Page 20

सामाजिक सुरक्षा कोषमासूचीकृत रोजगार दाताको संख्या १९ हजार ४ सय ९० पगेको छ

२०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम संकलनको थालनी गरेको थियो । पछिल्लो समय सरकारले स्वदेशका साथै वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई कोषमा आबद्धता गरेसँगै सूचीकृत योगदानकर्ता र योगदान रकममा वृद्धि हुन पुगेको हो ।
कोषमा सूचीकृत रोजगारदाताको संख्या १९ हजार चार सय ९० छ । कोषले हालसम्म १० अर्ब ५९ करोड ४१ लाख रुपैयाँँ दाबी भुक्तानी गरेको जनाएको छ । कोषले अहिले पनि रोजगारदाता, योगदानकर्ता सूचीकृत गर्दै आएको छ ।
औपचारिक, अनौपचारिकका साथै विदेशमा रहेकालाई कोषमा आबद्ध गराउने रणनीतिका कारण पनि कोषमा रकम र आवद्धता बढेको पाइएको हो ।

 

आज कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन

आज कुशेऔसी तथा बुवाको मुख हेर्ने दिन,यस पुण्ड्य तिथिमा म
मेरा स्वर्गीय पिता हर्कबहादुर आचार्य लगायत सम्पूर्ण स्वर्ग वासी पिताहरुमा हार्दीक श्रद्धासुमन अर्पण गर्दछु !

अर्थ तन्त्रको बाह्य क्षेत्र सवल रहेको छ  गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य क्षेत्र सबल रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजको २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता रहेको बताएका हुन् ।
उनले भने, ‘अर्थतन्त्रका बाह्य क्षेत्र अत्यन्तै सबल छ । मुद्रास्फ्रिती सायद इतिहासमै तल छौं । त्यसैगरी बाह्य क्षेत्रसंगसँगै बैंकिङ सिस्टममा प्रशस्तै प्रचुर मात्रामा तरलता छ । तरलता, हालको अवस्था, सवलतालाई हेरेर नेपाल राष्ट्र बैंकले पछिल्लो मौद्रिक नीतिमा धेरै नै लचक ल्याएको छ ।’

 

सरकार नीजि क्षेत्रको समस्या सुन्न र समाधान गर्न तयार छ ःअर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार नीजि क्षेत्रको समस्या सुन्न र समाधान गर्न तयार रहेको बताएका छन् ।
आइतबार नेपाल आर्थिक पत्रकार समाजको २६ औं वार्षिक साधारणसभामा उनले सरकारले गरेको सम्बोधन नपुगेको हो भने अझै सम्बोधन गर्न तयार रहेको भन्दै नीजि क्षेत्र अब गुनासोको तहबाट बाहिर आएर लगानी, उत्पादनको क्षेत्रमा लाग्नु पर्ने बताए ।
उनले भने, ‘अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सरकारले सशक्त रुपमा कामहरु अगाडि बढाउन तयार छ । नीजि क्षेत्रले पनि यसमा भूमिका खेल्नसक्छ । अब नीजि क्षेत्रले गुनासोबाट बाहिर निस्किनु पर्छ । सरकारले नसुनेको थियो भने, समस्या समाधान नगर्ने थियो भने गुनासो गर्नु स्वभाविक हुन्थ्यो होला । तर अब सरकार सुन्न र समस्याको समाधान गर्न तयार छ । गुनासोको तहबाट बाहिर आएर लगानी र उत्पादनको क्षेत्रमा योगदान गर्नको लागि उत्प्रेरित गर्नुपर्छ ।’
यस्तै, उनले अहिले अर्थतन्त्र दबाबमै रहेको र उपभोक्ताहरुमा निराशा नै रहेको भन्दै यस्तो अवस्था राजनीतिक र नीतिगत स्थायित्वको सन्देश दिने उद्देश्यका साथ सरकार बनेको बताए ।
उनले भने, ‘अहिले अर्थतन्त्र दबाबमै छ । तरलता प्रर्याप्त भएतापनि, लगानी गर्ने आँट बढेको छैन् । आम उपभोक्ताहरुमा पनि निराशा छ । यस्तो समस्याहरु छन् । यस कारण सरकारले दुई तीनवटा कुरामा ध्यान दिएको छ । पहिलो कुरा अस्थिरताको प्रभाव हो । त्यसकारण राजनीतिक र नीतिगत स्थायित्वको सन्देश दिन सक्नुपर्छ भन्ने उद्देश्यको साथ सरकार बनेको छ ।’

महालक्ष्मी विकास बैंक र पायोनियर मोटो कर्पबीच निशान ब्राण्डका गाडी खरिद गर्ने समझदारी

काठमाडौं । महालक्ष्मी विकास बैंकमार्फत निसान ब्रान्डका गाडी खरिदका लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारीपत्रमा बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रालिबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार निसान ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरूले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ ।
कर्जा लिन चाहने ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल, सम्पूर्ण शाखा कार्यालय तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेरसमेत आवेदन दिन सक्नेछन् ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभरि १०३ शाखा कार्यालय र करिब ८ लाख ग्राहक रहेका छन् ।

 

धर्ममा विकृति !

भोलीको कुशेऔंसी , आजै हरेक पूजा पसलहरुमा हरियो कुश , यो सस्कृतिकि विक्रिती ? भोली विहान नै मन्त्र पढ्दै कुश काट्दै , २ ,४ वटा उखेल्दै मुठा पार्नु पर्ने होईन र धार्मिक विधिअनुसा ?

सुनचाँदीको मुल्य तोलाको ६ सयले घट्यो ।

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
आइतबार सुन तोलाको ६ सयले घटेर तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मुल्य १ लाख ५२ हजार ९ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १७९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आजको कांग्रेस केन्द्रीय समितिको बैठकमा पनि महामन्त्री द्वयको प्रतिवेदन पारित नहुने निश्चित,अब के गर्लान महामन्त्री द्वय थापा र शर्मा ?

 

काठमाण्डौ , नेपालीकांग्रेसको केन्द्रीयसमितिको बैठक आज फेरी बस्दैछ । बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जन गरेर पारित गर्ने कुरा गरिदै छ । तर परिमार्जनको वहानामा प्रतिवेदन परित नै नहुने आशका पनि गरिदैछ । उक्त प्रतिवेदन पारित भएन भनें शर्मा थापा के गर्लान भनेर सर्वत्र चासो बढीरहेको छ ।

कांग्रेसले आगामी निर्वाचनमा एक्लै बहुमत ल्याने गरी संगठन तयार गर्ने, थापाको प्रतिवेदनमा पनि परिमार्जन गर्ने

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय समितिमा महामन्त्री गगन कुमार थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई परिमार्जनसहित अघि बढाउने भएको छ ।

पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेसपदाधिकारी र पूर्व पदाधिकारीको बैठकले थापाको प्रतिवेदनलाई परिमार्जन सहित अघि बढाउने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस मुख्य सचेतक श्यामकुमार घिमिरेले केन्द्रीय समितिमा प्रतिवेदनलाई परिमार्जन गरेर पारित गर्ने सहमति भएको जानकारी दिए ।

कांग्रेस केन्द्रीय समिति बैठक आज आइतबार बस्दैछ । बैठकअघि दिउसो पुन पदाधिकारी बैठक बसि आवश्यक छलफल गरिने उनले बताए ।

केन्द्रीय समिति बैठकबाट आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने गरि संगठन तयार गर्ने निर्णयसहित अघि बढ्ने घिमिरेले जानकारी दिए ।

महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदन भने अहिलेका लागि यथावत राख्ने बिषयमा सहमति नजिक पुगिएको नेताहरूले जनाएका छन् । शर्माको प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, सांसद लगाएतको कार्यकाल तोक्ने गरि संविधान संशोधन हुनुपर्ने उल्लेख छ । केहि दिन यता जारी केन्द्रीय समितिको बैठकमा बिभिन्न प्रतिवेदन लगाएतका ११ एजेण्डाहरूमाथि छलफल भइरहेको छ ।

 

ओलीले गरे प्रचण्डलाइ प्रश्नै प्रश्न

काठठमाडौं । प्रधानमन्त्री केपीओली प्रचण्ड देखी आक्रमकभएका छन् ।
शनिबार क्याप्टेन रामेश्वर थापाको पुस्तक ‘इन्टु द फायर’ विमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डमाथि आक्रामक हुदै बंगलादेश र श्रीलंकाको घटनाबाट ठुलो डर प्रचण्डलाई नै भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले आफूले १७ हजार मान्छे नमारेको कारण खुट्टा नकमाउने बताएका हुन् । उनले भने( ‘प्रचण्डजीले श्रीलंका र बंगलादेशबाट सिक भनेर अर्ती उपदेश दिनुभएछ । मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? मैले लुटपाट गरेको छ र खुट्टा कमाउने ? मैले त डराउनुपर्नै केही छैन् ।’

उनले प्रचण्डले श्रीलंकाबाट सिक, बंगलादेशबाट सिक भनेर त्यो चर्को स्वरमा भनेको उल्लेख गर्दै भने( ‘म भन्न चाहन्छु राम्ररी सिक । बंगलादेशमा जे भयो भनेर नेपालमा त्यही हुन्छ भन्ने ? नेपाल कुनै देशको फोटोकपी मेसिन होईन । यहाँ आफ्नै इतिहास र परम्परा छ । डेमोक्रेसी हामीले लडेर ल्याएका हौं । अहिलेको संविधान हामीले लेखेको हो । म त्यो हैसियत राख्छु । यो प्रणाली र संविधानलाई देश र जनताको पक्षमा बनाउने हो । जो यहाँ भैरहेको प्रणाली र डेमोक्रेसीको विरुद्धमा लड्यो अनि उसैका ठूला कुरा ।’
सो कार्यक्रममा प्रधानमन्त्री ओलीले आफुले कांग्रेससँग भएको सहमति अनुसार प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताए । उनले आफ्नो प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिना १५ दिनमात्रै बाँकी रहेको बताए ।

सुदामा ताजा समाचार

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले...

राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी, काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा...

दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई...

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन...

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच सहमति

काठमाडौं । यतिबेला चर्चामा रहेकोसंक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन दलहरु सहमत भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग...

बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका...