Page 19

समृद्धिका लागि युवा स्वदेश फर्काउनुको विकल्प छैन

राजनीतिक दलका नेता र राजनीतिक नेतृत्वहरु हरेक भाषणमा भन्ने गर्दछन् ‘मुलुकमा समृद्धि ल्याउछौं, देशको विकास अघि बढाउछौं’ जहिले पनि उनीहरुको रटान नै यस्तै हुन्छ । जनता ढाट्ने काम बाहेक अरु केही भएको छैन । समृद्धिका लागि आवश्यक पर्ने युवाशक्ति नेपालमा भविष्य नदेखेर दिनहु“ विदेश पलायन भईरहेका छन् । कोही रोजगारी खोज्ने त कोही उच्च शिक्षा हासिल गर्ने बहानामा विदेश पलायन भईरहेका
छन् । उनीहरु पलायन हुने क्रमसँगै अर्बौ रुपैयाँ पनि बाहिरिरहेको अवस्था छ । यो अवस्था अन्त्य नगरेसम्म र भावी दिनमा युवपुस्ता विदेशिन नरोकेसम्म मुलुकमा समृद्धिको कल्पनै गर्नु सकिदैन । रोजगारीका लागि विदेशीएका युवाले पठाएको रेमिट्यान्सबाट मात्रै मुलुक समृद्ध बन्न नसक्ने यथार्थता अहिलेसम्मका गतिविधिले प्रष्ट पारीसकेको छ । यस्तो अवस्थामा समृद्धिको रटान गर्नु र सुन्नुको कुनै अर्थ छैन ।
युवाशक्ति र विद्यार्थी विदेशीदा गाउँबस्तीमा केटाकेटी र वृद्धवृद्धा मात्र बाँकी छन् । शैक्षिक संस्थामा हुनुपर्ने विद्यार्थीको बाञ्छित संख छैन । विद्यार्थीहरु कक्षा १२ र स्नातक सकेर विदेश जाने र उतै पलायन हुने क्रम बढ्दो छ । राम्रो प्रतिभाशाली विद्यार्थी र स्वस्थ्य कामदार जो मुलुक समृद्धिका लागि चाहिने तत्व नै बाहिरिए पछि कसरी बन्छ मुलुकमा समृद्धि रु नेतृत्वले सोच्ने विषय नै यही हो ।
अहिलेको अचम्म लाग्दो अवस्था भनेको स्वदेशीले आफ्नो देशमा कुनै भविष्य नदेख्ने र विदेशीले लगानीको राम्रो भविष्य देख्नु हो । उनीहरुले जुन कोणबाट नेपालमा भविष्य देखिरहेका छन् त्यो कोण नै हामीले सृजना गर्न सकेनौं । जुन विडम्वनापूर्ण छ । यो अवस्थाले स्वदेशी विदेशीमा र विदशै नेपालमा भरिने सम्भावना पनि त्यतिकै छ । त्यसैले नेता र नेतृत्वले साच्चै मुलुकमा समृद्धि ल्याउन चाहन्छन् भने विदेशीएका युवा सबै स्वदेश फर्काउने र स्वदेशमा सीप र क्षमता अनुसारको रोजगारी दिन आवश्यक छ । सस्तो मूल्यमा चर्को श्रम विदेशमा गर्नुभन्दा स्वदेशमै चर्को श्रम गर्ने हो भने मुलुक समृद्धिबाट धेरै टाढा
छैन । तर भाषणमा मात्र सिमित रहने हो भने, समृद्धि दिनप्रतिदिन पर–पर सर्दै जाने छ ।
अहिले युवाशक्तिको अभाव र विदेशीन बाँकी रहेका युवा समेतमा अल्छिपना बढ्दा उर्वर भूमि बाँझे बस्ने र सागको मूठामा समेत परनिर्भरता हुनुपर्ने तितो यथार्थता कायमै छ । यसको निराकरण गर्दै जानु पनि अति आवश्यक छ । समृद्धिको रटान भाषणामा मात्र होइन व्यवहारमै उतार्न जरुरी छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिले राजनीतिको क्षेत्रमा तरङ्ग को होला पहिलो महिला प्रधानमन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा नेपालको पहिलो महिला प्रधानमन्त्री हुने भने पछि उक्त भनाइले नेपाली राजनीतिलाई सनसनीपूर्ण र तरंगीत बनाएको छ । प्रधानमन्त्रीले निकै रोचक र सनसनीपूर्ण कुरा बोलेको भन्दै भावी पहिलो महिला प्रधानमन्त्री पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीकी वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवा हुने भन्ने विषयमा चोकचोक, गल्लीगल्ली र हरेक चिया कफी पसलसमा चर्चा चलिरहेको पाइन्छ । उनीहरु भन्दछन् ‘प्रधानमन्त्री ओलीले आफ्नो पहलमा पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीलाई बनाए, पहिलो सभामुख, ओनशरी घर्ति मगरलाई बनाए । पहिलो प्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाए । पहिलो मुख्यसचिव लिलादेवी गड्तौलालाई बनाए । अब, पहिलो महिला प्रधानमन्त्री पनि ढिलो चाडो बनाउँछन् ।’
प्रधानमन्त्री ओलीले कसलाई पहिलो महिला प्रधानमन्त्री बनाउने भनेर नतोकेपछि अहिले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र परराष्ट्रमन्त्री आरजु राणा देउवामध्येको होला पहिलो प्रधानमन्त्री भनेर जिज्ञासा र कौतुहलता चलिरहेको छ । पहिलो महिला प्रधानमन्त्रीको जिज्ञासा लिदै एकथरी भन्छन् ‘प्रधानमन्त्री ओलीले पहिलो महिला प्रधानमन्त्री पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई बनाउनु हुन्छ किनकी भण्डारीले राजनीतिमा फर्किने चाहना राख्नुभएको छ । भण्डारी राजनीतिमा आउँदा एमाले अध्यक्ष दाबी गर्न सक्नुहुन्छ, त्यसैले ओलीले भण्डारीलाई प्रधानमन्त्रीको पद दिएर आफ्नो अध्यक्ष पद जोगाउनु हुन्छ ।’
महिला प्रधानमन्त्रीकै विषयलाई लिएर अर्काथरीले तर्क गर्दछन् ‘प्रधानमन्त्री ओलीले भावी महिला प्रधानमन्त्रीमा आरजु राणा देउवालाई समर्थन गर्नुहुन्छ । कांग्रेससँग भएको सहमति अनुसार ओली २ वर्ष प्रधानमन्त्री हुने र कार्यकाल सकिएपछि कांग्रेससँग भएको सहमति अनुसार नै पहिलो महिला प्रधानमन्त्री चयन गर्नुहुन्छ । किनकी, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा एउटै व्यक्तिलाई दोहोर्याई, तेहेर्याई पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव ल्याएका छन् । त्यो प्रस्ताव पारित भएपछि अब पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न पाउनुहुन्न, त्यसैले मौकामा नेपाली कांग्रेसले पनि आरजु राणा देउवालाई प्रधानमन्त्री बनाउन सक्छ । त्यसैले भावी पहिलो महिला प्रधानमन्त्री आरजु राणा देउवा नै हो ।’
यस्ता चर्चा–परिचर्चा गत भाद्र ८ गते प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले उब्जाएको हो । यो कहिलेसम्म चल्छ भावी दिनले नै बताउला । राजनीतिक खेलाडीका रुपमा कहलिएका प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले सर्वसाधारणमा मात्रै होइन राजनीतिक वृत्त, बौद्धिक क्षेत्र र स्वयं राजनीतिक दलभित्र पनि ठूलो तरंग पैदा भएको छ । राजनीतिक वृत्त र कांग्रेस भित्रै पनि सभापति शेरबहादुर देउवाको विकल्पमा भावी प्रधानमन्त्री आरजु राणा हुन सक्ने चर्चा भईरहेको छ ।
एमाले कांग्रेस भित्र ओली र देउवाबीच ओलीपछिको प्रधानमन्त्री आरजुलाई बनाउने औपचारिक सहमति भएको त छैन ? भन्ने आशंका पनि त्यतिकै गरिदै छ । पार्टि सभापति देउवाले पनि आरजुलाई राजनीतिमा स्थापित गर्न चाहेको र स्थापित गर्ने क्रममा प्रधानन्त्री बनाउने भित्री चाहना राखेको देउवा निकट नेताहरु नै बताउँछन् । आरजुलाई प्रधानमन्त्री बनाउन पार्टी सभापतिमा शेखर कोइरालालाई सहयोग गर्ने र कोइरालाले पनि आरजुलाई प्रधानमन्त्रीमा सहयोग गर्नै सहमति हुन सक्ने चर्चा पनि चलेको छ । प्रधानमन्त्री ओलीले यसै सम्भावनालाई देखेर पहिलो महिला प्रधानमन्त्रीको अभिव्यक्ति दिएको हुनसक्ने तर्क पनि यदाकदा गरिदै छ ।
चर्चा र तर्क जे जस्तो भए गरे पनि प्रधानमन्त्री ओलीले हरेक क्षेत्रमा महिला सहभागिता अनिवार्य हुनुपर्ने नियम बनाउनु भएको छ । नियमभित्र ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्थामा आफ्नो प्रमुख भूमिका ररहेको पनि बताउनुभएको छ । महिलाको मनोबल बढाउन र आत्मविश्वास जगाउन स्टार्टअपमा ४ प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँ समेत दिन सकिने व्यवस्था पनि गर्नुभएको छ । समग्रमा भन्नुपर्दा प्रधानमन्त्री ओली महिलाको व्यक्तित्व विकासमा ध्यान दिने व्यक्तित्व नै हो । उहाँका विचारलाई कसैले खोट लगाउन सक्ने ठाउँ छैन ।

 

नेकपा एमालेको पोलिट व्यूरो बैठक फेरि भोली ११ वजे बस्ने

काठमाडौं । नेकपा एमालेको पोलिट्ब्युरो बैठक भोलि फेरि बस्ने भएको छ । मंगलबार पोलिट्ब्युरो बैठकमा महासचिवले प्रस्तुत गरेको वार्षिक कार्ययोजनामाथि बृहत छलफल गर्न भोलि ११ बजे फेरि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
उनले भने, ‘आज बैठकमा पार्टी महासचिवले निर्णायक राष्ट्रिय शक्ति निर्माणका सन्दर्भमा पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभयो र कार्ययोजनामाथि बृहत छलफल गर्ने गरि भोलि ११ बजे बैठक आह्वान भएको छ ।’
यसको साथै, उनले प्रस्तुत गरेको कार्ययोजनामा मूलत पार्टी सदस्यको नविकरण त्यसको विस्तार र अभिलेखिकरणको विषय प्रस्तुत गरिएको पनि बताए ।
उनले भने, ‘आज प्रस्तुत गरेको कार्ययोजनामा मूलत पार्टी सदस्यको नविकरण त्यसको विस्तार र अभिलेखिकरणको विषय प्रस्तुत गरिएको छ । त्यसपछि विधि संवत तरिकाले पार्टी कमिटिहरुको परिचालन र पार्टी संगठनमा देखिएका अन्तर विरोधहरुको व्यवस्थापन गर्ने कुरा आएको छ ।’
यस्तै, नयाँ पुस्तामा पार्टीको काम व्यवस्थित गर्ने कुरालाई पनि विशेष जोड दिएको पनि उनको भनाई छ ।
उनले भने, ‘नयाँ पुस्तामा पार्टीको काम व्यवस्थित गर्ने कुरालाई पनि विशेष जोड दिएको छ । जस्तो नयाँ पुस्तामा पार्टीको प्रभाव र नेतृत्वमा विकासका योजना कार्यान्वय गर्नका लागि प्रदेश कमिटीमा १० प्रतिशत, जिल्लामा १५ प्रतिशत, पालिकामा २० प्रतिशत र वडा तथा स्थानीय पार्टी कमिटी ३३ प्रतिशत युवा सहभागिताको नीतिलाई प्रभावकारी तरिकाले लागू गर्ने गरि प्रस्ताव गरिएको छ ।

लिईएको ऋण राम्रो प्रतिफल दिने आयोजनाहमा लगानी गर्नु पर्दछ ः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनाहरुमा लगानी विस्तार गर्दै प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको बताउनु भएको छ।
नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषको आवासीय प्रतिनिधि टेरेसा डेबन सान्चेजसँग अर्थ मन्त्रालयमा भएको छलफलकाक्रममा अर्थमन्त्री पौडेलले सतर्कतापूर्वक सरकारले ऋण लिने र लिइएको ऋणलाई उत्पादन तथा उत्पाकत्व अभिवृद्धिका साथै राम्रो प्रतिफल दिने आयोजनाहरुमा लगानी गर्ने बताउनु भएको हो।

मुलुकलाई समृद्ध नबनाई जनतालाई सुखी बनाउन सकिंदैनः प्रधानमन्त्री

काठमाडौं, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिने बताउनुभएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज आयोजित लैङ्गिक समावेशीकरणसम्बन्धी एसिया प्रशान्त क्षेत्रका मानव अधिकार संस्थाहरुको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानले मौलिक अधिकारका धेरै सवाललाई लिपिबद्ध गरेको र त्यसको अक्षरशः पालनाका लागि सरकार प्रतिबद्ध रहेको जनाउँदै जातिप्रथालाई कानुनीरुपमै अन्त्य गरिएको स्पष्ट गर्नुभयो ।
संविधान बन्नुअघि नै संसदबाट राज्यका तीनै तहका सबै निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरिएको जनाउँदै उहाँले यसलाई सानो उपलब्धि मान्न नसकिने भनाइ राख्नुभयो । प्रधानमन्त्री ओलीले नेपालले पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र मुख्यसचिव पाइसकेको उदाहरण प्रस्तुत गर्दै राज्यका सबै निकायमा महिला सहभागिता बढाउन आवश्यक ससहजीकरण भइरहेको सुनाउनुभयो
नेपालमा अझै पनि २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनी रहेको र गरिबी निवारणको लक्ष्य पूरा नगरीकन सबै नागरिकलाई आधारित अधिकारबाट सम्पन्न गराउन सम्भव नहुने बताउँदै उहाँले भन्नुभयो, “हामीले संविधानका मौलिक अधिकारका मर्म र भावनालाई पूर्णत कार्यान्वयन गर्नेछौँ । अन्तर्राष्ट्रिय प्रतिबद्धता र सम्झौताको कार्यान्वयनप्रति प्रतिबद्ध छौँ । नेपालको गरिबी उन्मुलन गर्नेछौँ । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्नेछौँ ।”

मुलुकलाई समृद्ध नबनाइ जनतालाई खुसी बनाउन नसकिने स्पष्ट गर्दै उहाँले सामाजिक न्याय र समानताको साझा लक्ष्य प्राप्तिका लागि सरकार र मानव अधिकार आयोगसँगै काम गरिरहेको अवगत गराउनुभयो ।

 

टान को कर्यभार सागर पाण्डेको काँधमा

काठमाडौँ। ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल टान अध्यक्षमा सागर पाण्डे विजयी भएका छन्।यस सँगै उनको काँधमा टानको कार्यभार आएको छ ।
उनले अध्यक्षका अर्का प्रत्यासी राजेन्द्र सापकोटालाई पछि पार्दै टान अध्यक्षमा बिजयी भएका हुन्। पाण्डेले ५८० मत प्राप्त गरेर बिजयी हुदा सापकोटाले ४८० मत प्राप्त गरि उपबिजेता बने। पाण्डे माओवादी केन्द्र निकट पर्यटन व्यावसायी हुन्।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा सापकोटा प्यानलका कर्मा शेर्पा, प्रथम उपाध्यक्षमाबिष्णु प्रसाद लम्साल, दितिय उपाध्यक्षमा सनम शेर्पा सापकोटा प्यानलबाट बिजयी भए भने महासचिबमा पाण्डे प्यानलका सोनाम ग्याल्जेन शेर्पा बिजयी भए। सापकोटा प्यानलबाटै सचिबमा रिन्जी जाङ्ग्बु शेर्पा र कोषाध्यक्षमा लाक्पा तेम्वा शेर्पा बिजयी भएका छन्।
सदस्यहरुमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी ९भोटे० निर्वाचित भएका छन् ।

पदयात्रा पर्यटन व्यावसायीहरुको साझा मोर्चा टानले सोमबार सम्पन्न ४६औं वार्षिक साधारण सभा मार्फत नयाँ नेतृत्व चयन गरेको हो ।

 

 

अर्थ मन्त्रालयले दियो शर्तसहित दुग्ध विकास संस्थानलाई ६० करोड रुपैयाँ ऋण

काठमाडौं। अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई सहमति दिएको छ । दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दुधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्नेछ ।
चालु आर्थिक वर्षका लागि दुग्ध विकास संस्थानको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कूल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषमा प्रस्ताव पेश गर्न सहमति दिइएको हो । यस सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणको रुपमा लगानी गर्नेछ ।
दुग्ध विकास संस्थानबाट दुधको भुक्तानी नपाएको भन्दै किसानहरूले भुक्तानीका लागि माग गर्दै आएका छन् । किसानलाई दुधको बाँकी रकम भुक्तानी गर्ने विषयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, दुग्ध विकास संस्थानका अधिकारीबीच पटक पटक छलफल भएको थियो ।

आजभाद्र कुशे औंसी अर्थात् बुवाको सम्मान गर्ने दिन

काठमाडौं । आज भाद्र कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन । बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ ।
आजको दिन बुवालाई भेटेर मिठा परिकार तथा उपहार दिने र आशीर्वाद लिने प्रचलन छ । छोराछोरीहरूले आफ्ना बुवालाई रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ ।
बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । आज काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेको छ ।
यसैबीच, भाद्र कृष्ण औंसीका दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरी देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राउने चलन छ ।

 

आज विभिन्न साहित्यिक कार्यक्रम गरी मोती जयन्ती मनाइँदै

काठमाडौँ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याएका थिए ।
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो । दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्दैछन् ।

प्रधानमन्त्रीद्वारा बाल मन्दिरका जग्गा जमिनको पूर्ण संरक्षण र उपभोग गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल सङ्गठन बाल मन्दिरका देशभर छरिएका भौतिक सम्पतिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिएका छन् ।
सो सङ्गठनका पदाधिकारसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जे जति जमिन, भवन र सम्पति छन् तिनको पूर्ण सुरक्षाका लागि आवश्यक परे कठोर कदम पनि चालिनुपर्ने बताएका हुन्।
नवनियुक्त मुख्यसचिव एकनारायण अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतमसहित भएको छलफलमा प्रधानमन्त्री ओलीले भने, “बाल मन्दिरका जग्गामा अरुले अतिक्रमण गरेको वा नियमबमोजिम भाडा सम्झौता नगरी बसेको छ भने कडाइ र तीव्रताका साथ तिनको नियन्त्रण र प्रयोग हुनुपर्छ । धनी पूर्जाविना लामो समयदेखि सङ्गठनले भोगाधिकार लिँदै आएको छ भने पनि ती जग्गा सङ्गठनकै नाममा ल्याइनुपर्छ ।’’

प्रधानमन्त्री ओलीले सङ्गठनको नयाँ विधान स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन, सङ्गठनको जिम्मामा रहेका बालबालिकालाई सन्तुलित आहार, उचित लत्ताकपडा र माया ममता दिनसहित गुणस्तरीय शिक्षा दिन पनि आग्रह गरे।

“बाल सङ्गठनका बालबालिकाले हुने खाने परिवारका बालबालिकाले पाए सरह सुविधा पाउनुपर्छ । उनीहरु स्वस्थ्य हुनुपर्छ । उचित शिक्षा र मायाँ पाउनुपर्छ । त्यसका लागि सरकारले सक्दो सहयोग गर्छ ।’’
सङ्गठनका अध्यक्ष विद्या न्यौपानेले विशिष्ट सङ्गठनको स्पष्ट पहिचानसहित परिमार्जित र आधिकारिक विधान स्वीकृत गर्न, बजेटको व्यवस्था गर्न, जग्गा जमिनको संरक्षण गर्न, जन्मदार्ता र नागरिकता पाउन समस्या हुने बालबालिकाका लागि आवश्यक सहजीकरण गर्न सरकारसँग आग्रह गरेका थिए ।

सुदामा ताजा समाचार

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले...

राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी, काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा...

दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई...

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन...

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच सहमति

काठमाडौं । यतिबेला चर्चामा रहेकोसंक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन दलहरु सहमत भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग...

बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका...