प्रभुबैंकलेप्रभु विजनेश डेबिडकार्ड आजदेखी सञ्चालनमा ल्यायो

काठमाडौं । प्रभु बैंकले भिजा ईन्टरनेशनल सँगको सहकार्यमा पूर्ण नविनतम् सुविधा सहितको प्रभु बिजनेश डेबिट कार्ड सेवा आजदेखि सञ्चालनमा ल्याएको छ ।
यो प्रभु बिजनेश डेबिट कार्ड सेवा अन्र्तराष्ट्रिय रुपमै ब्यबसायिक कारोबारको सरल र सुरक्षित् विद्युतीय भुक्तानीको माध्यम मानिन्छ ।
यो प्रभु बिजनेश डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने–गरिरहेका खातावालहरुलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले यो सेवाको थालनी गरीएको हो । यो बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ ।
व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, कर्पोरेट र व्यापारिक घरानाहरू, स्कूल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्दछन् । जसले आफ्ना व्यापारीहरू, विक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवा प्रदायक आदिलाई नियमित रूपमा साना र ठूला भुक्तानीहरू गर्दछन् । यो एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो, जहाँ कार्ड मार्फत गरिएको भुक्तानी सुरक्षित रहन्छ ।
बिजनेस डेबिट कार्डको मद्दतले, बिजनेस हाउसहरूले यात्रा र मनोरञ्जन हेड सँग सम्बन्धित आफ्नो खर्चलाई डिजिटलाइज गर्न सक्ने छन् । बिजनेस डेबिट कार्डको मद्दतले, टिकटहरू ९हवाई र बस० तुरुन्तै अनलाइन वा पीओएस टर्मिनलहरू मार्फत ट्राभल एजेन्टहरु सँग खरीद गर्न सकिन्छ । यसरी व्याबसायिक प्रयोजनमा आफ्ना कर्मचारीहरूलाई कुनै पनि अग्रिम सुविधा प्रदान गर्नु पर्दैन र पछि हिसाब मिलान गर्न र अपरेशन झंझट कम गर्दै अग्रिम भुक्तानहरू व्यवस्थित गर्न साथै होटल खर्च पनि छुट्याउन सकिन्छ ।
बिजनेस डेबिट कार्डको मद्दतले, व्यापारिक घरानाहरूले आफ्नो कार्डमार्फत सिधै आफ्नो आपूर्ति र खरीदको लागि भुक्तानी गर्न सक्दछन् ।
भुक्तानी प्रविधिमा तीव्र परिवर्तन र विश्वव्यापी रूपमा सहजताका साथ यसलाई अपनाउँदै, बिजनेस डेबिट कार्डहरूले संगठनहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षणको लागि भुक्तानी गरेर उनीहरूको प्रशिक्षण आवश्यकताहरू पूरा गर्न मद्दत गर्न सक्छ । ई–कमर्स र पीओएस टर्मिनलहरू मार्फत भुक्तानी को स्वीकृति संग, व्यापारिक घरानाहरूले पारदर्र्शी र सजिलैसंग प्रशिक्षणको लागि भुक्तानी व्यवस्थित गर्न र भुक्तानी गर्न सक्दछन् ।
ई–कमर्स, कन्ट्याक्टलेस पेमेन्ट र ओम्नी–च्यानल खरिदको वृद्धिसँगै व्यापारिक घरानाहरूले आफ्नो व्यवसाय सञ्चालन का लागि डिजिटल पेमेन्ट सोलुसनहरू अपनाइरहेका छन् । बिजनेस डेबिट कार्डले व्यापारिक घरानाहरूका लागि सुरक्षित, भरपर्दो र प्रभावकारी तरिकाले डिजिटल भुक्तानीको सुविधा प्रदान गर्ने बैंकले विश्वास लिएको छ ।

बेचन झा लाई हिरासत्मा राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश

काठमाण्डौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाण्डौ जिल्ला अदालतले आदेश दिएको छ ।
शुक्रबार पक्राउ परेका झालाई आइतबार म्याद थपका लागि काठमाण्डौं जिल्ला अदालत पेश गरिएको थियो । पक्राउ परेका मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्गत पहिलो चरणको अनुसन्धानमा झाको सम्बन्ध नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग प्रत्यक्षरुपमा रहेको खुलेको थियो । उनले शीर्ष नेताहरुसँग यस प्रकरणमा आर्थिक लेनदेनको कारोबार गरेको पाइएको जनाईएको छ ।

स्वतन्त्र प्रेसमाथि सरकारको द्धैध चरित्र किन ?

गोपाल आचार्य
सरकारले एकातिर स्वतन्त्र प्रेसलाई संकुचन गर्ने खालको मिडिया विधेयक माथि छलफल पनि गराउदै छ अर्कातिर प्रेस स्वतन्त्रता माथि संकुचन हुन दिईदैन पनि भनिरहेको छ । सरकारले भन्नखोजेको केहो ?सरकारको पत्राकारमाथिको यो व्यवहारबाट पत्राकार मात्रैहोइन सर्व साधारण पनि अन्योलमा छन ।
गत बैशाख २१ गते नेपाल पत्राकार महाँसघको२७ औं महाँधिवेसनका अवसरमा आयोजित कार्यत्रमलाई सम्बोधन गर्दै प्रधान मन्त्री पुष्पकमलदाल प्रचण्डले प्रेस स्वतन्त्रतामाथि संकुसचन हुन दिईदैन भन्नु भएको थियो। तर संदबाट पारित मिडिया विधेयकले पत्राकारले समाचार लेखेबापत जेल जानु पर्ने, जरिमाना तिर्नुपर्ने, लगायतका सजाय भोग्न बाध्य गराउदछ ।
अहिलेको लोकतान्त्रिक गणतन्त्रको व्यवस्था स्थापित गर्ने मिडिया कर्मि र लाखौं ज्ञात–अज्ञात शहिदहरुनै हुन् ।अहिले न उनीहरुले राम्रो संँग सम्मान पाएका छन्,न उनका परिवारलाई राहत दिईएको छ , देश र जनताका लागि बलिदानी दिने शहिदको त अपमान सरकारले गर्यो नै, पत्रकारलाई समेत विभिन्न बहाना बनाएर पे्रस स्वतन्त्रता हनन् गर्न खोजीरहेको छ । हो, कतिपय पत्राकार भनाउदाहरुले पीत पत्रकारिता गर्ने , समाजलाई अपचहुने खालका समाचार लेखेर चरित्र हत्या गर्ने पनि गरेका छन् । ,त्यस्ता पत्राकारलाई कारबाहि गर्नु पर्द छ । तर राम्रा र नराम्रा पत्राकारलाई एउटै डालोमा राखेर कारबाही गर्ने प्रपञ्च रच्नु चाहि सुहाँउदिलो व्यबहार भएन । गल्ती गर्ने पत्रकारलाई कारबाही गर्ने जिम्मा प्रेसकाउन्सिलनेपाललाई नै दिनु पर्दछ । उसैले कारबाही गरिरहेकै छ ।
अहिलेको लोकतान्त्रिक गणतन्त्रस्थापनाको प्रमुख हिस्सा पत्राकारको नै रहेको छ । त्यस्ता पत्राकारको सम्मान र सेवा सुविधा दिन सरकार चुकिरहेको महसुस हुन थालेको छ । साना लगानिका पडिया अहिले ठूलो मारमा परेका छन् । त्यबाट जोगाउदै साना डियालाई जीवन्त राख्नु पर्नेमा मास्न खोज्ने प्रपञ्च भईरहेको बुझिर्दै छ । प्रकाशकहरुलाई न्यज पेपर खरिद गर्न दिइदैआएको रकम बृद्धिगर्ने,निजी क्षेत्रका पत्राकारको उमेरहद सरकारी कर्मचारी सरह ५८ वर्ष कायम गरी पेन्सनको व्यवस्था गर्ने , प्रेस पास नविकरणको समयावधि घटाएर २५ वर्ष कायम गर्ने लगायतका काममा सरकारले ध्यान दिनु पर्ने टड्कारो आवश्यकता देखिन्छ । रात –दिन नभनी ,जीवनको परवाह नगरी समाचार लेखेर समाजमा घटीत घटनाहरु ऐना झै र्छलङ्ग पारेर समाचार लेख्ने मिडियालाई जीवन रक्षाको व्यवस्था छैन ,जस्का कारण सबै किसिमका समाचार खुलेर लेख्न पाएका छैनन् ।

आज मेघ गर्जन र चट्ङसहित वर्षा हुने मौस विभागद्धारा जानकारी

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।

कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको सम्भावना छ ।

त्यसैगरी, भरे राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र देशका बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी,बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा अधिक वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा देशका केही स्थानमा भारी वर्षा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न तथा त्यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सर्वोचले थामिदियो देवकोटाको पद, अहिले विहान १० वजे पुनः शपथ लिने तयारी

पोखरा । सर्वोच्च अदालतले प्रदेशसभा सदस्य पद थमौती गरिदिएपछि समाजवादी पार्टी नेसपाका सांसद फणिन्द्र देवकोटा फेरि मन्त्री बन्ने भएका छन् ।उनले अहिले विहान साढे १० बजे पद तथा गोपनीयताको शपथ लिने तयारी छ ।
गएको जेठ २८ गते उनले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसको भोलिपल्ट देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा नियुक्त गरिएको थियो ।
नेसपाको सांसद भए पनि माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडाबाट प्रतिस्पर्धा गरेर निर्वाचित हुँदै उनी प्रदेशसभा सदस्य बनेका हुन् । उनले पाण्डेलाई विश्वासको मत दिएपछि दलले कारबाही गर्‍यो । र, मन्त्री बनेको केहि दिनमै जेठ ३२ गते उनले सांसद पद गुमाएका थिए ।
माओवादीको कारबाहीपश्चात् देवकोटा सर्वोच्च पुगेका थिए । असार १० गते सर्वोच्चले उनको सांसद पद रिक्त गर्ने सभामुखको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । सर्वोच्चको आदेशसँगै पद फिर्ता पाएका देवकोटालाई मुख्यमन्त्री पाण्डेले फेरि सोही मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।

माक्र्स र पुष्पलालको भेट भएपछि नेपालमा कम्युनिष्ट पार्टीको जन्म भएको हो ः नेत्र विक्रम चन्द विप्लप

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव स्व। पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन् । शनिबार काठमाडौंमा पुष्पलाल जन्मशताब्दी समारोहमा उनले यस्तो माग गरेका हुन् ।
पुष्पलाल नेपालको राजनीतिक राष्ट्रिय विभूति हुन् भन्नेमा कम्युनिस्ट सबै सहमत रहेको उनले उल्लेख गरे । उनले मार्क्स र पुष्पलालको भेट भएपछि नेपालमा कम्युनिस्ट पार्टीको जन्म भएको बताए ।
नेता चन्दले सामन्तवाद र साम्राज्यवादी शक्तिविरुद्धको संघर्षमा पुष्पलालले आफ्नो जीवन व्यतीत गरेको उल्लेख गरे । यो दुईवटा संघर्षमा पुष्पलालले आजीवन निरन्तर नेपाली जनताको पक्षमा योगदान दिनुभएको छ,” उनले भने, “वैचारिक संघर्षमा पुष्पलालले विभिन्न थरी विसर्जनवादको विरुद्धमा झन्डा उठाउनुभएको छ र लड्नुभएको छ ।”

‘मिस ग्राण्ड नेपाल(२०२४’को आवेदन खुलाइयो ःप्रवन्ध निर्देशक अधिकारी

काठमाडौँ। ‘मिस ग्रण्ड नेपाल, २०२४’ सौन्दर्य प्रतियोगिताका लागि आवेदन खुला गरिएको छ।होटल सोल्टीको एक मिनीहलमाआयोजित पत्रकार सम्मेलनमा आयोजक उमङ्ग क्रिएशन प्रालिका प्रबन्ध निर्देशक उद्धव अधिकारीले सौन्दर्य प्रतियोगिताका लागि आवेदन खुला गरिएको र इच्छुकले यही असार ३१ गतेसम्म आवेदन दिनसक्ने जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाले आवेदन दिनसक्ने छन् भने आवेदकहरुको उचाइ कम्तीमा ५ फिट ३ इञ्च हुनुपर्नेछ।
कम्पनीका अनुसार प्रतियोगिताको विजेताले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस ग्राण्ड इन्टरनेशनल(२०२४’मा सहभागी हुन पाउनेछन्।
“यो वर्ष ‘ब्रेभ, बोल्ड, ब्युटिफुल’ को नारासहित मिस ग्राण्ड नेपाल(२०२४ घोषणा गरिएको छ”, उनले भने, “प्रतियोगिताको ग्राण्ड फिनाले आगामी भदौ ११ गते गरिनेछ।”
त्यसअघि आगामी साउन २३ गते मिस ग्राण्ड नेपाल(२०२४ को क्राउन सार्वजनिक गरिने उनको भनाइ छ। कम्पनीले सन् २०२० देखि प्रत्येक वर्ष सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको छ।

बेरुजु बढिरहेको विषयलाई जिम्मेवार पदाधिकारीले गम्भीर रुपमा लिनु पर्दछः ःसभामुख देवराज घिमिरे

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे सरकारी बेरुजु बढ्दै जानु चिन्ताको विषय रहेको बताएका छन् । महालेखापरीक्षकको कार्यालयको ६६औँ वार्षिकोत्सव कार्यक्रममा उनले बेरुजु बढिरहेका विषयलाई सार्वजनिक निकायका जिम्मेवार पदाधिकारीले गम्भीर रुपमा लिनु पर्ने उनको भनाई छ ।
“प्रत्येक वर्ष बेरुजुको अङ्क बढ्दो रुपमा रहेको छ । सार्वजनिक निकायका जिम्मेवार पदाधिकारीले यसलाई गम्भीर रुपमा लिनुपर्छ । सकभर बेरुजु हुनै नपाउनेगरी काम गर्नुपर्छ र हालसम्मको बेरुजुलाई समयमा नै फछ्र्यौट गर्न सबै निकायबाट तदारुकता देखाइनुपर्छ”, सभामुख घिमिरेले भने , “बेरुजु घटाउन महालेखापरीक्षक कार्यालयको प्रतिवेदनमार्फत दिइएका सुझाव कार्यान्वयनगरी आर्थिक अनुशासन पालना र जवाफदेहिता कायम गर्न आग्रह गर्दछु ।”
स्थानीय तहमा लेखासमितिको काम प्रभावकारी हुन नसकेको पनि उनले बताए । बेरुजु हुनै नदिने र हालसम्म कायम बेरुजुको फछ्र्यौटलाई तीव्रता दिन पर्याप्त जनशक्ति व्यवस्थापनसँगै सम्बन्धित निकायका प्रमुख तथा लेखा उत्तरदायी अधिकारीले जिम्मेवारी बोध गर्नुपर्ने उनको भनाइ छ । संविधानले तोकेको जिम्मेवारी गम्भीरताका साथ पूरा महालेखापरीक्षकको कार्यालयलाई समेत उनले आग्रह गरे ।
तीनवटै तहका सरकारी निकायको आर्थिक वर्ष २०७९÷८० को लेखापरीक्षणमा आधारित महालेखापरीक्षक कार्यालयको ६१औँ प्रतिवेदनअनुसार हालसम्मको बेरुजु रु ११ खर्ब ८३ अर्ब २६ करोड रहेको छ । गत आर्थिक वर्ष २०७९÷८० मा मात्रै अद्यावधिक बेरुजु रु ९५ अर्ब ६० करोड २१ लाख र कारबाही टुङ्गो लगाउनुपर्ने लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्नेलगायत रकम रु एक खर्ब ४० अर्ब ९५ करोड ३० लाख बराबर पुगेको छ । अर्थात् गत आर्थिक वर्षमा मात्र रु दुई खर्ब ३६ अर्ब ५५ करोड ५१ लाख बराबर बेरुजु थपिएको छ । गत आर्थिक वर्षमा महालेखाले तीनवटै तहका पाँच हजार छ सय पाँच वटा निकायको कूल रु ७८ खर्ब ८१ अर्ब ८० करोड बराबर लेखापरीक्षण भएको थियो ।

एसइईमा अनुत्तीर्ण सबै विद्यार्थीले मौका परिक्षा दिन पाउने

काठमाण्डौं । माध्यमिक शिक्षा परीक्षाएसईईमा अनुत्तीर्ण भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने निर्णय भएको छ ।
शुक्रबार बसेको शिक्षामन्त्री स्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि पूरक परीक्षामा सामेल गराउने निर्णय गरेको छ ।
परीक्षा बोर्डको लेटर ग्रेडिङ निर्देशिकाअनुसार दुईभन्दा बढी विषय लागेका विद्यार्थीले मौका परीक्षा दिन पाउँदैनन् तर यसपटकदेखि नै नयाँ प्रणाली लागू गरेकाले एकपटक सबै विद्यार्थीलाई मौका दिन पाउने निर्णय गरिएको छ ।
लेटर ग्रेडिङ निर्देशिकाअनुसार दुईभन्दा बढी विषय लागेका विद्यार्थी मौका परीक्षाबाट वञ्चित हुने भएकाले ती विद्यार्थीलाई पनि समेट्ने गरी निर्देशन दिने निर्णय गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
पाठ्यक्रम विकास केन्द्र, सबै जिल्ला शिक्षा समन्वय इकाई र राष्ट्रिय परीक्षा बोर्डलाई सबै विद्यार्थीलाई पूरक परीक्षामा सहभागी गराउने गरी काम गर्न निर्देशन दिने निर्णय गरिएको छ ।
बिहीबार प्रकाशित एसईईको नतिजाअनुसार १ लाख २६ हजार ४७९ विद्यार्थीलाई दुईभन्दा बढी विषय लागेको छ ।

२१औं राष्टिय धान दिवसको पावन अवसरमा आम कृषक दाजु–भाई तथा दिदीबहिनीहरुमा हार्दीक शुभकामना

राज्यले धान लगायतका सम्पूर्ण खाद्यबालीमा पर निर्भरता घटाउदै आत्मर्निभरता बढाउने प्रण गरोस । यसैमा सवैको भलो हुने छ । नेपाल कृषि प्रधान देश भनिदै आएपनि धानको बीउदेखि कनिका सम्ममा परनिर्भरता छ । जो बिडम्बना पूर्ण छ ।

सुदामा ताजा समाचार

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले...

राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी, काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा...

दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई...

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन...

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच सहमति

काठमाडौं । यतिबेला चर्चामा रहेकोसंक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन दलहरु सहमत भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग...

बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका...