काठमाडौँमा प्रदूषण बढ्यो, मास्क लगाउन आग्रह

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँमा वायु प्रदूषणक अत्यधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहन अनुरोध गर्नुभयो । विश्वभरिको वायुप्रदूषणको अवस्था मापन गर्ने ‘वल्र्ड एयर क्वालिटी इन्डेक्स–¥याकिङ्ग’ अनुसार काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा छ ।

“वायु प्रदूषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पु¥याउनुका साथै दम, क्यान्सर आदिको जोखिम पनि बढाउँछ । वायु प्रदूषणले गर्दा कम तौल भएको बच्चा जन्मने र अवधि नपुग्दै बच्चा जन्मने जोखिमसमेत हुन्छ,” प्रवक्ता बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालमा वायु प्रदुषणबाट बर्र्सेनि हुने मृत्युमा बढीजसो पाँचवर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घ रोगी र वृद्धवृद्धा बढी छन् । यसले नेपालीको औसत आयु चार दशमलव एक प्रतिशतले घटाएको तथ्याङक छ ।

नेपालमा रूग्णता तथा मृत्युको प्रमुख कारणमा वायु प्रदूषण प्रमुख रहेको विविध तथ्य र अनुसन्धानले देखाएको प्रवक्ता बुढाथोकी बताउनुहुन्छ । गर्मी समयमा तराईमा तातो हावा बहने र लू लाग्ने उच्च सम्भावना भएको हुँदा तातो हावा लागेको समयमा अनावश्यक बाहिर हिँडहुल नगर्न तथा झोलिलो पदार्थ पर्याप्त मात्रामा सेवन गर्न गराउनु हुन मन्त्रालयले अनुरोध गरेको छ । गर्मी बढेसँगै देशभरका अस्पताल र स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको मन्त्रालयले जनाएको छ ।

नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मुल्य तोलामा १४ सयले बढेर १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि छापावाल सुन तोलाको एक लाख ३५ हजार ८०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एकलाख ३५ हजार १५० मा कारोबार भएको थियो
। महासंघका अनुसार चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि चाँदी तोलाको १६ सय ५५ मा कारोबार भएको थियो ।

इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा कांग्रेस र एमालेको विकल्प देखिएन

काठमाडौं । यही बैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेश सभा मा उपनिर्वाचन हुँदैछ। यसका लागि निर्वाचन आयोगले इलाम क्षेत्र नं २ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता,७९ मतदान स्थल र १४९ मतदान केन्द्रको व्यवस्था गरिसकेको छ। यसैगरि बझाङ प्रदेश सभामा पनि ६१ हजार ७ सय ४८ मतदाता, ७४ मतदान स्थल र ९३ मतदान केन्द्र रहने व्यवस्था गरिसकेको अवस्था छ ।
इलाम क्षेत्र नं २ अन्तर्गत इलाम नगरपालिकाको १,२,३,४,५,६,७,८,९,११ र १२ वडा,माई नगरपालिकाको ६,७ र ८ नं वडा, देउमाई नगरपालिका, माङसेबुङ, फाकफोकथुम र चुलाचुली गाउँपालिका पर्दछन। यो क्षेत्र विगत तीन दशकदेखि एमालेको पकड क्षेत्रका रूपमा रहदै आएको छ। कांग्रेसका बेनुपराज प्रसाई र केशव थापाले मात्र एक – एक पटक चुनाव जितेका थिए। यो क्षेत्रमा इलाम नगरपालिकाका मेयर केदार थापा र चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरूङले कांग्रेसबाट चुनाव जितेका छन। अन्य सबै स्थानीय तह एमालेले कब्जा रहेको छ।

इलाम – २ मा प्रतिनिधि सभा सदस्यका लागि १२ राजनीतिक दलबाट १२ जना र स्वतन्त्र ७ जना गरी १९ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन । नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, नेकपा ९एमाले०बाट सुहाङ नेम्बाङ, रास्वपाबाट मिलनकुमार योङयाङ लिम्बु, राप्रपाबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीबाट जितबहादुर राई उम्मेदवार बनेका छन।

यस्तै, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेमकिपाबाट श्यामबहादुर दर्जी, राप्रपा नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट जयवन्तविक्रम शाह, नेशनल रिपब्लिक नेपालबाट धनराज राना मगर, मंगोल नेशनल अर्गनाइजेशनबाट मनिबहादुर लिम्बू, नेपाली जनता दलबाट रेशमबहादुर सुनारले उम्मेदवारी दिएका छन् । पहिचानवादीका पक्षबाट मुडा चुनाव चिन्ह लिएर डकेन्द्रसिंह थेगिम पनि चुनावी मैदानमा रहेका छन।

उनको चुनाव चिन्ह मुढाको निकै चर्चा भैरहेको छ। अन्य स्वतन्त्र उम्मेदवारहरूमा अर्जुनबहादुर शाही, केशवकुमार चापागाईं,डाकप्रसाद गौतम, दिपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ, राज बस्याल रहेका भएपनि यी उम्मेदवारहरूको खासै प्रचारप्रसार,चर्चा र मतदाताहरूको आकर्षण देखिएको छैन।
यता प्रदेश सभातर्फ बझाङ ९१० का लागि एक जना महिला र ११ पुरूष चुनावी प्रतिस्पर्धामा रहछन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, एमालेका दमनबहादुर भण्डारी, माओवादी केन्द्रका जनकबहादुर बुढा, राप्रपाका किशोरकुमार खड्का, एकीकृत समाजवादीका दिलबहादुर सिंह, जसपाका रामबहादुर जाग्री, जनमत पार्टीका सुशीलादेवी विष्ट, नेमकिपाका खगेन्द्रबहादुर शाही चुनावी मैदानमा छन। यस्तै, नेपाली जनता दलका अशोक सुनार, नेशनल रिपब्लिक नेपालका कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्का पनि चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन।

यो उपनिर्वाचनलाई २०८४ को मिनी निर्वाचनका रूपमा हेरिदै आएकाले ठुला राजनीतिक दलहरू कांग्रेस,एमाले, रास्वपा र पहिचानवादीहरूले जिवनमरणको सवाल बनाउदै आएका छन। बैशाख १३ गते राती १२ बजेसम्ममात्र प्रचारप्रसार गर्ने समय बाँकी छ। त्यसपछि मौन अबधि सुरू हुँदैछ। सबै राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारहरूले ठुला – साना चुनावी सभा र गाउँ – शहर पुगेर घरदैलो कार्यक्रम सम्पन्न गरिसकेका छन।

 

 

नेपालले कतारलाई पानी दिने

काठमाडौ । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका “के खोज्छस् काना आँखा भनेझै” कतारले पनि नेपालको पानी अआयात गर्ने प्रस्ताव सरकार सँग राख्ने भएको छ । त्यसैले नेपालको खानेपानीले अन्तर्राष्ट्रिय बजारमा व्यापारिक सम्भावना खोजिरहेको बेलामा कतार पनि मुख्य गन्तव्य हुनसक्ने छ ।

पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण विश्वमा पानीको स्रोत सुक्दै गइरहेको भन्दै यसबारे विश्वव्यापी छलफल सुरु भइसकेको छ । कतारलगायतका खाडीमुलुक पनि पानीको सङ्कटग्रस्त क्षेत्र मानिन्छ । कतारमा पानी निर्यातक्रम बढिरहेको अध्ययनले देखाएको छ । विभिन्न देशमा स्वच्छ खानेपानीको अभाव बढ्दो रहेको अवस्थामा हिमालको पानीको माग उच्च हुनसक्ने उनीहरुको आकलन छ ।

लगानी सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल भ्रमणमा आएका छन् । कतारी अमिरको भ्रमणले नेपालको स्वदेशी वस्तुहरुको निर्यात प्रवद्र्धनका लागि पहल गर्ने सुनौलो अवसरका रुपमा लिन सकिने उनीहरुको बुझाइ छ ।

खानेपानी मन्त्रालयका सहसचिव माधव अधिकारीले कतारमा खानेपानी निर्यातको राम्रो सम्भावना रहेको बताए । “हाम्रो हिमाली क्षेत्रको स्वच्छ खानेपानीको विज्ञापन गर्नसकेमा कतार पनि पानी निर्यातको राम्रो सम्भावना भएको मुलुक बन्न सक्छ”, उनले भनेर, “अहिलेसम्म केही निजी क्षेत्रहरुले पिउने पानी निर्यात गर्न थालेका छन् । अव यसलाई अझै व्यापाक प्रचार प्रसार गर्दै कतारलगायतका खाडी मुलुकमा पनि व्यापारको गन्तव्य खोजिनुपर्छ ।”

लगानी सम्मेलन र कतारी राजाको भ्रमणका अवसरमा नेपालको पानीको निर्यात प्रवद्र्धनका लागि पहल गरिर्नुपर्नेमा उनले जोड दिएका छन् । उनका अनुसार पानी निर्यातसम्बन्धी ऐन नभएको भन्दै ऐन बनाउन पहल पनि थालिनुपर्नेमा जोड दिएका छन् । “अहिले उद्योग विभागले निर्यातका लागि केही काम गरिरहेको छ । अब अन्तरसरकारी निकायबीच समन्वय बढाएर पानी निर्यातको नीतिगत व्यवस्था गर्न जरुरी छ”, अधिकारीले भने, “स्वदेशी पानी विश्वबजारमा बेच्नसकेमा स्वदेशी वस्तुको निर्यात प्रवद्र्धन हुने र मुलुकको आर्थिक समृद्धि सम्भव छ ।”

कतार वातावरण तथा ऊर्जा अनुसन्धान संस्थानले गरेको एक सर्वेक्षणअनुसार कतारको ३० प्रतिशत जनसङ्ख्याले मात्र दैनिक धाराको पानी पिउँछन् । अधिकांशको रोजाइ बोतलको पानीमा छ । खानेपानीको बढ्दो मागबीच ती क्षेत्रमा बोतलको पानीको उद्यम वार्षिक आठ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । बढ्दो जनसङ्ख्या, उच्च खपत उपभोग्य आय, सहज बजार पहुँच, स्वास्थ्यमा बढ्दो जनचेतनालगायतका कारण त्यहाँका जनता धाराको पानीको साटो ‘मिनिरल वाटर’को खपत बढेको अध्ययनले देखाएको छ ।

गैरआवासीय नेपाली सङ्घ एनआरएनए का पूर्वअध्यक्ष भवन भट्टले पनि लगानी सम्मेलनको पूर्वसन्धामा कतारी राजा नेपाल भ्रमणमा आएको मौकामा खानेपानी निर्यातका लागि पहल गरेमा मुलुकको अर्थतन्त्र सुधार हुने बताए । “कतारको समृद्धिका लागि हाम्रा नेपाली कामदारहरुले गर्नुभएको योगदान महत्वपूर्ण छ”, उनले भने, “अब कतारले पनि हाम्रो मुलुकको समृद्धिका लागि खानेपानीलगायत स्वदेशी वस्तु आयात गरिदिन कतारलाई आग्रह गर्नुपर्छ ।”

नेपालको पैठारी व्यापारमा प्रमुख मुलुकमा भारत, चीन, युएई, युक्रेन, मलेसिया, संयुक्तराज्य अमेरिका, फ्रान्स, अष्टे«लिया, इण्डोनेसिया, अर्जेन्टिना, थाल्याण्ड, संयुक्त अधिराज्य, साउदी अरेयिबा र ओमान प्रमुखरुपमा रहेको उद्योग मन्त्रालयको भनाइ छ । चालु आर्थिक वर्ष २०८०÷८१ प्रथम आठ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापारघाटामा दुई दशमलव पाँच प्रतिशतले ह्रास आई कूल व्यापारघाटा रु नौ खर्ब २९ अर्ब ६१ करोडमा सीमित भएको मन्त्रालयको तथ्याङ्क छ ।

सहकारी का‌न्डले रविको पद फेरी पनि धरापमा पर्ने सम्भावनाा

काठमाडौं । रास्वपाका अध्यक्ष, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको गृहमन्त्री पद फेरी धरापमा पर्ने सम्भावना देखिदै छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले रविमाथि लागेको सहकारी ठगीको आरोपप्रति छानबिन हुनुपर्ने अडान कायम राखेपछि र गृहमन्त्री बारे प्रधानमन्त्रीको दाबी झुटो सावित भएपछि पद धरापमा पर्ने देखिएको हो ।
गत चैत्र ६ गते प्रतिनिधि सभा बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सहकारी ठगीमा गृहमन्त्रीको कतैबाट पनि कुनै दोष नदेखिएको दावी गरेका थिए । तर त्यसको महिना दिन बित्दा नबित्दै रवि लामिछाने भन्ने नामबाट बुटवलको सहकारीबाट दुई करोड रुपैयाँ झिकिएको देखियो । एउटै सहकारीबाट एकै व्यक्तिले यति धेरै रकम झिकेपछि सो रकम झिक्ने मन्त्री रवि लामिछाने नै हुन की अरु कुनै लामिछाने हुन भन्नेमा प्रहरी प्रष्ट हुन सकेन । यसले गृहमन्त्री लामिछाने माथि थप प्रश्नहरु उब्जिएका छन् । प्रहरीले थप अनुसन्धान नै रोकेपछि सहकारीबाट त्यति धेरै रकम झिक्ने मन्त्री रवि नै हुन भन्ने अडकल काट्न थालिएको छ । अब रवि लामिछानेले रकम झिकेको सबैतिरबाट साँचो सावित भएमा नैतिकताको आधारमा राजिनामा दिनुपर्ने हुन्छ । प्रतिपक्षीको अर्जुन दृष्टि पनि त्यसैमा छ । त्यसैकारण उनको गृहमन्त्री पद धरापमा पर्ने सम्भावना देखिएको
हो । प्रहरीले अदालतमा पेश गर्न तयार पारेको प्रतिवेदनमा नाम उल्लेखित भएका व्यक्ति रवि लामिछाने नै भएको ठहर भएमा कानूनतः उनी ६ वर्ष कैद बस्नुपर्ने हुन्छ । राजनीतिक पहुँच र शक्तिका आधारमा अर्कै रवि लामिछाने९कृतिम लामिछाने० खडा गरे भने अलग कुरा हो, होइन भने कानूको दायरामा आउनै पर्ने हुन्छ ।
मन्त्री रवि लामिछानेलाई यस अघि गृहमन्त्री हुँदा नागरिकता काण्ड लागेको थियो । उनले अमेरिकी नागरिकता त्यागेर नेपाल आए पनि पुनः नेपाली नागरिकता पाउँ भनेर जिप्रकामा निवेदन नदिई पुरानै नागरिकताको आधारमा चुनाव लडेर गृहमन्त्री भएका थिए तर नेपालको कानूनले रविलाई विदेशी नागरिक नै भएको प्रमाणित गरेपछि कानून रविको गृहमन्त्री पद स्वतः खारेज गरेको थियो ।
रविले आफू निस्कलंक नभई कुनै मन्त्री नहुने वा पद धारण गर्ने रहर राख्दा जनमतको सही कदर हुन नसकेको आम नेपालीको बुझाई
थियो । अबका दिनमा रवि लगायत अन्य व्यक्तिले आफ्नो छविलाई स्वच्छ र सफा बनाएर मात्र राजनीतिमा होमिन पर्ने कुराको ज्ञान अहिले सम्मका घटनाले दिएको छ ।
त्यसो त अहिले वर्तमान गठबन्धन नै कमजोर हुन थालेको देखिँदैछ । दोस्रो ठूलो दल नेकपा एमालेको समर्थनमा बनेको नयाँ सत्ता समिकरणमा सहभागी नेकपा एस, जसपा लगायतका दलहरु नयाँ गठबन्धनबाट बाहिरी सकेका छन् । यही क्रम जारी रहेमा सरकार नै ढल्न सक्ने खतरा पनि देखिदैछ । प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले इलामी उपनिर्वाचन सभालाई सम्बोधन गर्ने क्रममा वर्तमान सरकारले २०८१ सालको माघ नकटाउने दाबी गरेको छ । यो दावी पुरा भएमा गृहमन्त्री मात्र होइन सरकार नै ढल्न सक्ने सम्भावना छ ।

युवावर्गको पहिलो रोजाइ विदेश बन्यो —भोजकुमारी खड्का

नेपालका अधिकांश ग्रामीण क्षेत्रमा यूवाहरु रित्तिँदै गएका छन् । गाउँबाट विभिन्न अवसरको खोजीमा शहर आएका र शहरमा पनि अवसर प्राप्त नहुने भएपछि विदेशीन बाध्य भएका छन् । युवाहरुको शहर र विदेश पस्ने मानसिकताको विकास हुनुको कारण देशमा सिर्जित अस्थिर राजनीतिक अवस्था र चरम बेरोजगारी नै हो । यसले सिंगो गाउँ युवारहित भएको छ । पछिल्ला केही वर्षको अवस्थालाई हेर्ने हो भनें यूवाहरु नेपालमा भन्दा विदेशमा आफ्नो भविष्य देखिरहेका छन् । रोजगारीका लागि होस् वा उच्च शिक्षाका नाममा होस् देशको युवाहरुको पहिलो रोजाई विदेश नै रहेको छ । पछिल्लो २ दशकमा विदेशीएका युवाहरुको संख्याले नै पुष्टि गरिसकेको छ ।
आर्थिक वर्ष २०७९÷८० मा रोजगारीका लागि विदेश जाने नेपालीहरुको संख्या ७ लाख ७१ हजार ३२७ जना थियो । त्यस्तै आर्थिक वर्ष २०८०÷०८१ को नौ महिनामा करिब साढे पाँच लाखले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिईसकेका छन् । त्यस्तै उच्च शिक्षा हासिल गर्नका लागि विदेशीने विद्यार्थीको संख्या पनि कमि छैन । गत चैत्र महिनामा मात्रै ७० हजारभन्दा माथिको संख्यामा श्रम स्वीकृति लिईसकेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेती
बताउछन् । चालु आर्थिक वर्षको मंसिर महिनामा सबैभन्दा बढी ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिईसकेको सूचना अधिकारी उप्रेतीको भनाई छ । उप्रेती भनाई अनुसार हरेक दिन २ हजार युवा वैदेशिक रोजगारीका लागि विदेशीने गरेका छन् । १८ वर्षदेखि ४४ वर्ष उमेर समूहका उर्वशील युवालाई विदेश पढाएर देशर्ला सम्वृद्धि बनाउने नेताहरुको नारा दिवा सपना जस्तो मात्रै हो । सस्तो मूल्यमा वैदेशिक रोजगारीमा पठाउनुको सट्टा नेपालमै रोजगारी दिने व्यवस्था मिलाउन सरकारले सकेन । यूवाशक्ति विदेश पढाएर समृद्धिको रटान गर्नु जनताका ढाँट्ने र भोट माग्ने प्रपञ्च मात्रै
हो । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने शक्ति यूवाशक्तिनै हो । त्यस्तो शक्ति विदेश पठाउँदा देशलाई घाटा हुने कुरा नालायक नेताहरुको सोचाई भित्र पर्न सकेन ।
देशको युवाशक्ति सस्तो मूल्यमा विदेश पठाउने र देशलाई आवश्यक परेको बेला महँगो मूल्यमा भारतलगायतका दोस्रो देशबाट मगाउनु पर्दा देशर्ला घाटैघाटा छ । यसले गर्दा स्वदेश भित्रिने रेमिट्यान्सको झण्डै आधा जति त बाहिर जाने अनुमान गर्न सकिन्छ । भारतकै कुरा गर्ने हो भने पनि भारतबाट भित्रिने रेमिट्यान्सको ठूलो हिस्सा नेपालबाट जाने गरेको छ । सरकारले स्पष्ट नीति ल्याउन नसक्दा देशका नागरिक विदेशीनु परेको बाध्यात्मक अवस्था छ ।

राम्रो काम गरे प्रचण्ड पाचै वर्ष प्रधानमन्त्री

काठमाडौं । एमालेका महासचिव शंकर पोख्रेलले प्रचण्ड नेतृत्वको सरकारले राम्रो काम गरे पाँचै वर्ष प्रचण्ड प्रधानमन्त्री हुने बताउनु भएको छ । एमालेको चिन्ता मुलुक, जनता र राष्ट्रको भविष्यप्रति भएको हुँदा प्रधानमन्त्री परिवर्तनको पक्षमा एमाले नभएको दाबी गर्नुभयो ।
कतिपयले आलोपालो प्रधानमन्त्री भनेका छन् । तर हामी यो सरकारले राम्रो काम गर्छ भने यसलाई निरन्तरता दिन तयार छौं । महासचिव पोखे्रलले भन्नुभयो । महासचिव पोख्रेलले गणतन्त्र र लोकतन्त्रको सुदृढिकरणका लागि एमाले सबै पक्षसँग मिलेर जान तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुलुकलाई ओरालो यात्राबाट सुरक्षित यात्रामा डो¥याउने कुरा नै प्राथमिकता हो । लोकतन्त्र माथि संकट आएका बेला कांग्रेससँग पनि मिलेर काम गर्नेछौं ।’ उहाँले प्रदेशहरुमा देखिएको अस्थिरता राष्ट्रिय राजनीतिमा भएको कोशी करेक्सनको प्रभाव भएको टिप्पणी गर्नुभयो ।
पूर्व मुख्यमन्त्रीसमेत भईसक्नु भएका पोख्रेलले केन्द्रको राजनीतिक समिकरण अनुसार नै प्रदेश सरकारहरु बनेपछि मात्र मुलुकले स्थायित्व प्राप्त गर्ने दाबी गर्नुभयो ।

इलाम–२ मा चुनावी सरगर्मी चरम विन्दुमा, बाजी कस्ले मार्ला?

काठमाडौं । जति–जति उप निर्वाचन गर्ने दिन नजिकिदै जान्छ, त्यति त्यति चुनावी सरगर्मी चरम विन्दुमा पुग्दै गएको छ । यही वैशाख १५ गते हुने निर्वाचनका लागि त्यहाँ उम्मेदवार कार्यकर्ता मात्र होइन मन्त्री र नेता नै इलामेली जनताका घरदैलो गरिरहेका छन् । चुनावी प्रचारप्रसारमा केन्द्रीय नेताको भीड लागिरहेको
छ । मतदाता आफूतिर तान्न जनतालाई चर्काचर्की आश्वासन दिईरहेका छन् । मतदाता फकाउन चर्को प्रतिस्पर्धी नै चलिरहेको छ ।
उपनिर्वाचनमा मुख्य गरी नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले र पहिचानवादी समूहले प्रचारप्रसारलाई तीव्रता दिएका
छन् । प्रचारप्रसार गर्ने क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख ५ मा चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । अध्यक्ष ओलीले गर्नुभएको सम्बोधन सभामा उपाध्यक्ष रामबहादुर थापा, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य शेरधन राईलगायतको सहभागिता रहेको थियो । एमालेले चुनावी कमाण्डर स्थायी कमिटि सदस्य शिवमाया तुम्बाहाम्फेलाई तोकेको छ । माओवादी केन्द्रले एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले इलाम–२को उपनिर्वाचनमा महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन परिचालन समितिको संयोजक बनाएको छ । अर्का महामन्त्री गगन कुमार थापा चुनावी अभियानका लागि दोस्रो पटक इलाम–२ पुगेर चुनावी सभा गरी घरदैलो कार्यक्रममा लाग्नुभएको छ । प्रचार अभियानका क्रममा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री भीष्म आङदम्बे, पूर्व महामन्त्री शशांक कोइरालालगायतका नेता चुनावी क्षेत्रमा पुगिसकेका
छन् । कांग्रेसले अघिल्लो निर्वाचनमा थोरै मतले पराजीत भएका डम्बर खड्कालाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सिंगो पंक्तिनै चुनावी केन्द्रीत हुने गरी अरुको तुलनामा धेरै नेतालाई खटाएको छ । पार्टीका शीर्ष नेता, मन्त्री, केन्द्रीय सदस्य र सांसदलाई समेत रास्वपाले खटाएको छ । चुनावी सभाका लागि दोस्रो पटक इलाम पुग्नु भएका मन्त्री लामिछाने भोली अर्थात वैशाख १२ सम्म इलाममै रहनुहुने बताएको छ ।
त्यस्तै सत्तारुढ दल एकीकृत समाजवादीले आफ्नै उम्मेदवार खडा गरी जीतबहादुर राईका पक्षमा मत माग्न पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल आफैं लाग्नु भएको छ । खनाल एकीकृत समाजवादीका उम्मेदवार राईका चुनावी कमाण्डर समेत हुनुहुन्छ । पहिचानवादीबाट स्वतन्त्र उम्मेदवार बन्नु भएका डकेन्द्र सिंह थेगिमलाई जनता समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीले समर्थन गरेका छन् । विभिन्न १ वटा घटक दल र संघसंस्थाको समर्थनमा उम्मेदवार बनेका थेगिमको समर्थनमा अधिवक्त स्वागत नेपाल, लेखक युग पाठक इलाम पुगेका थिए ।
इलाम–२ का संघीय सांसद तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको गत भाद्र २६ गते निधन भएपछिको उपनिर्वाचनमा १९ जना उम्मेदवार भए पनि मुख्यगरी चारदलका उम्मेदवारबीच चर्को प्रतिस्पर्धा हुने हुँदा धेरै मतान्तरमा हारजीत नहुने देखिन्छ ।
चारै दलबीच चर्को प्रतिस्पर्धा हुने हुँदा कस्ले चुनाव जित्छ भनेर यकिन गर्न त सकिँदैन तर सम्भावना सुहाङ नेम्वाङकै देखिन्छ ।

संघ र प्रदेश सरकारमा साना दलको सधै वर्चश्व

काठमाडौं । नेपालमा संघीय शासन त आयो तर संघमा बारम्बार रुपमा सरकार फेरबदल भइरहेका छन् । कहिले कुन दलको नेतृत्वमा सरकार बन्छ, कहिले कुन दलको नेतृत्वमा सरकार बन्छ । बारम्बार सरकार फेरबदल भईरहेका छन् । चुनावमा मतदाताले आफुलाई मन परेको उम्मेदवार र दललाई चुनेर पठाउछन् प्रत्येक निर्वाचनको एउटा म्याण्डेट हुन्छ । जनमत अनुसार संघ र प्रदेशमा सरकार बन्नुपर्ने हो तर विडम्बना परिणाममा ठीक उल्टो भइरहेको छ । स्वभाविक रुपमा ठूला दलले सरकारको नेतृत्व लिनुपर्ने हो तर त्यसको उल्टो संघ र प्रदेश दुवैमा अल्पमतले बहुमतमाथि शासन गरिरहेका छन् । यसको ताजा उदाहरण हो सुदुरपश्चिम प्रदेशमा बनेको नयाँ सरकार । ५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन कम्तीमा २७ सांसदको समर्थन चाहिन्छ । कुनै एक दलले २७ सिट ल्याएको भए स्वतः उसले सरकारको नेतृत्व गथ्र्यो होला । त्यसो त विगतमा तत्कालिन नेकपा कालमा झण्डै दुईतिहाई बहुमतको सरकार पार्टी नै फुटेर अल्पमतमा परेको धेरै पुरानो भएको छैन । सुदुरपश्चिममा हेरौ । त्यहाँ पनि एक दलको बहुमत छैन । यस प्रदेश सभामा कांग्रेसका १८, नेकपा९एमाले०का ११, नेकपा९माओवादी केन्द्र०का १०, नागरिक उन्मुक्ति पार्टी९नाउपा०का ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र एक सांसद छन् तर चार सांसद भएको एकीकृत समाजवादीले यस प्रदेशमा सरकारको नेतृत्व पाएको छ । चार सिट मात्र भएको एकीकृत समाजवादीलाई ११ सिट भएको एमाले, १० सिट भएको माओवादी केन्द्र सात सिट भएको कांग्रेसले समर्थन गरेका छन् । यो सरकार गठनसँगै यस प्रदेशको पहिलो पार्टी प्रतिपक्ष दलमा पुगेको छ । यस प्रदेशमा कांग्रेसको १८ सिट रहेको छ ।
यसरी गर्दा केयही हो त जनताको जनमत भनेर आँकलन गर्नुपर्ने भएको छ । के जनमत यही हो त रु पक्कै होइन । यस प्रदेशमा स्वभाविक रुपमा सरकारको नेतृत्व कांग्रेसले गर्दा जनमतको केही हदसम्म कदर गरेको ठहरिन्थ्यो । त्यसो त यस अघि कांग्रेस नेतृत्वकै सरकार ढलेर अहिले चार सिटेले नेतृत्व लिएको छ । एमाले र माओवादीले यस प्रदेशमा नेतृत्व लिएको भए बेग्लै कुरा हुन्थ्यो तर त्यसो भएन । प्रदेश सभामा १० प्रतिशतभन्दा पनि कम सिट संख्या भएको एकीकृत समाजवादीले सरकारको नेतृत्व पाएको हो । केन्द्रीय सत्ता समिकरण अनुसार एमाले–माओवादी एकीकृत समाजवादीलाई सत्ताको साँचो हस्तान्तरण गर्न राजी भए । सत्तामा रमाउने दलहरुलाई यो स्वभाविक लागे पनि आम जनतालाई भने साना दलले राज्य गरेको देख्दा स्वभाविक मानेका छैनन् । यो सुदुरपश्चिमको कुरा मात्र होइन स्वयं संघमा समेत ३२ सिट भएको माओवादी केन्द्रले झण्डै विगत डेढ वर्षदेखि सत्ताको नेतृत्व गरिरहेको छ । जब की माओवादी केन्द्र भन्दा दोब्बरभन्दा बढी सिट भएको कांग्रेस–एमालेले ३२ सिटे माओवादीलाई नेतृत्व दिइरहेका छन् । अर्थात् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनिरहेका छन् । कुनै बेला राप्रपा २० सिट ल्याएर तेस्रो दल थियो त्यतिबेला कांग्रेसको समर्थनमा सुर्यबहादुर थापा प्रधानमन्त्री भए भने एमालेको समर्थनमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएका उदाहरण छन् । अहिलेको संसदको अंग गठित पनि त्यस्तै छ । कांग्रेस–एमालेको स्पष्ट बहुमत छैन । संसदमा संसदको बहुमतका लागि २७५ सदस्यीय संसदमा १३८ सांसद चाहिन्छ । यही अंक गणितले अहिले बारम्बार प्रचण्ड प्रधानमन्त्री बनिरहेका छन् ।
यस्तो श्रृङ्खला कति रहन्छ, त्यो समयले देखाउँला ।

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या बढ्दै

गाजा ।गाजा पट्टीमा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या बढ्दै गएको हमास शासित गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ । मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “इजरायली सेनाको आक्रमणमा पछिल्लो २४ घण्टामा ५४ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै १०४ जना घाइते भएका छन् । गत बर्षको अक्टोबर ७ मा प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासले इजरायलको दक्षिणी सिमानामा एक्कासी आक्रमण गरी करिब एक हजार २०० जनाको ज्यान लिएको थियो भने २५० भन्दा बढी व्यक्तिलाई अपहरण गरेको थियो । मन्त्रालयको तथ्याङ्कअनुसार हमास आक्रमणको बदलामा जारी इजरायल–हमास द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या ३४ हजार १५१ पुगेको छ भने यस क्रममा ७७ हजार ८४ जना घाइते भएका छन् ।

तत्काल जारी गतिबिधी

मन्त्री लामिछाने द्धारा विकल्पमा छलफल नर्गे अडान

काठमाडौं। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूमाथि उठेका विषय र कांग्रेसले उठाएको विषयमा संसद्मा बोल्ने सुनिश्चित् नभएसम्म अरु विकल्पमा छलफल नगर्ने अडान राखेका छन्...

राजनीतिक हस्तक्षेप नरोके विश्वविद्यालयमा सुधार आउदैन ः मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ठूला राजनीतिक दलहरूले राजनीतिक हस्तक्षेप नरोके त्रिभुवन विश्ववविद्यालयमा सुधार नहुने बताएकी छिन् । उनले शीर्ष दलहरुले...

सरकारमा सहभागी दुई मन्त्रीले लिए सपथ

काठमाडौं । जनता समाजवादी पार्टी जसपाबाट सरकारमा सहभागी भएका दुईमन्त्रीले शपथ लिएका छन् ।सपत लिनेमा एक मन्त्री र एक राज्यमन्त्री रहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले...

भोली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेमा आशंका

काठमाडौं।भोली राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची तय भएकोछ। संसद् सचिवालयले भोलि अपरान्ह्र ३ बजे नीति तथा...

मधेश प्र्देशमा राजनीतिक तरंग

काठमाडौँ। मधेश प्रदेशमा आगामी आर्थिक बर्ष २०८१।०८२ को नीति कार्यक्रम र बजेट नयाँ सरकारले ल्याउने योजना सहित बदलिएको सत्ता राजनीतिको नयाँ सत्ता समीकरणको निर्माण...