नेपाल आयल निगमले गर्यो, विश्वविद्यालय संग डीपीआर सम्झौता

 

भैरहवा । नेपाल आयल निगमले भैरहवास्थित भलबारी प्रादेशिक कार्यालयको डीपो स्थानान्तरणका लागि काठमाडौ विश्वविद्यालयसँग डीपीआर सम्झौता गरेको छ। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको डीपोको निर्माणका लागि डीपीआर भने ६ महिनाभित्र तयार हुनेछ ।

डीपीआर निर्माणका लागि बुधवार काठमाडौ विश्वविद्यालयको इन्जिनियरिङ विभागसँग निगमले भैरहवाको निर्माणाधीन आयोजना स्थलमा डीपीआर सम्झौता गरेको हो।
डीपीआर सम्झौतामा आयल निगमका उपनिर्देशक तथा हवाइ इन्धन डीपो सिनामंगलका प्रमुख इन्जिनियर प्रदीप यादव र काठमाडौ विश्वविद्यालय इन्जिनियरिङ विभागका कन्सल्टेन्सी विभाग प्रमुख इन्जिनियर विवेक बरालले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्रमा हस्ताक्षरपछि काठमाडौ विश्वविद्यालयका कन्सल्टेन्सी बिभागका प्रमुख बरालले निश्चित समयसिमा भित्र डीपीआर निर्माणको काम सक्ने बताए ।

निगमका सिनामंगलस्थित डीपो प्रमुख यादवले डीपो तीन वर्ष भित्र निर्माण सम्पन्न हुने बताए। नयाँ बन्ने डीपो अत्याधुनिक तथा सुविधा सम्पन्न हुने उनले जानकारी दिए। नयाँ बन्ने डीपोको लागत तीन अर्ब २० करोड हुने छ ।

‘डीपीआरका लागि ६ महिनाको समय निर्धारण गरिएको छ, समयमा नै डीपीआर बन्छ, त्यसपछि सार्वजनिक खरिद ऐन अनुसार टेण्डरको प्रक्रियामा जान्छौं,२०८४ मंसिरसम्म डीपो बन्छ, बनाइसक्छौं,’ यादवले भने ।

भैरहवास्थित भलवबारी डीपोका प्रमुख शैलेन्द्र भुसालले डीपो स्थानान्तरणका लागि २०७२ देखि आवाज उठ्दै आएको र सुरक्षाका दृष्टिकोणले समेत असुरक्षित रहेकाले सार्नै पर्ने बाध्यता रहेको बताए। नयाँ बन्ने डीपो पुर्णरुपमा अटोमेसनमा आधारित हुने जानकारी दिए । हालको भलवारि डीपो ५ बिगाहा क्षेत्रफलमा छ ।

नयाँ बन्ने आयोजनाका आयोजना प्रवन्ध अधिकृत रामहरी निरौलाले निर्माणस्थलमा हाल रिटेनिङ वालको काम अन्तिम चरणमा पुगेको बताए । निगमका इन्जिनियर अनुपम पराजुलीले नयाँ बन्ने डीपो दीर्घकालीन तथा स्थायित्व बोकेको आयोजना हुने बताए । कार्यक्रममा काठमाडौ विश्वविद्यालय इन्जिनियरिङ बिभागका डीन प्रा डा मनिष पोखरेलले अटोमेसनमा आधारित डीपो बन्नु प्रविधिमा फड्को हुने बताए ।

डीपो निर्माण गर्न पहिलो चरणमा जग्गा सम्याउने र रिटेनिङ वाल पर्खाल लगाउने काम भइरहेको हो। सो काममा रोहिणी खोलामा आएको बाढीले केही अवरोध गरे पनि अब भने बाढीको प्रभाव घटेकाले पहिलो चरणका सबै काम सम्पन्न गर्ने आयोजनाको तयारी छ ।

भण्डारण गृहको निर्माणका लागि परियोजनामा संलग्न इन्जिनियर अंकित रिमालका अनुसार जग्गा सम्याउने र वाल लगाउने गरी करिब ९० प्रतिशत काम हालसम्म सम्पन्न भइसकेको छ ।
हाल निर्माण हुने डिपो भन्दा पुरानो डिपो १५ किलोमिटरको दुरी छ ।

नयाँ बन्ने डिपो भैरहवाको ओमसत्या गाउँपालिका ५ र रोहिणी गाउँपालिका ३ भित्र बन्नेछ ।ओमसत्या गाँउपालिकामा ७० प्रतिशत जग्गा पर्छ भने रोहिणी गाउँपालिकामा ३० प्रतिशत पर्छ । सो जमिन निगमले २०७३ सालमा खरीद गरेको थियो ।

निगमको भलवारीको भण्डारण गृह भने चालीस वर्ष पुरानो हो । सो भण्डारण गृहको क्षेत्रफल कम छ भने धेरै गाडीको चाप हुँदा असुरक्षित मानिन्छ । सो भण्डारण गृह बस्तीको बीचमा भएकालेसमेत असुरक्षित मानिएर त्यहाँबाट स्थानान्तरण गर्न खोजिएको हो ।

भलबारी डीपोमा ५१९ किलोलिटर क्षमताको पेट्रोल स्टोरेज ट्यान्की छ भने डिजेलको ३ हजार ४० किलोलिटर तथा मट्टीतेलको १४० किलोलिटर क्षमताको ट्यांकी छ । हालको भण्डारण क्षमताले पेट्रोल २ दिन तथा डिजेल ५ देखि ६ दिनका लागि मात्र माग धान्न सक्ने क्षमता छ ।

हाल निर्माण भइरहेको नयाँ भण्डारण गृह बन्दा लुम्बिनी प्रदेश भरको माग धान्ने ठूलो क्षमताको स्टोरेज ट्यांकी बन्ने छ ।

जहाँ तीन हजार किलोलिटर क्षमताको तीन ठूलो भर्टिकल ट्यांकीमा कुल ९ हजार किलोलिटर क्षमताको डिजेल भण्डार गृह, ७६० किलोलिटर अटाउने तीन वटा भर्टिकल ट्यांकीमा २२ सय ८० किलोलिटर पेट्रोल तथा २५० किलोलिटर क्षमताको दुई भर्टिकल ट्यांकीमा कुल ५ सय किलोलिटरको मट्टीतेल भण्डार गृह बन्नेछ । डीपो भित्र १५० वटा टैंक ट्रक सजिलै आवतजावत गर्न सक्ने ठूलो क्षमताको पार्किङ स्थल पनि हुनेछ ।

 

राति बस्न नसक्नेका लागि शुल्क लिएर बत्ति रुंगी दिने व्यवस्था कोषले गरेकोछ ः प्रवकता रेवतिरमण असधिकारी

 

काठमाडौंं पशुपति विकाश क्षेत्रका प्रवक्ता रेवतीरमण अधिकारीले बाला चतुर्दशी पर्वका अवसरमा पितृका नाममा बत्ती बाल्नेका लागि पशुपति क्षेत्र विकास कोषले दुई हजार १०० का दरले शुल्क लिएर राति बत्तिकुर्न नसक्नेका लागि बत्ति कुरीदिने व्यवस्था गर्न लागेका ेबताउनु भएको छ ।

‘बत्ती बालेर आफू कुर्न नसक्नेका लागि शुल्क लिएर कोषका कर्मचारीले कुर्ने व्यवस्था गरेका हौँ’, उनले भने, ‘विदेशमा रहेका व्यक्तिका लागि पनि बढी उपयोगी हुने ठानेर यो व्यवस्था गरेका हौँ।’ यो शुल्क कोषको आम्दानीका लागि नभएर बत्ती, पाला, तेल, संकल्प गराउने र कुर्ने व्यक्तिका लागि खर्च हुने उनले बताए।

बत्ती बाल्ने प्रयोजनका लागि शुक्रबार दिउँसो २ बजेदेखि कैलाश डाँडामा प्रवेश गराउने व्यवस्था मिलाएको कोषले जनाएको छ।

यसैगरी यो वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न प्रतिबन्ध गरेको छ। विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवंगत पितृका नाममा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान शतबीज छर्न आउनेहरूलाई असहज भएपछि यो वर्ष पसल राख्न निषेध गरिएको कोषले जनाएको छ। भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने कोषका सदस्यसचिव मिलनकुमार थापाले जानकारी दिए।
तोकिएका स्थानबाहेक अन्यत्र पसल राख्नेलाई कानूनी कारबाही गर्ने निर्णय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा बसेको व्यवस्थापन बैठकले गरेको उनले जानकारी दिए।

बाला चतुर्दशीका लागि नेपाली सेनाले पाँचवटा ठूला पाल उपलब्ध गराएको छ। पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिराको बिक्री वितरणमा रोक लगाइएको छ।

पशुपतिनाथको मेलाका लागि काठमाडौँ महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गर्ने भएको छ। यस्तै मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल०लाई अनुरोध गरेको कोषले जनाएको छ।

मेलाका लागि सुरक्षा व्यवस्था, सवारीसाधन व्यवस्थापन, सरसफाइको व्यवस्थाका लागि पनि तयारी पूरा भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। मेलामा सूचना प्रवाह, स्वास्थ्य सेवा, पानी व्यवस्थापन, बिजुली व्यवस्थापन, मेला क्षेत्रमा राखिने पसलको व्यवस्थापन, स्वयंसेवक परिचालनलगायत तयारी पनि पूरा भएको कोषले जनाएको छ।

मार्गशीर्ष कृष्ण त्रयोदशीका राति बत्ती बालेर जाग्राम बसी भोलिपल्ट बिहान बागमतीमा सेलाएर स्नान गरी पाशुपत क्षेत्रमा शतबीज छर्ने चलन छ। यो वर्ष शुक्रबार बत्ती बाल्नुपर्ने र शनिबार बिहान शतबीज छर्नुपर्ने पञ्चांगमा उल्लेख छ।

 

सुदूरपश्चिम रोयल्स र सूर्य प्लाईबीच प्रायोजन सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले सूर्य पलाईसँग प्रायोजन सम्झौता गरेको छ ।
रोयल्सले स्ट्रेन्थ पार्टनरको रुपमा सूर्य प्लाईको साथ पाएको हो । सूर्य प्लाईको तर्फबाट सवारागी प्लाईवुड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक देव आनन्द सवारागी र रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि सिइओ खड्काले रोयल्सलाई साथ दिने संस्थालाई समर्थकबाट पनि उत्तिकै साथ मिल्ने विश्वास व्यक्त गरे । ‘प्लाईवुड क्षेत्रमा अग्रणी रहेको सूर्य प्लाई नम्बर १ संस्था हो । सुदूरपश्चिम नेपाली क्रिकेट समर्थकमाझ निकै लोकप्रिय रहेको अवस्थामा समर्थकहरुले एनपिएलको सुरुवाती चरणमा लगानी गरिरहेको संस्थाहरुलाई आफ्नो स्थानबाट साथ दिनुहुनेछ भन्ने आशा छ,’ खड्काले भने ।

प्रबन्ध निर्देशक सरावगीले नेपाली खेलकुद विकासका लागि एनपिएलले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै सूर्य प्लाईको साथ रहने विश्वास दिलाए । ‘सुदूरपश्चिम रोयल्ससँग हातेमालो गर्न पाउँदा निकै खुसी छौं । खेलकुद विकासमा हामी सधैं सकारात्मक छौं र म आफैं पनि कुनै समय मेचीको प्रतिनिधित्व गर्दै टुडिखेलमा क्रिकेट खेलेको थिएँ । खेलकुदको विकासका लागि निजि क्षेत्रको आवद्धता हुनुपर्ने बुझेर नै हामीले रोयल्ससँग हातेमालो गरेका हौं,’ उनले भने ।

सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेशकै दिपेन्द्र सिंह ऐरी रहनुभएको छ । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा हुनुहुन्छ । रोयल्सले आफ्नो कोटाका ४ विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ ।

ब्रान्डन मक्मलेन स्कटल्यान्ड, सेफ अलि जेब इंग्ल्यान्ड स्कट कुगेलेइन न्युजिल्याण्ड र रोहन मुस्तफा यूएई लाई टिममा समावेश गरेको छ ।

 

 

परराष्ट मन्त्री राणा भोली चीन जाँदै

काठमाडौँ ,परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा बिहीवारदेखि चीनको औपचारिक भ्रमणमा जान लागेकी छिन्।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशकसमेत रहेका वाङको निमन्त्रणमा मन्त्री राणाले यही मङ्सिर १३ देखि १५ गतेसम्म चीनको भ्रमण गर्न लागेकी हुन्।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा। राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

भेटवार्तामा उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल गर्ने छिन्। परराष्ट्रमन्त्री डा राणा मङ्सिर १५ गते स्वदेश फर्कने छिन्।

 

होला त बचतकर्ताको रकम फिर्ता

—भोजकुमारी खड्का
अहिले सरहकारी पीडितहरु आफुले दुःखले आर्जन गरेको पैसा सहकारीले डुबाइदियो भनेर चिन्तित देखिन्छन् । ३५७ वडा सहकारीमा करिब दुई खर्ब ७५ अर्ब डुबेको पीडितको आँकलन छ । पीडितहरु आफ्नो डुबेको रकम फिर्ता पाइएला भनेर सरकार समक्ष हारगुहार गरिरहेका छन् । तर सरकारले कुनै वास्ता गरेको छैन । बरु सहकारी ठगलाई कारवाही गर्नुपर्नेमा पार्टी निकटका नेतालाई उन्मुक्ति दिइरहेको छ भने पीडितहरु हेरेको हेर्यै भएका छन् । कतिपय सहकारी ठगहरु पक्राउ परे पनि सेवा सुविधा उपभोग गर्दै जेल जीवन बिताइरहेका छन् भने कतिपय खुले आम हिडिरहेका छन् । उनीहरुलाई पक्राउ गरी कारवाही गर्ने हैसियत सरकारले राख्न सकेको छैन । एकातिर अवस्था यस्तो छ भने अर्कातिर सरकारले लामो समयसम्म पनि सहकारी ऐन कार्यान्वयन गर्न सकेको छैन र तत्काल गर्ने अवस्थामा पनि सरकार रहेको देखिदैन । जबसम्म ऐन कार्यान्वयनमा ल्याइदैन तबसम्म बचतकर्ताको डुबेको रकम फिर्ता
हुँदैन ।
सरकारी ढुकुटीबाट बचतकर्ताको रकम पूर्ति गर्न सम्भव छैन । सहकारी ठगलाई कारवाही गरी लुटेको रकम असुलउपर गर्ने हैसियत सरकारले राख्न चाहेको छैन । त्यसकारण बचतकर्ताको रकम तत्काल फिर्ता हुने छाँट देखिदैन ।

स्वास्थ्य मन्त्रालयद्वारा सेवा शुल्क सार्वजनिक गर्न निर्देशन

स्वास्थ्य मन्त्रालयद्वारा सेवा शुल्क सार्वजनिक गर्न निर्देशन

काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सत्ता समिकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने दावी गर्नुभएको छ । उहाँले राजधानीको दरबारमार्गमा भएको एमालेको जन जागरण सभालाई सम्बोधन गर्ने क्रममा त्यस्तो दाबी गर्नु भएको हो । उहाँले वर्तमान सरकार देश र जनताको पहरेदारको रुपमा रहेको र यो सत्ता समिकरण २०८४ मंसिरसम्म नै रहने जिकिर समेत गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘एमालेलाई कमजोर पार्ने प्रपञ्च भइरहे पनि कसैले हल्लाउन सक्दैन । स्थिर रहेको सरकारलाई कसैले हल्लाउन सक्दैन । यो सरकार कमिसन खोरीका लागि होइन । मेरिटोक्रेसीको नाममा आफ्ना कार्यकर्ता भर्नका लागि होइन । जनताको विकासको चाहना पुरा गर्ने र स्थायित्व दिने गरी बनेको हो ।’ उहाँले थप्नुभयो– ‘नेकपा एमाले र नेपाली कांग्रेस प्रतिस्पर्धी पार्टी हुन् । अहिले यी दुई पार्टी मुलुकको विकासका लागि एक ठाउँमा उभिएका छन् । अहिले नेकपा एमाले र कांग्रेसबीचको प्रतिस्पर्धाभन्दा एकता चाहिन्छ । यहाँ अराजकताको स्थिति ल्याउन खोजिएको छ । त्यसैले हामी मिलेका छौं । यो सत्तासमिकरण २०८४ मंसिरसम्म सानदार ढंगले भइरहन्छ ।’
उहाँले सभालाई सम्बोधन गर्ने क्रममा आफु नेतृत्वको सरकार माथि आई परेका आरोपलाई चिर्दै भन्नुभयो ‘सरकार बन्दैन भन्थे बन्यो । विश्वासको मत पाउदैन भन्थे पायो । महिनादिन कट्दैन भन्थे कट्यो । अब फेरी फागुन कट्दैन भन्लान् तर म भन्छु यो सरकार पूर्ण सहमति अनुसार नै चल्दछ र यो समिकरण २०८४ मंसिरको चुनावसम्म रहन्छ ।’ २०८३ असारपछि म प्रधानमन्त्री छोडेर देउवाजीलाई जिम्मा लगाउँछु । मैले अब १८ महिना चलाउछु र त्यसपछि देउवाले १८ महिना चलाउनुहुन्छ यस बारे भ्रममा नपर्नुस् ।’
प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेबाट हुने चीन भ्रमण अत्यन्तै सफल हुने दाबी गर्दै, चीन भ्रमण सफल बनाउने गरी तयारी भइरहेको जानकारी समेत दिनुभयो । प्रधानमन्त्रीको हैसियतमा यही मंसिर १७ गते चीन भ्रमण्मा जाने र भ्रमण उदाहरणीय पार्ने उहाँको भनाइ छ । उहाँले पहिले भारत जाने अनिपछि चीन जानुपर्ने भन्ने भ्रामक धारणालाई चिर्दै त्यस्तो नीति नियम कुनै धर्मशास्त्र, कानून, संयुक्त राष्ट्र संघको वडा पत्रमध्ये कही पनि उल्लेख नभएको र सबै छिमेकीसँग पारस्परिक सम्बन्धका आधारमा समान व्यवहार गर्छौ भन्नुभयो । हाम्रा लागि कोही सत्रु छैन । वैरभाव राख्दैनौं ।’
प्रधानमन्त्री ओलीले सम्बोधनकै क्रममा अर्थतन्त्र खलबल्याउन कम्बोडियामा लगानीको अफवाह फैलाएको टिप्पणी गर्दै अफवाहप्रति आपत्ति जनाउनुभयो । उहाँले कुनै पनि भ्रष्टाचार र ठगी सह्य नहुने चेतावनी दिनुभयो । समाजमा अराजकता र भ्रम फैलाउनेहरुलाई नछोड्ने अडान समेत गर्नुभयो ।
यसरी यत्रो तामझामका साथ गरिएको जागरण सभा आफ्नो केही भनाइ राख्न मात्र गरिएको जस्तो देखियो तर दुःख सास्ती भने पुरै उपत्यकावासीले भोग्नुप¥यो । यस बारेमा पनि सोच्नुपर्ने थिएन र ?

प्रमुख दलहरु उल्टो बाटो हिडिरहेका छन्

 

चन्द्र काफ्ले
वरिष्ठ अधिवक्ता

मुलुकको वर्तमान अवस्थालाई कसरी नियाल्नु भएको छ ?
मुलुक यतिवेला गम्भीर अवस्थामा छ । मुलुकको आर्थिक, सामाजिक, राजनीतिक क्षेत्र डामाडोल छ । विदेशीहरुको राजनीतिक हस्तक्षेप व्यापक रुपमा बढेर गएको छ । आर्थिक समृद्धिको नारा लगाउने सरकारले जनताको आर्थिक अवस्था सुधार्न कुनै काम गरेको देखिदैन । युवाहरु दिनानुदिन विदेश पलायन भइरहेका छन् । यस्तो अवस्थामा जनता सरकारप्रति आव्रmोस व्यक्त गरि रहेका छन् । रोजिरोटीको अभाव भएका निमुखा जनताहरु कराइरहेका छन् । दुर्गम पहाडी क्षेत्रहरुमा खाद्यान्नको अभाव, स्वास्थ्य सम्बन्धी उपचारको अभावको कारणले गरिब निमुखा जनता पीडित भइरहेका
छन् । जनताहरुमा अहिले राजनीतिक व्यवस्थाप्रति भरोसा टुट्दै गएको अवस्था छ । विद्रोही भावना पैदा भइरहेका छन् । सरकारमा बस्ने पार्टीमा शिशर्थ नेताहरु नै ठुल
ठुला भ्रष्टाचारका काण्डमा मुछिएका छन् । सत्तासीन पार्टीका नेताहरु सरकार निकट व्यक्तिहरुले जति सुकै कसुर गरेपनि भ्रष्टाचारमा चुर्लुम्म ढुबे पनि अनुसन्धानको दाहरामा नल्याई निजलाई ढाकछोप गर्न बचाउन सरकार लागेको छ ।
सर्वसाधारणका पीडा, समस्याहरुलाई सार्वजनिक रुपमा उठाउने र तीनको समाधान हुनुपर्छ भन्ने आवाज उठाउने अभियन्ताहरु नागरिक समाजका व्यक्तिहरु, प्रतिपक्षका नेताहरुलाई सरकारको निर्देशनमा पूर्वाग्रही बनेर धरकपड गर्ने, प्रकाउ गर्ने, थुनामा राख्ने अभियान नै सरकारले चलाइरहेको छ । कानूनी राज्यमा कसैले सार्वजनिक पदमा बसेर गैर कार्य गर्छ, राष्टूघाती कार्य गर्छ, भ्रष्टाचार गर्छ भने तीनको विरुद्ध कुनै पनि नेपाली नागरिकले आवाज उठाउन सक्छ । कारवाहीको माग गर्न सक्छ, प्रश्न उठाउन सक्छ । त्यस्तो प्रश्न उठेको अवस्थामा कानून कमोजिम अनुसन्धान हुनु पर्नेमा उल्टो यस्तो आवाज उठाउनेहरुको आवाज बन्द गर्न व्यापक धरकपड गर्ने र पव्रmाउ गरी नागरिकको वैयतिक स्वतन्त्रता हनन् गर्ने कार्य सरकारी तबरबाट भइरहेको देखिन्छ । यस्तो विकराल अवस्थामा कुनै पनि बेला सरकार र वर्तमान राजनीतिक व्यवस्थाको विरुद्धमा मुलुकभित्र विद्रोह हुने प्रवल संभावना छ ।
देशभर फैलिरहेको भ्रष्टाचार बारे के भन्नु हुन्छ ?
हाम्रो देशमा भ्रष्टाचार र राजनीतिक नेताहरु प्रर्यायवाची बेनका छन् । राज्यका प्रत्येक सार्वजनिक पदमा बस्नेहरु कुनै न कुनै पदमा भ्रष्टाचारमा संलग्न रहेको कुरा प्रेस जगतले बारम्बार छापेका समाचारले पुष्टी गर्छ । देशभित्र भ्रष्टाचार दुई किसिमको देखिन्छ । एउटा नीतिगत भ्रष्टाचार र अर्को आफुलाई फाइदा हुने गरी घुस रिसवत लिने र राष्ट्र र समाजलाई नोक्सान हुने काम
गर्ने । राजनीतिक नेता एंव सरकारमा बस्ने व्यक्तिहरु आफुलाई फाइदा लिने उद्देश्यले ऐन, कानून, नियमहरुको निमार्ण गर्ने र त्यसको आडमा राष्ट्र र समाजलाई आर्थिक रुपमा कमजोर बनाउन त्यस्ता ऐन, कानून, निर्णयका आडमा काम कारवाही र गतिविधि गरिरहेका छन् । भुटानी शरणार्थी प्रकरण, ललितनिवास प्रकरण यसका उदाहरण छन् ।
अख्तियारको कम सव्रिmयताले भ्रष्टाचार बढेको हो ?
हाम्रो देशमा सार्वजनिक पदमा बस्ने व्यक्तिले भ्रष्टाचार गरेमा तिनलाई अनुशन्धान गर्ने र मुद्धा चलाउने अख्तियार दुरुपयोग अनुशन्धान आयोग गठन हुने संवैधानिक अवस्था छ । यहि व्यवस्था अनुसार अख्तियारको गठन भएको हो । उक्त आयोगमा स्वच्छ छवि भएका ऐन, कानून, संविधानको ज्ञान भएका, भ्रष्टाचारको निर्मुल गर्न प्रतिवद्ध भएका सक्षम व्यक्तिहरु पुग्नु पर्ने प्रचलित कानूनले व्यवस्था गरेको देखिन्छ । तर उक्त आयोगमा सत्ता पक्षका निकटतम व्यक्ति आफुले पहिले काम अह्राएका, खटाएका कर्मचारीहरु र आफु सत्तामा हुँदाखेरी भ्रष्टाचारलाई अन्देखा गरी कारवाही नचलाउन गोप्य सम्झौता गरी पठाइएका व्यक्तिहरु पुग्ने गरेको पाइन्छ । यस्तो भएको हुनाले यस्ता व्यक्तिहरुबाट भ्रष्टाचारमा कारवाही हुने अपेक्षा गर्न सकिन्न । केही सक्षम व्यक्तिहरु अख्तियारमा पुगे पनि एक्लो वृहस्पती झुठो भएका छन् । भ्रष्टाचार नियन्त्रणको कारवाहीमा अख्तियारले जुन सव्रिmयता देखाउनु पर्ने हो । त्यो देखाउन सकेको छैन । अर्को कुरा अख्तियारमा केही गर्रौ भन्ने मान्छे पुगे पनि तिनलाई सरकारको तर्फबाट कुनै सहयोग प्राप्त नभएकोले उनीहरु सव्रिmय रुपमा काम गर्ने परिस्थिति छैन । यो कारणले गर्दा देशमा भ्रष्टाचार झाँङ्गिदै गएको छ । दण्डदिनताले प्रसय पाउदै गएको छ । जसको कारण देशमा भ्रष्टाचार नियन्त्रण होइन मौलाउदै गएको छ ।
देशमा व्याप्त मह“गीबारे तपाईको विचार बताइदिनुस् ?
देश भित्र महँगी व्याप्त रुपमा बढेको छ । जुन रुपमा देशभित्र उत्पादन हुनुपर्ने हो, उत्पादन गर्ने जनशक्तिको अभाव र सरकारी वेवास्ताको कारणबाट कृषि क्षेत्रले जुन रुपमा उत्पादन गर्नु पर्ने हो । त्यो गर्न सकेको छैन । त्यसको परिणाम स्वरुप दैनिक उपभोग्य बस्तुलगायत जनतालाई आवश्यक पर्ने बस्तुहरु विदेशबाट आयत गरेर ल्याउनु पर्ने अवस्था छ । नेपाली मुद्राको दाजोमा विदेशी मुद्रा महँगो हुने भएको र त्यस्तो महँगो मुद्रा खर्च गरेर सामानहरु आयात गर्नु पर्दा देशमा चिज, वस्तु महँगो हुनै नै भयो । यस्तो अवस्थामा विदेशबाट ल्याएको महँगो वस्तु खरिद गर्ने क्रयशक्ति जनतामा अभाव छ । नेपालको अर्थतन्त्रको मेरुदण्ड भनेको कृषि नै हो । आज नेपालको कृषि क्षेत्रले नेपालीहरुलाई पुग्ने खाद्यान्न समेत उत्पादन गर्न सकेको छैन । त्यहि कृषि क्षेत्रले रोजगारीको अवसर पनि उपलब्ध गराउनेमा कृषि क्षेत्रलाई सरकारले प्रार्थमिकता नदिएको कारण र जनशक्तिको अभावमा हाम्रा खेतकारी बाँझा हुँदै गएका छन् । किसानहरुले कृषिवाली लगाउन सकेका छैनन् । जसबाट कृषि उत्पादनमा व्यापक कमि हुँदै गएका छन् । उत्पादनमा कमी हुनु र माग बढी हुँदा बजार भाउ स्वतन्त्र बढ्ने नै भयो । यसको मार कम आय भएका व्यक्तिहरु माथि परेको छ ।
प्रमुख दलका गतिविधिलाई कसरी लिनु हुन्छ ?
यसै मेसोमा राज्य व्यवस्था संचालन गर्ने जिम्मा लिएका प्रमुख राजनीतिक दलको गविविधि सहि ढंगले चलेको देखिदैन । प्रजातान्त्रिक व्यवस्थामा राजनीतिक परिचालन गर्ने, जनतालाई सुसुचित गर्ने माध्यम भनेको राजनीतिक दलहरु नै हुन । तर यि राजनीतिक दलहरु प्रजातान्त्रिक आदर्श र सिद्धान्तका प्रतिकुल उल्टो बाटो हिडिरहेको देखिन्छ । संसदीय प्रजातान्त्रिक व्यवस्था सत्ता सरकारको, संसद प्रतिपक्षको भन्ने मान्यता
राखिन्छ । नेपालमा सरकारको र प्रतिपक्ष को हो भन्ने कुरा छुट्याउन गाह्रो छ । सबै भन्दा बढी सिट ल्याउने पार्टीले सरकार चलाउने र त्यसपछि दोस्रो बढी सिट ल्याउने पार्टी प्रतिपक्षमा वस्ने र निरन्तर रुपमा सरकारको खबरदारी गर्ने कार्य गर्नु पर्नेमा दुवै बढी सिट ल्याउने दलहरु मिलेर सरकार चलाई रहेको अवस्था छ । यसबाट प्रतिपक्षको भूमिका कमजोर हँुदै गएको देखिन्छ । जुन संसदीय मूल्य र मान्यता विपरितका कुरा
हो । यस्तो अवस्थाबाट सरकार जनउत्तरदायी हुनुको सट्टा निरंकुश हुँदै जाने खतरा बढ्दै गएको छ । यसबाट नेपालको प्रजातन्त्र कमजोर हुँदै जाने पक्का छ । अर्को कुरा चुनावमा आफ्नो घोषणापत्रलाई जनताबाट अनुमोदन गराएर सत्तामा गएका दलहरुले सरकार संचलन गर्दा जनतालाई जुन सेवा सुविधा दिनु पर्ने हो, त्यो दिन सकिरहेका छैनन् । प्रमुख पार्टीहरु नै सरकार बनाउने गिराउने खेलमा समय वेतित गरिरहेका
देखिन्छ । यसबाट सार्वभौम सम्पन्न जनताले आम चुनावमा दिएको मतको दुरुपयोग हुने गर्छ र सरकारले प्रजातान्त्रिक उत्तरदायित्व पुरा नगरेको स्वष्ट हुन्छ ।
नेपालमा अब राजसंस्था पुनस्थापित होला ?
नेपालमा राजसंस्था पूनस्थापित गर्न कुनै व्यक्ति वा कुनै पार्टीको रहरले हुने होइन । राजसंस्था पुनस्थापित हुन केही निश्चित मुल्य मान्यताहरुको बारेमा बिचार गनुपर्ने हुन्छ । ती मान्यताहरुमा नेपालको भुराजनीतिक अवस्था, सामाजिक सांस्कृति मुल्य र मान्यताहरु नेपालको स्वतन्त्रताहरु हुन् । यि कुराहरुमा हामीले व्यापक रुपमा चिन्तन मनन् र वहस गर्नु जरुरी छ । नेपाल हामी सबै नेपालीहरुको साझा घर हो । यसैले हामीलाई वास दिन्छ, गाँस दिन्छ । अनि कपास र सुरक्षा
दिन्छ । र, यस्तो घरको सुरक्षा गर्नु हामी सबैको अहँ दायित्व हो । तसर्थ यो साझा घरको सुरक्षाको लागि हामीले के कस्तो व्यवस्थाको अथवा संस्थाको स्थापना गर्नु पर्दछ । यो गम्भीर रुपमा सोच्ने बेला आएको
छ । मेरो बिचारमा नेपाललाई दीर्घ कालसम्म सुरक्षित राख्न, शान्ति र सुरक्षा कायम राख्न मुलुकको अस्तित्व जोगाउन र हाम्रा सामाजिक, साँस्कृतिक मान्यताहरुको जर्नेना गर्नु अति आवश्यक छ । यसको लागि एउटा भरपर्दो, स्थायी र राष्ट्र अनि जनता सर्वोपरी हो भन्ने मान्यता बोकेको संस्थाको आवश्यकता बढ्दै गएको मुलुकको परिस्थितिले देखाएइ रहेको छ । यो भूमिमा नेपाल अधिराज्यको निर्माण एकिकरण विविधभाषा, संस्कृति र धर्ममा समन्वयकारी भूमिका निर्वाह गर्दै आएको र विगत केही वर्ष अघि पाखा लागइएको नेपाली राजसंस्थाको आवश्यकता नेपाली जनताले अहिले पनि महसुस गर्दै आएका हुन् । यदाकदा राजसंस्थाको ठाउँमा जनताको छोरो राष्टूपति हुन पाएको छ भन्ने विचार व्यक्त गरेको पनि सुनिन्छ तर हामीले यतिका वर्ष अभ्यास गरि आएको राष्टूपतीय प्रणालीले नेपालका आवश्यकतालाई परिपूर्ति गर्न सक्ने पाइएन । राष्टूपतिले पार्टीकै नीति, विचार बोकेर काम गरेको तितो अनुभव हामीसँग छ । त्यसैले पार्टीगत विचारबाट माथि उठेको सम्पूर्ण नेपालीलाई समान रुपमा व्यवहार गर्ने एउटा राष्ट्रिय संस्था नेपाली राजसंस्था हुन सक्छ भन्ने मेरो मान्यता हो ।

मानिसको जस्तो शिक्षा उस्तै प्रगति

आनीवक्ष ‘पियुषी’
मानिसका प्राकृतिक आँखाहरुले प्रकृतिलाई हेर्ने र प्रकृतिको रहस्यलाई बुझ्ने बौद्धिक आँखाहरुको गुण हुनुपर्दछ । प्रकृतिको बनावटलाई हेर्ने र प्रकृतिकै सत्यतलाई बुझ्ने दुवै आँखाहरुको संचालक भनेको विद्या हो । देशका आँखाहरु भनेका शिक्षित जनता हुन् । मानिसको स्वास्थ्यस्थितिको सँगसँगै आँखाहरु पनि स्वस्थ र सवल भैदिएमा मानिसलाई उन्नती प्रगति गर्न सजिलो हुने गर्छ । बौद्धिक आँखाहरुलाई सवल र सुक्ष्म बनाउन शिक्षा नै भरपर्दो हुनु आवश्यक छ । जसरी मानिसका प्राकृतिक आँखाहरु अस्वस्थ भैदिए भने मानिसले प्रगति गर्न त परै जाओस् उसलाई सजिलोसँग् बाँच्न नै गाह्रो भैरहेको हुन्छ, त्यस्तै बौद्धिक आँखा रुपि शिक्षा पनि असक्षम खालको भैदियो भने मानिसले ताके अनुसारका राम्रा राम्रा कामहरुमा सफलता हात पार्न गाह्रो नहोला भन्न सकिन्न । आँखा बिनाको हिडाइ जसतै उद्देश्य बिनाको पढाइ पनि भैदियो भने शिक्षा आर्जन गर्ने मानिसको हालत कस्तो होला, हामीले गहिरिएर विचार गर्ने हो भने कहाली लाग्न सक्छ । जसरी स्वास्थ्य आँखाले प्रकृतिमा भएका सबै चिज छर्लङ्ग देख्न सक्छ, त्यस्तै बौद्धिक एवं प्राविधिक आँखाहरुले पनि सांसमिक प्रविधिहरुलाई छर्लङ्ग देखेर पर्गेल्न सकेमा आआफ्नो व्यवसाय सहज ढंगले सञ्चालन गर्न सजिलो पर्ने हुन्छ ।
मानिसको दृष्टि कमजोर भएका आँखाहरुले जसरी मानिसलाई सजिलोसँग बाँच्न अप्ठ्यारो पारीराखेको हुन्छ, त्यसरी नै कमजोर शिक्षाले पनि मानिसलाई सजिलोसँगै बाँचेर प्रगति गर्न अप्ठ्यारो पारीराखेको हुनसक्छ । आखिर मानिसले यही धर्तीमा रहि बाँचेर केही गर्नुछ, आत्मरक्षा पनि गर्नु छ भने सिकिसकेको ज्ञान र गुणले उसको भविष्य उज्ज्वल बनाउन पुराका पुरा मद्दत पुर्याओस् भन्ने नै हो । त्यसैले हामी नेपालीहरु पनि आफ्नै मातृभूमि नेपालमा बाँचेको नाताले हाम्रो मुलुकका शिक्षा पनि पूर्ण रुपले सक्षमता प्रदान गराइदिने खालको भैदिएमा अहोभाग्य सम्झेर प्रगतिको बाटो समात्ने थियो । तर दुर्भाग्यबस अहिलेको जस्तो शिक्षाले युगौंयुग गाली दियो भने हाम्रो प्रगति पनि पछि नपर्ला भन्न सकिन्न । सम्भव छ, हाम्रो मातृभूमि नेपालमा वैज्ञानिक र भरपर्दो शिक्षाको अरुणोदय हुने नै छ ।

 

मानिसको जस्तो शिक्षा उस्तै प्रगति

आनीवक्ष ‘पियुषी’
मानिसका प्राकृतिक आँखाहरुले प्रकृतिलाई हेर्ने र प्रकृतिको रहस्यलाई बुझ्ने बौद्धिक आँखाहरुको गुण हुनुपर्दछ । प्रकृतिको बनावटलाई हेर्ने र प्रकृतिकै सत्यतलाई बुझ्ने दुवै आँखाहरुको संचालक भनेको विद्या हो । देशका आँखाहरु भनेका शिक्षित जनता हुन् । मानिसको स्वास्थ्यस्थितिको सँगसँगै आँखाहरु पनि स्वस्थ र सवल भैदिएमा मानिसलाई उन्नती प्रगति गर्न सजिलो हुने गर्छ । बौद्धिक आँखाहरुलाई सवल र सुक्ष्म बनाउन शिक्षा नै भरपर्दो हुनु आवश्यक छ । जसरी मानिसका प्राकृतिक आँखाहरु अस्वस्थ भैदिए भने मानिसले प्रगति गर्न त परै जाओस् उसलाई सजिलोसँग् बाँच्न नै गाह्रो भैरहेको हुन्छ, त्यस्तै बौद्धिक आँखा रुपि शिक्षा पनि असक्षम खालको भैदियो भने मानिसले ताके अनुसारका राम्रा राम्रा कामहरुमा सफलता हात पार्न गाह्रो नहोला भन्न सकिन्न । आँखा बिनाको हिडाइ जसतै उद्देश्य बिनाको पढाइ पनि भैदियो भने शिक्षा आर्जन गर्ने मानिसको हालत कस्तो होला, हामीले गहिरिएर विचार गर्ने हो भने कहाली लाग्न सक्छ । जसरी स्वास्थ्य आँखाले प्रकृतिमा भएका सबै चिज छर्लङ्ग देख्न सक्छ, त्यस्तै बौद्धिक एवं प्राविधिक आँखाहरुले पनि सांसमिक प्रविधिहरुलाई छर्लङ्ग देखेर पर्गेल्न सकेमा आआफ्नो व्यवसाय सहज ढंगले सञ्चालन गर्न सजिलो पर्ने हुन्छ ।
मानिसको दृष्टि कमजोर भएका आँखाहरुले जसरी मानिसलाई सजिलोसँग बाँच्न अप्ठ्यारो पारीराखेको हुन्छ, त्यसरी नै कमजोर शिक्षाले पनि मानिसलाई सजिलोसँगै बाँचेर प्रगति गर्न अप्ठ्यारो पारीराखेको हुनसक्छ । आखिर मानिसले यही धर्तीमा रहि बाँचेर केही गर्नुछ, आत्मरक्षा पनि गर्नु छ भने सिकिसकेको ज्ञान र गुणले उसको भविष्य उज्ज्वल बनाउन पुराका पुरा मद्दत पुर्याओस् भन्ने नै हो । त्यसैले हामी नेपालीहरु पनि आफ्नै मातृभूमि नेपालमा बाँचेको नाताले हाम्रो मुलुकका शिक्षा पनि पूर्ण रुपले सक्षमता प्रदान गराइदिने खालको भैदिएमा अहोभाग्य सम्झेर प्रगतिको बाटो समात्ने थियो । तर दुर्भाग्यबस अहिलेको जस्तो शिक्षाले युगौंयुग गाली दियो भने हाम्रो प्रगति पनि पछि नपर्ला भन्न सकिन्न । सम्भव छ, हाम्रो मातृभूमि नेपालमा वैज्ञानिक र भरपर्दो शिक्षाको अरुणोदय हुने नै छ ।

 

सुदामा ताजा समाचार

राप्रपाको केन्द्रीय बैठक माघ ११ र १२ गते

काठमाडौं । देशको फरक धारको नेतृत्व गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०को केन्द्रीय समिति बैठक यही माघ ११ र १२ गते बस्ने भएको छ । यो...

वर्तमान अवस्थ प्रति नेपाल असन्तुष्ट काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको वर्तमान अवस्थाप्रति असन्तुष्टी व्यक्त गरेका छन् । उनले नेपालको राजनीतिमा थुप्रै विकृति एवं विसंगति देखा परेको...

भित्रभित्रै कांग्रेस–एमालेबीच खटपट सुरु

काठमाडौं । सदनका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको संलग्नतामा बनेको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ६ महिना नपुग्दै ढल्ने हो...

कुलमान र बालेन नहल्लिने खम्बा

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबालेन राजधानीका हल्लाउदा नहल्लीने खम्बारुपी २ व्यक्तित्व हुन् । कुलमान घिसिङ नेपाल...

सम्पादकीय ः स्वदेशी उत्पादनलाई छाँयामा पार्नु विडम्बना

हरेक उपभोग्य वस्तुको परनिर्भरतामा बानी परेको सरकार आफ्ना जनताले स्वदेशमै उत्पादन गरेका दैनिक उपभोग्य वस्तुलाई छाँयामा पारिरहेको छ । आफ्नो देशमा उत्पादित वस्तुको मात्रा...