Page 18

इप्पानका अध्यक्ष कार्कीद्वारा बाढीपीडितका माग पुरा गरिदिन आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयलाई बाढी पीडित जलविद्युतका माग पुरा गरिदिन आग्रह गरेका छन् ।
बुधवार मन्त्रालयमा भएको छलफलमा अध्यक्ष कार्कीले सरकारले आश्वासन मात्र दिएकाले पीडित आयोजना थप पीडामा पिल्सिनु परेको भन्दै माग पुरा नगर्ने हो भने सक्दिन भनेर हात उठाउनुपर्ने
पनिबताएका छन् ।
‘बाढी प्रभावित आयोजनाले फोटो भिडियो सहितका प्रमाण ल्याएर मन्त्रालयमा पेश गरे, मन्त्रालयले दुई चार ठाउँमा सिफारिस पनि गर्‍यो ।
तर, राहत कसैले पाएनन्, कतैबाट केही पनि काम भएन ।’ कार्कीले भने । ‘२ वर्षअघिसम्म आयोजनाको मर्मत सम्भारमा भन्सार छुट पाउथ्यौ, अहिले त्यो व्यवस्था पनि अर्थमन्त्रालयले हटाइदियो ।
यसले गर्दा धेरै आयोजना प्रभावित भएका छन् । उनीहरुले २८ प्रतिशत अतिरिक्त रकम स्पेयर पार्टसमा खर्च गर्नुपरेपछि आयोजनाको वित्तीय अवस्था के हुन्छ ? खासगरी यसबाट बाढी प्रभावित आयोजना धेरै नै प्रभावित भएका छन् । उनीहरुले आयोजना पुननिर्माण नै गर्न सकेका छैनन् ।’
उनले बाढी पिडित आयोजनाका विषय मात्र नभएर ऊर्जा क्षेत्रमा देखिएका विभिन्न समस्याहरु लिएर मन्त्रालयका मन्त्री, सचिव र सहसचिवहरुसम्म पटक पटक निवेदन गर्दा पनि माग पुरा नगरिदिएकोमा आक्रोस वयक्त गरे ।
दैवी प्रकोप, बिस्फोटक पदार्थकव अभाव, रुस युक्रेन युद्धका कारण सामान आयातमा भएको अवरोध, वन तथा भूमिसँग सम्बन्धित समस्याका कारण तोकिएको समयमा कुनै पनि जलविद्युत आयोजना पुरा हुन नसकिरहेकोले सबै आयोजनाको आरसीओडी व्यापारिक विद्युत उत्पादन सुरु गर्नुपर्ने मिति को म्याद २ वर्ष थप गर्न पटक पटक सबै निकायमा पहल गर्दा पनि काम नभएको बताए
‘एकातिर आरसीओडीको म्याद थप भएको छैन, अर्कोतर्फ आर्थिक वर्ष २०८४र८५ सम्म विद्युत उत्पादन गर्न सकेन भने उक्त आयोजनाको बिजुली नेपाल विद्युत प्राधिकरणले टेक एण्ड पे लिएपछि मात्रै पैसा तिर्ने व्यवस्था अन्तर्गत खरिद गर्ने उल्लेख गरिएको छ
यसले गर्दा बैंकले लगानीबाट हात झिक्दैछन् भने आयोजनामा अहिलसम्म गरिएको लगानी खेर गइ प्रवर्द्धकहरु टाट पल्टिने अवस्था आउँदैछ ।’
कार्कीले भने, ‘ विविध कारणले आयोजना समयमा बन्न सकेनन्, यसमा आयोजना वा प्रवर्द्धकको मात्रै दोस छैन । त्यसैले यस्तो प्रावधान खारेज गरेर आरसीओडी थप गरिदिनुहोस ।’
अध्यक्ष कार्कीले ४ वर्षदेखि रोकिएका करिब १३ हजार मेगावाट क्षमताका आयोजनाको पीपीए विद्युत खरिद विक्री सम्झौता खुलाउनु पर्ने, जलवायु परिवर्तनका कारण हाइड्रोलोजीको समस्या बढ्दै गएकाले सबै आयोजनाको हाइड्रोलोजी पेनाल्टी खारेज गर्नुपर्ने, वन र भूमि सुधारका समस्या समाधान गर्नुपर्ने, २८ हजार ५०० मेगावाटको मार्गचित्र अघि बढाउनुपर्ने र विद्युत विधेयकमा निजी क्षेत्रले उठाइरहेका प्रश्नहरुको उत्तर नखोजी विधेयक ल्याउन नहुने लगायतका विषयमा ऊर्जा मन्त्री दीपक खड्का, सचिव गोपालप्रसाद सिग्देल र वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीको ध्यानाकर्षण गराएका छन् ।
मर्मत सम्भारमा भन्सार छुट नदिंदा आयोजना फिजिबल हुँदैनन् स् ऊर्जामन्त्री खड्का
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले इप्पानले उठाएका सबै विषयवस्तुमा मन्त्रालय गम्भीर रहेको बताए ।

विद्युत विधेयकमा निजी क्षेत्रको कुरा सुनेर नै अहिलेसम्म छलफलमै रहेको पनि खड्काले बताए । ‘निजी क्षेत्रको कुरा समेटेर जाने भनेर नै हामीले त्यसलाई संसदमा लिएका छैनौ ।’ उनले भने ।

भारतमा १० हजार मेगावाट बेच्ने सम्झौता भइसकेको, बंगलादेशमा ५ हजार मेगावाट निर्यातको कुरा पक्का पक्की जस्तै भएको र चीनमा पनि केही विद्युत बेच्न सकिन्छ कि भनेर अध्ययन भइरहेको र सबै गरेर २० हजार मेगावाट विद्युत बेच्न सकिने खड्काले बताए ।

मर्मत सम्भारमा प्रयोग हुने मेसिनरी उपकरणहरुमा भन्सार छुट नदिएपछि एउटै आयोजना २९ प्रतिशत महँगो हुँदा आर्थिक रुपमा सम्भाव्य नहुने पनि मन्त्री खड्काले बताए ।

निजामती सेवा ऐन अब चाँडै ल्याईन्छ ः मन्त्री गप्ता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती सेवा ऐन अब चाँडै ल्याइने बताएका छन् ।
आज सिहंदरबारमा बसेको प्रतिनिधि सभा अन्तरर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा भएको छलफलमा उनले विधेयकलाई समितिमा छलफलमा मात्र वर्षौं जाने भएकाले उच्च राजनीतिक तहमा समन्वय गरी निर्देशन लिएर अगाडि बढ्ने मन्त्री गप्ताको भनाइ छ ।
मन्त्री गुप्ताले निजामति सेवा ऐनलाई समितिमा प्राथमिकता दिएर छलफल गरेर अगाडि बढ्न आग्रह गरे ।

पजातन्त्र र गणतन्त्र रक्षाकालागि कांग्रेस र एमाले बीच कुनै मतभेद छैन ः सभापति देउवा

काठमाडौँ।नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको बताएका छन्। बुधबार काठमाडौँमा नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सभापति देउवाले प्रजातन्त्र र गणतन्त्रको रक्षका लागि कांग्रेस र एमालेबीच कुनै मतभेद नरहेकाले पूरा समर्थन रहने बताए।
सभापति देउवाले एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी राजनीतिक दल भएको उल्लेख गर्दै कतिपय ठाउँमा समस्या भएपनि समस्याको समाधान गर्नु नै आफूहरूको कर्तव्य भएको बताए। यसबारेमा कुनै चिन्ता नलिईकन सरकारले गरेका निर्णयहरूको कार्यान्वयन गर्न कर्मचारीहरूलाई निर्देशन दिए। संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्ने बताए।

‘एमालेसँग कांग्रेस र कांग्रेससँग एमाले पार्टीको होलान्। तर एउटा कुरामा यो बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा हामी दुई पार्टीका बीचमा कुनै मतभेद छैन,’ उनले भने, ‘त्यसकारण पूराका पूरा समर्थन छ हाम्रो। खास खास कुरामा हाम्रो एउटै धारणा भएको हुनाले त्यस्तो कुरा छैन। एमाले र कांग्रेस पार्टी मुख्य प्रतिस्पर्धी हौँ। कति कुरा समस्या हुन सक्छन्। समस्याको समाधान गर्नु नै हाम्रो कर्तव्य हो।’
सभापति देउवाले निजामती कर्मचारी स्थायी सरकार भएको बताए। उनले कर्मचारी भइसकेपछि सरकारको निर्णय मान्नुपर्ने बताए। सरकारको निर्णय लागू गर्नु कर्मचारीको कर्तव्य भएको बताए।

राष्ट्रपति पौडेलद्वारा अर्कोपटक स्वर्ण पदकको अपेक्षा गदै पलेशालाई सम्मान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन ।
शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन । साथै उनको प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिए ।
सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शीर उँचो पार्ने काम भएको र अर्को पटक राष्ट्रले स्वर्ण पदकको अपेक्षा गरेको जनाए । सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मङ्गलधुन बजाएर स्वागत गरेको थियो ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो । पलेसाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ‘के–४४’ विधाअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी थिईन ।

ओलम्पिक कास्पदक विजेता पलेशाको विमानस्थलमा भव्य स्वागत

काठमाडौं । पेरिस पारा ओलम्पिककी ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन काठमाडौं आइपुगेकी छिन । पेरिसमा ओलम्पिक २०२४ को के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेशाले कास्य पदक जितेकी थिइन् ।
ऐतिहासिक पदक विजेता पलेशासहित नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् राखेप का सदस्य सचिव टंकलाल घिसिङलगायतले स्वागत गरेका थिए । उनको सम्मानमा अहिले बाजागाजासहित नगर परिक्रमा गराइँदैछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्‍याली गौशाला, नयाँबानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै राखेप परिसर पुग्नेछ । पलेशासँगै पारा तेक्वान्दो खेलाडी भरतसिंह महता, प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ पनि स्वदेश फर्किंएका छन् ।
पेरिस पारालिम्पिकअन्तर्गत रिपेचेजको कास्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन् । उनले रिपेचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन्  । यो नेपाली खेलाडीले जितेको अहिलेसम्मकै ठूलो पदक हो  ।कास्य पदक जितेर नेपालको इज्जत बढाउने उनी मातृमी नेपालकि पनि सपुत छोरी हुन् ।

फ्रान्सको इंग्लिश च्यानलमा एक डुङ्गा दुर्घटना हुँदा १० महिला र २ पुरु षको मृत्यु

काठमाडौं । फ्रान्सको इंग्लिश च्यानलमा एक डुङ्गा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
मृतकमा छ जना बच्चा र एक गर्भवती महिला समेत रहेका छन् । स्थानीय प्रोक्युरेटरको कार्यालयका अनुसार, मृतकमध्ये १० महिला र दुई पुरुष छन् ।
फ्रान्सको तट रक्षकका अनुसार, ५० भन्दा बढी मानिसलाई क्याप ग्रिस–नेज, बुलेग्न–सुर–मेरको नजिकबाट उद्धार गरिएको छ ।
दई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । डुङ्गा अत्यधिक भार भएका कारण दुर्घटनामा परेको बीबीसीले समाचार खेलेको छ । डुङ्गामा आठ जनाभन्दा कम मानिसहरूले मात्र लाइफ ज्याकेट लगाएका थिए ।
यस वर्षको इंग्लिस च्यानलमा भएको सबैभन्दा भयानक दुर्घटना हो । मंगलबारको घटनासम्म, २०२४ मा च्यानल पार गर्दा ३० जनाले ज्यान गुमाइसकेका थिए । जुन २०२१ पछि सबैभन्दा बढी हो । युएनको अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार, २०२१ मा ४५ जनाको मृत्यु भएको थियो ।
फ्रान्सका आन्तरिक मन्त्री गेराल्ड डर्मेनिनले फ्रान्सेली अधिकारीहरूले साना डुङ्गा प्रयोग रोकिएको बताएका छन् । तर, मानव तस्करहरूले ३० देखि ४० जनासम्म यात्रु बोक्ने डुङ्गामा ७० जना भन्दा बढीलाई राख्दा दुर्घटना हुने गरेका छन् ।
इंग्लिश च्यानलमा साना डुङ्गामार्फत खतरनाक यात्रा गर्ने मानिसहरूको संख्या बढ्दै गएको छ । २०१८ देखि १३५,००० भन्दा बढी मानिसहरूले यस मार्गमार्फत यूकेमा प्रवेश गरेका छन् । यस वर्ष २१,००० भन्दा बढी मानिसहरूले च्यानल पार गरेको पनि बीबीसीले जनाएको छ ।

Bhojpur Dingla should also be declared a tourist zone – Gopal Acharya

Koshi, the northeastern region of the state, has been overshadowed even though Bhojpur Dingla is a place worthy of being declared a tourist zone. On the north side, the scenic view of Makalu Himal, Salpa Pond at the foothills, Sabha Pond nearby, Yogamaya Temple at Majuva Beshi, Awal Brahmachari Shadananda Guru Maharaj in Dingla Bazar, Shivaji’s Temple on Mount Kailash, Sanskrit Pathshala, Ramachandra Temple, Veda Vidyashram, Gurukul, etc. are It is necessary to attract tourists by promoting and promoting these physical objects. Which will increase the branch of Dingla and cause economic growth. But who does such work? Rai, Basnet, Adhikari, Chapagai, Gautam, Acharya, who had been living in Dingla for generations, left Dingla. Some of them are even ashamed to say that my old home is Bhojpur Dingla. There is concern about how the new settlements from Kuna Kapcha will settle permanently in Dingla. Some of them may not know about the importance of Dingla. Even the elected people’s representatives do not pay attention to how to develop Dingla Bhojpur, how to prepare and implement the infrastructure of quality education, health etc. Because of this, Bhojpur has not been able to move forward with the pace of development. Similarly, there are many places of historical importance in the southern region of Bhojpur Dingla around Bhojpur headquarters. Bhojpur’s Siddhakali Temple, Old Tatxar Bazaar, Ney, Suntale Ghurpise, Chitrapukshta and other places are also attractive places for tourists. There is an urgent need for a political body or people’s representative who can promote and develop the yen. For the overall economic development of Bhojpur district, it is too late to announce the tourism sector and make tourists come here. For this, it is equally necessary to open a homestay, operate a hotel, facilitate the transportation facilities and provide facilities to the tourists by preparing the infrastructure. Therefore, it is the responsibility of the people of Bhojpur district to elect a representative who can sacrifice for the development of Bhojpur district in the upcoming local, state and federal elections. The development of Dingla is impossible unless hard-working and qualified representatives are elected from Bhojpur district and the elected person becomes the Prime Minister or Finance Minister. In the future, it is our responsibility to win hardworking candidates and put pressure on development work. So let’s be aware of this from today. This is the prosperity of Bhojpur.

भोजपुर दिङ्लालाई पनि पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्दछ

—गोपाल आचार्य
कोशी प्रदेशको उत्तरपूर्वी क्षेत्र भोजपुर दिङ्ला पर्यटकीय क्षेत्र घोषणा गर्न योग्य ठाउँ भएर पनि ओझेलमा परेको छ । उत्तरतर्फ, मकालु हिमालको रमणीय दृश्य, फेदीमा साल्पा पोखर, नजिकै सभा पोखरी, मजुवा बेशीमा योगमाया मन्दिर, दिङ्लामा बजारमा आवाल ब्रह्मचारी षडानन्द गुरु महाराजले स्थापना गर्नुभएको, कैलाश डाँडाको शिवजीको मन्दिर, संस्कृत पाठशाला, रामचन्द्र मन्दिर, वेद विद्याश्रम, गुरुकुल, लगायतका भौतिक दृश्यहरु रमणीय छन् । यी भौतिक वस्तुहरुको उच्च प्रबद्र्धन र सम्बद्र्धन गर्दै पर्यटक लोभ्याउन जरुरी छ । जसले दिङ्लाको शाख बढाउने र आर्थिक वृद्धि गराउने छ । तर कस्ले गर्ने यस्ता काम
दिङ्लामा पुस्तौंदेखि बस्दै आएका राई, बस्नेत, अधिकारी, चापागाई, गौतम, आचार्य लगायत प्राय सबैले दिङ्ला छोडिसके । उनीहरु कतिपयलाई मेरो पुरानो घर भोजपुर दिङ्ला हो भन्न पनि लाज लाग्न थालेको छ । कुना काप्चाबाट आएका नयाँ बस्तीलाई कसरी दिङ्लामा स्थायि रुपमा बसोबास गर्ने भन्ने चिन्ता छ । उनीहरु कतिलाई दिङ्लाको महत्वको बारेमा थाहा नहुन पनि सक्छ । जननिर्वाचित जनप्रतिनिधिहरुको पनि दिङ्ला भोजपुरलाई कसरी विकास गर्ने, गुणस्तरीय शिक्षा, स्वास्थ्यलगायत भौतिक पूर्वाधारका आधार कसरी तयार पार्ने र लागू गर्ने भन्ने सम्बन्धी ध्यान गएको पाइदैन । यस्तै कारणले विकासको गतिमा भोजपुर अघि बढ्न सकेको छैन ।
त्यस्तै भोजपुर दिङ्लाको दक्षिणी क्षेत्र भोजपुर सदरमुकाम वरीपरी पनि थुप्रै ऐतिहासिक महत्वका ठाउँहरु छन् । भोजपुरको सिद्धकाली मन्दिर, पुरानो टतक्सार बजार, तिनले, सुन्तले घुर्पिसे, चित्रपुक्ष्त लगायतका स्थानहरु पनि पर्यटकका लागि लोभ लाग्दा स्थानहरु हुन् । यीनको प्रवद्र्धन र सम्वद्र्धन गर्न सक्ने राजनीतिक निकाय वा जनप्रतिनिधिको टड्कारो आवश्यकता खड्किएको छ ।
भोजपुर जिल्लाको समग्र आर्थिक विकासका लागि पर्यटन क्षेत्रको घोषणा गरी पर्यटक आउजाउ गर्न गराउन अति नै ढिलो भईसकेको छ । यसका लागि होमस्टे खोल्ने, होटल सञ्चालन गर्ने, यातायातको सुविधा सहज बनाउने लगायतका पूर्वाधार तयार पारी पर्यटकलाई सुविधा पुर्याउन पनि त्यति नै आवश्यक छ । त्यसैले अबका स्थानीय, प्रदेश र संघीय निर्वाचनहरुमा भोजपुर जिल्लाको विकासका लागि त्याग गर्न सक्ने जनप्रतिनिधि चुन्नु पनि हामी भोजपुर जिल्लवासीको दायित्व रहेको छ । भोजपुर जिल्लाबाट कर्मठ र योग्य जनप्रतिनिधि चुन्ने र चुनिएका व्यक्ति प्रधानमन्त्री वा अर्थमन्त्री नबनेसम्म दिङ्लाको विकास असम्भव छ । भावी दिनमा कर्मठ उम्मेदवार जिताउने र विकासका काममा दबाब निे दायित्व हाम्रै हो । त्यसैले आजैदेखि यसतर्फ जागरुक बनौं । यसैमा छ, भोजपुरको समृद्धि ।

एकीकृत समाजवादीको पदाधिकारी चयन, नेपाल पदाधिकारीमा पनि बलियो

काठमाडौं । एकीकृत समाजवादी पार्टीको नेताहरुको लामो कसरत पछि पनि पदाधिकारी चयन हुन नसकेपछि निर्वाचनद्वारा पदाधिकारी चयन गरिएको छ । निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ । अन्तिम परिणाम अनुसार उपाध्यक्षमा माधव नेपाल निकट मानिएका तीन जना विजयी हुँदा चौथो उपाध्यक्षमा भानुभक्त जोशी विजयी भए । उपाध्इक्षमा नेपाल पक्षका डा।गंगालाल तुलाधर १८९, जगन्नाथ खतिवडा १६१, प्रकाश ज्वाला १४५ र भानुभक्त जोशी १५६ मतले विजयी भएका हुन् । जोशी बाहेक अरुलाई मत दिन नेपाल निकट नेताहरुले चिट बाडेका थिए ।
एकीकृत समाजवादीको पदाधिकारी चयन गर्दा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुषाल पक्षले प्यानल खडा गरेका थिए । सम्मानीत नेता झलनाथ खनालले समेत भुषाल प्यानललाई सघाएको बताइएको छ ।
यसैगरी महिला उपाध्यक्षमा भने जयन्ती राई विजयी भइन् । उहाँले निकटतम प्रतिद्वोन्दी रामकुमारी झाँक्रीलाई पराजित गरिन् । राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मतमा चित्त बुझाउनु पर्यो । यस्तै मधेशी क्लष्टरमा धर्मनाथ प्रसाद शाह विजयी भए । उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए ।
यसैगरी चार उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो । मतपरिणाम अनुसार मेटमणि चौधरी १५८ मतसहित विजयी भए । यो अन्य प्रतिस्पर्धीभन्दा सबैभन्दा बढी हो । यस्तै रामकुमार खड्का र गरिमा शाह समान १०७ मत पाएर विजयी भए भने राजेन्द्र राईले १०६ मत पाएर जित आफ्नो पोल्टामा पारे । पाँच सचिवका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए । जसमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र साविधी कुमारी भुषाल १०६ मत पाएर विजयी भए । गत असार १६ देखि २० गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा भएको दशौं महाधिवेशन बाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल र महासचिव घनश्याम भुषाल सर्वसम्मत भएका थिए । बाँकी पदाधिकारी चयन हुन बाँकी थियो ।
पदाधिकारी निर्वाचनबाट कम्तीमा सात जना महासचिव भुषालको निकटबाट विजयी भएको बताइन्छ । बाँकी ११ जना अध्यक्ष नेपाल निकटका पदाधिकारी आएका हुन् । एकीकृत समाजवादीको पदाधिकारी चयनबाट नेपाल बलियो देखिए पनि महासचिव भुषालको पनि पार्टीमा सोच भन्दा राम्रो स्थिति रहेको देखिएको छ । पार्टी अघि बढाउदा अध्यक्ष नेपालले महासचिव भुषालसँग साथ र सहयोग लिनुनर्पे अवस्था छ । यो पदाधिकारी चयनको अन्तिम परिणामलाई लिएर नेपाल, भुषाल र खनालले अहिलेसम्म केही भनेका छैनन् ।

पदाधिकारी निर्वाचनबाट कम्तीमा सात जना महासचिव भुषालको निकटबाट विजयी भएको बताइन्छ । बाँकी ११ जना अध्यक्ष नेपाल निकटका पदाधिकारी आएका हुन् । एकीकृत समाजवादीको पदाधिकारी चयनबाट नेपाल बलियो देखिए पनि महासचिव भुषालको पनि पार्टीमा सोच भन्दा राम्रो स्थिति रहेको देखिएको छ । पार्टी अघि बढाउदा अध्यक्ष नेपालले महासचिव भुषालसँग साथ र सहयोग लिनुनर्पे अवस्था छ । यो पदाधिकारी चयनको अन्तिम परिणामलाई लिएर नेपाल, भुषाल र खनालले अहिलेसम्म केही भनेका छैनन् । एकीकृत समाजवादीको पदाधिकारी चयन, नेपाल पदाधिकारीमा पनि बलियो
काठमाडौं । एकीकृत समाजवादी पार्टीको नेताहरुको लामो कसरत पछि पनि पदाधिकारी चयन हुन नसकेपछि निर्वाचनद्वारा पदाधिकारी चयन गरिएको छ । निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ । अन्तिम परिणाम अनुसार उपाध्यक्षमा माधव नेपाल निकट मानिएका तीन जना विजयी हुँदा चौथो उपाध्यक्षमा भानुभक्त जोशी विजयी भए । उपाध्इक्षमा नेपाल पक्षका डा।गंगालाल तुलाधर १८९, जगन्नाथ खतिवडा १६१, प्रकाश ज्वाला १४५ र भानुभक्त जोशी १५६ मतले विजयी भएका हुन् । जोशी बाहेक अरुलाई मत दिन नेपाल निकट नेताहरुले चिट बाडेका थिए ।
एकीकृत समाजवादीको पदाधिकारी चयन गर्दा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुषाल पक्षले प्यानल खडा गरेका थिए । सम्मानीत नेता झलनाथ खनालले समेत भुषाल प्यानललाई सघाएको बताइएको छ ।
यसैगरी महिला उपाध्यक्षमा भने जयन्ती राई विजयी भइन् । उहाँले निकटतम प्रतिद्वोन्दी रामकुमारी झाँक्रीलाई पराजित गरिन् । राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मतमा चित्त बुझाउनु पर्यो । यस्तै मधेशी क्लष्टरमा धर्मनाथ प्रसाद शाह विजयी भए । उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए ।
यसैगरी चार उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो । मतपरिणाम अनुसार मेटमणि चौधरी १५८ मतसहित विजयी भए । यो अन्य प्रतिस्पर्धीभन्दा सबैभन्दा बढी हो । यस्तै रामकुमार खड्का र गरिमा शाह समान १०७ मत पाएर विजयी भए भने राजेन्द्र राईले १०६ मत पाएर जित आफ्नो पोल्टामा पारे । पाँच सचिवका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए । जसमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र साविधी कुमारी भुषाल १०६ मत पाएर विजयी भए । गत असार १६ देखि २० गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा भएको दशौं महाधिवेशन बाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल र महासचिव घनश्याम भुषाल सर्वसम्मत भएका थिए । बाँकी पदाधिकारी चयन हुन बाँकी थियो ।
पदाधिकारी निर्वाचनबाट कम्तीमा सात जना महासचिव भुषालको निकटबाट विजयी भएको बताइन्छ । बाँकी ११ जना अध्यक्ष नेपाल निकटका पदाधिकारी आएका हुन् । एकीकृत समाजवादीको पदाधिकारी चयनबाट नेपाल बलियो देखिए पनि महासचिव भुषालको पनि पार्टीमा सोच भन्दा राम्रो स्थिति रहेको देखिएको छ । पार्टी अघि बढाउदा अध्यक्ष नेपालले महासचिव भुषालसँग साथ र सहयोग लिनुनर्पे अवस्था छ । यो पदाधिकारी चयनको अन्तिम परिणामलाई लिएर नेपाल, भुषाल र खनालले अहिलेसम्म केही भनेका छैनन् ।

सुदामा ताजा समाचार

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले...

राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी, काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा...

दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई...

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन...

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच सहमति

काठमाडौं । यतिबेला चर्चामा रहेकोसंक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन दलहरु सहमत भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग...

बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका...