Page 2

भूमाफिया र भ्रष्टचारी विरुद्ध कसैले गर्न नसकेको काम गरेको प्रचण्डको दाबी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारी र भूमिफिया विरुद्ध कसैले गर्न नसकेको काम आफू नेतृत्वको सरकारले गरेको दाबी गरेका छन्। प्रचण्डले भने, ‘हिजो जनयुद्धमा पनि हामीलाई घेरा हालेर सखाप पार्ने षड्यन्त्र भएको थियो। हामीले घेरा तोड्ने र प्रतिवाद गर्ने रणनीति जनयुद्धमा पनि लियौं। अहिले शान्ति प्रक्रियामा आएपछि पनि हामीलाई कहिँ न कहिँ घेरा हाल्ने माओवादी आन्दोलनलाई सखाप पार्ने षड्यन्त्र हुँदै आएको छ। हामीले त्यसको घेरा तोड्दै आएका छौं।
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामीलाई अहिले संख्याको बलमा सरकारबाट हटाइएको छ। तपाईंहरुको साथ भयो भने केही महिनामै परिस्थिति उल्ट्याइदिन सक्छौं। हामी सरकारबाट निक्लिँदै गर्दा तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधि सभाको सिंह भएर निक्लेको छु। दुई तिहाइहरूलाई रक्षात्मक पोजिसनमा धकेलेका छौं। हामी जितको पक्षमा छौं।’
उनले भ्रष्टाचार विरुद्ध अभियान कडारुपमा चलाए पछिसरकारबाट हटाइएको जिकिर पनि गरे ।

न्यूयोर्कमारहेका प्रधानमन्त्री ओलीद्वारा भेटवार्ता जारी

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने सिलसिलामा न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता जारी राखेका छन् ।
यसैक्रममा प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले पनि भेटेका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार वाङले विहीबार शिष्टाचार भेटवार्ता गरेका हुन् ।
न्यूयोर्कस्थित राष्ट्रसंघको लागि नेपालको स्थायी नियोगका अनुसार सो भेटवार्तामा नेपाल–चीन द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने विषयमा कुराकानी भएको थियो । भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी थिए ।
यसैगरी प्रधानमन्त्री ओलीसँग पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन अल थानी, लाओसका प्रधानमन्त्री सेनोक्साई सिफानदोन लगायतले पनि भेटवार्ता गरेका छन्
प्रधानमन्त्री ओलीले आज बिहान संयुक्त राष्ट्रसंघको ७९ औं महासभालाई सम्बोधन समेत गरेका छन् ।

उपभोक्ता ठगिने विषयमा सरकार मुकदर्शक बन्न सकदैन ः मन्त्री भण्डारी

काठमाण्डौ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७ असोजमा गरेको बजार अनुगमनका क्रममा काठमाडौंस्थित १७ होटलमा छापा हानेर एक होटललाई तीन लाख रुपैंयाँ जरिवाना तिराएको थियो ।
उक्त कारवाहीपछि होटल व्यवसायीहरुको संगठन र उद्योग वाणिज्य संघलगायतले आफूहरुको ध्यानाकर्षण भएको बताएका छन् । संगठनहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कारवाही विरुद्ध ज्ञापनपत्र समेत पेस गरेका छन् ।
विहीबार व्यवसायीहरुको प्रतिनिधिमण्डल उद्योगमन्त्री दामोदर भण्डारीलाई भेट्न पुगेका थिए । उनीहरुको माग व्यापारीलाई कारवाहीबाट जोगाउन र जरिवाना गरिएको रकम फिर्ता गर्नुपर्ने रहेको छ । ।
तर उक्त प्रतिनिधिमण्डललाई मन्त्री भण्डारीले व्यापारिक क्षेत्रमा भइरहेको अनियमितता रोक्नमा साथ दिन आह्वान गरेपछि प्रतिनिधिमण्डललेसहमति जनाएको मन्त्रीको सचिवालयले जनाएको छ
मन्त्री भण्डारीले व्यवसायीका संगठनलाई बजार अनुगमनमा संगै हिड्न आग्रह गर्दै व्यवसायीले गल्ती नगरेमा बजार अनुगमन नै नगर्ने समेत बताए ।
उनले भने, ‘अहिले व्यवसायी, ग्राहक, सरकारका प्रतिनिधि, जेसुकै भएपनि सबभन्दा पहिला सबै उपभोक्ता हौँ । स्वस्थकर खाद्य सामग्री उपयुक्त मुल्यमा पाउनुपर्छ । तर काठमाडौंका केहि रेस्टुरेण्टले असुल्दै आएको मूल्य अत्याधिक छ, त्यो गर्न पाइदैन् ।
टोलैपिच्छै फरकफरक मुल्यसूचि रहेकाछन्, यसमा एकरुपता ल्याउनुस् , गुणस्तरिय सामग्री उचित मूल्यमा उपलब्ध गराउनुस् । अनुमगन गर्न छाडिदिन्छौँ ।
अहिले राजमार्ग क्षेत्रका होटलहरुमा गुणस्तरहीन खाना खानुपर्छ, व्यवसायीको फाइदाको लागि उपभोक्ताको स्वास्थ्य माथी खेलवाड गर्न पाइदैँन् । उपभोक्ता ठग्ने बिषयमा सरकार मुखदर्शक बन्न सक्दैन् ।’
एकै स्तरका होटल तथा रेष्टुरेण्टमा मूल्यमा पनि एकरुपता हुनुपर्ने मन्त्री भण्डारीको भनाई छ । उनले पाँचतारे होटल, रेष्टुरेण्टहरु र खाजाघरहरुमा पाइने सामग्रीको स्तर हेरेर मात्रै मूल्य निर्धारण गर्नुपर्ने बताए ।
यता, व्यवसायीले गरिरहेको अनियमितताबारे पर्याप्त गुनासो आउने गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले बताए ।

भारी वर्षा हुने सम्भावनाका कारण शुक्रबार र शनिबार रात्रीबस नचलाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ ।
आइतबारसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले रात्रीबस नचलाउन आग्रह गरेको हो ।
त्यस्तै नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन, बादल गर्जेको र चट्याङ परिरहेको बेला रुखमुनि, बलेनी वा घरबाहिर नबस्न, विपद्को जोखिममा रहेका नागरिकलाई सम्बन्धित निकायले सुरक्षित आश्रयस्थलमा सार्न समेत प्राधिकरणले आग्रह गरेको छ ।
केहि दिन अघि चौपट्टै गर्मि भएको र पानी नपरेको हुँदा मौसममा सुधार आएको जस्तो भए पनि पछिल्लो समय वर्षा भएको छ ।

हार्दिकशुभकामना

background of various colorful flowers

प्राईम कमर्सियल बैंक लिमिटेडले १७ औं वर्ष पूरागरी १८ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा यस बैंकको उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दछौं ।
गोपाल आचार्य
सम्पादक ÷ प्रकाशक
तथा
सुदामा डट्कम परिवार, नयाँबानेश्वर ,काठमाण्डौ– ३१

नेपालगन्जको बाँकेमा गरियो, खसीबोकाको मुल्य निर्धारण

काठमाण्डौ, दशैं लक्षित गरेर नेपालगन्जको बाँकेमा खसीबोको मुल्य निर्धारण गरिएको छ । त्यहाँ एक कार्यक्रमको भव्य आयोजना गरी बाँकेमा रहेका १७ वटा सामाजिक उद्यमी, सहकारी र व्यापारी विचको छलफल पछि खसीबोकाको मुल्य निर्धारण गरिएको सहकारीहरुको साझा सस्था सेवा नेपालका अहिकृत गोपी पुडासैनीले जानकारी दिनु भयो ।
अधिकृत पुडासैनीका अनुसार निर्धारण गरिएको मुल्य अन्र्तगत ३० किलो ग्राम देखी ३९। ९ केजी सम्मको सजउदो खसी प्रति केजी५३० रुपैंयाँ, ४० देखि ४९। ५ केजी सम्मको खसी बोकाको प्रतिकेजी ५४० रुपेैंयाँ र ५० केजी भन्दामाथिको खसीको मुल्य ५६०रपैंया प्रतिकेजी मुल्य निर्धारण गरिएको जनाइएको छ । सोही प्रकारले बोकाको मुल्य ५१० रुपैंयाँ कायम गरिएको छ ।
सहकारी र खसी बयापारी विच भएको बैठकमा हेफरइन्टरनेशनल नेपालका नेपालगन्जकार्यलयका प्रबन्धक प्रकश केसीले सहकारी र व्यापारी दुवैको सहमतिले किसानका उत्पादनलाई बजारीकरण गर्न मुल्य निर्धारण गरिएको बताउनु भयो ।

प्रधानमन्त्रीलाई महावीर पुनले गरे,अमेरिका गएका बेला ५ वटा रिसर्च सेन्टर हेरेर आउन आग्रह

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँचवटा रिसर्च सेन्टर हेरेर आउन अनुरोध गरेका छन् ।
सामाजिक सञ्जालमार्फत एक स्ट्याटस लेख्दै पुनले अमेरिका गएको बेला पाँचवटा जति प्रख्यात विश्वविद्यालयहरूको रिसर्च र इनोभेसन सेन्टरहरू हेरेर र बुझेर आउने अनुरोध गरेका हुन् ।
त्यसका लागि नेपाली प्रोफेसरहरूलाई मदत गर्न समेत अनुरोध गरेका छन् । राष्ट्रसङ्घको महासभामा भाग लिन गएकाप्रधानमन्त्री ओली अहिलेअमेरिकामा छन् ।
त्यही भ्रमणमा रहेका बेला पुनले रिसर्च सेन्टर र इनोभेसन सेन्टरको राम्रोसँग अवलोकन गरेर आउन अनुरोध गरेका हुन् । अनुसन्धान तथा नवप्रवर्तनका लागि बजेट माग गर्दै आएका छन् ।

माल्दिभ्सका स्वास्थ्यमन्त्रीले गरे, आफ्ना नागरिकलाई नेपालमा पोस्ट ग्राजुएट मेडिकल शिक्षा दिन आग्रह

माल्दिभ्सका स्वास्थ्यमन्त्रीले आफ्ना नागरिकलाई नेपालमा पोष्टग्राजुएट मेडीकल शिक्षा दिन नेपालका स्वास्थ्यमन्त्री प्रदीप पौडेल सँगआग्रह गरेका छन् ।
इन्डोनेसियाको राजधानी जकार्तामा आयोजित एसिया प्यासिफिक क्षेत्रका स्वास्थ्य तथा वातावरण क्षेत्रका मन्त्रीहरुको १२ औं उच्चस्तरीय बैठक तथा पाँचौं मन्त्रीस्तरीय बैठकमा सहभागी हुने क्रममा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा सुधारका लागि उच्चस्तरीय वार्ता थालेका हुन् ।
द्विपक्षीय वार्ताका क्रममा नेपाल र माल्दिभ्सबीच स्वास्थ्य क्षेत्रमा सहयोग आदानप्रदानका बारेमा कुराकानी भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
मन्त्री पौडेलले नेपालका चिकित्सकहरुले माल्दिभ्सको स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेको स्मरण गर्दै माल्दिभ्सको स्तरीय स्वास्थ्य सेवाको अनुभव नेपालका लागि उपयोगी भएको बताए ।
माल्दिभ्सका मन्त्री खलीलले नेपालका नागरिकले माल्दिभ्सको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै त्यहाँका मेडिकल अन्डरग्राजुएटलाई ग्राजुएट शैक्षिक कार्यक्रम नेपालमा सञ्चालन गर्न प्रस्ताव गरे ।
विगतदेखी हाल सम्ममाल्दिभ्सका नागरिक नेपालमा मेडिकल शिक्षा अध्ययन गर्दै आएका छन् ।
जवाफमा मन्त्री पौडेलले यसबारे आवश्यक तयारीपछि थप प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउनुभएको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।

 

नेपालका हिमालहरु पग्लिनुकोकारण विश्वव्यापि कार्वन उत्सर्जन ः प्रधानमन्त्री ओली

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभाअन्तर्गत उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी कार्बन उत्सर्जनका कारण नेपालका हिमालहरू पग्लिएको बताए ।
समृद्री सतह वृद्धिका कारणबारे चर्चा गर्नुहुँदै उहाँले एसियाका दुई तिहाइ हिमालहरू पग्लिएसँगै कम्तीमा १० वटा नदी प्रणाली सुख्खा हुन पुगेकाले हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना अपरिहार्य रहेको बताए
प्रधानमन्त्री ओलीले हिमालयहरू प्राकृतिक ‘रिचार्ज सिस्टम’ भएकाले यिनलाई पग्लिन र समुद्रको तापक्रम बढ्न नदिन विश्वव्यापी साझा प्रयास हुनुपर्नेमा जोड दिए ।
‘हानिकारक कण र प्रदूषण प्रवाह नियन्त्रणमा हातेमालो गर्दै जलवायु न्यायको नीति कार्यान्वयन गर्न लागौँ । उत्सर्जनकर्ता मुलुकले प्रभावित मुलुकलाई उचित क्षतिपूर्ति दिनुपर्ने कुरामा हामी सबैको साझा मत हुनुपर्छ ।
आगामी वर्ष यस सवालमा उल्लेखित चुनौती सामना गर्ने विषयमा हिमाली र टापुजन्य मुलुकको बेग्लै बैठक राख्न म राष्ट्रसंघलाई आग्रह गर्दछु,’ उनले भने ।

 

परराष्ट्रमन्त्री राणाले गरिन् स्पेनका राष्ट्रपतिसंग आपसी संबन्ध मजबुत बनाउने बारे छलफल

अमेरिका । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने शिलसीलामा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्पेनका राष्ट्रपति पेड्रो सान्चेजसँग भेटवार्ता गरेकी छिन ।
त्यस अवसरमा उनीहरुबीच नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायतका विषय हरुमामा छलफल भएको थियो ।
नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको बताइन्छ ।

 

सुदामा ताजा समाचार

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले...

राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी, काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा...

दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई...

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन...

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच सहमति

काठमाडौं । यतिबेला चर्चामा रहेकोसंक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन दलहरु सहमत भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग...

बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका...