काठमाण्डौ, आज पत्राकारमहासंघ काठमाण्डौ जिल्ला शाखाले एक भव्य तथा सभ्य समारोेहका विच नव विर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरेको छ ।
महासंघ काठमाण्डौ जिल्लाशाखाका अध्यक्ष सूर्यसुवेदीको सभापतित्व,माओवादीकेन्द्रकाअध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्डको प्रमुख आतिथ्य,कांग्रेसका बरिष्ठनेता अर्जुननरसिंह केसीको विषेश आतिथ्यतामा बबरमहलको साप फल्चामा भएको कार्यक्रममा प्रमुख अतिथिद्वारा अघिल्ला पदाधिकारीहरुलाई प्रशंसा पत्र र नयाँ पदाधिकारीहरुलाई सदस्यता पत्र वितरण गरिएको थियो ।
२०८१ साल मंसिर २८ गते सम्पन्न पत्राकारमहासंघको जिल्ला,पद्रेश,र केन्द्रको एकै साथ सम्मपन्न निर्वाचनमा मुलुककै सवैभन्दा ठूलो शाखा मानिने काडमाण्डौ जिल्लाशाखा र केन्द्रमा इतिहासमा पहिलो पल्ट महिला नेतृत्व निर्वाचित हुनु एक संयोग मिलेको भन्दै वहाहरुलाई पूर्ण।रुपमा पत्राकारको हकहितमा लाग्न र निष्पक्षरुपमा पत्राकारिता गर्न शुमकामना व्यक्त गरिएको थियो ।
पत्राकारमहासंघ काठमाण्डौद्वारा नयाँकार्यसमितिलाई पद हस्तान्तरण
आज काठमाण्डौमा गयो, ४. ८ म्याग्निच्यूडको भूकम्प
काठमाडौं ।काठमाडौँमा आज दिउँसो १ बजेर २ मिनेटजाँदा ४.८ म्याग्निच्यूडको
भूकम्पले धक्का दिएकोमहसुस भएको छ ।
सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर उक्त मापनको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रकी प्रवक्ता मोनिका झाका अनुसार विसं २०७२ को गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरुप आजको धक्का महसुस गरिएको हो ।
नेपाली भन्सार अनियमितताको केन्द्रभएकोभन्दै सांसदहहरु चिन्तित
काठमाडौँ , प्रतिनिधिसभाका सांसदहरूले नेपालका भन्सार कार्यालय अनियमितताको केन्द्र बनेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
बिहीवार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसदहरूले भन्सारसम्बन्धी विधेयकलाई कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा विचार राख्ने क्रममा नेपाली भन्सार अनियमितताको केन्द्र बनेको बताएका हुन्।
समितिको छलफलमा सांसदहरूले अनियमितताका लागि तथ्यांक राख्ने, सर्भर बिगार्ने‚ सामान जाँच्ने एक्सरे मेसिन बिगार्नेसम्मको काम गर्ने गरेको बताए।
भन्सारका कर्मचारीहरूको व्यवहार सेवाग्राहीमैत्री नभएको आरोप पनि सांसदहरूले लगाएका छन्। समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद पदम गिरीले भन्सारका मेसिन बिग्रिनु भनेको भ्रष्टाचार बढ्ने माध्यम बनेको बताए। एकपटक बिग्रिएको मेसिन वर्षौंसम्म नबन्नु भनेको भ्रष्टाचार गर्ने नियत भएको बताए
बैठकमा नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेर समितिले काम गर्नुपर्ने बताए।
समितिको बैठकमा नेकपा माओवादी केन्द्र का सांसद छिरिङ डन्डुल लामाले कर लिएर सुन ल्याउन पाउनुपर्ने व्यवस्था हुनैपर्ने बताए। सुनमा कडाइ गर्नाले अवैध ओसारपसार बढेको र राजस्व पनि गुमेको तर्क गरे। सरकारले कडाइका साथ कर लिएर सुन, गाँजा, मदिरा, रक्तचन्दनको ओसारपसार गर्न पाउने सुविधा दिनुपर्ने बताए।
बैठकमा सांसदद्वय ज्ञानबहादुर शाही र गंगा कार्कीले भारतीय गाडीको नेपाल प्रवेश र असीमित समय बस्न पाउने सुविधाले नेपाली व्यवसायीको रोजगारी गुमेको आरोप लगाए। नेपाली भूमिमा भारतीय गाडीको मनोमानी रोक्नुपर्ने बताए।
बैठकमा सांसद भगवती चौधरीले भन्सार महसुल र करको कारण उपभोग्य सामान नेपालमा महँगो हुने र सीमावर्ती भारतीय बजारमा सस्तोमा पाइने भएकाले सीमावर्ती क्षेत्रका नेपालीहरू भारतीय बजारमा जाने गरेको विषय सबैले बुझ्नुपर्ने बताइन्। भन्सार महसुल कम नगरेसम्म सीमावर्ती नेपाली बजार चल्न नसक्ने उनले स्पष्ट पारिन्।
काठमाडौँ प्रहरीले रविसहित ४४ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यलयमा
बुझायो
काठमाडौँ ,काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगीमा रविसहित ४४ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान पूरा गरी आज बिहीवार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाएको हो।
परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले भने, ुहामीले आज प्रतिवेदन बुझाएका छौँ, ४४ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय दिएका छौँ।ु
प्रतिवेदनमा १ अर्ब १९ करोड बिगो कायम गर्नुपर्ने उल्लेख छ। स्वर्णलक्ष्मी ठगी प्रकरणमा ४४ जनामाथि नै पक्राउ पुर्जी जारी भएको थियो। जिबी राईकै नेतृत्वमा यहाँ पनि करोडौँ रकम ठगी भएको प्रहरीको निष्कर्ष छ।
उक्त प्रतिवेदन अध्ययन गरेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अदालतमा अभियोगपत्र दर्ता गर्ने छ।
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने चार जना प्रहरीको चीसो खोरमा
काठमाडौं । वैदेशिक रोजगारमा विभिन्न देश पठाउने भन्दै ६६ लाख ८० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँपालिका–२ घर भई हाल चितवन, भरतपुर उपमहानगरपालिका–१० बस्ने ४३ वर्षीय कुलबहादुर थापा, गोरखा गण्डकी नगरपालिका–२ घर भई हाल काठमाडौं नागर्जुन बस्ने ३१ वर्षीय राजन आले, पर्सा वीरगञ्ज–१६ का ३० वर्षीय जयप्रकाश चौरसिया तथा भक्तपुर सूर्यविनायक नगरपालिका–५ बस्ने २७ वर्षीय आकाश दुलाल रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
उनले भने, ‘पक्राउ परेकाहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा रोजगारीका लागि लैजाने भन्दै लामो समयसम्म झुक्याएर विदेश नपठाइ सम्पर्कविहीन भएको पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।’
पक्राउ परेकामध्ये थापा र आलेले अमेरिका पठाइदिने भन्दै अमेरिका पठाइदिने भन्दै ५९ लाख २५ हजार रुपैयाँ तथा चौरसियाले अजरबैजान पठाइदिने भन्दै एक जनाबाट चार लाख रुपैयाँ र दुलालले युएई पठाइ दिने भन्दै एकजनाबाट तीन लाख ५५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको पीडितहरूको आरोप रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको सूचना अधिकारी आचार्यले जनाए ।
प्रभु बैको नबिनतम् सेवा डिजिटल क्युब सञ्चालनमा
काठमाडौं । अंग्रेजी नयांँ बर्ष २०२५ को शुरुवातसंगै प्रभु बैंकले बिद्युतीय कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर प्रभु डिजिटल क्युब सञ्चालनमा ल्याएको छ ।
उक्त काउण्टर मार्फत क्यास डिपोजिट, क्यास रिसाइक्लिङ, चेक डिपोजिट, स्टेटमेन्ट प्रिन्टिङ, एटीएम तथा विभिन्न किओस्क मेशिनको माध्यमवाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लीयरिङ चेक जम्मा गर्न, खाताको स्टेट्मेण्ट प्रिन्ट गर्न सकिने लगायतका सेवाहरु ग्राहक आफैंले प्राप्त गर्न सक्ने ब्यवस्था मिलाइएको छ ।
यस सेवाको शुरुवातसँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागि बैंकिङ सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको छ । हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत बिस्तार गरिनेछ ।
साथै यस नबिनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।
आज बस्नेएमाले सचिवालय बैठकले कमिटीका एजेण्डा र राजनीतिबारे छलफल गर्ने
काठमाडौं । नेकपा एमाले को सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय च्यासलमा आज दिउँसो १ बजे बस्न लागेको हो ।
आजको बैठकमा केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरिनेछ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो ।
एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि डाकिएको छ ।
सूर्यदर्शन सहकारी ठगी आरोपमाआज पीडितका कानून व्यवसायीले बहस गर्ने
काठमाडौं सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आरोपीको थुनछेक बहस कास्की जिल्ला अदालतमा बिहीबार पनि जारी रहने भएको छ । न्यायाधीश नितिज राईको इजलासमा हिजो सरकारी वकिलले बहस सकेपछि आजदेखि जाहेरवाला सहकारी पीडितका कानून व्यवसायीले बहस गर्दैछन् ।
जाहेरवालाका तर्फबाट बहस गर्न १२ जना कानुन व्यवसायीले वकालतनामा पेश गरेको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए। सबैले बहस नगर्न पनि सक्ने भएकाले जाहेरवालाको बहस सकिए प्रतिवादीका तर्फबाट कानून व्यवसायीले बहस शुरु गर्नेछन् ।
प्रतिवादीका तर्फबाट बहस गर्नका लागि बुधबारसम्म वरिष्ठ अधिवक्तासहित १५ कानून व्यवसायीले वकलतनामा बुझाएको श्रेस्तेदार खनालले बताए। शुक्रबार र आइतबार प्रतिवादीका तर्फबाट बहस सकिए सोमबार जवाफी बहस हुन सक्ने र चाँडोमा सोमबार नै थुनछेक आदेश हुन सक्ने उनले जानकारी दिए।
रविलगायतले थुनामै पठाउनुपर्ने कसुर गरेको सरकारी वकिलको दावी, भोली बिहीवार जाहेरवालाका तर्फबाट बहस हुने
काठमाडौँ , सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित ७ जनाविरूद्ध परेको मुद्दामा सरकारी वकिलले बहस सकेका छन्। यस सँगै भोली जाहेरीवालाको तर्फबाट बहस हुनेछ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा जारी थुनछेक बहसअन्तरगत आज सरकारी वकिलका तर्फबाट बहस सकिएको हो। बुधवार नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारीले बहस गरे।
थुनछेक बहसमा सरकारी वकिलहरूले सूर्यदर्शन सहकारीमा सर्वसाधारणले राखेको बचत रकम गोर्खा मिडिया नेटर्वक प्रालि, नेचर हर्ब्स इन्टरनेसनल लगायत कम्पनीमा लगेर अपचलन गरेको भन्दै प्रतिवादीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए।
आरोपीहरूको बयानपछि मंगलवारदेखि थुनछेक बहस सुरू भएको हो। मंगलवार सहायक जिल्ला न्यायाधिवक्ता शर्मा र सुजाता पौडेलले बहस गरेका थिए।
सूर्यदर्शन सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, पूर्वसांसद मीना गुरुङ, आरति गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङविरुद्ध पुरक मुद्दा दर्ता भएको थियो।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध मुद्दा दायर गरेको हो।
रविविरुद्ध सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता भएको छ। गत कात्तिक २ गते पक्राउ परेका रवि लामिछानेलाई बयानका लागि रुपन्देही, काठमाडौँ, चितवन र पर्सा पनि लगिएको थियो।
सरकारी वकिलको बहस सकिएसँगै अब बिहीवार जाहेरवालाका कानुन व्यवसायीले बहस गर्नेछन्। जाहेरवाला सहकारी पीडितका कानुन व्यवसायीले बहस गरेपछि प्रतिवादीका कानुन व्यवसायीले बहस गर्ने जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए। जानकारी अनुसार प्रतिवादीका तर्फबाट सबैभन्दा पहिला पूर्वडिआइजी छविलाल जोशीका कानुन व्यवसायीले बहस गर्नेछन्। त्यसपछि मात्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य प्रतिवादीका कानुन व्यवसायीले बहस गर्ने तयारी भएको छ।
सूर्यदर्शन सहकारी ठगीमा मुछिएका सहकारी संचालकलगायत व्यक्तिविरूद्ध शुरुमा दर्ता गरिएको मूल अभियोग, थप अभियोग र रवि लामिछानेसहित जोडिएको पूरक अभियोग गरी ८ वटा कम्पनीसहित ६३ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूसँग १ अर्ब ५१ करोड बढी रकम बिगो माग गरिएको छ।
नक्कली सुकुम्बासी बनेर लिएको जग्गा जफत र कारबाही हुने मन्त्री अधिकारीको भनाई
काठमाडौँ , भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जग्गाधनी भएकै अवस्थामा सुकुम्बासी बनेर पुनः जग्गा लिने जो कोहीमाथि कारबाही हुने स्पष्ट पारेका छन्।
प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा ‘भूमि समस्या समाधान’सम्बन्धी छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले त्यस्तो व्यक्तिले सुकुम्बासीका नाममा प्राप्त गरेको जग्गा जफत गरी कारबाही गरिने बताए।
“अहिले जग्गा जमिन कहाँ, कस्तो छ, सबै ‘डिजिटलाइज प्रणाली’मा राख्ने काम भइरहेको छ, व्यक्तिको देशभर कति जग्गा छ भनेर निकाल्न सक्ने प्रविधिको विकास भएको छ”, सुकुम्बासी पहिचानसम्बन्धी प्रक्रियाबारे जानकारी दिँदै मन्त्री अधिकारीले भने, “कुनै व्यक्तिले अन्त जग्गा भएर झुक्याएर आयोगबाट जग्गा लिएको रहेछ भने उक्त जग्गा जफत र कारबाही हुन्छ।”
सरकारबाट जग्गा लिने र बिक्री गर्ने प्रवृत्ति अब अन्त्य गर्नुपर्ने उनको भनाइ थियो। मन्त्री अधिकारीले सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबाससम्बन्धी समस्या समाधान गर्न भूमि समस्या समाधान आयोगले प्रक्रिया थालनी गरिसकेको स्पष्ट पारे।
“आयोग देशभरी बन्छ, तर त्यो आयोगको कार्य क्षेत्र र कार्यावधि फरक हुन्छ”, उनले भने, “मन्त्रालयले आयोगको सीमा तोकिसकेको छ।”
विगतका आयोगले गरेका कामलाई निरन्तरता दिँदै वितरण भएका लालपूर्जाको स्रेष्ता कायम गरी अघि बढिने उल्लेख गर्दै उनले जिल्ला आयोग गठन भएर काम थालनी भएपछि निश्चित अवधि थप गरेर मापदण्ड बनाइने र सो अवधिमा भरिएका फारमलाई अन्तिम मानिने बताए।
“एक हजारभन्दा कम निवेदन परेको जिल्लाको हकमा एक वर्ष कार्यवधि तोकिनेछ, पाँच हजारसम्म दुई वर्ष र पाँच हजार भन्दा बढी निवेदन परेको जिल्लाको कार्यविधि तीन वर्ष कार्यावधि कायम गरिएको छ”, मन्त्री अधिकारीले भने।
हालसम्म भूमि समस्या समाधान आयोगमा १० लाख ९६ हजार ६ सय ७९ भूमिहीनको सङ्ख्या प्रविष्ट भएको छ। त्यसमध्ये भूमिहीन दलितको सङ्ख्या ८७ हजार नौ सय ९५, भूमिहीन सुकुम्बासीको सङ्ख्या एक लाख ६६ हजार ६० र भूमिहीन अव्यवस्थितको सङ्ख्या आठ लाख ४२ हजार छ सय १५ रहेको छ।
।