का.वा. प्रधानमन्त्री प्रकाशमानसिहंद्वारा चाणिकलाल तामाङलाई सम्मान

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङले देखाएको साहसको प्रशंसा गर्दै शहरी विकास मन्त्रालयमा सिंहले तामाङलाई सम्मान गरेका हुन् ।
तामाङले शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेका थिए । कार्यवाहक प्रधानमन्त्री सिंहले मानवीय भावना देखाएर नदिमा बगिरहेकाहरुको उद्धार गरेको भन्दै तामाङको साहसी कामको प्रशंसा गरे ।
‘तपाईंले आफैलाई जोखिममा राखेर उद्धारमा खटिनुभयो । मानवीयता देखाउनुभयो । तपाईंको साहसको उच्च प्रशंसा गर्दछु,’ उनले भने, ‘ सरकारले अहिले राहत र उद्धारमा काम गरिरहेको छ । घाइतेहरुको उपचारको जिम्मा लिने भनेर घोषणा गरिसकेको छ । घाइतेको उपचारमा सरकारले प्राथमिकताका साथ काम गरिररहेको छ । ’ तामाङले घाइतेहरुको उपचारमा विशेष ध्यान दिन आग्रह गरेका थिए ।

 

आज देखि दशैंका लागि सुकिला नोट वितरण गरिने

,
काठमाडौँ । दसैँका लागि सुकिला नोट वितरण आजदेखि सुरु हुँदै छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म यस्तो नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्रहरू तथा बैंक तथा वित्तीय संस्थाका मुख्य मुख्य शाखाहरूबाट नोट सटहीको गरिनेछ ।
बैंकका प्रवक्ता रामु पौडेलले यसका लागि सम्बन्धित संस्था तथा शाखा कार्यालयलाई निर्देशन दिइसकेको र आवश्यक नोट उपलब्ध समेत गराएको बताए । ुसर्वसाधारणलाई चाहिनेजति नोट सटही गर्न सक्ने व्यवस्था गरेका छौँ,ु प्रवक्ता पौडेलले भने, ुबैंकहरु आफैँसँग पनि त्यस्तो नोट छ, नपुगेको नोट राष्ट्र बैंकले उपलब्ध गराउँछ
नयाँ नोट र सुकिलो नोटमा के फरक छ ?
नयाँ नोट र पुराना नोट झट्ट हेर्दा उस्तै देखिन्छ । नयाँ नोटमा नोट नम्बर क्रमश रहेको हुन्छ भनें सुकिला नोटमा नोट नम्बर क्रमशः नभएर छास्मिस् भएका हुन्छन् । नयाँ नोट छपाइ गरेर ल्याएपछि पहिलोपल्ट ढुकुटीबाट निकालिन्थ्यो र सटही गरिन्थ्यो । नयाँ नोट पाएकाहरू सम्बन्धित नोटको पहिलो प्रयोगकर्ता हुन्थे । तर सुकिला नोट भनें एकपटक बजार पुगेर बैंकमा फर्काइएको हुन्छ ।
आजदेखि सटही हुने नोट भने कम्तीमा एकपटक बजारमा पुगेर फर्किसकेको हुनेछ । प्रवक्ता पौडेल अनुसार देख्दा यी नोटहरू पनि नयाँ हुने बताउँछन् । सामान्यतया एकपटक प्रयोग भएर आएको पैसालाई सटही गर्ने उनको भनाइ छ । तर नोट प्रयोग कर्ता ग्राहकहरु भनें सुकिला नोट प्रति उत्साहित देखिएका छैनन् ।
बजारमा नयाँ नोटको सट्टा सुकिला नोटको वितरण गर्ने निर्णय गरेका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकका कर्मचारीमार्फत हुनसक्ने नयाँ नोटको चुहावटमा समेत कडाइ गर्न निर्देशन दिएका छन् ।

 

मन्त्री भण्डारीले गरे, निगमका अधिकारी सहित बाढीले बगाएको ग्याँस बुलेटको निरीक्षण

काठमाडौं । अविरल वर्षाले च्यासल क्षेत्रमा ग्यासको बुलेट बगाएपछि उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले आयल निगमका अधिकारीसहित स्थलगत निरिक्षण गरेका छन् ।
शनिबार दिउँसो साढे १२ बजेतिर च्यासल पुगेर उनले निरिक्षण गरेको आयल निगमको उपनिर्देशक मनोज ठाकुरले जानकारी दिए ।
‘ग्यसको बुलेट नै बगाएर स्थानीयलाई ठूलो क्षति हुनसक्ला की भनेर मन्त्रीज्यूसहितको टोलीले निरिक्षण गरेका छौं’ उनले भने, ‘यो बुलेट ग्यास उद्योगको नभई टेम्पोमा रिफिलिङ गर्ने भ्याली अटो भन्ने कम्पनीको रहेको पुष्टि भएको छ ।’
१८ टन क्षमताको बुलेटमा ६ टन ग्यास रहेको अवस्थामा बाढीले बगाएको उनले जानकारी दिए । ‘बाढीले बगाउँदा बुलेटको ढक्कनबाट ग्यास उठिरहेको दृश्य देखिएको थियो । यसरी उडेर करिब ६ टन ग्यास नष्ट भएको प्रारम्भिक अनुमान छ’ ठाकुरले भने ।
च्यासलस्थित नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय छेउमा खाली बुलेट अड्किएर बसेको छ । पानी मत्थर भएपछि प्रहरीको सहायतामा बुलेट झिकिने उनले जानकारी दिए ।
मन्त्री भण्डारीसँगै वाणिज्य तथा आपूर्ती सचिव गोबिन्दबहादुर कार्की, आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट, नायब कार्यकारी निर्देशक विरेन्द्र गोइतलगायतको टोलीले स्थलगत निरिक्षण गरेको थियो ।

शनिवार साँझ सम्म ६६ वनाको मृत्यू र ७९ जना बेपत्ता भएको प्रहरी प्रधान कार्यलयद्वारा जानकारी

काठमाण्डौं । विहीबार देखि शनिवनार सम्मको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परेर शनिबार साँझसम्म ६६ जनाको मृत्यु र ७९ जना बेपत्ता सशस्त्र प्रहरीवल प्रधान कार्यलयले जानकारी दिएको छ ।
जानकारी अनुसार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् ।
हालसम्म विपद्मा परेर ३५ जना घाइते भएका सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।
उनका अनुसार उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाण्डुमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ ।
ललितपुरमा १५, काभ्रेमा २६, काठमाण्डुमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता भएका उनले जनाए । अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको छ । २०० भन्दा बढी घर क्षति भएको पनि जनाइएको छ ।
नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विश्व अधिकारीले सुरक्षा निकाय तथा उद्धारमा संलग्न संघसंस्थाको सहकार्यमा अहिले पनि उद्धार जारी रहेको जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीबाट १० हजार बढी सुरक्षाकर्मी उद्धारमा परिचालन गरिएको छ । त्यतिनै संख्यामा सशस्त्र प्रहरीले पनि टोली परिचालन गरेको छ ।

सिटिजन्स बैंकको सूचना दिने अधिकार नारायण राज अधिकारीलाई

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् । यस सँगै अधिकारीलाई बैकको सूचना दिने अधिकार मिलेको हो । बि.सं २०६४ सालमा बैंकको आरम्भभए देखिनै सिटिजन्स बैंकमा आबद्ध रहनुभएका उनले बैंकको सूचना अधिकारीको अतिरिक्त प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृतको समेत भूमिका निभाउँदै आएका छन् ।

हालै सूचना अधिकारीमा नियुक्त हुनुभएका उन्सँग २० बर्षको बैंकिङ अनुभव रहेको छ । त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएका अधिकारी शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल हुनुहुन्छ । उहाँले बैंकको सामान्य सेवा विभाग, मानव संसाधन विभाग र कर्पोरेट कम्युनिकेशन विभाग समेतको जिम्मेवारी वहन गर्दै आउनुभएको छ ।

पात्ले सामुदायिक वन उपभोक्ता समुहको छैटौं वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न

भत्तपुर । पात्ले वन उपभोक्ता समुहले आफ्नो छैटौंवार्षिक साधारण सभा
भब्य तथा सभ्यताका साथ सम्पन्न गरेको छ । चॅागुनारायण नगरपालिका ८ नं वडाका अध्यक्ष जनक खत्रीको प्रमुख आतित्थ्यमा सम्पन्नसामुदायिक वन उपभोत्ता समुहले छैटौं वार्षिक साधारण सभा यम्पन्न गरेको हो । साधारण सभामा विशेष अतिथि वन संरक्षक २ नं. डिभिजन खरीपाटी नगरकोटका हरीशरण तिमल्सिनाले मन्तब्य दिने क्रममा वनबिभागबाट हुने सहयोगको लागि तत्पर हुन तयार रहेको बताएका थिए । वन बिकास र निर्माणका लागि आवश्यक विभिन्न प्रजातिका बोट विरुवा र लगानिको लागि डिभिजन कार्यलयमा प्रस्तावको बिषयसालाई म कुरा उठाउने भन्दै प्रतिबद्दता जायर गरेका छन । पात्ले सामुदायिक वन उपभोत्ता समूहका निवर्तमान अध्यक्ष बाबु कृष्ण खत्रीले वन संरक्षणका लागि ४५ वर्ष सम्म लागि पर्दै आफ्ना पिताको सल्लाह अनुसार उपभोत्ता समूहलाई आफ्नो अमुल्यजीवन समय दिई नयॅा पुस्ताकापवन खत्रीलाई पद हस्तानरण गरेको बताउनु भयो । चॅागुनारायण ८ का वडा अध्यक्ष जनक खत्रीले मन्तब्य राखदै वडा र नगरपालिकाबाट बजेट पास गराउछु ा उपभोत्ता समूहबाट प्रस्तावना लिएर वडामा आउन बताउदै जागरुक हुनुपर्योे समूहलाई कसरी अगाडी बढाउने सोच्न जरुरी छ । पद ओगट्ने तर काम नर्गने ,बैठकको समयमा आफ्नो कार्यब्स्तता देखाउने परीपाटीले संस्थाबाट केही उपब्धी नदेखीने भएकोले सकृयता पुर्बक लागि परी संबन्धित ठाँउमापुग्नका लागि वडाध्यक्षले आफु पनि आफ्नो गाउॅको वनको विकासमा विभिन्न प्रजातिका बोट बिरुवा र उन्नत वृक्षरोपणका लागि नगरपालिको प्रवत्तmा भएकोले नगरपालिका कार्यलयमा प्रस्तावित बजेटको माग राख्ने प्रतिबध्दता गर्नु हुदै उपभोत्ता समितिलाई सल्ला दिएका छन ।
आयब्यको वार्षिक प्रगती विवरण समूहका कोषध्यक्ष शंकर काफ्लेले पेश गरेका थिए ।

कामनपाद्वारा जोखिममा परेका स्थानीयको उद्धार जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले अविरल वर्षापछि विभिन्न नदीहरूमा आएको बाढी र डुबानबाट सिर्जना भएको विपद् व्यवस्थापनका लागि तीन सय नगर प्रहरी परिचालन गरेको छ ।
महानगरपालिकाले विपद्का कारण जोखिममा परेका स्थानीयको उद्धारका लागि तीन सयजना नगर प्रहरीलाई १७ वटा टोली बनाएर परिचालन गरेको हो ।
अविरल वर्षाका कारण काठमाडौंमा सिर्जना भएको विपद् व्यवस्थापन गर्न नगर प्रहरीका १७ टोलीमा अधिकृत र जवान गरी ३ सय जना परिचालन गरिएको महानगर प्रमुख बालेन्द्र शाहको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार नगर प्रहरीका टोलीहरू डुवान भएका बस्ती, नदी किनारा, रूख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि साहस पूर्वक प्रयत्न गरिरहेका छन् ।

सचिवालयले वंशीघाट, कुशेश्वर, कपुर धारा, जडिबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शंखमुल, न्युरोड, गणेशस्थानलगायत स्थानको समस्या समाधान भइरहेको जनाएको छ ।
जलजन्य विपद डुबान, कटान, बाढी, पहिरो को जोखिम भए काठमाडौँ महानगरपालिकाले हट लाइनहरु १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गरेर अवस्थाका बारेमा जानकारी गराउन आग्रह गरेको छ ।

विपद्को जोखिममा परेका नागरिकहरुको उद्धार तथा राहतकार्यमा सरकार गम्भीर भएर लागि परेको छ ः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अविरबर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरुको उद्दार, राहत तथा घाइतेहरुको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताएका छन् ।
शनिबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बर्षा, बाढी, पहिरो र डुबानबाट काठमाडौं उपत्यकामा मात्रै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्दार टोलीले साढे सात सय भन्दा बढी नागरिकको सकुशल उद्दार गरेको जानकारी दिए ।
‘दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट समेत उद्दार गरी सुरक्षित स्थानमा सारिएको छ ।’ गृहमन्त्री लेखकले भने,‘ मुलुकमा ठुलो विपद्को स्थिती आएको छ ।’
उनले बैठकले मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सुचना संकलन गर्ने, उद्दार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताए ।
‘विपद्बाट हुने क्षति न्युनीकरणका लागि सबै सुरक्षा संयन्त्र परिचालन भएको छ ।’ उनले भने, ‘बाढी, पहिरो लगायत विपद् सम्बन्धि पूर्व सूचना जारी गर्ने काम पनि हुँदै आएको छ ।’
उनले अवस्था सामान्य हुँदै गएपछि विस्थापितलाई पुर्नस्थापनाका लागि सरकारले पहल गर्ने मन्त्री लेखकको भनाई थियो । उनले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’ २४सै घण्टा सक्रिय बनाइने बताए
‘खराब मौसमका कारण पनि कतिपय स्थानबाट हवाइ उद्दारमा समेत समस्या भयो ।’ उनले भने, ‘स्थलगत रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार, सूचना संकलनमा राष्ट्रिय अनुसन्धान विभाग र हेलिकप्टरबाट नेपाली सेनाले निगरानी र उद्दार गर्नेगरी सुरक्षा निकाय परिचालन भएको छ ।’

 

सरकारद्वारा उखु र दुग्ध किसानको बक्योतारकम उपलबध गराउने प्रक्रिया सुरु

काठमाडौँ । सरकारले दुग्ध तथा उखु किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ ।
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीको पहलमा दुग्ध तथा उखु किसानका लागि झन्डै दुई अर्ब रुपैयाँ निकास भएको हो ।
दुग्ध किसानहरूको बक्यौता रकम तिर्नका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको छ भने आठ जिल्लाका उखु किसानले पाउनुपर्ने एक अर्ब ४५ करोड बढी रकम कृषि मन्त्रालयले रकमान्तर गरी भुक्तानीका लागि जिल्लाहरूमा पठाएको छ ।
त्यसका लागि महालेखा नियन्त्रक कार्यालयको अनुमति र अर्थ मन्त्रालयले रकम बाँडफाँट गरी शुक्रबार नै सम्बन्धी जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पठाएको छ ।यस संघै दुग्ध र उखुकिसानले बक्यौता रकम दशैं अगाडी नै पाउने भएका छन् ।
कृषि तथा पशुपक्षी विकासमन्त्री अधिकारीले उखु तथा दूध किसानहरूको बाँकी रकम दसै अघि नै भुक्तानी गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए । सोही अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग मन्त्री अधिकारीले निरन्तर पहलमा उक्त काम सम्भव भएको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।
दूध र उखु किसानले पाउनुपर्ने बक्यौता रकम दसैँ अघि नै पाउने व्यवस्था सरकारले मिलाएको जनाउँदै मन्त्री अधिकारीले भने,‘दूध र उखु किसानको दसैँ घर घरमा आउने छ । यसको चाँजो मिलाउने सबैलाई धन्यवाद छ । म अत्यन्त खुसी छु ।’
कृषि तथा पशुपक्षी विकास मन्त्रालयको भदौ २६ गतेको निर्णयलाई महालेखा परीक्षकको कार्यालय र अर्थ मन्त्रालयले स्वीकृत गरेको छ । उखु किसानलाई रकम उपलब्ध गराउन कृषि मन्त्रालयले गरेको प्रस्ताव अनुसार अख्तियारी तथा बाँडफाँट शुक्रवार भएको हो ।
‘प्रचलित कानुन र स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी उखु कृषकहरूलाई अनुदान उपलब्ध गराउन सम्बन्धित कार्यविधि, २०७५संशोधनसहित उखु उत्पादक कृषकलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने गत आव २०८०÷०८१को समेत कार्यान्वयनका लागि देहायका ८ वटा कोष तथा लेखा नियन्त्रक कार्यालयलाई अख्तियारी÷बाँडफाँड स्वीकृत गरिएको छ,’ पत्रमा भनिएको छ । जस अनुसार कञ्चनपुर, नवलपरासी पश्चिम, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिराहा र सुनसरी जिल्लाका उखु किसानले पाउनु पर्ने रकमका लागि एक अरब ४५ करोड ३२ लाख २१ हजार ८ सय ६८ रुपैयाँ सम्बन्धित जिल्लाहरूमा पठाइएको छ ।
त्यस्तै, मन्त्रिपरिषद् भदौ २० गते दुग्ध विकास संस्थान डिडीसीलाई दुग्ध किसानहरूको बक्यौता रकम तिर्नका लागि सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको थियो । उक्त रकम सम्बन्धी दुग्ध किसानको हातमा पुग्ने गरी सम्पूर्ण प्रक्रिया पुरा भएको डिडीसीका प्रमुख सूर्य पाण्डेले जानकारी दिए ।
‘मन्त्रीज्यूको दुग्ध किसानहरूले जसरी पनि दसैँ अघि बक्यौता रकम हातमा पुग्नु पर्छ भन्ने चाहना अनुसार काम भएको छ,’ पाण्डेले भने,‘अब प्रक्रिया पुरा भएको छ । सरकारले डिडीसीलाई ऋण बापत दिएको ६० करोड रुपैयाँ वितरण सुरु हुन्छ । दसैँ अघि नै सबै किसानले रकम पाउनु हुन्छ ।’

वाइडेनको स्वागत समारोहमा प्रधान मन्त्री ओलीले भने,वर्तमान विश्व आमुल परिवर्तनको मोडमा रहेको छ

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् ।
ओलीसँगै प्रथम महिला राधिका शाक्य पनि उक्त समारोहमा सहभागी भएकी थिइन् । ओलीले गएराति महासभालाई सम्बोधन समेत गरेका थिए । सो क्रममा ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको जानकारी दिएका थिए ।
प्रधानमन्त्रीले वर्तमान विश्व आमूल परिवर्तनको मोडमा रहेको जनाउँदै धनी र गरिब, सद्भाव र घृणा, आर्थिक विकास र वातावरणीय विनाशबिचको विरोधाभासमा रहेको उल्लेख गरे। साथै उनले मानव जाति र पृथ्वी जलवायुको विपत्तिमा रहेको वास्तविकता प्रस्तुत गरेका थिए ।

सुदामा ताजा समाचार

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले...

राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी, काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा...

दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई...

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन...

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच सहमति

काठमाडौं । यतिबेला चर्चामा रहेकोसंक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन दलहरु सहमत भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग...

बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका...