Page 11

सटरमा ताला लगाउदै महाानगर

 

काठमाडौ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्लायले भाडामा लगाएका सटरमा धमाधम ताला लगाउन थालेको छ। महानगरपालिकाको शिक्षा विभागले आइतबार ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको छ।
महानगरले रामशाहपथमा रहेको पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा सटर, बागबजारमा रहेको सहिद शुक्र माविले भाडामा दिएका २२ वटा सटर, विजय स्मारक मावि डिल्लीबजारले भाडामा लगाएका ८ वटा सटर र पदमकन्या मावि डिल्लीबजारले भाडामा लगाएका १४ वटा सटरमा ताला लगाइएको हो।
शैक्षिक क्रियाकलापका लागि उपयोग हुनु पर्ने ठाउँ भाडामा लगाएर आय गरेका सटरहरुमा ताला लगाएर ताला प्रधानाध्यापकहरुलाई बुझाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए। यसरी ताला लगाइएका सटरमा पुनः व्यवसाय चलाउन पाइँदैन। व्यवसायीलाई आफ्ना सामान लैजान ७ दिनको समय दिइएको छ।
‘महानगरपालिका भित्रका ३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको देखिएको छ। यी सबै सटर र टहरा शैक्षिक क्रियाकलापका लागि प्रयोगमा ल्याइनेछन्,’ दाहालले भने ।

राष्ट्रिय बाणिज्यबैंक र क्लियरिङ हाउसबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच क्रस बोर्डर कारोबार गर्न सम्बन्धी सम्झौता भएको छ ।
बैंकका ग्राहकहरु तथा भारतीय ग्राहकहरुले एक देशबाट अर्को देशमा मोबाईल बैंकिङ तथा क्युआर कोडको माध्यमबाट कारोबार गर्न सक्नेगरि डिजिटल प्रविधीको व्यवस्था मिलाउन दुई संस्थाहरुबीच सम्झौता भएको छ ।
बैंकका अनुसार सम्झौता पछि नेपाल भित्र भारतबाट रकम प्राप्त गर्न सहज हुने भएको छ । यस्तो कारोबार नेपाल राष्ट्र बैंकले तोकेको सिमा र परिधिभित्र रहेर गर्न सकिने छ । एनसिएचएलको माध्यमबाट यस्ता कारोबारहरु हुनेछन् ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडएनसिएचएलका बीच यस्तो सम्झौता भएको हो । सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।

फसेका१३ खच्चडमध्ये २ वटाको ढुंगामा बजारिएर मृत्यू

 

काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये ११ वटाको सकुशल उद्धार गरिएको छ । सो पुलमा फसेका २ ओटाको भने मृत्यु भएको छ । आइतबार बिहान पुलको लठ्ठा चुँडिएर खच्चडहरू पुलमै फसेका थिए। पुलमा फसेको केही घन्टापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली पुगेर उद्धार गरेको हो।
दैलेख र अछाम जोड्ने पुलको तारजाली कमजोर भएका कारण चामल बोकेर फर्किएका खच्चडहरू पुलमा फसेका हुन।
दैलेख प्रहरी नायब उपरिक्षक डीएसपीसुनिल दाहालले , सबै खच्चडको उद्धार सकिएको जानकारी दिदैँ फसेकामध्ये १० वटालाई खोलामा खसालेर उद्धार गरेको रबाँकी दुईवटा नदिमा खसाउँदा ढुंगामा बजारिएपछि मृत्यु भएको डीएसपी दाहालको भनाइ छ ।

 

प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको प्रतिनिधिमण्डल नयाँ दिल्ली पुगेको छ । प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका अधिकारीले स्वागत गरे ।
प्रधानमन्त्री दाहालका साथमा स्वकीय सचिव गंगा दाहाल, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी छन् । प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ ।

गण्डकीका मुख्यमन्त्री पाण्डेले जेठ २८ गते विश्वासको मत लिने

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी जेठ २८ गते विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री पाण्डेले शुक्रबार प्रदेश संसदीय दलको कार्यालयमा सोमबार विश्वासको मत लिने सम्बन्धि पत्र दर्ता गराएका हुन् ।
गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
पाण्डे नेपालको संवधाको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले विश्वासको मत नपाएको खण्डमा गण्डकीमा पनि उपधारा ५ बमोजिमको सरकार गठन हुनेछ ।

गण्डकीमा विश्वासको मतका लागि ३१ सांसदहरुको समर्थन आवश्यक छ । तर, कांग्रेससँग २७ सिटमात्रै छ । कांग्रेसलाई २ सिट रहेको राप्रपा र स्वतन्त्रको एक मत प्राप्त भएपनि बहुमत पुग्ने देखिदैन । गण्डकीमा एमालेको सभामुखसहित २२ र माओवादी केन्द्रको ८ सांसद रहेका छन् ।

नेपालीभान्सामा जेठो बुढोचामलकोेमाग बढे सँगै सोही धानको बीउ पनि उत्पादन शुरु गरिंदै

पर्वत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ पर्वतले जिल्लाका पाँच स्थानमा जेठोबुढो धानको बीउ उत्पादन सुरु गरेको छ । एकाइले धान उत्पादनको पकेट क्षेत्रका रुपमा रहेका कुश्मा नगरपालिका–१ पाङ, वडा नं २ खुर्कोट, वडा नं ११ पकुवा, फलेवास नगरपालिका–६ देवीस्थान र बिहादी गाउँपालिका–२ बर्राचौरमा जेठोबुढो जातको उन्नत बीउ उत्पादन गर्न सुरु गरेको हो ।

पछिल्लो समय नेपाली भान्छामा जेठोबुढो चामलको माग अत्यधिक बढ्दै गएको छ । स्वदेशमा मात्र नभइ विदेशमा रहेका नेपाली रेष्टुरेन्टमा पनि जेठोबुढो चामलको माग बढी हुन थालेकाले बीउ उत्पादन गर्न थालिएको परियोजना बागलुङका प्रमुख नारायण पौडेलले बताए । उनका अनुसार स्वादिलो, बास्नादार र गुणस्तरको हिसाबले पनि उपयुक्त भएकाले पर्वतमा यसको विस्तारसँगै बीउ उत्पादन गर्न थालिएको हो ।

विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा धानखेती हुँदै आए पनि यस वर्ष बीउ उत्पादन गर्न थालिएको परियोजना प्रमुख पौडेलले बताए । कार्यालयले खेतमा धानको बीउ उमार्ने, रोप्ने, गोडमेल गर्ने, उत्पादित बीउ छनौट तथा भण्डारणसम्मका काममा प्राविधिक सहयोग गर्ने उनले जानकारी दिए । बीउ उत्पादनका लागि यस वर्ष परियोजनाले पाँच सय ८० किलो मूल बीउ वितरण गरेको छ । अहिले उमार्न थालिएको मूल बीउबाट जिल्लाको सात सय हेक्टर क्षेत्रफलमा धानखेती गरिने परियोजना प्रमुख पौडेलले जानकारी दिए। यस वर्ष उत्पादित बीउबाट आगामी वर्ष जिल्लाका साथै अन्य जिल्लामा पनि बिक्री गर्ने उद्देश्यले उत्पादन थालिएको उनले बताए ।

जेठोबुढो धानको विस्तारका लागि चालु आर्थिक वर्षमा १० लाख रूपैयाँ विनियोजन भएको कार्यालयले जनाएको छ । जुनसुकै हावापानीमा पनि सहज रुपमा उत्पादन गर्न सकिने भएकाले जिल्लाका ६१ वटै वडामा जेठोबुढो धानखेती गर्न सकिने कार्यालयले जनाएको छ । खानका लागि चामल मात्र नभइ बीउ नै उत्पादन गर्न सकेमा कृषकको आम्दानीसमेत बढ्ने बिहादी–२ बर्राचौरका कृषक रामप्रसाद पराजुलीले बताए । यस वर्षदेखि प्राविधिकको निगरानीमा वैज्ञानिक र आधुनिक पद्धतिबाट उत्पादन गरिने उक्त बीउले वैधानिकता पाउनेमा कृषक विश्वस्त छन् ।

कृषक गोविन्द पराजुलीले उत्पादित बीउ सहजरुपमा बिक्री वितरणको व्यवस्था परियोजनाले मिलाइदिनुपर्ने बताए । उनले कृषकलाई प्रोत्साहन गर्न उत्पादित धानका साथै बीउको बिक्रीमा बजारीकरणमा सहजीकरण गरिदिन उनले आग्रह गरे । परियोजनाले बीउका साथै आवश्यक प्राविधिक सहयोग गर्ने भएपछि बाँझै रहेको जग्गामा कतिपय कृषकले खनजोत गरेर धानखेती गर्न थालेको पराजुलीले बताए ।

केपीशर्मा ओली द्धारा कार्यकतालाई आग्रह

काठमाडौँ । नेकपाएमाले का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रुपमा विकसित गर्न काठमाडौँका अगुवा र कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
एमालेको काठमाडौँ जिल्लाको सातौँ अधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले मुलुकका राजनीतिक स्थायित्वसहित विकास र समृद्धिका लागि पार्टीलाई अग्रस्थानमा पुर्याउनुपर्ने बताए । अध्यक्ष ओलीले काठमाडौँको पार्टी सङ्गठन विभिन्न अवरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको र सङ्कटका घडीमा कार्यकर्ताले पार्टीलाई जोगाएर सुदृढ पार्टीका रुपमा कायम राखेको स्मरण गरे ।

‘यद्यपि गत निर्वाचनमा हामीले बहुमत ल्याउन सकेनौँ । पार्टीभित्र कतिपय आन्तरिक समस्या र प्रतिनिक्रियावादीका अनेक झुठ र षड्यन्त्रका कारणले बहुमत ल्याउन सकिएन । अबका दिनमा त्यस्ता झुठ र षड्यन्त्रलाई हामीले पराजित गर्न सक्नुपर्छ ।’
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जिल्लाको पार्टी कामको वस्तुनिष्ठ समीक्षा गर्न प्रतिनिधिलाई आग्रह गर्दै आगामी दिनमा जनमत हासिलमा श्रेष्ठ हुने गरी काम गर्नुपर्ने खाँचो औल्याए । उनले हाल पार्टीभित्र नीति र नेतृत्वमा विवाद नभएकाले सकेसम्म सहमतिका आधार र नभएमा स्वच्छ प्रतिस्पर्धाका आधारमा अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले काठमाडौँका जनताले एमालेलाई अग्रस्थानमा पुर्याउनु पर्नेमा जोड दिए । एमाले काठमाडौँ इञ्चार्ज आनन्द पोखरेल र बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले अधिवेशनले पार्टीलाई आगामी निर्वाचनमा श्रेष्ठ हुन सक्ने गरी काम गर्न आग्रह गरे ।

कार्यक्रममा सो जिल्ला कमिटीका यसअघि अध्यक्ष वा सचिव भई नेतृत्व गरेका नेताहरु युवराज कार्की, सुरेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, रामेश्वर फुयाँल, सानुकुमार श्रेष्ठ, निर्मल कुइँकेल, कृष्ण राईलाई सम्मान गरिएको थियो ।

एएकिकृत समाजवादी ( नेकपाएस् ) ले तत्काल एमाले सँग एकता नगर्ने

काठमाडौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तत्काल एमालेसँग एकतानगर्ने बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेकपा एकीकृत समाजवादीकोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताए ।
उनले एमालेसँग एकताका लागि एमालेले पनि चाहना देखाउन आवश्यक रहेको बताए । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीप्रति सकारात्मक हुन आग्रह गरे । उनले आफ्नो पार्टीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहेको बताए । उनले समाजवादी मोर्चाको पुनःगठन गरेर अघि बढ्ने सोच आफूहरुको रहेको र सोहीअनुसार अघि बढिरहेको बताए ।

 

पुष्पा २ ले नया सफलताकेँबाटो लिन सक्ने दर्शकहरुको अनुमान

काठमाडौं । साउथका सुपरस्टार अल्लू अर्जुनको फिल्म ‘पुष्पा’ सन् २०२१ मा रिलिज भएर कमाईको सारा रेकर्ड तोड्यो । यो फिल्मका दर्शकहरु यसको सिक्वेलको व्यग्र प्रतिक्षामा छन् ।
अल्लू, रश्मिका मन्दाना र फहाद फाजिल स्टारर फिल्मको सिक्वेल ‘पुष्पा २’ यसै वर्षको अगष्ट १५ मा रिलिज हुँदैछ । यही मितिमा अभिनेता जोन अब्राहमको फिल्म ‘वेदा’ पनि रिलिज हुँदैछ ।

बलिउडका व्यापार विश्लेषक तरण आदर्शले ट्वीटरमार्फत अगष्ट १५ का दिन अल्लूको ‘पुष्पा २’ र जोनको ‘वेदा’ रिलिज हुने जानकारी दिएका छन् । ‘जोन अब्राहम, निखिल आडवाणी र जी स्टुडियोको फिल्म ‘वेदा’ अगष्ट १५ को स्वतन्त्रता दिवसको दिन ठूलो पर्दामा रिलज हुनेछ । ‘बाटला हाउस’ र ‘सत्यमेव ज्यते’ पछि जोन अब्राहम र निखिल आडवाणीको यो तेस्रो फिल्म हो । जुन फिल्म स्वतन्त्रता दिवसको अवसर पारेर रिलिज हुँदैछ’, तरणले ट्वीट गरेका छन् । यो फिल्ममा शर्वरी, अभिषेक बेनर्जी र तमन्ना भाटियाको पनि अभिनय छ ।

स्वतन्त्रता दिवसकै दिन रिलिज हुने ‘पुष्पा २’ सँग ‘वेदा’को भिडन्त कस्तो होला भनेर दर्शकहरु उत्साहित छन् । अधिकांशले ‘पुष्पा’को सफलतापछि ‘पुष्पा २’ले नयाँ सफलताको बाटो कोर्ने अनुमान लगाएका छन् ।

नारायणघाट–बुटवल सडकको चिन्ताजनक अवस्थालेपर्यटक घटे ः लम्बिनी विकास कोष

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक नारायणघाट–बुटवल सडकको दूरावस्थाका कारण घट्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ ।
विसं २०७६ अघि लुम्बिनी क्षेत्रमा आउने आन्तरिक पर्यटक कम्ती भएको वर्ष पनि वार्षिक १० लाख हुन्थे । कोभिडपछि दुई वर्ष पर्यटक लुम्बिनी क्षेत्रमा जान सकेनन् । कोभीड क कम भएपछि अरु सबै क्षेत्र पूर्ववत् फर्किए पनि लुम्बिनी क्षेत्रमा भने नारायणघाट–बुटवल सडकको दूरावस्थाका कारण वार्षिक छ लाख पर्यटकमात्र पुग्ने गरेको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । आफू संसदीय समितिको बैठकमा भाग लिन कार्यालयकै गाडीमा काठमाडौँ आउँदा पनि १३ घण्टा समय लागेको उल्लेख गर्नुहुँदै उहाँलेधार्मिक पर्यटक वृद्धि गर्न ती ठाउँमा जाने सडक पनि सुधार गरिनुपर्नेमा जोड दिनुभयो ।
लुम्बिनी क्षेत्रमा पूर्वाधार निर्माण गरे पनि नारायणघाट–बुटवल सडकका कारण पर्यटकले सास्ती खेप्नुपरेको गुनासो कोषका पदाधिकारी र कर्मचारीले सुन्नुपरेको सदस्य सचिव शाक्यको भनाइ छ ।

सुदामा ताजा समाचार

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले...

राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी, काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा...

दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई...

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन...

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच सहमति

काठमाडौं । यतिबेला चर्चामा रहेकोसंक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन दलहरु सहमत भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग...

बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका...