मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउने चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका छन् ।

सरकारले महानगरपालिकाको गाडी रोकेको भन्दै भोलिदेखि कुनै पनि गाडी रोके सिंहदरबारमा नै आगो लगाइदिने चेतावनी दिएका हुन् ।

सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार १’

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले आफैँ समाप्त भएर जाने टिप्पणी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले आफैँ समाप्त भएर जाने टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपालले नेकपा एसलाई समाप्त पार्ने घोषणा गरिरहेको एमाले आफैँ सोत्तर भइरहेको र हावा खाइरहेको जिकिर गरेका हुन् ।

पार्टीको चाँगुनारायण नगर कमिटीले शनिवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले भने हरेक असम्भव कुरालाई सम्भव बनाउँदै अघि बढिरहेको दाबी गरे  ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले अन्य पार्टीहरूलाई समेत साथमा लिएर समाजवादको झण्डालाई बुलन्द गर्ने काम गरिरहेको बताए । उनले पार्टीलाई सशक्त बनाउन आफूहरूले सङ्गठन निर्माणको कामलाई तीव्रता दिएको समेत बताए ।

‘कसै कसैले हाम्रो पार्टीलाई समाप्त पारिदिने भनेर घोषणा गरिरहेका छन् । समाप्त पार्ने होइन ती व्यक्तिहरू जसले त्यसो भनिरहेका छन्, यो पार्टीको कुनै अर्थ छैन भनेर । उनीहरू आफैँ सोत्तर भइरहेका छन्’ अध्यक्ष नेपालले भने, ‘हावा खाइरहेका छन् । तपाईँहरू देखिरहनुभएको छ—सिङै देशमा हाम्रो पार्टी आफ्नै गतिविधिका साथ अगाडि बढिरहेको छ । सङ्गठन निर्माणको अभियानमा जुटेको छ ।’

सुदामा ताजा समाचार

नेपाल प्रहरीमासम्पर्कविहीन प्रहरीहरुलाई ७ दिन भित्र हाजिर हुन निर्देशन

काठमाडौं । नेपाल प्रहरीका दुई सहायक हवलदार र जवानसहित ३० जना प्रहरी दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले असोजदेखि आफूखुशी...

एमाले केन्द्रीय कमिटिको बैठक यहि पौस २१ र २२ गते बस्ने

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक यही पुस २१ र २२ का लागि बोलाएको छ । बैठकले केन्द्रीय कमिटीका चारवटा एजेण्डा पनि तय गरेको...

सञ्चारक्षेत्रको विश्वसनीयता कमजोर भए राज्य कमजोर हुन्छ ः वरिष्ठ उपाध्यक्षईश्वर पोखरेल काठमाडौं । नेपाल पत्रकार महासंघले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई ज्ञापन पत्र प्रदान गरेको छ...

आफ्ना सन्ततीलाई सम्पत्ती होइन, शिक्षा दिऔं

। हाम्रो समाजमा छोराछोरीको उज्ज्वल भविष्यका लागि खाई नखाई सम्पत्ती थोपरी दिने चलन छ । आफ्नो शेषपछि छोराछोरीले दुःख पाउलान् भनेर छोरीलाई विवाहमा दाइजो दिने...

डा. विन्दुनाथ लोहनी नेपाल विश्व विद्यालयको कुलपति नियुक्त

काठमाडौं । नेपाल विश्वविद्यालयको कुलपतिमा डा। विन्दुनाथ लोहनी नियुक्त हुनुभएको छ । उहाँको अनुभव र शिक्षाले नेपाल विश्वविद्यालयलाई उचाइमा पुर्याउने अपेक्षाका साथ कुलपतिमा नियुक्त...