काठमाडौँ ,नेपाली काँग्रेसका राष्ट्रियसभा सांसद आनन्दप्रसाद ढुंगानाले नेपालमा राजसंस्था फर्काउँछु भन्नु दिवास्वप्न भएको बताएका छन्।
बुधवार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले जनताको अधिकार कुण्ठित गर्ने संसारभरका राजाहरू इतिहासमा सीमित भएको बताए। उनले नेपालका राजाहरूले लोकतन्त्रको विरुद्धमा काम गरेको बताए।
विगतमा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र नेपाली जनताले स्वीकार गरेको स्मरण गर्दै उनले राजाले प्रजातन्त्रको विरुद्धमा विभिन्न कदम चालेपछि गणतन्त्र स्थापना भएको बताए। जनतासँग मिलेर बसेका राजसंस्था अहिले पनि विभिन्न देशमा जीवित रहेको उनको भनाइ छ।
राजसंस्था फर्काउन खोज्नु दिवास्वप्नना देख्नु जस्तै हो ः सांसद आनन्दप्रसाद ढुंगाना
मुक्कुमलुङ संरक्षणका लागि यसरी गरियो सिंहदरबार घेराउ
काठमाडौँ , मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले मुक्कुमलुङ संरक्षणका लागि सिंहदरबार घेराउ गरेका छन्।
ताप्लेजुङस्थित पाथीभरा केबुलकार निर्माणको विरोधमा रहेको समूहले बुधबार काठमाडौँमा सिंहदरबार घेराउ गरेको हो। बुधबार सिंहदरबार वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
एसईईका विद्यार्थी, अभिभावक र विद्यालयका लागि प्रिन्सिपलडीकेढुङ्गानाका यस्ता छन् सुझावहरु
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामिक शिक्षा परीक्षा एसईई को तयारी पुरा भएको घोषणा गरेको छ। भोली ७ चैत देखी हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेका छन, ।
पछिल्लो तथ्यांक अनुसार परीक्षामा सम्लग्न हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३ सय ९० छ। यसको लागि ५ लाख २२ हजार विद्यार्थीले फारम भरेका थिए।
बोर्डका अनुसार २ हजार ७९ परीक्षा केन्द्र तोकिएका छन्। यस सन्दर्भमा, रेडियन्ट रिडर्स एकेडेमी, सानेपा ललितपुरका संस्थापक प्रिन्सिपल डीके ढुङ्गानाले विद्यार्थीहरूको आत्मविश्वास बढाउनका लागि विभिन्न महत्वपूर्ण सुझाव दिएका छन्।
यहाँ प्रस्तुत गरिएको छ विद्यार्थीहरूका लागि सुझावहरु ः
ः
१। आवश्यक सामग्री अनिवार्य रूपमा लैजानुहोस्
प्रवेशपत्र, पेन, पेन्सिल, स्केल, कटर, इरेजर, स्टेपलर आदि, परीक्षा दिन जाँदा आवश्यक सामग्री व्यवस्थित रूपमा साथमा राख्नुहोस्।
२। सफा र मिलेको पोशाक लगाउनुहोस्
सफा, मिलेको, र निर्धारित पोशाक लगाएर व्यवस्थित रूपमा परीक्षा हलमा प्रवेश गर्नुहोस्।
३। स्वास्थ्य समस्याबारे जानकारी गराउनुहोस्
यदि परीक्षा सुरू हुनु अघि वा परीक्षाका समयमा कुनै असजिलो महसुस भएमा तुरुन्तै सुपरिवेक्षकलाई जानकारी दिनुहोस्।
४।परीक्षा हलमा अनुशासन कायम राख्नुहोस्
परीक्षा हलमा शान्त र अनुशासित भएर बस्नुहोस्, सुपरिवेक्षकहरूलाई तपाईंप्रति सकारात्मक र सहयोगी बन्न सहजता प्रदान गर्नेछ।
५। शिष्टतापूर्वक व्यवहार गर्नुहोस्
परीक्षामा खटिएका शिक्षक, सुपरिवेक्षक, र कर्मचारीहरूसँग शिष्टता देखाउँदै आदरभावपूर्वक कुरा गर्नुहोस्।
६। प्रश्नहरूको समाधान सरलदेखि जटिलतर्फ गर्नुहोस्
पहिलो चरणमा सजिला प्रश्नहरू हल गरेर आत्मविश्वास बढाउनुहोस्, त्यसपछि क्रमशः जटिल प्रश्नहरू हल गर्दै जानुहोस्।
७। समयको उचित व्यवस्थापन गर्नुहोस्
प्रत्येक प्रश्नका लागि समय विभाजन गरेर उत्तर लेख्ने प्रयास गर्नुहोस् ताकि सबै प्रश्नहरू हल गर्न सकियोस्।
८। उत्तर स्पष्ट र सफा लेख्नुहोस्
लेखाइ सफा, बुझ्ने गरी र प्रश्नपत्रको क्रम र उपक्रमलाई प्रष्ट लेखी उत्तर दिनुहोस्। ताकि तपाईँले सबै प्रश्नहरू हल गर्नुभयो भन्ने प्रष्ट होस्।
९। परीक्षा हलको नियमहरूको पालना गर्नुहोस्
कुनै पनि प्रकारको अनियमित क्रियाकलाप नगर्नुहोस् र परीक्षा बोर्डका नियमहरू पूर्ण रूपमा पालना गर्नुहोस्। परीक्षा हलमा तोकिएका नियमहरू पालन गर्नु विद्यार्थीको कर्तव्य हो।
१०। आत्मविश्वास र सकारात्मक सोच राख्नुहोस्
परीक्षा दिनु अघि तनाव नलिई सकारात्मक सोच राख्नुहोस् र आत्मविश्वासपूर्वक उत्तर लेख्नुहोस्।
अभिभावकहरूका लागि सुझावस्
११। विद्यार्थीलाई मानसिक रूपमा तयार गरिदिनुहोस्
परीक्षा कुनै डर वा तनावको विषय नभई अवसर हो भन्ने सकारात्मक सोच विद्यार्थीमा विकास गरिदिनुहोस्।
१२। स्वास्थ्य, खानपान र सामग्रीमा ध्यान दिनुहोस्
विद्यार्थीले स्वस्थ खाना खान, आराम गर्न, र परीक्षा दिन ऊर्जा प्राप्त गर्न सकून् भन्ने सुनिश्चित गर्नुहोस्। साथै परीक्षामा लानुपर्ने सामग्रीहरूको यकिन गरिदिनुस् ताकि उनीहरू सुनिश्चित भएर परीक्षाकेन्द्रमा जान सकुन्।
विद्यालयका लागि सुझावस्
१३। विद्यार्थीलाई सही निर्देशन दिनुहोस्
परीक्षा हलमा हुने नियम, समय व्यवस्थापन, लेखन शैली, र अनुशासनबारे परीक्षाअघि स्पष्ट निर्देशन दिनुहोस्।
१४। विद्यार्थीको मनोबल बढाउनुहोस्
सकारात्मक प्रेरणादायी सन्देशहरू दिई विद्यार्थीलाई आत्मविश्वासी बनाउने वातावरण तयार गर्नुहोस्।
एभरेष्ट बैंकंद्वारा ५,६९७ जना लगानीकर्तालाई ऋणपत्र वितरण
काठमाडौं । एभरेष्ट बैंकले ऋणपत्र बाँडफाँटमा रितपूर्वक आवेदन दिएका ५ हजार ६९७ जना लगानीकर्तालाई ऋणपत्र वितरण गरेको छ। बैंकले गत फागुन १८ देखि २३ गतेसम्म ३ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऋणपत्र २०९१’ डिबेञ्चर बिक्री गरेको थियो।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख ऋणपत्रमध्ये ६० प्रतिशत १ अर्ब ८० करोड रुपैयाँ १८ लाख कित्ता व्यक्तिगत तबकलाई र ४० प्रतिशत १ अर्ब २० करोड रुपैयाँ १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरेको छ। सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये ५ प्रतिशत ६० हजार कित्ता सामुहिक लगानीकोषलाई छुट्याइएको थियो।
यस ऋणपत्रको ब्याजदर ७.५० प्रतिशत रहेको छ भने अवधि १० वर्ष तोकिएको छ। ब्याज भुक्तानी अर्धवार्षिक रूपमा ६.६ महिनाको अवधिमा गरिने बैंकले जनाएको छ।
राप्रपाले गर्यो आन्दोलनको घोषणा, नेतृत्व लिङदेनले गर्ने
काठमाडौँ , राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर्ने घोषणा गरेको छ। आन्दोलनको नेतृत्व राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गर्ने भएका छन्।
यही चैत १२ गते अध्यक्षको नेतृत्वमा रहेको आन्दोलन मूल समितिको बैठक बस्ने प्रवक्ता ज्ञानबहादुर शाहीले जानकारी दिए।
आज बसेको कार्यसम्पादन समितिको बैठकले आन्दोलन परिचालन समितिको भूमिका खुम्च्याएको छ।
दरबारले नवराज सुवेदीलाई आन्दोलनको कमाण्डर बनाएको चर्चा छ नि भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘कसले भनेको? चिठीपत्र कसैले फेला पार्नुभएको छ?अडियो सडियो, भिडियो छ त्यस्तो छ भने पनि मेरो जानकारीमा छैन। राप्रपालाई थाहा छैन। म त्यो समितिमा बस्दिनँ भनिसकेको छु।’
यद्यपि, जुनसुकै शक्तिले पनि राजसंस्थाको पक्षमा आन्दोलन गर्दा राप्रपा खुशी हुने लिङदेनको भनाइ छ।
हिमालयन बैंकले जारी गर्यो दोहोरो खाता बन्द गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
काठमाण्डौ, राजधानीको कमलादीमा केन्द्रीयकार्यलय खोली विभिन्न शाखाहरुबाट वीत्तीय कारोबार गर्दै आएको लोकपृय सस्था हिमालयनबैंक लिमिटेडले बैंकमा दुई वा सो भन्दा बढी खाता खोली कारोबार गर्दै आएका ग्राहकहरुलाई एउटा खाताबाटमात्रै कारोबार गर्न अनुरोध गरेको छ ।बैकले सूचना जारी गर्दै भनेको छ — नेपालराष्ट्र बैंकको एकिकृत निर्देशन २०८१ को निर्देशन नं.२१ को बुँदा नं.४५ मा “बैक वा वित्तीय सस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न पाईने छैन ” भन्ने व्यवस्था रहेको हुनाले यस बैंकमा एकै प्रकृतिका एक भन्दा बढी प्रकृतिका खाता रहेका ग्राहक महानुभावहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र दोहोरो खाता मध्ये एउटा मात्र खाता सञ्चालनमा रहने गरी अर्को खाता बन्द गरी दिनुहुनका लागि मिति वि.सं.२०८१ फाल्गुन ११ गते कारोवार दैनिकमा सूचना प्रकाशित गरिएको जानकारी गराउदछौं । उल्लेखित समय भित्र ग्राहक महानुभावहरुले एकै प्रकृतिका दोरो मधये एउटा खाता बन्द गरीदिनुहुन अनुरोध गर्दछौं । साथै उल्लेखित समय भित्र कुनै एउटा खाता बन्द नभएमा दोहोरो खाता भएका ग्राकमहानुभावहरुको एक खाता बाहेक अरु सबै खाता स्वतः निष्कृय हुने व्यहोरा यसै सूचनाबाट जानकारी गराईनछ । भन्यवनद
स्ववियु निर्वाचनमा अनेरास्ववियुको अग्रता
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्र्तगत काठमाडौं उपत्यकामा विभिन्न क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन अनिश्चित बनेको छ । स्ववियुलार्य क्याम्पसका विद्यार्थीको छाता संगठन मानिन्छ । सत्तापक्षीय र प्रतिपक्षी दलका विद्यार्थी संगठनका निर्वाचन अधिकृतहरुले राजिनामा दिएकाले १० निर्वाचन स्थगित भएको हो । स्मरण रहोस् आज चैत्र ५ गते स्ववियु निर्वाचन हुँदैछ ।
त्रिभुवन विश्वविद्यालय अन्र्तगत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि आंगिक तथा सम्बन्ध प्राप्त क्याम्पसहरुमा सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया तीव्र भइरहेको देखिन्छ । अहिलेसम्म प्राप्त समाचार अनुसार ८२ क्याम्पसभन्दा बढीमा स्ववियु सर्वसम्मत सभापति चयन भएका छन् । ३२ क्याम्पसमा एमाले निकट अनेरास्ववियुका सभापतिका उम्मेदवार निर्विरोध भएका छन् । अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलका अनुसार अहिलेसम्म ३२ भन्दा बढी क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार सभापतिमा निर्विरोध भएका हुन् । यस्तै दोस्रो स्थानमा कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ रहेको छ । नेवि संघका प्रवक्ता सुरज सेजुवालका अनुसार २८ क्याम्पसमा नेविसंघका उम्मेदवार निर्विरोध निर्वाचित भएको छ ।
तेस्रो स्थानमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी छ । २१ क्याम्पसमा आफ्ना सभापतिका उम्मेदवार निर्विरोध चयन भएको अखिल क्रान्तिकारीले जनाएको छ ।
यसैगरी नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुका एक उम्मेदवार मकवानपुरको मनहरी बहुमुखी क्याम्पसमा निर्विरोध सभापतिमा निर्वाचित भएका छन् ।
पूर्वराजा ज्ञानेन्द्रको सक्रियताले राजावादी उत्साहित
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गत दिएको सन्देशप्रति राजावादी शक्तिहरु जुर्मुराएको अवस्था छ । पूर्वराजा ज्ञानेन्द्रले आफुलाई अब साथ दिन आग्रह गर्नुभयो । पूर्वराजा ज्ञानेन्द्रले राजकीय शक्ति त्यागेको यतिबेलासम्म यस्तो सन्देश आएको थिएन । राजा ज्ञानेन्द्रको सो सन्देशपछि राजतन्त्रको वकालत गरिरहेको राजासहितका शक्तिहरु सडकमा उत्रिएका छन् । यसक्रममा गणतन्त्रवादी र राजावादीबीच आरोपप्रत्यारोप चलिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारकै कुशासनका कारण अहिलेको अवस्था आएको टिप्पणी गर्नुभएको छ । यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजाकै कारण देशमा गणतन्त्र आएको भन्दै अहिले राजसंस्था पुर्नस्थापित हुने महौल नभएको टिप्पणी गर्नुभएको छ । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्रलाई २०८४ सालको निर्वाचनमा भाग लिन चुनौती दिनुभएको छ ।
त्यसो त सडकमा उत्रिएका राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाई समूहलार्य एकताबद्ध बनाउने प्रयास भए पनि आन्दोलनको जस लिन उनीहरुबीच मैत्यकता देखिन्छ । प्रसाईले राजसंस्था फर्काउन पहिले आफुले जनतालाई आन्दोलित पारेको दावी गर्नुभएको छ । यसरी हेर्दा राजावादी शक्तिहरु तत्काल एकताबद्ध हुने अवस्था भने देखिदैन ।
फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न विमानस्थल पुगेका जनताको भीड देख्दा नेपालमा साँच्चै राजतन्त्र फर्किहाल्ने हो कि भन्ने देखिन्छ । तर प्रमुख दलका नेताहरुले यो भीड मात्र भएको भन्न सुचाएका छन् । सदनमा पनि यो बहस दिनानुदिन बढ्दो अवस्थामा
छ । सदनमा सत्तारुढ एमालेका सचिव गोकर्ण विष्ट, कांग्रेस महामन्त्री गगन थापा, एमाले मुख्य सचेतक महेश बर्तौलाले राजसंस्था अब नफर्किने दाबी गरे । सो बैठकमा राप्रपाकी नेतृ एवं सांसद रोसन कार्कीले फागुन १२ गते राजाको समर्थनमा निस्किएको भीड ट्रायल मात्र भएको दाबी
गरिन् । आगामी दिनमा राजाको पक्षमा यस्तो भीड बढ्दै जाने दाबी गर्दै कार्कीले भनिन् ‘एक जना मित्रले भुत देख्नुभएछ । लेनिनको भुत होकी माओवादीको भुत हो प्रश्न गर्न
चाहान्छु । अर्का मित्रले राजा जिल्ला जाँदा जिन्दावाद सुन्नु भएकै होला । अब तपाईहरु लुक्ने ठाउँ खोज्नु
होला ।’
यसरी हेर्दा राजतन्त्रवादी र गणतन्त्रवादीहरु आमने सामने हुने अवस्था निम्तिने अवस्था देखिदैछ । कतिपयले अब दलका नेता र पूर्वराजा ज्ञानेन्द्र एक ठाउँ बसेर सहमतिमा पुग्नुपर्ने सुझाव दिइरहेका छन् । यो सबैभन्दा उपयुक्त विकल्प हुन
सक्छ । तर गणतन्त्रवादीहरुले आफ्नो अहं छोडेको देखिदैन । यदि पूर्वराजा ज्ञानेन्द्र, देउवा, ओली र प्रचण्ड एक ठाउँमा आउने हो भने देशमा अद्वितीय मेलमिलाप हुने विज्ञहरुको विश्लेषण छ । पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर राजनीति गर्न गणतन्त्रवादीहरुले चुनौती दिइरहेका छन् । तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन राजसंस्था दलभन्दा माथि हुने भएकाले राजाले दल खोल्न आवश्यक नरहेको बताएका छन् ।
यसरी दलहरुबीच आरोप प्रत्यारोप चल्दै गए गणतन्त्रवादी र राजावादीबीच टकराव उत्पन्न हुने देखिन्छ । राजावादीहरुको सक्रियतापछि ‘जनतासँग माओवादी’ कार्यक्रम स्थगित गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरुको सक्रियता बढे माओवादी पनि प्रतिकारमा उत्रने चुनौती दिएका छन् । यसरी गर्दा कतै देश गणतन्त्रवादी र राजावादीबीच मुठभेदमा त पर्ने हैन यो समय क्रमले देखाउला ।
राजावादीको सक्रियतामा रास्वपा मौन किन ?
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतालाई लिएर देशका प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रले आआफ्नो तरिकाबाट अथ्र्याइरहेको समयमा भर्खरै उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको ठोस आधिकारिक धारणा सार्वजनिक भएको छैन । रास्वपा मौन देखिएका छ । दलहरुले कित्ता क्लियर गरिरहेको बेला लोकप्रियताकै नाराका कारण उदाएको कान्छो दल रास्वपा तत्काल कतै खुलेको छैन । आफुलाई वैकल्पिक शक्ति दाबी गर्ने रास्वपा पछिल्लो गतिविधिप्रति मौन देखिएपछि अनेक आशंका उब्जिएका छन् । सभापति रवि लामिछाने सहकारी ठगी गरेको आरोपमा कास्की, काठमाडौं, चितवन र रुपन्देही अदालतमा मुद्दा खेजिरहेका छन् । उहाँले पछिल्लो राजनीतिक घटनाक्रम बारे कुनै प्रतिक्रिया दिएका छैनन् । रास्वपाले पनि आधिकारिक रुपमा राजावादीको सक्रियताबारे कुनै प्रतिक्रिया जनाएको छैन ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले आफ्नो पार्टी वर्तमान व्यवस्था विरोधी नभएको स्पष्ट पार्दे भने ‘यसको एउटा पोलिटिकल प्रोसेस हुन्छ । पोलिटिकल म्याण्डेट हुन्छ । २०८४ निर्वाचनसम्मका लागि जुन दलले जसरी पाएको छ । त्यही मत अनुसार अगाडि बढ्ने हो । राजा ज्ञानेन्द्रले पनि विगतमा राज्य सञ्चालन गर्न पाएकै थिए ।’
झाले थपे– ‘कु गरेरै पुरै सिस्टम कन्ट्रोलमा लिनु भयो । खै त त्यति बेला केही पनि डेलिभर गर्नसक्नु भएन ।’













