सेवा प्रवाहमा सहजताका लागि अध्यादेशबाट कानुनः ः देउवा

कांग्रेसका सभापति शेरबहादुर देउवाले सुशासनको सुनिश्चितता र सेवा प्रवाहमा सहजताका लागि सरकारले अध्यादेशमार्फत् कानून ल्याएको बताएका छन् । व्यावसायिक वातावरण प्रवर्द्धन गर्न, लगानीको अनुकूल वातावरण बनाउन अध्यादेशबाट केही कानून ल्याइएको उनले बताए । अध्यादेशले देशको आर्थिक अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको उनको भनाइ छ ।
प्रतिनिधिसभाको हिउदे अधिवेशनको पहिलो बैठकलाई आज सम्बोधन गर्दै उनले ुकानूनले देशमा सुशासन कायम गर्ने, भूमिहीन सुकुम्बासी एवम् अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने, सहकारीको क्षेत्रमा देखा परेको समस्या समाधान गर्नेछ । यी कानुनहरुले आर्थिक क्षेत्रमा क्रियाशील निजी क्षेत्र उत्साहित र सकारात्मक भएको मैले पाएको छु सभापति देउवाले भने, ुती अध्यादेशहरू सदनबाट स्वीकृत हुने छन् र पछि पेस हुने प्रतिस्थापन विधेयकमा आवश्यक भए थप परिमार्जन गरी पारित गर्न म आग्रह गर्दछु ।ु
संसदमा कानुन निर्माणको विषयले राम्रो गति लिन नसकेको गुनासो सुनिने गरेको उल्लेख गर्दै उनले संविधानको कार्यान्वयनसँग र नागरिकको प्रत्यक्ष सरोकारका विधेयक चाँडो पारित गरेर कार्यान्वयनमा ल्याइनुपर्ने छ ।
ुसंसद्मा विचाराधिन विधेयकहरु द्रुत गतिमा निर्माण हुनु जरुरी छु, सभापति देउवाले भने, ुसबै विधेयक यो अधिवेशनबाट पारित हुने मैले विश्वास लिएको छु ।ु हिउँदे अधिवेशन कानुन निर्माण गर्ने अधिवेशनका रुपमा लिइने भएकाले विचाराधिन विधेयक र नयाँ विधेयकमाथिको संसदीय प्रक्रियामा शीघ्रता दिइनुपर्ने उनको भनाइ थियो ।
सभापति देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै दलको सहमतिमा संविधान संशोधन हुने बताएका छन् । उनले संविधानका राम्रा र नराम्रा पक्षको समीक्षासहित संशोधनको प्रक्रिया पनि प्राथमिकताका साथ अघि बढाइने बताए । त्यस्तै, वर्तमान सरकार गठन भएको साढे छ महिना पूरा भएको स्मरण गर्दै सभापति देउवाले कांग्रेस र एमालेबिच भएको सात बुँदे सहमति कार्यान्वयनमा जोड दिए।

 

बीमा प्रीमियम तिर्दा १०० क्याशब्याक जित्ने अवसर

ललितपुर । फोनपे बिल्सले ग्राहकहरूलाई आफ्नो मोबाइल बैंकिंग एप मार्फत बीमा प्रीमियम सहज रूपमा तिर्न प्रोत्साहित गर्न र १०० क्याशब्याक जित्ने अवसर प्रदान गर्न एक रोमाञ्चक अभियान सुरु गरेको छ। यस अभियान अन्तर्गत तीन जना भाग्यशाली विजेताले आफ्नो बीमा प्रीमियम तिर्दा १०० क्याशब्याक रु. १५,००० सम्म प्राप्त गर्ने छन्।
यो अभियान माघ ३० फेब्रुअरी १२, २०२५ सम्म चल्नेछ, जसले ग्राहकहरूलाई बीमा प्रीमियम तिर्ने सहज र पुरस्कृत तरिका प्रदान गर्दछ।
कृषि विकास बैंकसहभागी हुनको लागि, ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप मार्फत फोनपे बिल्सको माध्यमले बीमा प्रीमियम तिर्नु पर्छ। सफल भुक्तानी पछि, उनीहरू स्वतः लकी ड्रा को लागि योग्य हुनेछन् र १०० क्याशब्याक पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन्।
सहभागीता कसरी गर्ने ?
१। आफ्नो मोबाइल बैंकिङ एप खोल्नुहोस्
२। “फोनपे बिल्स” वा “अनलाइन भुक्तानी” सेक्सनमा जानुहोस्
३। उपलब्ध भुक्तानी श्रेणीहरूमध्ये “बीमा” विकल्प छान्नुहोस्
४। आफ्नो पोलिसी नम्बर, जन्म मिति, भुक्तानी रकम भर्नुहोस् र सबै विवरणहरू सही छन् गरी जाँच गर्नुहोस्
५। भुक्तानी पुष्टि गर्नुहोस्
भुक्तानी सफल भएपछि, तपाईं १०० क्याशब्याक जित्ने लकी ड्रा को लागि योग्य हुनुहुनेछ
यो अभियान फोनपे बिल्सको सहजता अनुभव गर्ने साथै भुक्तानी गरेर पुरस्कार प्राप्त गर्ने एक उत्कृष्ट अवसर हो।
फोनपे बिल्स फोनपेको एक सेवा हो जसको माध्यमले ग्राहकहरूले बिजुली, पानी, टिभी, इन्टरनेट, ईएमआई, सरकारी राजश्व, शिक्षा, एयरलाइन्स, र अन्य सेवाहरूको बिल आफ्नो मोबाइल बैंकिङ एपबाट केही क्लिकमा तिर्न सक्छन्।

 

महानगर यातायातमा सन्तोष खतिवडा सर्वसम्मत अध्यक्ष चयन

काठमाडौँ । महानगर यातायात प्रा. लि. को तेस्रो अधिवेशनले सन्तोष खतिवडालाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ। तेस्रो अधिबेशन तथा नौँ साधारणसभाबाट खतिवडाको नेतृत्वमा निवर्तमान अध्यक्ष मधुसुदन उपाध्याय अधिकारी, व्यवसायी अच्युतप्रसाद अधिकारी, धर्मराज रिमाल, हरिप्रसाद रिमाल, केसव नेपाल र मीरा शर्मा सञ्चालक सदस्यमा चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष खतिवडाले महानगर यातायातलाई चिरपरिचित ब्रान्ड बनाउन अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीलाई अझ मजबुत बनाउने बताएका छन्। साथै, उनले महानगर यातायात प्रा. लि. लाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने महत्वपूर्ण निर्णयसहित आफूलाई नेतृत्वको जिम्मेवारी सुम्पिएकोमा धन्यवाद व्यक्त गरे।

शिक्षामन्त्री भट्टराईको घोषणा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्न नसके पदबाट राजीनामा दिने घोषणा गरेकी छिन् । सत्तारुढ नेकपा एमालेको भ्रातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम प्रदेश परिषद बैठकमा बोल्दै शिक्षामन्त्री भट्टराईले उक्त घोषणा गरेकी हुन् ।
शिक्षामन्त्री भट्टराईले भनिन्, ‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु । विधेयक ल्याउने भनेर बसेको हो । सक्दिनँ भन्ने लाग्यो भने बस्दिनँ ।’
राजनीतिमा आउँदा आफूले स्थायी प्राध्यापक र जीवन साथी गुमाएको भन्दै उनले अहिले प्राप्त पद गुमाउन पनि आफू तयार रहेको बताइन् । प्रारम्भिक बाल विकास केन्द्र इसिडी देखि विश्व विद्यालयसम्म समस्या नै समस्या रहेको भन्दै उनले आफू पनि शिक्षा क्षेत्रमा रहेको समस्याको शिकार बनेको बताइन् । शिक्षा क्षेत्रको समस्या समाधान गर्न आफूले प्रयास गरिरहेको भन्दै शिक्षामन्त्री भट्टराईले समुदायको हितमा काम गर्न नसक्दा पद छोड्न तयार भएर बसेको बताइन्।

राष्ट्रपति पौडेलद्वारा सोनाम ल्होछारका अवसरमा शुभकामना व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होछारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
तामाङ समुदायको पर्व सोनाम ल्होछारका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।
‘सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु’, राष्ट्रपति पौडेलले भनेका छन् ।
सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षका रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ ।
यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नाका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।

प्रस चौतारी नेपालद्वारा विष्णु घिमिरे “ कल्पितलाइ ” क्रियाशील पत्रकारिता पुरस्कार प्रदान

काठमाडौं । प्रेस चौतारी नेपालको ललितपुर शाखाले पत्रकार विष्णु घिमिरे ‘कल्पित’लाई क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
बिहीबार प्रेस चौतारी नेपाल ललितपुर शाखाको छैटौं जिल्ला अधिवेशनका क्रममा घिमिरेलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पूर्वमन्त्री एवम नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवाली र प्रेस चौतारीका ललितपुर अध्यक्ष बाल मुकुन्द आचार्यलगायतले संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरेका हुन् ।
तीन दशकदेखि टेलिभिजन क्यामेरा पर्सन तथा संवाददाताको रुपमा सक्रिय घिमिरेले नेपाल वान टेलिभिजनबाट सञ्चार यात्रा शुरु गरेका थिए ।
२५ भन्दा बढी देशका साथै विश्वका चर्चित टेलिभिजनहरुमा काम गरेर अनुभव बटुलेका उनले बीबीसी, सिएनएन, जर्मन टिभी, अल जजिरा, च्यानल न्यूजलगायतमा स्वतन्त्र पत्रकारका रुपमा काम गरिसकेका छन् ।

सरकारी कर्मचारीले स्वासथ्य बिमा अनिबार्य गर्नुपर्ने

काठमाडौँ , स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सुधारसम्बन्धी फेरि अर्को कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छन्।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमाका सुधार गर्नुपर्ने विषय समेटेर यथाशीघ्र पेश गर्न निर्देशन दिएपछि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सुधारको कार्ययोजना बनाई तीन दिनभित्र पेश गर्न भन्दै मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा अर्को कार्यदल बनाएका थिए।
यसअघिको स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लिखित विषयका आधारमा मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले भनेका थिए। उक्त समितिले तयार पारेको कार्ययोजना सहितको प्रतिवेदन प्राप्त भएपछि मन्त्री पौडेलले मंगलबार प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाइसकेका छन
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको उच्च तहमा रहेर लामो समय काम गरेका डा. शम्भु आचार्यको संयोजकत्वमा बनाएको सुझाव कार्यदलको प्रतिवेदन बुझेको केही सातापछि उनले अतिरिक्त स्वास्थ्य सचिव डा सिंहको संयोजकत्वमा अर्को कार्यदल बनाएका थिए।
कार्यदलका सदस्यहरूमा मन्त्रालयको गुणस्तर मापन तथा नियन्त्रण महाशाखा प्रमुख डा। सरोज शर्मा, डा. अनुप बास्तोला, कानुन उपसचिव गोपीकृष्ण रेग्मी रहेका छन्। उपसचिव शालिकराम दाहाललाई सदस्यसचिव तोकिएको थियो।

मन्त्री पौडेलले गत आइतबार यसअघिका कार्यदलका संयोजक डा। आचार्य नेतृत्वको कार्यदलको टोली लिएर प्रधानमन्त्री केपी ओलीलाई भेट्न पुगेका थिए । सो क्रममा कार्यदलको सुझाव समेत प्रस्तुत गरिएको थियो। प्रधानमन्त्रीले कार्यदलले दिएको सुझावअनुसारको सुधार कार्ययोजना यथाशीघ्र ल्याउन भनेपछि स्वास्थ्यमन्त्री पौडेलले कार्ययोजना बनाउन अर्को कार्यदल बनाएका थिए। सोही कार्यदलको योजना बुधबार प्रधानमन्त्री ओलीसमक्ष स्वास्थ्यमन्त्री पौडेलले बुझाएका हुन्।
कार्ययोजना बनाउन गठित कार्यदललाई सुझाव प्रतिवेदनलाई टेकेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा लागू गर्न सकिने विषय के के हुनसक्छन् त्यसको विस्तृत विवरण तयार पार्न भनिए बमोजिम सुझाव सहितको कार्ययोजना पेश गरिएको मन्त्रालयका अतिरिक्त सचिव डा। सिंह संयोजक भएर गठन गरिएको उक्त कार्यदलका एक सदस्यले बताए। उनले भने‚ ‘यसअघि पनि कार्यदल गठन गरेर बिमा सुधारका विषय समेटिएको थियो तर फेरि सारांशमा माग भएपछि हामीले तोकिएकै समयमा अध्ययन प्रतिवेदन बुझाएका छौँ।’

त्यसो त डा. आचार्य नेतृत्वको कार्यदलले दिएको सुझावका विषयमा चर्चा परिचर्चा भए पनि त्यसलाई सार्वजनिक गरिएको छैन। मन्त्री पौडेलले केही दिनभित्रै कार्ययोजना र प्रतिवेदन दुवै सार्वजनिक गर्ने बताउँदै आएका छन्
बुधबार प्रधानमन्त्रीलाई बुझाइएको स्वास्थ्य यथास्थितिमा तत्काल बिमा सुधारका लागि गर्नुपर्ने ८ वटा विषय मुख्यगरी समेटिएको स्वास्थ्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ।

जसमा मुख्य(मुख्य विषयमा डा। शम्भु आचार्य कार्यदलले दिएको पहिलाको सबै सुझाव कसरी लागू गर्न सकिन्छ भन्ने विषय उल्लेख छ। यस्तै आगामी ६ वर्षभित्र सबै बिमितले पाँच लाख बराबरको उपचार सेवा पाउने गरी व्यवस्था गर्ने तर अहिले सुरुमा बिमितमध्ये मिर्गौलाका विरामीले मात्र पाँच लाख बराबरको सेवा पाउनेबाट सुरु गर्ने अरू बिमितका लागि विस्तारै सेवा विस्तार गर्दै जाने विषय समेटिएको जनाइएको छ।

यसअघि मन्त्री पौडेलले स्वास्थ्य बिमामा सुधार गर्दै ५ लाख पुर्‍याउने गरी तयारी गरिरहेको बताएका थिए। प्रतिवेदनमा ५ लाखको लक्ष्यमा पुग्न सकिने विषयवस्तु समावेश छ।
यही बिमा सुधार कार्ययोजना प्रतिवेदनअनुसार अब मन्त्रिपरिषद्‌बाट निर्णय हुने र अब बस्ने संघीय संसद्को अधिवेशनमार्फत स्वास्थ्य बिमा ऐन संशोधनको प्रक्रिया अघि बढाउने मन्त्री पौडेलले तयारी रहेको सचिवालयले जनाएको छ। स्वास्थ्यमन्त्री सचिवालयका एक सदस्यले भने‚ ‘धेरैतिरबाट अहिलेको अवस्थामा स्वास्थ्य बिमाको सेवा प्रभावकारी नहुने भन्ने राय सल्लाह आएको अवस्थामा बिमा सुधार कार्ययोजना प्रतिवेदनले पनि सुधारका केही उपायबारे राय सल्लाह दिएको छ, यही बिमा सुधार कार्ययोजना प्रतिवेदनअनुसार अब मन्त्रिपरिषद्‌बाट निर्णय हुने र अब बस्ने संघीय संसद्को अधिवेशनमार्फत स्वास्थ्य बिमा ऐन संशोधनको प्रक्रिया अघि बढाउने मन्त्री पौडेलले तयारी गरिरहनु भएको छ‚ त्यसपछि स्वास्थ्य बिमा केही नयाँ प्रावधान आउनेछन्।’
यता स्वास्थ्यमन्त्री पौडेलले एकातिर अहिलेको नीतिबाट बिमा नचल्ने बताइरहेका छन् भने अर्कोतिर रकमलाई पाँच लाख रुपैयाँ पुर्‍याउने भन्दै आएका छन्। उनको यो घोषणाले कत्तिको सार्थकता पाउला‚ त्यो भने हेर्न बाँकी छ ।

प्रतिपरिवार ३ हजार ५ सय रुपैयाँ तिरेर १ लाख रुपैयाँको सुविधा लिनका लागि अहिले बिमितले १० प्रतिशतको पेमेन्ट तिर्नुपर्छ । तर यति नै पनि राम्रोसँग चल्न सकेको छैन। सेवाप्रदायक अस्पतालहरूको मनखुसी छ भने बिमा बोर्ड लथालिंग अवस्थामा छ। केही महिना यता झन् बिमा बोर्ड नेतृत्वविहीन अवस्थामा पुगेको छ।

सरकारलाई लेज र कुरकुरेबाट मात्रै २२ करोड नजिक राजस्व संकलन

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा ३४ करोडभन्दा बढी मूल्यको लेज तथा कुर्कुरे आयात हुँदा सरकारलाई २१ करोड, ८१ लाख, ९४ हजार रुपैँया राजश्व संकलन भएको छ ।
साउनदेखि पुस मसान्तसम्ममा ३४ करोड ८६ लाख ९४ हजार रुपैयाँको ६ लाख ७१ हजार १९४ किलो लेज, कुर्कुरे र कुर्मुरे आयात गर्दा उक्त रकम बराबरको राजश्व संकलन भएको भन्सार विभागले जनाएको छ ।
उक्त लेज, कुर्कुरे भियतनाम, टर्की, मेक्सिको, मलेसिया, दक्षिण कोरिया, भारत लगायत ९ मुलुकबाट आयात भएको छ ।
जसमध्ये सबैभन्दा धेरै भारत, मलेसिया र दक्षिण कोरियाबाट आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

केपी ओली कप फाल्गुन ११ गते देखी फाल्गुन १९ सम्म चल्ने

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा केपी ओली कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण फागुन ११ गतेदेखि १९ गतेसम्म हुने भएको छ । पत्रकार सम्मेलन गर्दै आयोजकले केपी ओली कपबारे जानकारी दिये।
प्रतियोगिताको क्वार्टरफाइनलसम्मका खेलहरू सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदान तथा सेमिफाइनल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।
प्रतियोगितामा सहभागिताका लागि खुला आह्वान गरिनेछ । सोहीअनुसार सहभागी हुने टोली छनोट गरिनेछ । जसमा नेपालका ‘ए’ डिभिजन लिग तथा विदेशी क्लबहरू सहभागी हुने आयोजक संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।
यसैगरी, अध्यक्ष थेबेले यो प्रतियोगितालाई राजनीतिको दृष्टिकोणले हेर्नु नहुने धारणा राखेका छन् । उनले भने, ‘केपी ओली कपले कुनै पनि पार्टीको प्रचार–प्रसारका लागि झन्डा राखेको छैन । पार्टीको भ्रातृ संगठन भए पनि हामी त्यहाँ राजनीति गर्दैनौँ । हाम्रो मुख्य उद्देश्य फुटबलको विकास गर्नु हो ।ु
तेस्रो संस्करणमा पुरस्कार रकम वृद्धि भएको छ । यसपटक विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् ।
गत संस्करणको विजेताले ११ लाख रुपैयाँ प्राप्त गरेको थियो । यसैगरी, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उदीयमान खेलाडीलाई समान ५० हजार र ‘प्लेयर अफ दी म्याच’लाई १५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र, मेडल प्रदान गरिनेछ ।
त्यस्तै, हरेक खेल जित्ने टोलीले २५ हजार रुपैयाँ पाउनेछ । यसअघि दुवै संस्करण मछिन्द्रले जितेको थियो

माओवादी केन्द्र संसदीय दलको बैठक आज दिन को १ वजे बस्ने

काठमाडौं , नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बिहीबार दिनको १ बजे बस्नेभएको छ ।
बैठक सिंदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेकत हितराज पाण्डेले जानकारी दिए।
बैठकमा शक्रबार शुरू हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुनेबारे छलफल हुनेछ।
माओवादीले सरकारले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकाल्दै संसद्मा जोडदार रूपमा प्रस्तुत हुने तयारी गरेको छ।
काठमाडौं , नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बिहीबार दिनको १ बजे बस्नेभएको छ ।
बैठक सिंदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेकत हितराज पाण्डेले जानकारी दिए।
बैठकमा शक्रबार शुरू हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुनेबारे छलफल हुनेछ।
माओवादीले सरकारले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकाल्दै संसद्मा जोडदार रूपमा प्रस्तुत हुने तयारी गरेको छ।

सुदामा ताजा समाचार

नगर प्रमुख उपेन्द्रकार्कीबाट प्रहरीलाई क्यामेरा सहयोग

कागेश्वरी मनोहरा । कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्रकार्कीले नेपाल प्रहरीलाई क्यामेरा सहयोग गर्नु भएको छ । । मंगरबार नगरपालिकामा एक कार्यक्रमको अयोजाना गर्दैसोे सहयोगगर्नुभएबा...

स्वास्थ्य मन्त्री पौडेलद्वारा निःशुल्क औषधि सहयोग गर्ने दाताहरुलाई धन्यवाद व्यक्त

काठमाडौं। स्वास्थ्य तथा बातावरण मन्त्री प्रदीप पौडेलले बाल क्यान्सरको उपचारका लागि निःशुल्क औषधि दिएर नेपाललाई सघाउने दाताहरुलाई धन्यबाद व्यक्त गर्नु भएको छ । विश्व स्वास्थ्य...

आशिष ढकाललार्ई कम्पनिको सञ्चालक समितिमा नियुक्त गरियो ः सचिव इश्वरकुमार सेढाई

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सञ्चालक समितिमा आशिष ढकाललाई नियुक्त गरेको वनाकारी दिएको छ । सर्वसाधारण समूह तर्फबाट रिक्त रहेको सञ्चालक पदमा...

डा. आरजु राणा र डा. जयशङ्करबीच भएको भेटमा के कस्ता कुराकार्नी...

काठमाडौँ , परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच केहि दिन अघि ओमनको राजधानी मस्कटमा भेट भई द्विपक्षीय भेटवार्ता भएको...

सभापति देउवाले गरे, हिमालकाबारेमा चिन्ता

काठमाडौं , नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू नांगिएको प्रति चिन्ता व्यक्त गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा...