काठमाडौँ , प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम अगामि चैत ७ गते हुने भएको छ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम चैत ७ गतेको बैठकमा हुने गरी निर्धारण गरेको जानकारी गराए।
सभामुख घिमिरेले यस पटकको प्रश्नोत्तरमा समूह ९ मा रहेका सांसदहरूले प्रश्न सोध्न पाउने बताए।
उनले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न चैत ३ गते आइतवार दिउँसो २ बजेभित्रमा प्रतिनिधिसभाका सचिवसमक्ष लिखित रूपमा दिन पनि आग्रह गरेका छन्।
आगामी चैत ७ गते संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने ःसभामुख
बाढीले क्षतविक्षत भएको विपी राजमार्ग स्थाई रुपमा बनाउन साढे ८ अर्ब लाग्ने
काठमाडौं , असोजको १२ गते आएको बाढीले क्षत विक्षत भएको बीपी राजमार्ग स्थायी रूपमा निर्माणका लागि साढे आठ अर्व लाग्ने अनुमान गरी ठेक्का आह्वान समेत भएको छ।
सडक विभागबाट खरिद गुरुयोजना स्वीकृत भएसँगै सडक डिभिजन कार्यालय भक्तपुरले आज ठेक्का आह्वान गरेको हो।
अर्थ मन्त्रालयले बीपी राजमार्ग पुनर्निर्माणका लागि गत फागुन ६ गते स्रोत सहमति दिएसँगै स्थायी निर्माणको प्रक्रिया अघि बढाउन बाटो खुलेको हो।
ठेक्का सम्झौतापछि बाढीले क्षति गरेको भकुन्डेबेंसीदेखि नेपाल थोकसम्मको करिब २८ किलो मिटर सडक खण्डको स्थायी रूपमा निर्माण गरिनेछ। जसमा सिन्धुलीतर्फ साढे २ किलोमिटर पर्नेछ भने बाँकी सबै काभ्रे खण्डमा पर्ने छ।
दुवै खण्डमा स्थायी सडक निर्माण गर्ने गरी अर्थ मन्त्रालयले स्रोत सहमति दिएको छ। गत असोजमा आएको बाढीले क्षति गरेको सडक निर्माणका लागि स्रोतको समस्या भएको थियो। स्रोत सुनिश्चित नहुँदा ठेक्का प्रक्रियाको काम अघि बढ्न सकेको थिएन।
समाजवादी मोर्चाले गणतत्त्रको पक्षमा प्रर्दशन गर्ने — प्रकाण्ड
काठमाण्डौं । समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाण्डुमा प्रदर्शन गर्ने भएको छ ।
हालै बसेको मोर्चाको बैठकले गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए । ।
उनले भने, ‘चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा, प्रतिगामी र प्रतिक्रान्तिकारीको विरोधमा प्रदर्शन गर्ने निर्णय भएको छ । ठूलो विरोधसभा आयोजना गरिनेछ ।’
गणतन्त्रविरुद्ध षड्यन्त्र हुन थालेकाले अन्य दलहरूसँग पनि यसबारे छलफल गर्ने निर्णय गरिएको उनले जनाए ।
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रदर्शन गरेपछि समाजवादी मोर्चा सक्रिय भएको छ ।
नेपाल बारमा दुई प्यानल
काठमाडौं । कानूनी व्यवसायीका छाता संगठन नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनमा सत्तापक्ष र प्रतिपक्ष समर्थक दुई प्यानल प्रतिस्पर्धा गर्ने भएका छन् । सत्तामा रहेका कांग्रेस–एमाले समर्थक कानून व्यवसायीले गठबन्धन बनाएपछि प्रतिपक्षी दल समर्थक कानून व्यवसायी पनि एकै मोर्चामा उभिएका छन्
गत विहिबार सत्तापक्षीय गठबन्धनबाट नेपाली कांगे्रस निकट डिएलएका विजयप्रसाद मिश्र अध्यक्ष र महासचिवमा एमाले निकट पिपिएलएका केदार कोइरालाले महासचिवमा उम्मेदवारी दर्ता गराएका छन् । मिश्र नेपाल बारका पूर्व महासचिव समेत छन् । यता प्रतिपक्षी गठबन्धनमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र राप्रपा सामेल छन् । यो प्यानलको अध्यक्ष पदमा माओवादी निकट रमण श्रेष्ठ उम्मेदवार बनेका छन् । उनको प्रस्तावकमा एमाले निकट वरिष्ठ अधिवक्ता शम्भु थापा छन् भने समर्थकमा वरिष्ठ अधिवक्ता सुशिल पन्त छन् । यसैगरी यो प्यानलबाट रास्वपा निकट यज्ञमणि न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । स्मरण रहोस् आगामी चैत्र २३ गते हुने निर्वाचनबाट नेपाल बारमा २५ सदस्यीय कार्यसमिति चयन हुनेछ ।
कांग्रेसमा सभापतिका दाबेदारहरु
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशन जति जति नजिक नजिक आउँदै छ, त्यति त्यति नेतृत्वको लागि दावा गर्ने नेताहरु थपिदै गइरहेका छन् । विधानतः अब शेरबहादुर देउवा सभापति बन्न नपाउने भएसँगै दाबेदारको ओइरो लागेको हो । सभापतिको उम्मेदवारको लाइनमा उपसभापतिदेखि प्रवक्तासम्म देखिएका छन् । उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, डा।शशांक कोइराला, डा।शेखर कोइराला, विमलेन्द्र नीधि, प्रकाशमान सिंदेखि प्रवक्ता डा। प्रकाशशरण महतले सभापतिमा दावी गरेका छन् ।
आफ्नो उपस्थिति बलियो बनाउन सभापतिका दाबेदारहरु देशदौडाह गरिरहेका छन् । वास्तवमा कांग्रेसको भावी नेतृत्वमा सभापति देउवालाई जसलाई सघाउँछन् उही कांग्रेसको भावी सभापति हुने पक्कापक्की जस्तै देखिन्छ । तर देउवाले अहिलेसम्म आफ्नो टिमको उम्मेदवार सार्वजनिक गरेका छैनन् तर देउवा निकट नेताहरु आफुलाई साथ दिन देउवालाई आग्रह गरिरहेको बताइन्छ ।
वास्तवमा कांग्रेसमा विमलेन्द्र नीधि, शशांक कोइराला र प्रकाशमान सिंह राजनीतिक विरासत बोकेका नेता हुन् । यदि देउवाले यी तीन नेतामध्ये एकलाई साथ दिने हो भने महाधिवेशनमा उही नेताको पल्लाभारी हुने देखिन्छ । तर वर्तमान उपसभापति पूर्णबहादुर खड्का पनि देउवालाई साथ दिन आग्रह गरिरहेको देउवा निकट एक सुत्र बताउँछ । देउवाले अन्तिममा खड्का वा प्रकाशमान मध्ये एउटालाई भावि सभापतिको लागि साथ दिने संकेत मिलेको ती नेता बताउछन् । त्यसो त देउवा आफ्नी पत्नी आरजु देउवालाई उपसभापति बनाउने गरी आफ्नो लवि निर्धारण गर्ने मनसायमा रहेको बताइन्छ । अहिले सभापति देउवाले पत्नी आरजु राणा देउवालाई परराष्ट्रमन्त्री बनाउनु उनलाई पार्टीमा स्थापित गर्र्नैका लागि भएको बुझिन्छ । तर कांग्रेस महाधिवेशन आगामी मंसिरमा हुन्छ वा अर्को एक वर्ष थपिन्छ त्यो अहिल्यै भन्न मिल्ने अवस्था छैन । अब एमाले अध्यक्ष केपी ओलीपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने भएकाले देउवा आफु प्रधानमन्त्री भएपछि मात्र कांग्रेस महाधिवेशन गर्ने रणनीतिमा रहेको बताइन्छ ।
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशन जति जति नजिक नजिक आउँदै छ, त्यति त्यति नेतृत्वको लागि दावा गर्ने नेताहरु थपिदै गइरहेका छन् । विधानतः अब शेरबहादुर देउवा सभापति बन्न नपाउने भएसँगै दाबेदारको ओइरो लागेको हो । सभापतिको उम्मेदवारको लाइनमा उपसभापतिदेखि प्रवक्तासम्म देखिएका छन् । उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, डा।शशांक कोइराला, डा।शेखर कोइराला, विमलेन्द्र नीधि, प्रकाशमान सिंदेखि प्रवक्ता डा। प्रकाशशरण महतले सभापतिमा दावी गरेका छन् ।
आफ्नो उपस्थिति बलियो बनाउन सभापतिका दाबेदारहरु देशदौडाह गरिरहेका छन् । वास्तवमा कांग्रेसको भावी नेतृत्वमा सभापति देउवालाई जसलाई सघाउँछन् उही कांग्रेसको भावी सभापति हुने पक्कापक्की जस्तै देखिन्छ । तर देउवाले अहिलेसम्म आफ्नो टिमको उम्मेदवार सार्वजनिक गरेका छैनन् तर देउवा निकट नेताहरु आफुलाई साथ दिन देउवालाई आग्रह गरिरहेको बताइन्छ ।
वास्तवमा कांग्रेसमा विमलेन्द्र नीधि, शशांक कोइराला र प्रकाशमान सिंह राजनीतिक विरासत बोकेका नेता हुन् । यदि देउवाले यी तीन नेतामध्ये एकलाई साथ दिने हो भने महाधिवेशनमा उही नेताको पल्लाभारी हुने देखिन्छ । तर वर्तमान उपसभापति पूर्णबहादुर खड्का पनि देउवालाई साथ दिन आग्रह गरिरहेको देउवा निकट एक सुत्र बताउँछ । देउवाले अन्तिममा खड्का वा प्रकाशमान मध्ये एउटालाई भावि सभापतिको लागि साथ दिने संकेत मिलेको ती नेता बताउछन् । त्यसो त देउवा आफ्नी पत्नी आरजु देउवालाई उपसभापति बनाउने गरी आफ्नो लवि निर्धारण गर्ने मनसायमा रहेको बताइन्छ । अहिले सभापति देउवाले पत्नी आरजु राणा देउवालाई परराष्ट्रमन्त्री बनाउनु उनलाई पार्टीमा स्थापित गर्र्नैका लागि भएको बुझिन्छ । तर कांग्रेस महाधिवेशन आगामी मंसिरमा हुन्छ वा अर्को एक वर्ष थपिन्छ त्यो अहिल्यै भन्न मिल्ने अवस्था छैन । अब एमाले अध्यक्ष केपी ओलीपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने भएकाले देउवा आफु प्रधानमन्त्री भएपछि मात्र कांग्रेस महाधिवेशन गर्ने रणनीतिमा रहेको बताइन्छ ।
सरकार अर्को विधेयकको तयारीमा
काठमाडौं । सरकारले दल विभाजन सम्बन्धी विधेयक ल्याउने तयारी गरेपछि नेकपाएकीकृत समाजवादीमा सन्त्रास उत्पन्न भएको छ । किनकी यो पार्टीमा असन्तुष्ट धेरै रहेकाले विधेयकमा दल त्याग सम्बन्धी व्यवस्था खुकुलो पार्ने हो भने नेकपा एस कुनै पनि बेला विभाजन हुने अवस्थामा देखिन्छ । एकीकृत समाजवादीभित्र केही समययता विवाद छ । विवाद चुलिदो अवस्था छ । दल विभाजनको आँकलन सोही पार्टी भित्र पनि छ । यस्तै अवस्था जनता समाजवादीजसपामा पनि छ । जसपामा पनि अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा चुनौती दिनै बढ्दै गएको देखिन्छ । बुझिए अनुसार सत्तारुढ घटक कांग्रेस एमाले दल विभाजन गरी प्रतिनिधि सभामा जस्तै राष्ट्रिय सभामा पनि स्पष्ट बहुमत राख्न नेकपा एस र जसपा विभाजन गर्न विधेयक ल्याउने तयारीमा लागेको बताइन्छ । तर सरकारले ल्याउन लागेको विधेयकको चौतर्फी विरोध हुन थालेपछि सरकार विधेयक ल्याउनबाट एक कदम हट्किएको देखिन्छ ।
शिक्षा ऐनजारी गर्न शिक्षक महासंघको दबाब
काठमाडौं । देशभरका शिक्षकहरुले शिक्षक महासंघको नेतृत्वमा विगतका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन छिटोभन्दा छिटो जारी गर्न दबाब दिएका छन् । उनीहरुले काठमाडौंको बानेश्वरबाट माइतीघर मण्डलासम्म प्रदर्शन गर्दै त्यस्तो दबाब दिएका हुन् । प्रदर्शनकारीहरुका नारा थिए ‘पूर्व सहमति कार्यान्वयन गर, विद्यालय शिक्षा ऐन जारी गर’ भन्ने थिए । आन्दोलनमा सहभागी शिक्षकहरुलाई विभिन्न समुहमा विभाजन गरिएको थियो ।
प्रदर्शनकारी शिक्षकहरुले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्वको लागि नयाँ ऐनमा कार्यरतहरुलाई विशेष प्राथमिकता सहित आन्तरिक परिक्षाको प्रबन्ध हुनुपर्ने, विद्यालय कर्मचारीको विषय हरेक विद्यालयमा कर्मचारीको दरबन्दी सृजना गरी कार्यरत कर्मचारीलाई प्राथमिकतामा राखी स्थायित्वको प्रक्रियामा लैजानुपर्ने, बालकक्षा शिक्षकको सवालमा विद्यालय शिक्षाको आधार रहेको प्रारम्भिक बाल शिक्षालाई संरचना बाहिर राख्न नहुने, अस्थायि अवधि गणना तथा निवृत्तिभरणबारे विश्व विद्यालयमा पेन्सन प्रायोजनका लागि सबै अस्थायी अवधि गणना हुने व्यवस्था भए अनुसार विद्यालय शिक्षामा पनि यो प्रबन्ध मिलाउनुपर्ने, बढुवा ग्रेड तथा तलब मिलान लगायतका माग राखी प्रदर्शनमा उत्रिएको अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए ।
राजतन्त्र अपरीहार्य छ
गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनतालाई लक्षित गरेर सन्देश दिएपछि देशमा राजतन्त्र बारे बहस सुरु भएको छ । राजावादीहरु आशावादी पनि भएका देखिन्छन्, के राजतन्त्रको पुर्नवहाली होला त ? तपाईको धारणा के छ, यस बारेमा ।
राजतन्त्रको पुर्नवहाली हुन्छ र हुनु पनि पर्दछ । बहुदल व्यवस्थामा जनताले धेरै दुःख पाए । सम्बन्धित दल र दल निकटका लागि मात्रै यो व्यवस्था राम्रो छ । अन्य स्वतन्त्र र आम सर्वसाधारणलाई दुःख छ । राजतन्त्रमा दल नहुँदा मुलुकमा एउटा राजा मात्रै हुन्थे । अहिले दलीय व्यवस्था आए पछि स्थानीय तह, प्रदेश तह र संघीय तह तिनै तहमा राजै राजा छन् । यी सबैलाई सेवा सुविधा दिँदा देशको आर्थिक अवस्था चिन्ताजनक भइसक्यो । देश टाटै पल्टिइसक्यो । नेपालको अवस्था अत्यन्त दयनीय भइसक्यो । त्यसैले यसको अन्त्यको लागि राजतन्त्र पुर्नवहाली हुन अति आवश्यक छ । जनता च्याउ उम्रिए सरी उम्रिएका दल र तीनका नेताबाट हुने काम कारवाहीबाट आजित भइसके । देशको अवस्था वर्वादी भएको छ । यसको सुधार गर्न राजाले मात्रे सक्ने
देखियो । राजतन्त्र अपरीहार्य भयो । बहुदल आएपछि, रातापिरा देखिने, महँगा ड्रेस पहिरिने, महँगा गाडी चढ्ने लगायतका हैसियतमा पुगे । विदेशी बैंकहरुमा पैसा थन्क्याउने पनि उनीहरु नै भए । भ्रष्टाचार नगरेको भए यो हैसियतमा उनीहरु कसरी पुगै ? जबकी सर्वसाधारणलाई भने दुःखै दुःख मात्रै छ । सबैको आर्थिक हैसियत समान हुनुपर्नेमा दलका नेता र कार्यकर्तालाई मात्र चैन भयो । त्यसैले राजनीतिक दलहरुप्रति जनता विश्वस्त छैनन् । राजतन्त्र कि गणतन्त्र कुन ठीक भनेर मतदान गर्ने हो भने राजन्त्रको पक्षमा सर्वाधिक भोट आउने अवस्था सृजना भइरहेको छ ।
राजतन्त्रको पुर्नवहाली भयो भने राजा झन् निरंकुश हुन्छन् भनिन्छ नि ?
त्यो, गणतान्त्रिक नेता भनाउँदाहरुको आरोप होला, तर त्यस्तो हुँदैन । राजा झन् सबैका मन मस्तिष्कमा अटाउने खालको चरित्रशील बन्ने छन् । त्यसैले अब सबै जनता मिलेर राजा ल्याउनुको विकल्प नै छैन ।
देशलाई कस्ता नेता चाहिएला त ?
देशलाई निस्वार्थी, इमान्दारी र बफादारी नेता चाहिन्छ । त्यस्ता नेता भएमा मुलुक समृद्धशाली बन्न समय धेरै लाग्दैन । अहिले इमान्दारी नेताको अभाव खड्की रहेको छ । देशमा राप्रपाका नेता बुद्धिमान तामाङ र म जस्ता लाखौं नेता आवश्यक छ । मैले पनि काठमाडौं महानगरपालिका वडा नं। २५ को वडाध्यक्ष हुँदा वडाका फटाहा व्यक्तिहरुलाई ठीकमा ल्याएको थिए । वडा भित्रका विकृति र विसंगतीलाई परास्त गर्न लागि परेकै बेला राजतन्त्र नै गयो । पुरा कार्यकाल काम गरेर देखाउन पाइन । मेरो कामप्रति तत्कालिन ज्ञानेन्द्र सरकार प्रभावित भएको थियो । राम्रो कामकै कारण मलाई मन्त्री बन्ने अफर समेत आएको थियो । सरकार नगएको भए सायद म त्यतिबेला मन्त्री नै बन्ने थिए होला । तर अब फेरी पालो आउला जस्तो छ ।
राजतन्त्र फर्किने आधार के–के छन् ?
मुख्य आधार भनेको व्यवस्था र दलप्रति जनता खुशी नहुनु हो । व्यवस्था परिवर्तन गर्न जनताको ठूलो भूमिका रहन्छ । आम जनता वर्तमान सरकारदेखि निराशावादी बन्दै गएका छन् । दोस्रो आधार भनेको देशमा भ्रष्टाचारीको जमान बढ्दै जानु, राजनीतिक दलहरुले आफ्नै समर्थकहरुलाई मात्र हेरचाह गर्नु र सर्वसाधारणको वेवास्ता गर्नु लगायतका कारणले दलहरु अलोकप्रिय बन्दै जानु हो
अहिले वर्तमान सरकार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनेतर्फ लागेका छन् । यसमा तपाईको धारणा के छ ?
कुलमान घिसिङलाई हटाउन मिल्दैन । कुलमान घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक भएयता लोड सेडिङ शुन्य छ । प्राधिकरणलाई करोडौ रुपैया आम्दानी गराएका छन् । उनी जस्ता व्यक्ति विरलै पाइएला ।
अहिले राप्रपाले गरीरहेको सडक आन्दोलन केका लागि ?
हुन त राजतन्त्र पुर्नवहालीका लागि होला तर राप्रपा पनि दलभित्रकै हुँदा निस्वार्थ रुपमा जनताका काम होलान् भनेर विश्वास गर्ने ठाउँ देखिदैन । जस्तो अहिले भइरहेको दलहरुले पनि निस्वार्थ रुपमा काम गरीरहेका छैनन् । निस्वार्थ रुपमा काम हुन विशुद्ध रुपमा एकतन्त्र मात्र चाहिन्छ । कुनै दलको झण्डा होइन, नेपालको झण्डामुनी बस्नु पर्दछ । पार्टीको झण्डा बोक्ने भनेको अवसरवादीले मात्र हो । यस अर्थमा दलहरु सबै अवसरवादी नै हुन् । चाहे कांग्रेस होस्, एमाले होस् या माओवादी केन्द्र लगायत अन्य साना दल नै किन नहुन् सबै अवसरवादी हुन् । दलको झण्डा बोकेर हिड्ने चाहे जो सुकै हुन् सबै अवसरवादी हुन् ।









