पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले महासंघको निर्वाचन पटक पटक सर्दै आएको छ । त्यसो त नेपाल पत्रकार महासंघको संघसंगठनहरु उम्मेदवार चयन गर्ने तयारीमा लागेको
देखिन्छ । अहिलेसम्म चर्चामा आए अनुसार एमाले निकट प्रेस चौतारी को तर्फबाट अध्यक्षमा निर्मला शर्मा नेपाली कांग्रेस निकट प्रेस युनियनको तर्फबाट अध्यक्षमा रमेश विष्ट, एकीकृत समाजवादी निकट प्रेस संगठनका तर्फबाट शम्भु श्रेष्ठ, माओवादी निकट प्रेस सेन्टरका तर्फबाट रोशन पुरीको नाम अग्रपंक्तिमा रहेको छ ।
वरिष्ठ उपाध्यक्षमा भने एकीकृत समाजवादी निकट प्रेस संगठनले लोकप्रिय पत्रकार गोविन्द चौलागाईलाई अघि सार्ने चर्चा छ । उनी नेपाल पत्रकार महासंघको वर्तमान सचिव पनि हुन् ।
त्यस्तै प्रेस संगठनले महासचिवमा शान्ताराम विडारीलाई उठाउने चर्चा छ । विडारी पत्रकारमाझ झिजेका, सक्रिय रहेका, लोकप्रिय पत्रकार हुन् । यस्तै केन्द्रपछि महत्वका साथ लिइने नेपाल पत्रकार महासंघ काठमाडौंमा एमाले निकट प्रेस चौतारीले पुस्कर बस्नेतलाई उठाउने पक्कापक्की देखिएको छ । उनलाई नेपालको पत्रकारिता फाँटमा चर्चित र लोकप्रिय पत्रकारको रुपमा लिइन्छ ।

राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी,
काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा प्रवक्त सगुन सुन्दर लावतीले जानकारी दिए ।
डिस्चार्जपछि उनले केही दिनमै नेपाल फर्केर पार्टीका एजेण्डामा अझ बढी सक्रिय रहँदै देश र जनताको सेवामा वफादार भएर निरन्तर लाग्ने बताए ।
‘जटिल रोगको उपचारबाट स्वस्थ भई पार्टीका एजेण्डाप्रति अझै बढी सक्रिय भएर निरन्तर लागिरहन ऊर्जा थपिएको छ । देश, जनता र पार्टीका एजेण्डाप्रति वफादार रही जीवनभर सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक राणाले सामाजिक सञ्जालमार्फत भनेका छन्– ‘तपाईहरुको माया, प्रेम, स्नेह र शुभेच्छा सँधै मिलोस् भन्ने कामना गर्दछु ।’ राप्रपा नेता राणालाई गिजामा क्यान्सर देखिएपछि भारत, मुम्बईको टाटा मेमोरियल अस्पतालमा डा.सुल्टान प्रधानको टिमले शल्यक्रिया गरेको थियो ।

दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई राहत नै बाँडे ,

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन । त्यसो त यस पटक बाढीपहिरोले दर्जनौं जिल्लाका जनतालाई पिरोलिदियो । हजारौं जनताले सरकारी राहात पर्खिए तर पाएनन् । प्रधानमन्त्री राहत कोषमा बैंकदेखि कर्मचारीसम्मले रकम जम्मा गरे तर सरकारले बाढीपीडितलाई राहत दिन खासै रकम विनियोजन गरेका पाइएन । यस वर्षको बाढीपीडितले कति क्षति भयो । यसको यकिन तथ्यांक न सरकारी निकायसँग छ न अन्य निकायसँग छ । भनिन्छ यस पटकको बाढीपहिरोले करिब ५० अर्बको क्षति भयो ।
हुन त नेपालको बजेट खर्बौको छ । हजारौं जनता आहातमा परेको बेला सरकारले ५० अर्ब नै खर्च गर्ने कि ५ सय रुपैया, ५ हजार रुपैया, ५ लाख रुपैया वा ५० लाख रुपैया बटुल्ने, यदी यो सरकारमा रहेकाको खूलला दिल भएको भए भूकम्प पीडितले अझ तड्पिनु पर्ने थिएन । गैरसरकारी निकायबाट बाढीपीडितलाई उद्दार सामाग्री वितरण भइरहेको छ । तर सरकारबाट यस्ता सामाग्री वितरण गरेको देखिदैन । हुन त यस्तै प्रकृतिका विपत्ति पर्दा प्रधानमन्त्री कोषमा रकम जम्मा गर्ने प्रचलन नै रहेको छ । यदी सरकारमा रहेकाको खुल्ला दिल हुन्थ्यो भने सरकारी कोषबाटै रकम वितरण हुन सक्थ्यो । मन्त्री, प्रधानमन्त्री ठूलाठूला भाषण गर्छन् तर सयौंको ज्यान जाने गरी परेको यस पटकको विपत्तिमा राहत दिन किन नसकेका हुन् ? खाली कोरा भाषणले मात्र जनताको पेट भरिदैन घरबास बन्दैन , यस कुरा प्रति नेताहरले गम्भिर भएर सोच्ने बेला हो यो ।
हाम्रो देश गरिब छ, यो सबैलाई थाहा भएकै कुरा हो । तर त्यसभन्दा बढी सत्तामा रहनेको मन झन् गरिब रहेको यस पटकको बाढीपीडितप्रति देखाएको व्यवहारले पुष्टि गरेको छ । बाढीपीडितलाई सरकारी कोषबाट रकम दिन किन उनीहरुको खुट्टा काम्छ । किन, आफ्नै गोजीबाट रकम झिक्नु परेझैं गर्छन् नेताहरु ?
यतिबेला सत्तामा मुलुकका दुई ठूला दल कांगे्रस, एमाले नै छन । अरु विषयमा ठूला ठूला भाषण गर्ने कांग्रेस–एमालेका नेताहरु बाढीपीडितलाई राहत दिने विषयमा किन बोल्दैनन् ? त्यसमाथि सत्ता बाहिर रहेको संसदको तेस्रो ठूलो दलप्रतिपक्ष पनि बाढीपीडितलाई राहत दिने विषयमा किन सरकारलाई भकभक्याउँदैन । खाली कोरा राजनीतिका बारेमा मात्र उनीहरुको आवाज सुनिदैछ । बाढीपीडित खान नपाएर, लाउन नपाएर, बस्न बास नपाएर कराई रहेका छन् । मुलुकका ठूला दलका नेताहरु चुप लागिरहेका छन् । देशमा बाढीपहिरोले यत्रो वितण्डा मच्चायो यस्तो विषयलाई उनीहरु किन नजरअन्दाज गरिरहेका छन् ।
देशमा जनताले धान्नै नसक्ने गरी बाढीपहिरो गयो, जनताको घर भत्कियो, स्कुल भत्कियो, स्वास्थ्य चौकी भत्कियो । यो प्रमुख दलका नेतालाई थाहा छ । त्यही भएर यस पटक दशैं तिहारमा गर्ने चियापान कुनै दलले गरेनन् । यो देखावटी मात्र हो की साच्चै उनीहरु बाढीपीडितप्रति जिम्मेवार छन् । यदी उनीहरु जिम्मेवार पनि छन् भने एक करोड होइन अर्बौको बजेट बाढीपीडितलाई वितरण गर्न किन सक्दैनन् । यदी नीजि क्षेत्रबाट राहत बाड्न सकिदैन भने सकारी निकायबाटै किन रकम बाडिदैन ? खाली जनताको आँखामा छारो हाल्न नेताहरु लागेका छन् कि आगामी दिनमा साच्चै जिम्मेवार हुन्छन्, यो समयले देखाउला ।

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच सहमति

काठमाडौं । यतिबेला चर्चामा रहेकोसंक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन दलहरु सहमत भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग यथासक्य चाडो गठन गरी संक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन तीन दलहरु सहमत भएका हुन् ।
केही दिन अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा संक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन कानून बमोजिम दुवै आयोगहरुलाई यथासक्य चाडो पूर्णता दिए अघि बढ्ने सहमति भएको हो । बैठकमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी रहेका थिए । यस्तै गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश बडाललगायत समेतको बैठकमा सहभागी रहेको थियो । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यस अघि नै संसदबाट पारित भइसकेको छ । उक्त विधेयक गत भाद्र १३ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएको थियो ।

बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य
गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका कारण उपत्यका भित्र रहेका सर्वसाधारणले दशैंमा बीपी राजमार्ग हुँदै सहज रुपमा घर जान सकेनन् । अन्य राजमार्ग हुँदै उपत्यकाबाट दशैंका लागि बाहिरिएका यात्रुहरु दशैं सकिए लगतै काठमाडौं भित्रिने क्रम जारी छ । बाढीले बगाएको र पहिरोले पुरेको सो सडकमा मर्मत गर्दै सानाठूला सवारी साधन चलाउन थालेपछि पूर्ण रुपमा मर्मत हुन केही समय लाग्ने भएकाले यात्रुहरु कष्टकासाथ सो राजमार्ग प्रयोग गर्दै काठमाडौं उपत्यका छिरिरहेका छन् ।
सिन्धुलीबाट काठमाडौं आइपुग्न करिब ४ घण्टा लाग्ने समयमा करिब १०–१२ घण्टा समय लाग्ने गरेको छ । बाटो ग्रावलिङ र कतै कच्ची र साँघुरो भएका कारण साना ठूला गाडी सहज रुपमा गुड्न नसकेको कारण यात्रुहरु गाडी भित्रै भोकभोकै बस्नु परेको छ । ओखलढुङ्गाबाट बिहान ६ बजे गाडी चढेका यात्रुहरु अपराह्नसम्म पनि काठमाडौं आइपुग्न नसक्ने अवस्था छ । ओखलढुङ्गाबाट काठमाडौं आइपुग्न सामान्यतया ५÷६ घण्टा लाग्ने भए पनि अहिले १०–१२ घण्टा लाग्ने गरेको छ ।
बीपी राजमार्ग अन्र्तगत काभ्रेको भकुण्डेबेसीदेखि नेपालथोकसम्म रोशीखोलाको १० किलोमिटरभन्दा बढी खण्ड असोज दोस्रो साता आएको बाढीले भत्काए पछि करिब २ साता बन्द भएको राजमार्ग नयाँ ट्रयाक खोलेर सञ्चालन गरिएको छ । उकालोमा गाडी नगुड्ने भएपछि ठेल्नुपर्ने, यात्रु ओर्लदै गर्नुपर्ने, जस्ता सास्ती खेप्नु परिरहेको छ । दशैं, तिहार जस्ता चाडपर्वमा त्यसै पनि व्यस्त हुने बीपी राजमार्ग यो वर्ष अविरल वर्षाका कारण आगमन अवरुद्ध भयो । कतै ट्रयाक खोलेर यातायात सञ्चालन ल्याइएको छ भने कतै एकतर्फी मात्रै यातायात सञ्चालन गर्नुपरेको अवस्था छ । बर्दीवासदेखि धुलिखेलसम्म १६० कि।मी। रहेको बीपी राजमार्गमा बर्दीबासदेखि खुर्कोटसम्म खासै समस्या देखिएको छैन । त्यसयता मात्र समस्या
छ । मुलकोटदेखि नेपालथोकसम्मको खण्डमा ठाउँठाउँमा पहिरो झरेर आगमन एकतर्फी गरिएको छ । त्यसबीचमा कतै कतै मात्र राजमार्ग सग्लो छ । खुर्कोटबाट रामेछाप तर्फ जाने पक्की पुलनै बाढीले भत्काई दिएपछि काठमाडौं देखि रामेछाप यात्रा गर्न नै समस्या देखिएको छ ।

 

किन हुँदै छ एमाले आलोचित ?

भोजकुमारी खड्का
काठमाडौं । राजनीतिमा सु–चर्चा कमाएको संसदको दोस्रो ठूलोदल नेकपाएमाल ेपछिल्लो समय आलोचित बन्दै गएको छ ।एमाले पार्टीको नेतृत्व गरीरहेका केपी शर्मा ओलीले पार्टी भित्र आन्तरिक छलफल नै नगरी गुरुङ दानमा पार्टी कार्यालय बनाउने निर्णय गरी कार्यालयको शिलान्यास नै गरी सकेपछि पार्टी भित्र र बाहिर पार्टी नेतृत्वको चर्को आलोचना भैरहेको छ । पार्टीका शीर्ष नेताहरु मौन रहे पनि कतिपय स्थायी कमिटि सदस्य तथा केन्द्रीय सदस्यहरुले विरोध जनाएका छन् । सत्ता साझेदार नेपाली कांग्रेसले पनि व्यापारीबाट ठूलो सहयोग लिएर पार्टी कार्यालय निर्माण गर्नुको कारण अध्यक्ष ओलीसँग माग गरेको छ ।
आन्तरिक स्रोत जुटाएर पार्टी कार्यालय स्थापना गर्दा कसैको आलोचना नहुने र विवादित व्यापारी व्यवसायीहरुबाट चन्दा उठाएर वा दानलिएर पार्टी कार्यालय बनाउँदा दलहरुकै शाख गिर्ने कांग्रेसको भनाई छ । एमाले केन्द्रीय कमिटीकै कतिपय नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्णय सच्याउनुपर्ने माग राख्दै आएकाछन् । नक्कली भ्याट बिल प्रकरणमा राजश्व छली गरेको आरोपमा सर्वोच्च अदालतबाट सजाय तोकिएका विवादित गुरुङले दिएको दान पार्टीका लागि घातक रहेको भन्दै आलोचना भइरहेको छ । एमालेले जग्गा दान र राजश्व छली अलग विषय भए पनि कानून बमोजिम हुने विषयमा एमालेको कुनै लेनदेन नभएको जनाइएको छ ।
काठमाडौंको कीर्तिपुरमा गुरुङले दान गरेको जग्गामा एमालेको पार्टी कार्यालय बनाउने कुराको निर्णय विरुद्ध एमालेका नेता कार्यकर्ताले खुलेर विरोध गर्न नसके पनि गुरुङको यो दानले कालान्तरमा एमाले पार्टीलाई भलो नहुने भन्दै सामाजिक सञ्जाल र पार्टी पंक्ती बाहिरका नागरिकले भने अध्यक्ष ओलीको चर्को आलोचना गरेका छन् । एमाले स्थायी कमिटि सदस्य बिन्दा पाण्डेले साढे ५ लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान हुने कदम फिर्ता लिन माग गरेकी छिन् । तर एमालेले भने संस्थागत रुपमा विज्ञप्ती जारी गरेर यो निर्णय फिर्ता नहुने जनाइसकेको छ ।

रास्वपा कार्यकर्ताले आफू र सरकार विरुद्ध तमासा देखाए ः प्रधानमन्त्री ओली

काठमाडौँ ,प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका नेता कार्यकर्ताले राजनीतिक व्यवहार र संस्कार नदेखाएको टिप्पणी गरेका छन्।
ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा केन्द्रीय सचिवालय बैठकमा उनले रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपा नेता कार्यकर्ताले सरकार र आफूविरुद्ध तमासा देखाएको र त्यस्तो तमासा राजनीतिक संस्कार नभएको टिप्पणी गरेका हुन्।
संसदीय छानबिन समितिको प्रतिवेदन सरकारले कार्यान्वयन गरेको र लामिछाने दोषी भए नभए फैसला अदालतले गर्ने प्रधानमन्त्रीको भनाई रहेको छ ।।
योजना बनाएर नै एमालेविरुद्ध चौतर्फी आक्रमण गर्न रास्वपाका नेता कार्यकर्ता सडकमा उतारिएकाले यसबारे सावधान हुनुपर्ने प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा बताए।

पञ्चकन्या स्टीललाई ग्रिनप्रो प्रमाणपत्र प्राप्त

काठमाडौँ । पञ्चकन्या ग्रुपको सिष्टर कन्र्सन उद्योग पञ्चकन्या स्टील प्रा. लि.को उत्पादन टिएमटि रिब्डबारले सन् २०२४ को लागि सि.आईआई ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ ।
नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको कम्पनीले जनाएको छ । २०८१ असोज ३० गते भारतको दिल्लीमा आयोजित एक कार्यव्रmममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल कुमार श्रेष्ठले उक्त प्रमाण पत्र ग्रहण गरेका हुन् ।
पञ्चकन्या स्टीलको टिएमटि रिब्डबारले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरे पश्चात् कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको थप एक महत्वपूर्ण उपलब्धि भएको कम्पनीले उल्लेख गरेको छ ।
कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री सिआइआइ – सोराब्जी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरण संरक्षणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिने गरेको छ । कम्पनीका अनुसार यो प्रमाणपत्र ग्रहण पश्चात पञ्चकन्या स्टीलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गरेको छ ।

यसै बिच दिगो विकास र वातावरण प्रति मुख्य ध्यान दिदै भारत र न्यूजिल्याण्डबीच एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । न्यूनतम कार्वन उत्सर्जन सामग्री र प्रविधिलाई प्रबर्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले सन् २०१५ देखि यो ग्रिनप्रो प्रमाणपत्र प्रदान गर्न थालिएको हो ।

हालसम्म विश्वका ४८० उद्योगहरुका ९ हजार ५०० थरिका उत्पादनहरुले ग्रिनप्रो मान्यता प्राप्त गरेका छन्

एसआईसीसीआई र एनसीसी बीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स एनसीसी र सिंगापुर इण्डियन चेम्बर अफ कमर्स एसआईसीसीआई बीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ ।
चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र एसआईसीसीआई बीच नेपालको जलविद्युत, पर्यटन खनिज लगायत अन्य प्राकृृतिक श्रोतहरुमा लगानीका लागि समझदारी भएको हो ।
सिंगापुर भ्रमणका क्रममा अध्यक्ष अग्रवालले एसआईसीसीआईका पदाधिकारीसंग नेपालको लगानीका क्षेत्र र अवसरबारे जानकारी गराएका थिए ।
अध्यक्ष अग्रवालले भने, ‘नेपालमा जलविद्युत, पर्यटन, खानी एवं प्राकृतिक अन्य श्रोतहरुमा लगानीका लागि सिंगापुरका लगानीकर्ताहरु समक्ष आग्रह गर्दछु, ।

नेपालमा राजनीतिक स्थिरता, कानूनी पाटोमा सुधार हुदै गएकाले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको उनले लगानीकर्ताहरुलाई अवगत गराए ।
पर्यटकीय दृष्टिकोणले समेत नेपाल विश्वकै उत्कृष्ट गन्तव्य बन्दै गएको भन्दै अध्यक्ष अग्रवालले लगानीका लागि आग्रह गरे ।
नेपाल र सिंगापुर दुवै मुलुकले लगानी र व्यापारिक साझेदारी मार्फत आर्थिक फाईदा लिन सक्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । नेपाल भ्रमणका लागि समेत उनले एसआईसीसीआईका पदाधिकारीलाई आग्रह गरे ।

 

रविलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गरीने

काठमाडौँ ,सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।
अदालतले उनलाई आज आइतबार ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो।
म्याद थपपछि प्रहरीले उनीविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधबारे अनुसन्धान सुरु गर्नेछ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो।

सुदामा ताजा समाचार

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले...

राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी, काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा...

दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई...

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन...

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच सहमति

काठमाडौं । यतिबेला चर्चामा रहेकोसंक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन दलहरु सहमत भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग...

बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका...