठानबारे संक्षेपमा प्रकाश पारेका थिए
कार्यक्रममा लोकार्पित कृतिका कविताहरू कवि विश्व सिग्देल, मणि लोहनी, सोझो गाउँले, हेम प्रभास, शोभा अधिकारीले वाचन गरेका थिए।
प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य पूर्णबहादुर श्रेष्ठ हृदयङ्कृतले गरेका थिए।

सरकारको नीति तथा कार्यक्रममा के छ ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२र८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति पौडेलले परिवर्तन र उपलव्धीप्रति जनतालाई गौरवबोध गराउन, सरकारप्रति जनताको विश्वास जगाउँदै मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
नीति तथा कार्यक्रममा विद्यालय शिक्षा ऐन यही अधिवेशनबाट पारित हुने, विद्युत्को अभाव हुन नदिन तथा आयात प्रतिस्थापन गर्न जलाशययुक्त आयोजना कार्यान्वयन, जेनजी पुस्तालाई प्राथमिकता दिएर स्टार्टअप प्रवद्र्धन लगायतका महत्त्वपूर्ण विषय समेटिएका छन् ।
त्यस्तै, यो पटकको नीति तथा कार्यक्रममा प्रधानमन्त्री र राष्ट्रपतिका नाममा राखिएका सबै परियोजनाको नाम फेरिएको छ ।

अब स्नातक तहमाथीका विद्यार्थीले नेपालमै हप्ताको २० घण्टा रोजगारी पाउने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२ । ०८३ को नीति तथा कार्यक्रम मार्फत स्नातक तहमाथिका विद्यार्थीहरूलाई नेपालमै पढाइसँगै हप्ताको २० घण्टा रोजगारीको अवसर दिने तयारी गरेको छ। यो कार्यक्रम लागू गर्न सके विद्यार्थीलाई स्नाकोत्तर तह र सो भन्दा माथील्लो स्तर सम्म अध्ययन गर्न राहत मिल्ने छ ।
आजको संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘कमाउँदै–पढ्दै’ नीति कार्यान्वयनमा ल्याइने जानकारी दिए। उक्त नीति अनुसार विद्यार्थीहरूले हप्तामा अधिकतम २० घण्टा काम गर्न पाउनेछन् । त्यसवापत न्यूनतम ज्यालाको व्यवस्था गरिनेछ।
युवाहरूलाई व्यावसायिक जीवनमा प्रारम्भिक अनुभव दिलाउनका लागि स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नको प्रयोग गर्ने पनि सरकारको योजना छ। सरकारको यो नीति शैक्षिक अभ्यास र आर्थिक आत्मनिर्भरताबीचको सन्तुलन कायम गर्न महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।

आरोपी माया राईमाथी म्याद थप गर्दै अनुसंधान जारी

काठमाडौं । सांसद माया राई सहकारी ठगी प्रकरण र संगठित अपराधको कसुरमा आज पाँच दिनको म्याद थप भएको छ ।
काठमाडौं जिल्ला अदालतले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले जानकारी दिए ।
नेपाली कांग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । उनी १३ वैशाखमा पक्राउ परेकी थिइन् ।
राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा गरेको आरोप छ । सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् ।

कक्षा १२ को परीक्षा ्बैशाख २१ देखि जेठ २ गते सम्म हुन्छ ः परिक्षा बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ यहि बैशाख ११ गते देखि कक्षा १२ को परिक्षा हुने तयारी गरिएको भए पनि शिक्षक महा सघं आन्दोलनमा भएकोले सो मितिमा हुन नसकेको र पछिल्लो पटक सरकार र महाँसघं बीच निर्धारित समय अर्थात बैशाख २१ गते देखि नियमीत परिक्षा हुने बोर्डले जनाएको छ ।
शिक्षकहरु कार्य क्षेत्र फर्किए सँगै बोर्डले परीक्षाका बाँकी सबै काम पूरा गरेर तोकिएको मितिमा मर्यादित तवरले परिक्षा सम्पन्न गराउन सबै केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी एवं सुरक्षा निकाय, अभिभावक, सञ्चारकर्मी र सम्पूर्ण सरोकारवालालाई एक सूचनामार्फत अनुरोध गरेको छ ।

नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच उपचार छुटमा सम्झौता

काठमाडौँ । नबिल बैंक लिमिटेड का बजार प्रवन्धक कृष्ण प्रसाद सुवेदी र र भारतको अपोलो अस्पतालको प्रमुख बजार अधिकृत संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुई सस्था बीच भएको समझौता अनुसार नविल बैंकका ग्राहकहरुलाई भारतमा स्वास्थ्य उपचार गर्दा १० प्रतिशत् छुट तथा नि ःशुल्क परामर्श पाउने बैकले जनाएको छ ।
नबिल बैंकका प्रमुख बजार अधिकृत सुवेदीले यो समझदारीले बैंकका ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा लिन सहज हुने बताए । उनले भने, “नेपालबाट विभिन्न रोगका उपचारका लागि भारतका अस्पतालमा जानेको संख्या उल्लेख्य छ, बैंकका ग्राहकलाई विश्वस्तरीय स्वास्थ्य सेवा सुलभ रुपमा उपलब्ध गराउने उद्देश्यले अपोलो इन्फर्मेसन सेन्टरसँगको समझदारी गरिएको हो ।”
समझदारीपछि नबिल बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीहरूले भारतस्थित अपोलो अस्पतालमा स्वास्थ्य उपचार गर्दा विशेष छुट र भारतमा उपचार गर्नका लागि आवश्यक परामर्श तथा सुविधाहरू पाउने बैंकले जनाएको छ । यस सहकार्यबाट भारतमा विशेष स्वास्थ्य सेवा लिन चाहने नेपाली बिरामीले अस्पतालमा डाक्टर छनोट गर्न र यात्राको व्यवस्थापनमा भोगिरहेको समस्या समाधानमा सहयोग पुग्नेमा बैंकले विश्वास गरेको छ ।
ग्राहकले बैंकका डेबिट तथा क्रेडिट कार्ड, नबिल क्यूआर, नबिल स्मार्ट मोबाइल एप वा बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्दा सो छुट तथा सेवा प्राप्त गर्नेछन् । उक्त समझदारी दुई वर्षसम्म लागू हुने जनाइएको छ ।

अपोलो इन्फर्मेसन सेन्टर अपोलो अस्पताल इन्टरप्राइजेज लिमिटेड भारतको आधिकारिक प्रतिनिधि संस्था हो । जसले दक्ष स्वास्थ्यकर्मी र अनुभवी उद्यमीहरुसहित काठमाडौँको नक्सालमार्फत सेवा प्रवाह गर्दै आएको छ ।

सुदामा ताजा समाचार

कांग्रेस विवादको मुद्दामा बहस गर्न इजलासमा पुगे विश्वप्रकाश र पुष्पा पुसाल

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर मुद्दामा सर्वोच्च अदालतमा बहस भैरहेको छ । न्यायाधीशद्वय शारंगा सुवेदी...

संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरु स्थापीत गर्दै जानु पर्दछ...

काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्ने बताएका छन् आज शुक्रबार सिंहदरबारमा संसदीय रिपोर्टिङ गर्ने...

मन्त्रालयहरू विधेयक निर्माणमा व्यस्त,कुन मन्त्रालयको के विधेयक?

वैशाख, काठमाडौं । सरकारले १०० बढी नयाँ ऐन निर्माण र संशोधन गर्न लागेको छ । यसका लागि विषय पहिचान गर्ने कार्य भएको छ...